Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूकम्पको मानवीय क्षतिले उठाएका अनुत्तरित प्रश्नहरु

Posted on June 23, 2015June 24, 2015 by mysansar

डा. प्रेम भण्डारी (हाल मिचिगन, अमेरीका)

भनिन्छ प्राकृतीक विपदाले कसैलाई भेदभाव गर्दैन । झट्ट हेर्दा हो पनि – न मानिस, न पशूपंछि, न वोटविरूवा – सबैलाई असर गरेकै हुन्छ । हालसालै नेपालमा गएको भूकम्पले पनि सबैलाई असर पारेकै छ र नोक्सान गरेकै छ । त्यस्मा कुनै संका छैन ।

यो लेख लेख्दासम्म ८,७०० भन्दा बढि मानिसको ज्यान लिएको तथ्यांक हामी संग छ र यो संख्या अझ बढ्दै छ । हजारौं मानिसहरु घाईते भएका छन, र लाखौं घरबार विहिन भएका छन । अपूरणीय क्षति भएकोछ । प्राकृतीक विपदाले कसैलाई भेदभाव गर्दैन भन्ने मान्यता हुदाहुदै पनि के यस भूकम्पले महीला वा पुरूष तथा विभिन्न उमेरका मानिसहरूलाई बराबरै क्षति पुर्या यो त ? यस भूकम्पमा ज्यान जाने व्यक्तिहरुको तथ्यांकलाई आधार मानि यो प्रश्नको जवाफ खोज्ने प्रयास गर्दै जादा थुप्रै अरु प्रश्नहरू अनुत्तरीत छन् । छलफल र विचारको लागि राखेको छु ।

भूकम्पले महिला पुरूषमा भएको क्षती
२०७२|०२।०४ सम्मको तथ्यांक अनुसार ३५ जिल्लामा जम्माजम्मी ८,२१७ जनाले ज्यान गुमाई सकेका छन जस मध्य ५५ प्रतिशत महिलाहरू छन । सरसर्ती हेर्दा यो भू-कम्पले पुरुषलाई भन्दा महिलालाई धेरै क्षेति पुर्याशएको छ । के यो महिला पुरुषमा भएको भिन्नता संयोग मात्रै हो या वास्तविकता ? यदि वास्तविकता हो भने किन बढि महिलाहरूको ज्यान गयो? के यो असर जिल्ला अनुसार पनि यस्तै छ त ? वा उमेर अनुसार पनि यस्तै छ त ?

जिल्ला अनूसार हेर्ने हो भने (१० मुख्य मानविय क्षेति पुगेका जिल्लाहरुको तथ्याङ्क) २०६८ को जनगणना अनुसार काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लामा महिला भन्दा पुरुषको संख्या बढि छ । तर काठमाण्डौं बाहेक सबै जिल्लाहरुमा पुरुषको तुलनामा धेरै महिलाहरुको भूकम्पमा परी ज्यान गएको छ (तालिका १) । उदाहरणको लागि सिन्धुपाल्चोक जिल्लामा ज्यान गएका मध्य करिब ५७% महिला छन भने ४३% मात्र पुरुष (२०६८ को जनगणना अनुसार जनसंख्या ५२% महिला ४८% पुरुष) छन । त्यसैगरी काठमाण्डौं बाहेक अरू सवै जिल्लाहरुमा पनि ज्यान गुमाउने पुरुषहरुको भन्दा महिलाहरुको संख्या धेरै छ । काठमाण्डौंमा भने ज्यान जाने मध्य करिब ५२% पुरुष छन भने ४८% महिला (२०६८ को जनगणना अनुसार जनसंख्या ४८% महिला ५२% पुरुष) छन ।

झट्ट हेर्दा महिला बढि भएको ठाउमा धेरै महिलाको क्षेति र पुरुष बढि भएको ठाउमा पुरुषको क्षेति देखिन्छ । जब कि छिमेकि जिल्लाहरू ललितपुर (५९% महिला र ४१% पुरुष) र भक्तपुरमा (६४% महिला र ३६% पुरुष) भने पुरुषको जनसंख्या बढि भएपनि धेरै महिलाहरूको ज्यान गएको छ । तथ्याङ्किय हिसाबले भन्नुपर्दा पनि जिल्ला अनुसार ज्यान गुमाउने महिला र पुरुषको संख्यामा भएको फरक संयोग मात्र नभै वास्तविकरूपमै भिन्न छ । र भूकम्पले बास्तविकरूप मै पुरुषको भन्दा बढि संख्यामा महिलाहरूको ज्यान लिएको छ ।

तालिका १. जिल्ला (प्रमुख १० जिल्लाको मात्र) अनुसार भूकम्पमा परी ज्यान गुमाउने महिला तथा पुरुषको संख्या (८०३३ जना)
जिल्ला महिला (प्रतिशत) पुरुष (प्रतिशत) जम्मा (प्रतिशत)
talika

यदि त्यसो हो भने के भूकम्पले महिला पुरुषमा भेदभाव गरेकै हो त ? यदि त्यसो हो भने यो कुरा काठमाण्डौंमा किन फरक भयो त ? के काठमाण्डौंमा महिला भन्दा पुरुषको संख्या धेरै भएर हो त ? त्यसो हो भने किन भक्तपुर र ललितपुरमा (२०६८ को जनगणना अनुसार दूवै जिल्लामा महिला भन्दा पुरुषको जनसंख्या बढि छ) बढी महिलाहरू हताहत भए त ? वा के अरू जिल्ला भन्दा काठमाण्डौं बढि महिला मैत्री थियो वा काठमाण्डौंका महिलाहरु पुरुष भन्दा भूकम्पको बारेमा धेरै जानकार थिए वा सजग थिए ? किन भक्तपुर र ललितपुर जिल्लामा अरू जिल्लाहरुको तुलनामा निकै बढी महिलाहरू हताहत भए त ? के अरू जिल्लाहरू यि दूवै जिल्लाहरु भन्दा बढि महिला मैत्री थिए त ? वा के अरू जिल्लाहरूका महिलाहरु भूकम्पका बारेमा बढि जानकार थिए वा ति जिल्लाहरुमा बढि तयारी वा सजगता थियो ? बढि महिलाहरूकै ज्यान गयो के कारणले ? भूकम्पका कारणले वा हाम्रा कारणले ? यस्ता थुप्रै अरु प्रश्नहरू अनुत्तरीत छन् र उत्तर खोज्न अत्यन्तै जरुरी छ ।

उमेर अनुसार महिला पुरूषमा भएको क्षति

अब उमेर अनुसार पनि हेरौं । चित्र १ मा २०६८ सालको जनगणना अनुसार १० जिल्लाका (१० मुख्य मानविय क्षेति पुगेका जिल्लाहरुको तथ्याङ्क) महिला तथा पुरुषको उमेर अनुसारको जानकारी समग्रमा दिईएको छ । जसअनुसार सबै भन्दा बढि जनसंख्या १५ देखि १९ उमेरका पुरुषको (११.८ प्रतिशत, निलो धर्को) र यसै उमेरका महिलाहरुको (११.३ प्रतिशत, रातो धर्को) छ । त्यो भन्दा मुनिका वालवालिका तथा माथिका वयस्क तथा बृद्धबृद्धाको संख्या (प्रतिशत) क्रमै रूपमा घट्दो छ । लिंग अनुसार केलाएर हेर्ने हो भने १९ वर्षमुनि महिला भन्दा पुरुषको संख्या बढि छ भने २० देखि ४४ वर्ष सम्म महिलाहरूको संख्या बढि देखिन्छ । ६० वर्ष भन्दा माथि भने फेरी महिलाहरूको संख्या (प्रतिशत) बढि देखिन्छ । तर सबै उमेर समुहमा थोरैको मात्र फरक छ ।

चित्र १. २०६८को जनगणना अनुसार १० जिल्लाका महिला तथा पुरुषको उमेर अनुसार जानकारी (%)
per

चित्र २. २०७२को भूकम्पमा परी ज्यान गुमाउने महिला र पुरुषको उमेर अनुसार जानकारी (%)
per2

चित्र २ मा हालैको भूकम्पमा परी ज्यान गुमाउने पुरुष (निलो धर्को) तथा महिलाहरुको (निलो धर्को) संख्या (प्रतिशतमा) दिईएको छ । एकातिर ५ वर्ष मुनिका वालवालिकाहरु मद्धे धेरै बालक छन् । ५ वर्ष मुनिका वालवालिका मद्धे १६.२ प्रतिशत वालक र १२ प्रतिशत वालिकाको मृत्यु भएको छ । अर्कातिर ५ वर्ष देखि ६९ वर्ष सम्म ज्यान गुमाउनेमा पुरुषको तुलनामा महिलाहरुको प्रतिशत बढि छ । र ७० वर्ष माथि महिलाहरुको (११ प्रतिशत) भन्दा पुरुषको (१२.८ प्रतिशत) प्रतिशत बढि छ । सबै भन्दा कम क्षति ३०-३४ वर्षसम्मका पुरुष र महिलाहरुको भएको देखिन्छ भने सबै भन्दा बढि क्षति वालवालिका र वृद्धवृद्धाहरुको । समग्रमा पुरुष भन्दा बढि महिलाहरुले ज्यान गएको भएता पनि उमेर अनुसार फरक पर्दोरहेछ – यस्तो किन भयो ?

एकातिर पुरुष भन्दा बढि महिलाहरु र अर्कोतिर वालवालिकाहरु तथा बृद्धबृद्धा धेरै हताहत भएका छन् । हो वालवालिकाहरु र बृद्धबृद्धाहरू अरु उमेरका व्यक्तिहरु भन्दा शारीरिक रूपमा केहि कमजोर मानिन्छन् । वालवालिकाहरु र बृद्धबृद्धाहरूको हकमा शनिवार दिउंसो गर्मीको समय भएकोले खाना खाएर घर भित्र आराम गरेको, सुतेको वा घर आंगनमा खेल्दै गरेको अवस्थाले यस्तो भएको हुनसक्छ । त्यस्तै शनिवार दिउंसोको समय भएकोले महिलाहरु खाना खाएर घर भित्रको काम जस्तै भान्साको काम र लुगा धुनेकाममा व्यस्त भएको वेला भएकोले हुनसक्छ । त्यस्तै नानीका आमाहरु छोराछोरी संग आराम गरेको, सुतेको वा खेलाउदै गरेको अवस्थाले बढि महिलाको ज्यान गएको हुनसक्छ । त्यसको अलावा कतै हामि, हाम्रो समाज र सामाजिक संस्कार, हाम्रा घर र भौतिक संरचनाहरु पनि जिम्मेवार पो छन् कि ? यि अड्कलवाजी मात्र हुन । बिस्तृत अद्देयन नगरी विना तथ्यको आधारमा निचोड निकाल्नु मूर्ख्याई मात्र हुनेछ । गहन भएर सोचौं, बहस गरौं, बिस्तृत अनुसन्धान गरौं, उत्तर खोजौं, निचोड निकालौं, समाधानका उपाय खोजौं र नयां नेपालको निर्मानमा लागौं । हाम्रै कारणले हामि फेरी आफै दूःख नपाऔं र भावी सन्ततीलाई पनि अनाहकमा दूःख नदिऔं । अहिलेलाई यत्तिकै ।

4 thoughts on “भूकम्पको मानवीय क्षतिले उठाएका अनुत्तरित प्रश्नहरु”

  1. sushil says:
    June 25, 2015 at 6:50 am

    बाबुराम पछिका अर्का डाक्टर रैचन यिनी…

    Reply
  2. eklavya says:
    June 24, 2015 at 4:02 pm

    तथ्यांक राख्नु एकदम राम्रो र तेस्को जानकारी दिनु भएकोमा धन्यवाद अब बहसको कुरो यो छ कि महिला किन पुरुषको तुलनामा बढी संख्यामा मृत्यु हुन पुगे त …प्रश्न ठिक छ अब अनुसन्धान गर्नु तेस बारेमा विचार बिमर्श गर्नु बहस गर्नु कत्तिको जायज छ त …यदि भुकम्प शनिबार दिउसो नभई काम काजी समयमा आएको भए के हुन्थ्यो होला …अब अर्को प्रश्न उठ्छ किन भुकम्प शनिबार दिउसै आयो अरु बेला किन आएन ? यो पनि अनुसन्धानकै बिषय हो ताकि अरु बेला आउँदा के गर्नु पर्छ भनेर …अब महिलाहरु पुरुषको तुलनामा धेरै नमरुन भनेर होला लेखकले भुकम्प संग हो या सरकारसंग प्रश्न गर्न लग्नु भाको खै के हो बुझ्नै गार्हो….

    Reply
  3. Bibek says:
    June 24, 2015 at 3:59 pm

    कसैलाई के धन्दा यो doctor लाई चाही ताल न तुल को statistics जम्मा गर्ने धन्दा , हैन यो लेखले खाश के कुरो हुनु पर्यो भन्न खोजेको हो????

    Reply
  4. Resham says:
    June 24, 2015 at 11:18 am

    यस्तो किन भयको हुन सक्छ भने हाम्रो देशमा र अझै ग्रामीण भेगमा परम्परा अनुसार महीला हरु प्राय घर भित्रै चुला चौको र अन्य भित्री काम मा ब्यस्त हुन्छन भने पुरुषहरु विभिन्न काम ले घर बाहिरनै हुन्छन अनि काठमाडौ को हक मा भने नेपाल को सन्दर्भमा यो अली बिकशित शहर हो र यहाँ का महीला हरु घर बाहिर का पनि विभिन्न पेशा ब्यबसाय अंगालेका पाइन्छ . मुख्य कारण येही हुन सक्छ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme