Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स‍ंकटग्रस्त क्षेत्र घोषणा भएकोले लिपुलेक हाम्रो पनि भन्न नपाइने?

Posted on June 25, 2015June 25, 2015 by mysansar

unnamed (1)
विप्लव माओवादीले लिपुलेक हाम्रो हो भन्दै काठमाडौँमा बुधबार शान्तिपूर्ण जुलुस निकाल्दा प्रहरीले धरपकड गर्‍यो। यसरी कठालो समात्यो। खासमा किन त्यसो गरेको त? निषेधित क्षेत्र त होइन जुलुस निकालेको ठाउँ।

प्रहरी भन्छ– निषेधित क्षेत्र त होइन तर संकटग्रस्त क्षेत्र त हो नि। सरकारले अस्ति भर्खर काठमाडौँ उपत्यकालाई एक वर्षसम्म संकटग्रस्त क्षेत्रमा राख्ने घोषणा गरेको थियो। संकटग्रस्त क्षेत्रमा नागरिकका केही अधिकार निलम्बन हुन्छन्। भन्नलाई सरकारले घर भत्काउनका लागि मात्रै संकटग्रस्त क्षेत्र राखिएको भने पनि यसैको आडमा के के हुनसक्दो रहेछ भनेर त आज पाँच महिलासहित ३१ जना पक्राउ परेबाटै थाहा भयो नि।

unnamed (2)
खासमा दैवी प्रकोप (उद्धार) ऐन २०३९ अनुसार दैवी प्रकोपबाट सर्वसाधारण जनताको जिउधन तथा सार्वजनिक सम्पतिको सुरक्षा गर्नको लागि दैवी प्रकोप उद्धार कार्यहरु गर्ने सम्बन्धमा व्यवस्था गर्न यो ऐन बनेको हो। यही ऐनको दफा ३ मा नेपाल सरकारले आवश्यक देखेमा दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने क्षेत्रको सीमाना तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको अवधिको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न सक्ने भनिएको छ।
unnamed (3)
अनि यो लिपुलेक सम्बन्धी चीन र भारतले गरेको सहमति र त्यसको विरोध भनेको त दैवी प्रकोप होइन त। अनि किन धरपकड त?

यो ऐनको एउटा उपदफामा सर्वसाधारण जनताको जिउधनको रक्षाका लागि अन्य आवश्यक सुरक्षात्मक उपायहरुको व्यवस्था गर्ने भनिएको छ। त्यसैलाई टेकेर प्रदर्शन गर्न पाइँदैन भनियो।
unnamed (4)
यति चर्को हुन किन पर्‍या होला, अचम्म लाग्छ। विप्लव माओवादीले गरेको प्रदर्शन शान्तिपूर्ण नभएको भए एउटा कुरा। नारा लगाउँदै सहर घुम्न दिएर केही फरक पर्दैन थियो। लठ्ठी बजारेर थुन्न चाहिँ जरुरी थिएन। (फोटोका लागि विक्किल स्थापितलाई धन्यवाद)

9 thoughts on “स‍ंकटग्रस्त क्षेत्र घोषणा भएकोले लिपुलेक हाम्रो पनि भन्न नपाइने?”

  1. dorje tamang says:
    June 28, 2015 at 1:50 pm

    चिन र भारतले यत्रो सहयोग गरेको छ।भोलि तिर्ने गारो छ,छोरा छोरि फृमा पढाइ देको छ।कोशि,गण्डक वेचे नेताले।मुजाहिदिनलाई नगरिकता दिए नेपालको।जाबो लिलुपलेक बाट ब्यापार गर्दा के को टाउको दुखाई, हि हि हि हि।।।बाहुनले चलाको देश्।।।

    Reply
  2. som khati says:
    June 26, 2015 at 12:12 pm

    खै कहाँ छन् ठुला दलका नेता गण मुख खोल्न सकेका छैनन् लिपुलेक को हस्तछेप बारे तर दमन गर्न सक्छन

    Reply
  3. Gaurab Nepali says:
    June 26, 2015 at 3:45 am

    ज्ञानेन्द्रको संकटकाल ले काम गरेको भए लिपुलेक सम्झौता हुने थिएन ! शुसिल को संकट काल र ज्ञानेन्द्रको संकट काल आकाश जमिन को फरक छ भन्न चाहन्छु मा !

    Reply
  4. सिर्जने says:
    June 26, 2015 at 1:20 am

    सरकारको वाहियात चाला!

    Reply
  5. diwakar says:
    June 25, 2015 at 6:41 pm

    नेपाल ले लिपुलेख बेचे बापत भारत बाट १ खर्ब पायो !!सिमा सारेर त्येस बापत एम्बुलेन्स दिने काम बर्साई पिछे हुन्छ !!देश मा ठुला विकास कुरा नहुनु भनेकै अन्तिम सबै कुरा जिम्मा लगाउनु सुरसार कस्नु सरह हो !!

    Reply
  6. Nimesh, KTM says:
    June 25, 2015 at 6:18 pm

    प्रचण्ड र बाबुराम कुन दूलोमा छन् कुन्नि ?

    Reply
  7. लौटन अवधि says:
    June 25, 2015 at 9:59 am

    यौटा हात ले भिख माग्ने अनि अर्को हात ले ब्यानर उचाल्ने कत्ति सुहाएन ! आजै एक खर्ब को भिख कुच्चेको कटौरा मा दिन्छ कि भनेर यी (बुद्धिजीबि) का मालिक आफ्ना निधार उनीहरु का जुत्ता मा रगडिरहेका छन् ! यौटा मध्यम बिपत लाइ त ब्यबस्थापन भिख मागेर गर्नु पर्ने देश छ ! होइन यिन लाइ बुद्धिजिबी को लाइसेन्स कसले दियो जुन ब्यानर मै लेखेर हिडेका छन्? भिखारी पनि बुद्दिजिबि हुन्छ जो क्रोनर, पाउण्ड र डलर मा भिख माग्छन !अनि मगन्ते हरु बाटो मा कराएर समाधान निस्किन्छ ? कि कुटनैतिक नियोग, पररास्ट्र र ग्रिह मन्त्रालय मर्यो ? अब कुन बाटो मा हिडेर बिरोध गर्ने ? कुन पुल पुलेसा बाट खोला तरेर बिरोध गर्ने ? नेपाल सरकार ले बनाएको र नेपाली को पैसा परेको कुन बाटो, कुन पुल र कुन क्षेत्र छ ? जहा ढुक्क भएर बिरोध गर्न सकियोस ? सुस्ता, कालापानी र लिपू लाइ साटेर खाइसक्योउ !मगन्ते को पनि इमान हुन्छ तर हामि त बेइमान मगन्ते मा परिणत भैसक्योउ !

    Reply
  8. यात्री says:
    June 25, 2015 at 6:23 am

    देश बेच्नेहरूको हातमा सत्ता छ अनी किन बिरोध गर्न दिन्थे ?

    Reply
  9. डिल्ली says:
    June 25, 2015 at 5:45 am

    नेपाली नेताहरू सङ्कटकालको ज्ञानेन्द्र शासनको धङ्धङी बोकेर आफूलाई राजा ठान्न खोजेको प्रतित हुन्छ । सङ्कटकाल र सङ्कटग्रस्त यी दुई फरक विषय हुन् तर भूकम्पपछिको उद्दार बारे बामदेबलाई सोध्न खोज्दा सङ्कटकाल लागेकोले मैले जवाफ दिनु नपर्ने भन्दै तर्किएका थिए । उक्त समयमा पनि सङ्कटग्रस्त नै घोषणा गरिएको थियो ।

    लिपु भञ्ज्याई विबाद पनि नेपालको सिमा अस्तित्वसँग प्रत्क्ष सम्बन्ध राख्छ । सधैँ र सबै दलले देशको सिमा बारे एक मत राख्नु पर्ने हो । तर सत्ताधारी र सरकार लाचार प्रस्तुत हुने र सत्ता बाहिर हँदा मात्र देशको सिमा बारे कुर्लिन दलहरू पानी मरुवाहरू नै हुन् । चन्द माओबादी पनि मूल माओबादीसँग नफुट्दा सत्तामै थियो तर त्यो बेला सुस्ता र काली सिमानाको कुरा नै उसले पनि उठाएन । सत्ता बाहिर हुँदा मात्र उठ्ने सत्ता भित्र हुँदा नउठ्ने सिमा विवाद दलको क्रियाकलाप पनि प्रसिद्धि कमाउने मसलामात्रै हो । तर पनि शान्तिपुर्ण प्रदर्शन त्यो पनि सिमा मुद्दामा हुँदा पुलिसले सुरक्षा दिएर जुलुस निकाल्नु पर्ने हो । सबैले बृहतरुपमा विरोध गर्नु पर्ने बेला पो हो । समबन्धित देशका राजदुतलाई कार्यालयमा बोलाएर सरकारले ठाडो असन्तुष्टी देखाउन सक्नु पर्ने वा विरोध गर्न आँट निकाल्नु पर्ने समय हो । पुलिसले अपराधि सरह हर्कत देखाउनु पर्ने बेला हैन । तर अहिलेलाई पुलिस भनेको पनि छायाँ बामदेब नै हो । बामदेबको राजर्शी ठाँटको ठोकतान्त्रिक पद्दतिलाई सलाम छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme