Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान-संविधान भन्नेहरुले पाउने भए संविधान, संविधानको खेस्रा तयार

Posted on June 27, 2015June 27, 2015 by Salokya

masauda
हिजो राति अबेरसम्म बसेको संविधान मस्यौदा समितिको बैठकले संविधानको खेस्रा तयार पारेको छ। यसलाई रफ संविधान भने हुन्छ। अझै कति कुरामा दलहरुबीच विवाद छ र त्यसलाई मिलाउन बाँकी छ। तैपनि ३७ भाग, २९६ धारासहित १२१ पेजको संविधानको मस्यौदा तयार भएर अध्ययनका लागि समितिका ७३ सदस्य सभासद्लाई वितरण गरिएको छ। यही अन्तिम भने होइन। खेस्रा भएकोले यसमा थपघट हुनसक्छ। यसअघि ३१२ धाराको संविधानको मस्यौदा बन्दै गरेको समाचार आएको थियो। यसमा भएका विवादहरुलाई शीर्ष नेताहरु बसेर मिलाएपछि फेरि यसबारे समितिमा छलफल हुनेछ र संविधान सभामा लगेर हरेक धारा दुई तिहाईले पारित गर्नुपर्नेछ। त्यसअघि फास्ट ट्रयाकबाट संविधान जारी गर्ने भनेकोले जनतामा लाने समय राख्ने कि नराख्ने निर्क्यौल गर्न बाँकी छ। सबै धारा दुई तिहाइले पारित भएपछि मात्र यसलाई प्रमाणिकरण गरिनेछ र यो लागू हुनेछ। हरेक धारामा संशोधन हाल्न सकिने र त्यसलाई टुङ्गोमा लगाउनु पर्ने हुनाले प्रक्रिया अनुसार गई संविधान लागू हुन अझै केही समय लाग्छ।

अझै दलहरुबीच केही कुरा मिल्न बाँकी छ। प्रदेशको निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक दुवै गरी मिश्रित प्रणाली अपनाउने प्रस्ताव आएका छन्। स्थानीय सरकारको संरचना र अधिकारमा पनि कुरा मिलाउनु पर्नेछ।

संविधान लागू भइसकेपछि केको निर्वाचन पहिला होला त? सुरुमा त प्रधानमन्त्री र राष्ट्रपति, उपराष्ट्रपति, सभामुखकै हुन्छ। त्यसपछि?

प्रदेशको कि केन्द्रीय संसदको ?

हैन रे। नाम र सीमाविहीन प्रदेशसहितको संविधान लागू भए पछि अहिलेकै जिल्ला, नगरपालिका र गाविसको संरचना अनुसार छ महिनाभित्र स्थानीय निर्वाचन हुने संविधानमा नै व्यवस्था गरियो भनेर कांग्रेस सभासद् गगन थापाले ट्विट गरेका छन्-

संबिधान जारी भएको ६ महीना भित्र अहिले कै संरचनामा स्थानिय निकायको निर्वाचन हुने संबैधानिक सुनिश्चितता भयो । यो ठूलो उपलब्धि प्राप्त भएको छ ।

— Gagan Thapa (@thapagk) June 26, 2015

दोस्रो संविधान सभाको निर्वाचन भएको छ महिनादेखि एक वर्षभित्र स्थानीय चुनाव गर्ने भनी दलहरुले घोषणापत्रमा लेखे पनि चुनाव हुन भने सकेको थिएन। पछिल्लो पटक २०५४ सालमा स्थानीय निर्वाचन भएको थियो।

2 thoughts on “संविधान-संविधान भन्नेहरुले पाउने भए संविधान, संविधानको खेस्रा तयार”

  1. डा. सुरज मास्के says:
    June 27, 2015 at 7:43 pm

    नेपालको “खेस्त्रा संविधान” छिटै परिमार्जित गरी नेपालको संविधान सभाबाट पारित भै “नेपालको संविधान २०७२” लागु होस् भन्ने कामना गर्दछु ।

    डा. सुरज मास्के
    नेपालगंज

    Reply
  2. Rishav says:
    June 27, 2015 at 12:15 pm

    whatever.
    अब त आस पनि मरिसक्यो
    रहरहरु मुटुबाट हटिसक्यो
    किन हो किन येस्तै नै भो …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme