Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भक्तपुरमा भेटियो नाग जस्तै देखिने पुतली, नागराजा रिसाएकै हुन् त?

Posted on June 18, 2015June 20, 2015 by Salokya

naag
हाल अमेरिकामा रहेकी उतिबेलाकी नेपाल टेलिभिजनकी सेलिब्रिटी समाचारवाचिका रमा सिंहले फेसबुकमा आज बिहान दुई वटा फोटो राख्दै लेखिन्- “अचम्म ….भक्तपुरमा एउटा मन्दिर वरिपरि अनौठो प्रकारको पुतली देखिएको छ …साँच्चै नै नाग राजा रिसाएकै हुन् त नेपालमा ………..फोटो सौजन्य Kc Mohadev FB”

हुन पनि फोटोमा देखिएको पुतलीको दुई वटा पखेटा नागको टाउको जस्तै देखिएको छ। उनले भने झैँ नागराजा रिसाएको हो त? यो त नागराजालाई नै सोध्न जानुपर्छ। राजा त पूर्वराजा भइसके नागराजा कहाँ खोज्न जानु र सोध्नु, ‘तपाईँ रिसाउनु भा हो कि होइन?’ तर यस्तो पुतली अनौठो भने होइन है। विश्वका अरु देशमा पनि यस्ता पुतली भेटिन्छन्।

naag1

अचम्म ….भक्तपुरमा एउटा मन्दिर वरिपरि अनौठो प्रकारको पुतली देखिएको छ …सच्चैनै नाग राजा रिसाएकै हुन त नेपालमा ………..फोटो सौजन्य Kc Mohadev FB

Posted by Rama Singh on Wednesday, 17 June 2015

नेपालकै धनकुटामा भने यस्तो पुतलीलाई अनौठो नमानिने रहेछ। धनकुटा नगरपालिका वडा नम्बर ७ निवासी निरकुमार मगर भन्छन् – यस्तो पुतली धेरै पहिलेदेखि नै धनकुटामा पाइन्थ्यो। अहिले पनि घरबाहिरको बिजुली रातभर बालिराख्यो भने बिहान त्यही घरको भित्ताहरुमा बसिरहेको पाइन्छ। उनले पठाएको फोटो-
dhankuta

कस्तो पुतली हो यो ?
यो पुतलीको नाम एटलस मोथ हो। वैज्ञानिकहरु यसलाई Attacus atlas भन्छन्। हङकङमा त यो पुतलीलाई स्थानीय भाषामा सर्प टाउके पुतली भनिँदो रहेछ।

जापानमा त यस्तो पुतलीको हुलाक टिकटसमेत निस्केको छ
Japanese_Biological_Education_Society_in_1959

पहिले त यसलाई विश्वकै सबैभन्दा ठूलो पुतलीसमेत भनिन्थ्यो। अहिले भने योभन्दा ठूलो पुतली भेटिएको छ। यस्तो खाले पुतलीको पखेटा १०-१२ इञ्चसम्मको हुनसक्छ।

attacus_atlas_1

यो साइटमा यस्ता खाले पुतलीका अनौठा विशेषताबारे लेखिएको छ- ताइवानमा यसको जिउ(cocoon)लाई पर्स बनाइँदो रहेछ। अरु केही गर्नै नपर्ने रे, एउटा जिपर हाल्दियो पर्स बन्ने। धेरै नबाँच्ने यस्ता पुतलीको मुखसमेत नहुने रहेछ। एक हप्ता पनि नहुने रहेछ पुतलीको जीवन।

मान्छेलाई झुक्याउन नसके पनि अरु जनावरलाई भने यी पुतलीले मज्जैले झुक्याउने वैज्ञानिकहरु बताउँछन्।

CUUgDqA

भिडियो हेर्नुस्-

यो चाहिँ थाइल्यान्डमा देखिएको

अरु खालका पनि पुतली हुँदा रहेछन्
004AF04B00000258-0-Owl_butterflies_left_have_eye_spots_that_mimic_those_of_pigmy_ow-a-13_1428509926294
यो लाटोकोसेरो जस्तो देखिने पुतली।

27607AC000000578-0-Some_entomologists_claim_the_eyed_hawk_moth_looks_like_the_face_-a-37_1428510800414
यसलाई चैँ अगाडिबाट हेर्दा कुकुर वा फ्याउरो जस्तो देखिन्छ।

नागराजा रिसाएको, अनिष्ट हुने जस्ता भ्रमबाट मुक्त होउँ। यो अरु ठाउँमा पनि देखिने सामान्य पुतली हो।

15 thoughts on “भक्तपुरमा भेटियो नाग जस्तै देखिने पुतली, नागराजा रिसाएकै हुन् त?”

  1. Shankar says:
    June 20, 2015 at 6:15 pm

    हो हो नागराज रिसाएकी हो , नागिन न पाएर | तन डोले ,मन डोले गर्न जाने हो कि रमा जी ?

    Reply
  2. Raju Acharya says:
    June 19, 2015 at 11:25 pm

    नेपालीमा एसलाई निसाचार पुतली भनिन्छ र नेपालमा प्रसस्त छन्

    Reply
  3. श्रीजन , भर्जिनिया says:
    June 19, 2015 at 11:11 pm

    यी रमा सिंह को कुरै नगरम भो. दुइ पैसा को कमन सेन्स छैन . भुइचालो को बेला मा सबै भन्दा बढी अफवाह , हल्ला फिजाउने मा नम्बर एक मा पार्छिन. दिन भरि फेसबुक मा चाहिने नचाहिने वेबसाइट / न्युज पोर्टल का लिंक शेयर गरेर बस्छिन. बुद्दि बिहिन आइमाई

    Reply
    1. कुमार says:
      June 20, 2015 at 12:08 am

      कुनै जमानामा फुटबल पनि खेल्थिन इनी। कुमार्साबका सहोदर सहोदर भाई झीर शाह्ज्युले नेपाल टेलिभिजन चलाउँदा निकै पश्चिमे ठकुरी लाई टेलिभिजन को जागिरमा हुल्नु भाको थियो झीर दाईले। त्यसमा कति त काम नलाग्ने निकम्मा ले पनि जागिर पाए।

      उबखत झीर दाइको भैंमा खुट्टो थिएन। रीस सारो चर्को र घमण्ड अझ चर्को। आजका झीर दाई देख्दा त उहाँ कति बदलिनु भएको भनेर भनेर ताज्जुब लाग्छ। त्यस्तो मानिस आज कसरी त्यस्तो नम्र र शीतल हुनुभाको

      Reply
  4. Rabindra says:
    June 19, 2015 at 1:18 am

    ए मारि डाम्ना ! राजा आऊ देश बचाऊ भन्ने सन्देशा यै हो रैछ गाँठे सोह्रै आना है

    पत्यार नलागे यहाँ हेरे पुग्छ के

    http://s7.postimg.org/h1dnn5h97/1234.jpg

    Reply
    1. bipin says:
      June 19, 2015 at 11:26 pm

      अहो यो फोटु देखेपछि त मेरो विस्वास पलायो है /

      सरकार !! जयजयकार !!

      कस्तो नागले विष्णु भगवानको शीरमा छाया दिएझै हामी समस्त नेपाली पनि सरकारको छत्रछाया मा मौलिन पाउँ

      दुइकोटी मुटु जोडी यौटै मुटु बन्छ
      त्यही मुटु नेपालीको राजमुकुट हुन्छ

      सरकार !! जयजयकार !!
      सरकार !! जयजयकार !!

      Reply
  5. kedar says:
    June 18, 2015 at 11:32 pm

    यो पेजमा गएर पुतली पार्कमै हेर्नुस खाल खालका पुतलीहरु |
    http://www.mariposariodebenalmadena.com/mariposas-imagenes/

    Reply
  6. Gaurab Nepali says:
    June 18, 2015 at 11:11 pm

    अचम्मको पुतली !!! पुतलीको पंखा हेर्दा नागजस्तो ! पंखाबिना झुशील किराजस्तो ! नाग र झुसिल को फुजन गर्दा फट्यांग्रा जस्तो ! अचम्मको पुतली !!!

    Reply
  7. ashim says:
    June 18, 2015 at 7:52 pm

    ओहो ठ्याक्कै सर्प टाउको जस्तो / के हो त गाँठे नागराज रिसाएकै हो त ? राजा विष्णु ल्याउन ह ह ह ह ह ?

    त्यसो त अर्को एउटा पुतली पनि हुने रहेछ जसको टाउको मुनि लेनिन को बोके दारी जस्तै छाप

    नपत्याए हेर्नुस् त

    http://animals.mom.me/DM-Resize/photos.demandstudios.com/getty/article/217/168/dv031031.jpg?w=600&h=600&keep_ratio=1&webp=1

    अब त्यस लेनिन दारीवाला पुतली देखियो भने त माले तर्फका नेता पक्कै प्रधानमन्त्री ह ह ह ह ह ह

    Reply
  8. Nepali biologist says:
    June 18, 2015 at 7:45 pm

    Mimicry is quite common defense mechanism seen across plant and animal kingdom. It’s a strategy evolved to escape from being eaten by fooling the predator.

    Reply
  9. nimesh, ktm says:
    June 18, 2015 at 5:32 pm

    नेपाल टेलिभिजनकी सेलिब्रिटी समाचारवाचिका जस्तो गरिमामय ठाउमा पुगेर काम गरेकीको त यस्तो मानसिकता छ भने साधारण नेपालीको के नै कुरा गर्नु
    छ र ! कतै उनले हालै पाल्पा-बुटवल सडक खण्ड अन्तर्गत पाल्पाको दोभाने गाविसस्थित माथिल्लो सिद्धबाबामा गएको पहिरोलाई लिएर धर्तिमाता रिसाएकी भनेर भनेनछ ।

    Reply
    1. कमल says:
      June 18, 2015 at 8:49 pm

      वाचिका भनेको अरुले लेखेको पढ्ने हो|
      त्यस्तो भ्रम पालने, बाँढ्ने र फैलाउने भत्केको मानसिकता ठिक लागेन|
      नागराजा भनेर ज्ञानेलाई सम्बोधित गरेको हो भने जनतालाई दुर्दिनमा पारेर जति रिसाए पनि हाम्लाई के मतलब?

      Reply
      1. nimesh, KTM says:
        June 19, 2015 at 7:06 pm

        “वाचिका” पनि त बिना याेग्यता त्यतिकै अाकाशबाट झरेकाे त हैन हाेला नि कि कसाे ऽ

        Reply
  10. लौटन अवधि says:
    June 18, 2015 at 12:43 pm

    नेपाल हो हजुर ? जे भने पनि चल्छ !

    Reply
  11. Niraj says:
    June 18, 2015 at 12:14 pm

    यो पुतली धनकुटामा धेरै पहिले देखि पाइन्थ्यो र ऐले पनि बर्खा मा पाइन्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme