Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसएलसी : उहिले रिजल्ट छाप्न पैसा तिर्नुपर्थ्यो, अहिले रिजल्ट बेच्न पैसा उठाउँछ पनिका

Posted on June 20, 2015 by Salokya

उहिले हाम्रो पालामा एसएलसीको रिजल्ट हेर्न गोरखापत्र नभई हुन्न थियो। काठमाडौँमा बस्नेहरु बिहानै न्युरोडमा गोरखापत्र संस्थान अगाडि लाइन लाग्थे। तर अहिले नतिजा हेर्ने तरिका फरक भएको छ। अब वेबसाइट र मोबाइलमा एसएमएस पठाएर नतिजा हेरिन्छ। नतिजा हेर्न सजिलो त भएको छ तर नतिजालाई व्यापार बनाइएको भने पटक्कै चित्त बुझेको छैन। विद्यार्थीहरुबाट परीक्षा शुल्क उठाउने परीक्षा नियन्त्रण कार्यालयले सहज रुपमा निःशुल्क विद्यार्थी र अभिभावकहरुलाई रिजल्ट हेर्न दिनुको साटो रिजल्ट बेचेर पैसा उठाउँछ। एसएलसीको रिजल्ट पनि एउटा व्यापार भएको छ। परीक्षा नियन्त्रण कार्यालयले वेबसाइटमा र एसएमएसमा रिजल्ट राख्न शुल्क लिने गर्छ कम्पनीहरुसँग। कम्पनीहरु पनि नाफामुखी। नाफा खानै पर्‍यो। मार बिचरा विद्यार्थी र अभिभावकहरुलाई। संगठित लुट चलिरहेको छ।

उहिले गोरखापत्रमा परीक्षा नियन्त्रण कार्यालयको विज्ञापनका रुपमा छापिन्थ्यो रिजल्ट। अहिले भने रिजल्ट छाप्न शुल्क उठाउँछ। विभिन्न कम्पनीलाई एसएमएसमार्फत् रिजल्ट हेर्ने व्यवस्था मिलाउन शुल्क र धरौटी उठाउँछ पनिकाले।

ती कम्पनीलाई पनि के छ र, पैसा नै कमाउनु छ। मिडियामा ठूल्ठूला विज्ञापन दिन्छन्। कतिले फेसबुकबाटै विज्ञापन गर्छन्। रिजल्ट एसएमएसबाट हेर्न सकिने भनी विभिन्न विज्ञापन आउँछन्। तर ती विज्ञापनहरुमा एसएमएस पठाए वापत् ग्राहकको मोबाइलबाट कति शुल्क असुल गरिन्छ, उल्लेख गरिएको हुन्न। भए पनि सानो अक्षरमा राखिएको हुन्छ बिरालोले गु लुकाएजस्तै।

सामान्यतया अरु निजी कम्पनीका एसएमएसको शुल्क ५ रुपियाँ हुने गर्छ। यसमा करवापत् तिर्नुपर्ने रकम छुट्टै हुन्छ। कसैकसैको त १० रुपियाँ पनि हुनसक्छ। टेलिकमको एसएमएसको भने सामान्यतया करबाहेक प्रति एसएमएस १ रुपियाँ मात्रै पर्छ। तर कुन नम्बरमा एसएमएस पठाउँदा कति रुपैयाँ लाग्छ भनेर न टेलिकमले भन्छ, न अरु कम्पनीले।

के रिजल्ट कुनै व्यापार गर्ने चिज हो? योे त परीक्षा नियन्त्रण कार्यालयको दायित्व हो। उसले निःशुल्क, सहज नतिजा सबै ठाउँमा हेर्ने वातावरण पो मिलाउनु पर्छ। अहिले त उल्टो रिजल्टलाई नै पैसा कमाउने बाटो पो बनाइएको छ। एसएमएस गरेर एसएलसीको रिजल्ट देखाउने बहानामा सामान्य एसएमएसको भन्दा बढी शुल्क लिनेहरुलाई अनुमति दिइनु हुन्न।

5 thoughts on “एसएलसी : उहिले रिजल्ट छाप्न पैसा तिर्नुपर्थ्यो, अहिले रिजल्ट बेच्न पैसा उठाउँछ पनिका”

  1. सिर्जने says:
    June 23, 2015 at 11:48 pm

    प.नि.का. ले (काले?) आफ्नु वेबसाइटमा रिजल्ट किन राख्न सक्दैन? दुनियालाई बेबकुफ किन बनाइदैछ?

    Reply
  2. Power says:
    June 21, 2015 at 12:05 pm

    यो कलियुग न पर्यो,कलिमा धर्म उल्टो हुञ्छ भन्छन र उसको बास नै पैसामा हुञ्छ रे नी त?

    Reply
  3. Mk says:
    June 21, 2015 at 11:33 am

    अव नेपाल पनि अमेरिका जस्तै हुन लागेछ कम्ति मा पनि एस्तो (जे) मा पनि सेवा होइन धेवा मुखी भएर /

    Reply
  4. Binod Sharma says:
    June 21, 2015 at 2:36 am

    राम्र्यो कुरा उठाउनु भएको मा सालोक्य जीलाइ धन्येबाद !

    Reply
  5. Shankar says:
    June 20, 2015 at 6:23 pm

    प नि का पनि चोरे रहे छ तेसो भए ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme