Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धेरै बोल्नै पर्दैन, फोटोले नै देखाउँछ UN को WFP ले गोरखामा कस्तो चामल बाँड्यो?

Posted on June 17, 2015June 17, 2015 by mysansar

WFP अर्थात् विश्व खाद्य कार्यक्रम संयुक्त राष्ट्र संघ (UN) को एउटा संस्था हो। यसले नेपालका भूकम्पपीडितका लागि भन्दै विश्वभर चन्दा आह्वान गरेको तपाईँहरु सबैले देख्नुभएकै होला। अनि यसले चामल चाहिँ कस्तो बाँड्दो रहेछ त?
wfp
श्रीबहादुर गुरुङले खिचेका यी फोटोहरु गोरखाको लाप्राक गाउँमा WFP ले पुर्‍याएको चामलको हो। हेर्दै थाहा हुन्छ चामलको गुणस्तर। यहाँ केहीले सरकार चोर हो, खत्तम हो भन्दै आइएनजिओलाई धेरै विश्वास गरेका देखिन्छन्। आइएनजिओको ताल पनि यस्तो छ हेर्नुस्

wfp4

wfp3

wfp2

wfp1

WFP ले यहाँ मात्रै होइन काभ्रेमा पनि यस्तै गुणस्तरहीन चामल बाँडेको थियो। राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति निकाल्दै काभ्रेमा WFP ले दिएको र रेडक्रसले बाँडेको चामल गुणस्तरहीन पाएकोले कारबाही गर्न भनेको थियो। गुणस्तर तथा नापतौल विभागले पनि महादेवस्थान ८ कुन्तावेशीस्थित गोदामबाट ल्याएको नमुना परीक्षण गर्दा खाद्य गुणस्तर अनुरुप नभएको बताएको थियो।

10 thoughts on “धेरै बोल्नै पर्दैन, फोटोले नै देखाउँछ UN को WFP ले गोरखामा कस्तो चामल बाँड्यो?”

  1. Hari says:
    June 20, 2015 at 12:43 am

    थक्क ! यो WFP लाइ भुकम्पको बेला केहि डलर donate गरेको खेरै गएछ कि हो?
    अब कसको विश्वास मान्ने होला?

    Reply
  2. a nepali says:
    June 19, 2015 at 7:35 am

    मलाई सारै नरमाइलो लग्यो समाचार सुन्दा| झन् नेपाली नेताहरु ले भास्त्रचार गर्छन भनेर हाम्रो office बाट कम गर्ने हरु सबै मिलेर ($५००० जति US dollar) WFP बाट पठाइयो, के देख्नु पर्यो एस्तो| धेरै नेपाली हरुले सहयोग गर्नु भएको छ WFP बाट|

    We need to internationalize this issue, corrupt WFP officials should be held responsible for this. Many Samaritans have contributed their hard earned money for such a noble cause and the people who promised to deliver misuse the resources, unacceptable!

    साथी हरु India र Indian लै गाली गर्नु भन्दा पहिला सोचौ, धेरै इन्डियन साथी हरु ले donate गर्नु भएको छ नेपालको earthquake को लागि,| एक पटक आफैलाई सोधु त, हामी नेपाली भएर अर्को नेपाली लै कति सहयोग गरेका छौ? हो गर्ने हरु पनि हुनुहुन्छ, तर नगर्ने हरु पनि त निकै नै छौ नि होइन र? कि हामी माग्ने मात्रै हो, दिने नै होइन?

    Reply
  3. Nepali_American says:
    June 19, 2015 at 12:59 am

    WFP release statement that this was damaged due to rain and are replacing the damaged rice.. See here:
    https://www.wfp.org/news/news-release/findings-investigation-rice-laprak

    Reply
  4. naresh says:
    June 18, 2015 at 5:14 pm

    नेपाल मा आएको कैले र बाडिएको कैले हो त्यो पनि हेर्नु पर्छ अर्को कुरा समान इंडिया बाट आको रैछ क राम्रो हुनु र धोति हरु ले पथको

    Reply
  5. Ram Naresh Kurmi says:
    June 18, 2015 at 4:52 pm

    हामीलाई हाम्रा देशभित्रैका मान्छेहरूले ठगेका छन्, हेपेका छन्। बाहिरकाले पनि गरे। जसले ठगे पनि, झुक्क्याए पनि हामी बानी परिसकेकालाई के फरक पर्छ?

    Reply
  6. T Lama says:
    June 18, 2015 at 4:39 pm

    Shame on the people who work for WFP. Thukka cha. Tyatro paisa khancha. Pareko belama kehi kaam gardaina.

    Reply
  7. jhilke says:
    June 18, 2015 at 10:20 am

    आखिर मा समान पनि त हेर्नु पर्यो नि कुन देश को हो? भारत बाट सित्तै मा आएको कुन कुरा राम्रो छ र? आखिर ठग बुद्दि न पर्यो भारतीय हरुको. If any one is getting anything from India free of cost that mean the recipient is stupid. So be aware…

    Reply
  8. Shankar says:
    June 18, 2015 at 9:15 am

    विश्व संस्था नेपाल को कन्ट्रोल मा अलि छैन , तर नेपाल को सरकार नेपालीको कन्ट्रोल मा हुने भएकोले गालि गरेको हो | कुनै रहर ले हैन , पंगु भएकोले हो |

    Reply
  9. gautam ram says:
    June 18, 2015 at 9:14 am

    WFP हैन, WTF चाहि हो रैछ

    Reply
  10. डिल्ली says:
    June 18, 2015 at 7:02 am

    विदेशीहरू दया वा मायाँ गरेर नेपाललाई सहयोग गर्ने गरेको आवरणमा देखिए पनि उनीहरू राजनीतिक व्यापार गर्ने कुत्सित मनसायले भित्रिन्छन् (केही विदेशी असल र सहयोगी मनसायले भित्रिने पनि छन् तर उनीहरूले सङ्गठित भन्दा पनि निजीरुपमा सहयोग गरिरहेका छन्) । तुलनात्मक रुपमा नेपालको बसाइ राजसाही हुने, छाला हेरेर जनता र नेताले पूज्ने, उनीहरूको खर्च पनि कम हुने, कुटनीतिक आवरणमा अवैध काम गर्न सकिने यावत किसिमका सुविधा उनीहरूलाई नेपाल बस्ता हुन्छ । खर्च गरेर गर्नु पर्ने भ्रमण उनीहरूकालागि जागिर खाएर गर्न पाइरहेका हुन्छन् ।

    सरकारलाई दुत्कार्नु र विश्वास गर्नु एक किसिमको वाध्यता पनि हो किन भने उनीहरू पनि देशले दिएको सुविधा भोगेर जनतालाई ठगीरहेका छन् । राहतमा ढिलाइ गरेर पनि कमाइ गर्छन् । लाश पोल्ने दाउरामा भ्रष्टाचार गरेर पनि कमाउन पछि पर्दैनन् । हालसालैको भूकम्पमा बाङ्लादेशले दिएको ठूलो परिमाणको चामल र पाल लुकाएर, कति स्थानमा राहत सामग्री बेचेर पनि कर्मचारी तन्त्रले कमाइ गरेको छ । मन्त्रि नै पनि सङ्लग्न हुनसक्ने आधार देखिएको जस्तापाता काण्ड पनि ताजै छ भने दाताले बाढी पीडितकालागि गतसाल दिएको पैसा पीडितलाई प्रधानमन्त्रि उद्दार कोषले वितरण नगरेको, कर्मचारीले पीडितबाट उल्टो असुलेको जस्ता कुराहरू समेत बाहिर आएका छन् ।

    विदेशीहरूलाई राम्ररी थाहा छ यदि त्यो ठूलो परिमाणमा आउने सहयोग उत्तरदायी सरकार मार्फत वितरण गर्दा नेपालले चाँडै फड्को मार्छ भन्ने कुरा । तर उनीहरू हामीलाई परजीवि देखाएर यहाँको अस्थिर वातावरणमा आलिसान जीवन जिउन आउने हुन् । सहयोगी हैन । भ्रष्टाचारका अनेकन रुम हुने गर्छन् । विश्वखाद्यकार्यक्रमको चामल काण्ड पनि भ्रष्टाचारको एक रुप हो । यी विदेशीहरू अफ्रिकाको जङ्गलमा सिँह र भैँसीको लडाईँ हेरेर रमाए जस्तो नेपालीलाई बहादुर भन्दै जङ्गलमा बाघसँग लडाई गर्न लगाएर फोटो खिच्दै रमिता हेर्न पल्केका छन् ।

    यो कुहिएको चामल काण्ड विदेशीको ठगी त हुँदै हो तर समन्वयकारी र अनुगमनकारी सरकारी निकायको कमजरी पनि हो । विदेशीहरूलाई लगाम लगाउन सक्नु पर्छ सरकार र देश बलियो पारेर भन्ने शिक्षा पनि हो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme