अहँ, अहँ झुक्किँदै नझुक्किनुस्। अहिलेको राजनीतिक घटनाक्रमलाई थोरै पनि बुझ्ने मानिसलाई थाहा छ, अहिले नेपाली महिला प्रधानमन्त्री बन्न सक्दैनन्। कांग्रेसमा हेर्नुस्, एमालेमा हेर्नुस्, एमाओवादीमा हेर्नुस्- कतै पनि महिलालाई प्रधानमन्त्री बन्ने गरी अघि बढ्न दिइएको छैन। जमानामा नायबी चलाएको र उपप्रधानमन्त्री भएको नै नेपाली महिलाले पाएको सबैभन्दा ठूलो पद हो। महिला प्रधानमन्त्री बन्ने कुरा कतिसम्म अपत्यारिलो छ भने हेर्नुस् न अहिलेसम्म नेपाली महिला प्रधानमन्त्री भएको कुनै कथा, फिल्म, सिरियलसम्म बनेको छैन। महिला प्रधानमन्त्री हुने कुरा त टाढै रह्यो, कल्पनासम्म गर्न नसक्ने रहेछौँ त हामी।
त्यही भएर अहिले अमेरिकी दातृ निकाय युएस एडको आर्थिक लगानीमा नेपालमा महिला प्रधानमन्त्रीको कल्पना बुनिँदैछ। त्यो पनि टेलिभिजन सिरियलमा।
हेर्नुस् त हामीलाई नेपाली महिला प्रधानमन्त्री भएको कल्पना गराउन पनि विदेशीले सहयोग गर्नुपर्ने भएछ। अमेरिकाले। त्यही अमेरिका जसको २२६ वर्षको इतिहासमा अहिलेसम्म महिला राष्ट्रपति बन्न सकेको छैन। ४४ जना राष्ट्रपति भइसके तर कोही पनि महिला छैनन्।
कल्पनामा नेपाली महिला प्रधानमन्त्री भएको चाहिँ अमेरिकाकै सहयोगले हामीले आउँदो सेप्टेम्बरबाट हेर्न पाउने भएका छौँ। १३ अंकको यो सिरियलमा महिला प्रधानमन्त्री बन्नेछिन् गौरी मल्ल। महिला प्रधानमन्त्री बन्दा हुने दुःख र चुनौतीको कथा यसमा बुनिएको छ।
छिरिङ रितार शेर्पाले यसको निर्देशन गरिरहेका छन्। अमेरिकामा दर्ता भएको आइएनजिओ सर्च फर कमन ग्राउन्डको नेपाल कार्यालय र शेर्पाको फिल्म प्रोडक्सन कम्पनी मिला प्रोडक्सनले यसको संयुक्त निर्माण गर्ने र आर्थिक लगानी भने अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकास सम्बन्धी एजेन्सी युएस एडले गर्ने यसको वेबसाइटमा लेखिएको छ।
युएस एडका अनुसार सिंहदरबार अमेरिकी डलर $1.003 million को प्रोेजेक्ट हो। दुई वर्षको यो प्रोजेक्टमा सिंहदरबार नामको यही १३ अङ्कको टिभी सिरियल बनाउने र ५२ भागको गाउँ गाउँमा सिंहदरबार नामको रेडियो नाटक बनाउने योजना छ।
विदेशीले यत्रो खर्च गरेर नेपालमा महिला प्रधानमन्त्रीको कल्पना गराइदिन लागेका छन्, तपाईँ कल्पना गर्ने होइन त ? को बन्न सक्लान् निकट भविष्यमा नेपाली महिला प्रधानमन्त्री? कमसेकम अनुमान त गरौँ। आफ्नो अनुमान तल कमेन्टमा लेख्न सक्नुहुन्छ।
[analytics-counter]
मनिषा कोइराला प्र.म. र बिस्तारै राजतन्त्र फर्काउने प्रयास.
यति धेरै पैशा नेपालिको नाउंमा एउटा ब्यक्ति को बिदेशी एन.जी.ओ लाई???
आधुनिकता र सभ्य समाज को ऊपलब्धि नै मानन्नु पर्ला हैन त…..
शारिरिक सन्तुष्टि को लागि- चेलिबेटिहरू चांहि – मुम्बई मा रू.१३००० मा बिक्री हुने
तर,
मानसिक सन्तुष्टि को लागि- च्याङ्वाहरू चाहि -$१.३ मिलियनमा न्यूयॉर्क मा बिक्री हने।।।
I think it’s totally futile to comment about the access of women in the US as a reaction to this blog. That’s the least of our interest. Let’s stp discussing about the background. Nowadays when a piece of ouvre ( let’s say a film, a book ) is published, the discussion is focussed on the personal life of writer, director, actors, actresses rather than the art itself.
What I mean is let’s focus our talk on the usefulness of soaps of such genre. In my personal view, as we are yet to watch the telefilm to make a judgement/criticism, I think the positive point is that it can spark a motivation. Let’s hope that the telefilm will be effective enough to inspire competent women into politics that they set the goal of even becoming the first prime minister of Nepal. I hope to see one within my lifetime.
आयो एउटा अमेरिका भक्त नेपाली उसकै देश भाषामा कुरा गर्दै
हँसायो एउटा टेलिभिजन सिरियलले मोतिवेशन spark गर्ने भा भए नेपालमा के के भइसक्थ्यो
अमेरिकामा हुन नसकेको spark नेपालमा हुने ?
कमेन्ट लेख्ने क्रममा प्राविधिक कारणले नेपालीमा टाइप गर्न नमिलेको कारण अंग्रेजी मा लेखेको हूँ, रहरले हैन.
जहाँसम्म अमेरिकाको भक्तिको कुरा छ खै मैले मेरो कमेन्टमा कहीं तेस्तो भक्ति देखाको जस्तो लागेन. खालि अमेरिकी राजनीतिमा महिलाको पहुच जति सुकै होस्, होस् या नहस, हाम्रो चासो को कुरा हैन र माथि भनिएक टेलिफिल्म को विषय संग खासै सन्दर्भ राख्दैन भनेको.
अनि अन्त्यमा ‘स्पार्क’ भनेको फिल्म टेलिफिल्म मात्र हैन एउटा बाटोमा देखेको होर्डिङ्ग बोर्डको स्लोगन बाट पनि आउन सक्छ. उदाहरणको लागि भारतमा ८० को दशकमा बनेको टेलिचलचित्र उडान ले धेरै महिलाहरुलाई पुलिसमा भिड्न को लागि प्रह्त्साहित गरेको थियो. त्यस्तै एउटा रकी नामक हलिवुड चलचित्र ( फेरी अमेरिका र भारत भक्त भन्न बेर छैन ) र अझ तेस्को ‘गन फ्लाई नाउ’ नामक गितक कारणले मोतिभेतेड भएर जिन्दगि बदलिएको उदाहारणहरु प्रशस्त छन्.
अमेरिकी पैसोमा बनेको भएर अमेरिकी राजनीतिमा महिला पहुँच पनि बहसको विषय हो हजुर।
अनि स्पार्कको कुरामा विदेशतिरको भन्दा नेपालकै उदाहरण दिए वेस हुन्थ्यो हजुर। छ त्यस्तो केही ?
कति सारो नकारात्मक सोचाई हो लव भट्ट को \ अंग्रेजीमा कमेन्ट देखेर झनक्क भयो जस्तो छ ,हा हा \
नाटक कथा फिलिम गीत ले मान्छेलाइ जागरुक बनाएको एउटा पनि नेपाली उदाहरण पाएनौ ?? माओबादी ले हजारौ युवालाई कसरि हतियार बोकाएर जंगल पठायो ? — अब फेरि राम्रो नराम्रो पक्ष्य बिपक्ष्य केहि लिएको होइन है , माओबदिले राम्रो गरेको पनि भनेको होइन , उदाहर्ण मात्र हो \ ति रक्तिम , सामना आदि समुहको प्रभाब बाबुराम प्रचण्डको भन्दा कम थिएन \
अलि पुरानो कुरो याद आयो , उजेली तेलिफिलिम ले बाल बिबाह कम गर्न र छोरीलाई स्कुल भर्ना गर्न कति आसर गर्यो भन्ने कुरा आफैले देखेको छु \
अब भंलाउ राजनीति गर्न तेस्तो सजिलो कहाँ छ , तर सरकारी जागिर खान लोकसेवा आयोग को फारम त भर्ना पर्यो पहिला सुरुमा \
अनि अर्को कुरो थप्न मन लाग्यो , येस्ता कुराहरुले 5-10 प्रतिसत दर्सकलाई मात्र आसर गरायो भने पनि उपलब्धि मान्छु मा त \
मलाई नि थप्न मन लाग्यो, अमेरिकाले आफ्नै देशमा राष्ट्रपति महिला बनाउन सक्या छैन, नेपालमा सक्ला?
होइन मित्र , यो तेलेफिलिम अमेरिकी सरकारले बनौन लागेको त होइन नि , पैसा मात्र दिन लागेको छ \ बनाउने त नेपाली निर्देशक र अमेरिकी NGO ले रहेछ \
एउटा मास्टरको छोरो लड्डु रहेछ , अनि तेस्तैमा मास्टरले अर्को दुख् पाएको बच्चालाइ देखेर “एस्लाई मा पढ़ैदिन्चु ” भनेछ | बच्चाको बाउ लाइ झनक्क रिस उठेछ “मुला मास्टर – आफ्नो छोरो लड्डु छ , मेरो छोरोलाई पनि लड्डु बनउने होला ” | तर बास्तबमा मास्टरले पैसा तिरिदिएर अर्कै स्कुल भर्ना गर्दिने विचार गरेको रहेछ \
भनेकै त्यही हो । आफ्नो देशमा त झन् बढी खर्च गर्ला । तैपनि त आफ्नो देशको महिलाप्रतिको धारणा परिवर्तन गर्न सक्या छैन भने नेपालमा सक्ला भनेर सोधेको । सोध्नै नपाइने जस्तो कुरा नगरम् न ब्रो
ए हो, उजेली टेलिफिल्म आउँदा नेपालमा कति प्रतिशतको घरमा टिभी थियो? सहरमा धेरै थियो जहाँ बालविवाह समस्या नै होइन। हजुरले आफ्नै आँखाले देखेको परिवर्तन के हो थाहा पाम् न हामी नि। मैले टिभी सिरियलको कुरा गरेको है। नाटकको होइन। अमेरिकी डलरको लगानीको पनि कुरा गरेको
अहिले जस्तो खासाको सस्तो television नभय पनि सिंगो गाउमा एउटा टेलिभिजन भएपनि सबैजना ले हेर्थे / सदरमुकाम -बजारमा बस्ने , अर्कैको घरमा गएर टेलिभिजन हेर्नेले पनि बाल बिबाह गरेको र छोरि स्कुल नपठाएको कति छन् , अझै होलान \ संदेश मुलक तेलेसेरिअल ले माज्जले काम गर्छ \
अब कस्तो कस्तो ठाउमा अमेरिकि डलर लिने , कस्तोमा पौण्ड लिने कस्तोमा जापानी येन लिने भन्ने कुरो चै अर्थ मन्त्रालय र संचार मन्त्रालय को कुरा होला – अब अर्थामत्रलाया ले ” usaid लै नेपालमा खर्च गर्ने पैसाले फिलिम चै नबनाऊ – संचार मार्फत गर्ने कुनै पनि कुरामा हामी विदेशीलाई अनुमति दिन्नौ ” भनेर भन्न सक्छ \ तर “तिमीले बनाउने फिलिम्ले काम गर्दैन -तेसैले बनाउने अनुमति दिन्नौ ” भन्यो भने चै हसाउने कुरो हुन्छ | अब कुनै chij राम्रो बन्यो भनेपनि , ‘यो छ डलर हालेर बनाएको , येस्मा पुजिबाद र सम्रज्यबद्को गन्ध छ’ भनेर पुर्बग्रह राख्यो भने चै गारो हुन्छ \
ए हो, कुन गाउँमा रैछ त्यसरी गाउँभरीका एकै ठाउँमा बसेर हेर्ने अनि त्यही हेर् ा भरमा छोरीलाई स्कूलमा पठाउने? नाम पाउँ न, आफ्नै आँखाले देख्नुभएको भनेको होइन? कति परिवारले पठाएका रैछन्?
तेस्ता धेरै उदाहर्ण छन् मित्र , मेरो आफ्नै अनुभब चै , २०/२५ वर्ष पहिले सितापईला नजिक हाम्रो परिवार डेरा गरेर बस्दा, सनिबार र राम्रो तेलेफिलिम आउने दिनमा वोरिपरिका मान्छेहरु १२/१५ जना सधै हुन्थे \ तेलेफिलिम कै प्रभावले छोरि स्कुल पठाएको आफैले देखेको तेही बेलामा हो – बरु छोरि चै ८ कक्ष् पढेर आफै बिहे गरेर गैचन रे \ अनि अरु साथी हरुले पनि जिल्ला तिर सदरमुकाम नजिकका गाउमा एसको राम्रो असर पर्यो भन्थे \
ए, कुन चैँ न गाउँ होला भनेको त काठमाडौँको सितापाइला नजिकैको रे। आफ्नै आँखाले देखे पनि कस्तो नाम चाहिँ थाहा नभएको !
अनि यो काठमाडौँमा रहेको गाउँका कति जनाले छोरीलाई स्कूल पठाएछन् त्यसको कारण टेलिभिजन सिरियल नै हो भन्ने प्रभाव मूल्याङ्कन कसरी गर्नुभयो ? राजधानी नजिकैका बासिन्दा परे। न अरु नै कुनै कारण पो थियो कि ।
अरु ठाउँमा चाहिँ तपाईँले वास्तविक कुरा बल्ल खोल्नुभो। डोनर एजेन्सीले आफ्नो रिपोर्टमा बढाइचढाइ लेख्या जस्तो “अरु साथीहरुले पनि सदरमुकाम जिकका गाउमा एसको राम्रो असर पर्यो भन्थे” भनेर। “आफ्नै आँखाले देखेको” बाट दन्त्यकथा जस्तो “भन्थे” भन्नेमा पुग्नुभो। छोरीलाई स्कूल पठाउनुमा न त्यतिबेलाको अरु नै कुनै फ्याक्टरले पो काम गरेको थियो कि।
अन्तिममा भन्न खोज्या कुरा के हो भने नेपालीहरु सँधै मगन्ते नबनुम् । महिला प्रधानमन्त्री भएको कल्पना गरेर हामी आफैले पनि टेलिसिरियल बनाउन सक्छौँ । यतिका लागि पनि अमेरिका जसको देशमा आफ्नै राष्ट्रपति छैन महिला त्यस्तोको पैसाम मागेर सिरियल बनाएको देख्दा निको लागेन मात्र भन्या हो। सबै एनजिओवालालाई चोट परेको भए पनि परोस् । लौ त यसको बहस यतिमै टुङ्ग्याउँ ।
तपैले ‘येतिकैमा यो बहस सकु ‘ भनेकोले आफ्नै कमेन्ट मा लेखे \ समज्सस्त्रिया अनुसन्धानमा निष्कर्समा पुग्ने विभिन्न बिधि हुन्छन \ सबै अवस्थामा येति प्रतिसत लाइ आसर गर्यो , अनि यी यी सहायक चल हरु (कन्ट्रोल variables ) हरु थिए’ भनेर भन्न सम्भब नभएको अवस्थामा थोरै संख्यामा केसहरु लियेअर पनि qualitative analysis पनि गर्न सकिन्छ / गर्नु पर्ने हुन्छ \ तेस्तै अनुसन्धान/बिस्लेशन गरेर नै तेस्ता फिलिमको राम्रो असर पर्दो रहेछ भनेको हो \ अनि देशलाई मगन्ते नबनाउने भन्ने कुरा चै ठिक लाग्यो – तर अमेर्कामा महिला रास्ट्रपति छैन तेसैले एस्तो फिलिम मा अमेरिकी सहयोग लिन हुन्न भन्ने कुरा चै हास्यास्पद लग्यो – पैसा मात्र दिन्छु भनेको छ \ बरु मैले माथि भनेको जस्तो कुन कुन क्षेत्रमा बिदेशी सहयोग स्वीकार गर्ने नीति स्पस्ट हुनु पर्यो भन्ने चै ठिक हो – तर तेरो आफ्नै महिला रास्ट्रपति छैन हामीलाई सिकाउनु पर्दैन भन्ने चै गजबको कुरो सुनियो \ बरु दलित जनजातिलाई प्रधानमन्त्री बनाउन सिकाउने भए चै सिका – तेरो पनि बर्सौ देखि पिडित kale चै रास्ट्रपति भयो क्यारे’ भन्नु parla.|
तपाईँको अनुसन्धान विश्लेषण बुझियो। गाउँको नाम पनि भन्न नसक्ने । साथीहरुले सदरमुकामतिरका गाउँमा राम्रो असर पर्यो भनेर भनेको/सुनेको भरमा क्वालिटेटिभ एनालाइसिस ! वाह वाह !
यो लव बत्त मान्छे चै काम नभाको बरोजगार रेइछ.. सबै को कमेन्ट मा कमेन्ट गरेर नहु खोछ… देमाग नभाको मान्छे !!!
यो विवेक भन्ने चैँ अविवेकि मान्छे रैछ ।
कसको काम नभएको भन्ने त थाहा भइगो नि अर्काको कमेन्ट सबै पढेर बसेर दिमाग नभएको भनेर गाली गर्ने मान्छेको चैँ काम भएको होला हैन ?
दिमाग भएको भए त तैँले नि कमेन्ट गरिहाल्थिस् नि । दिमाग भाको मान्छेले तर्क गर्छ, पाँडे गाली होइन। अर्कालाई दिमाग नभएको भनेर गाली गर्न त के दिमाग चाहियो र हैन ब्रो ?
ये भै, तिमीले अमेरिकनको भन्दा पनि राम्रो documentary बनाएर देखाई देउन. अमेरिकाले केगरोस येअ नगरोस त्यो उसको चासो हो. तिमि नेपाली ले नेपालको लागि उस्लेभंदा राम्रो गरेर देखी देउन. सक्कीगोनी किन पचार थरिको कुरा कात्त्नु पर्यो. तिम्रो नेपाल बनाउन उसले ठेक्का त लिएको छैन नि. जुन देशले पनि आफ्नो हितको लागि कामगर्ने हो भाइ. अर्को देशको लागि कसैले पनि कम गरिदिदैना. माग्नेलाई कसैले पनि सुनको असर्फी दिदैन.
तिम्रो नेपाल रे?
तिम्रो चैँ के ? नाम त नेपालीको जस्तै राखेका छौ त
कि नक्कली डकुमेन्ट भरेर रेफ्युजी बनेर कार्ड पाएका हौ अनि नयाँ जोगी खरानी घस्छ भन्या जस्तो अमेरिकाको तरफदारी गर्न आएका
माग्ने देश रे हामीलाई।
यत्राको माग्ने देश । यस्ता डकुमेन्ट्री बनाउन पैसा नदेऊ भन तिम्रो बाउ देशलाई । चाहिएन तिमीहरुको पैसा । खुब ठूला कुरा गर्ने ।
तिम्रो अमेरिकाले हाम्रो देशमा पैसा खर्च गर्न आएपछि हामीलाई चासो नभए तिम्रो बाउलाई हुन्छ त चासो ?
यो त कहिले काँही तिमि जस्तो माग्नेलाई पनि तातो भात खान दिएको नि. येसो खाहिले काँहीत माग्नेले पनि तातो भात खानु पर्यो नि. धेरै कुर्लनु भएन. एकछाक तातो भातपानी उम्केला फेरि. तातो भात पनि खाने कुरा पनि काट्ने गर्नु त भाते भैहाल्यो नि.
ए भाइ नेपालीलाई माग्ने भनेको टाइप गर्दागर्दै भाँडा कालै छाडेको देख्ला र ठटाउला नि इन्डियन रेस्टुरेन्टको बोसले तिमीलाई। अनि कता ग्यास स्टेसन जान्छौ ? अस्ति भर्खर समिरा शिवाकोटीलाई गोली ठोक्ने कालेले निधारमै गोली ठोक्ला र सीधै परमधाम् पुग्लाउ अनि देख्छौ खुब नेपाल छाडेर अमेरिका जाँदाको फूरफूर।
ये भाइ म के गर्छु कंहा छु त मेरो बेक्तिगत कुरा हो, त्यो तिम्रो चासो को बिसय होइन. मत तिम्रो त्यो छुद्र मगन्ते प्रबिर्तिको कुरा गरेको. मागेर तातो भात खाने अनि उसैई टोक्ने.
ए भाइ मैले कहाँ के मागेको देख्यौ र मलाई मगन्ते भनेर आरोप लगाउँछौँ ?
मैले उल्टो मगन्ते पाराको विरोध गरिरहेको देखेनौँ ?
मैले जे लेखेँ त्यो मेरो व्यक्तिगत धारणा हो तिमी जस्तो छुद्र काइते पाराको गाली बक्नेको चासोको विषय होइन।
बुझेर लेख्ने, नबुझे चुप्प लागेर बस्ने, जथाभावी गाली लेख्ने ठाउँ होइन यो तर्क गरेर बहस गर्ने ठाउँ हो, कुरो बुझ्या हौ?
राम कुमारी झाँक्री हुन्छिन् कि !
म त खै !
खासै नेपाली राजनीति मा महिला प्रधानमन्त्री बन योग्य त कोहि नि देख्दिन ।पुरुष प्रधान देश भएर होला सायद …
यो सराहनीय प्रयास मान्नै पर्छ र अंग्रेजीमा “their heart is in the right place” भनेझैं राम्रै चिताएर गरेका हुन् ,तर पनि कता कता यी हरफहरु याद आयो :
Matthew 7:3
Why do you see the speck that is in your brother’s eye,
but don’t consider the beam that is in your own eye?
साधारण अंग्रेजीमा:
….sweep your own porch before you go trying to sweep someone else’s….
नेपालीमा भन्ने हो भने “आफ्नो आँगनको दिसा सफा नगरेर अर्काको आँगनको चिन्ता लिने”
महिला राष्ट्रपति त परै जाओस , महिला उप राष्ट्रपति त जस्को आजसम्म छैन ,
अफ्रिकी मूलका अमेरिकी व्यक्तिले एकपल्ट होइन दुइपल्ट चुनाव जितेर राष्ट्रपति हुँदा आधा जस्ता गोरा जनतालाई अझसम्म पेटको अल्सर र पेट पोल्ने रोगले छोडेको छैन र विजयी भएको दिन देखीनै आफ्ना कानुनी रुपले निर्वाचित राष्ट्रपतिलाई असहयोग गर्ने कसम खाने विपक्षी नेताहरु …… …
के के न विकसित मुलुक भनिने देशमा अझसम्म त्यही पदमा त्यही अनुभव र योग्यता भएका महिलाले पुरुष भन्दा थोरै तलब पाउँछन……
गोरा प्रहरीले निहत्ता अफ्रिकी मूलका व्यक्तिलाई गोली हानेका घटना सन् २०१५ को ६ महिना पनि वितेको छैन – आधा दर्जन भन्दा बढी भैसके……. विगत वर्षहरुमा त कति कति गनेर साध्य छैन /
तर जे होस् , आफ्नो आँगन भरि दिसा नै दिसा भए पनि आफ्नो स्वार्थ त्याग गरेर अर्काको आँगन सफा गर्नमा चिन्तित भएर शिक्षा दिक्षा दिने र “pontificate” गरेको वापत धन्यवाद त दिनै पर्ला हैन ? ?
ए अर्को कुरा त विर्सियो यार – स्थल सेना , वायुसेना र नौसेना सबैमा हरेक वर्ष सयौं महिला हरुमाथि यौन दुर्व्यवहार हुने गरेको
अनि सिनेटर र कंग्रेसम्यान भनौदा नेताहरुले आफ्ना छोरी नातिनी समान उमेरका “intern” हरुमाथि यौन दुर्व्यवहार
यार हामी त पिछडिएका “तेस्रो विश्व” का बर्बरियन भयौं भयौं ——त्यत्रो विकसित मुलुकमा किन त्यस्तो होला हगि ? अचम्म
सुजाता आन्टी, अरु त को नै छन र ।
सुजाता अन्ति हुन् कि हिसिला दिदि हुन् कि सिता भाउजु हुन् … जे होस् सपना बादिदै छ …
ह ह खेला गर्नुभो / हैन गाँठे हिसिला दिदीलाई चटक्कै भुलेको भन्या , अझ हिसिला दिदीको नातेदार भएको भए त ठेका पट्टा मालामाल घिऊ नै घिऊ /
सुजाता आन्टी मात्र किन उहाँकी आधा जर्मन “कुन्नि के जाता” लाई चाहिं परधान मन्तरी अनि र बंगाली राजकुमार चाहिं “फर्स्ट जेन्टलम्यान” अथवा पुरानो पन्चे लवजमा भन्ने हो भने “कुमार बंगाल जंगबहादुर” भने भो / कुमार संग खाली blank नेपाली राहदानीको खात का खात छंदै छ , आफैलाई नागरिकता दिई हलिसिन्च्छ /
अनि सरिता गिरी दिदी लाई पनि भुल्नुभो / सरिता दिदी त इज्जत र इमान्दारिता की खानी /
अनि आरजू मेडम नि ? आरजू मेडम परधान मन्तरी अनि “कुमार शेरबहादुर” चाहिं “फर्स्ट जेन्टलम्यान” / झन दुवै श्रीमान श्रीमती वालुवाटारमा – गिनेस बुकमा रिकर्ड दर्ता ह ह ह ह
चित्रलेखा दिदी पनि कोहि भन्दा कम हुनु हुन्न नि
What about Nani Maiya Dahal?
she is history may be good for ceremonial like President role