२०७२ सालको वैशाख १२ मा ठूलो भूइँचालो आयो। यति ठूलो आयो कि यो पुस्ताले अहिलेसम्म भोगेको ठूलो विपत्ति हुनपुग्यो। योभन्दा पहिले यस्तो कहिले भएको थियो भनेर खोज्दै जाँदा पुग्नुपर्ने भयो विक्रम संवत् १९९० सालमा। त्यतिबेला ब्रह्मशमशेरले एउटा किताब लेखेका थिए। त्यो ज्यादै पुरानो किताब कतिको घरमा थियो होला। कतिको घरमा किराले खाइसकेको होला। ७२ सालको भूँइचालोपछि सबले यो किताब खोज्न थाले। हुनत यसको अंग्रेजी अनुवाद बजारमा पाइन्छ तर नेपाली नै पढ्न चाहनेलाई विकल्प थिएन।
हो, यही मागलाई ध्यानमा राख्दै पुस्तक पुनः प्रकाशन गर्नेतर्फ प्रकाशकहरुको ध्यान गयो। हुँदाहुँदा यो एउटै किताब तीन वटा प्रकाशकले छाप्ने भइसकेछ। सबैले अर्को सातासम्म किताब बजारमा ल्याउने भनिरहेका छन्। योसँगै प्रकाशकहरुले यो किताब छाप्ने अधिकार हामीसँग मात्र छ, तिमीहरुसँग छैन भनेर झगडा गर्न थालेका छन्।
किताब छाप्न लागेको संस्थामध्ये एक बुकहिलले प्रेस विज्ञप्ति निकाल्दै भनेको छ : हामीले लेखक ब्रह्मशमशेरकी ८५ वर्षीया छोरीसँग लिखित अनुमति लिएर किताब छाप्न लागेको हो। नेपालको कपिराइट कानुन अनुसार लेखकको मृत्यु भएको ५० वर्षपछि मात्र कपिराइट फ्री हुन्छ तर उनको निधन भएको ३१ वर्षमात्र भएको छ। अरुले छाप्न लागेको किताब अवैधानिक र गैरकानुनी छ।
त्यस्तै अर्को प्रकाशन संस्था नेपालयले पनि आफ्नै किसिमको दावी गरेको छ। नेपालयले लेखक ब्रम्हशम्शेरको अनुमतिमा २०४१ सालमा उक्त पुस्तकको तेश्रो संस्करण प्रकाशित गर्ने ‘सहयोगी प्रेस’सँगको समझदारीमा यसको प्रकाशन गर्न लागिएको दावी गरेको छ। भूकम्पलगत्तै १९९१ मा प्रकाशित यो पुस्तकको १९९२ मै दोश्रो संस्करण छापिएको थियो। ०४० सालताका लठ्ठी टेक्दै छापाखानामा आउनुभएका लेखक स्वयंले यो पुस्तक प्रकाशनको जिम्मा हामीलाई दिएर जानुभएको थियो भनेर सहयोगी प्रेसका रमेशकुमार शर्माको भनाई राखिएको छ।
यो किताब छाप्न लागेको तेस्रो प्रकाशक हो प्राइम बुक्स। यसले भने अहिलेसम्म यस्तो कुनै दावी गरेको देखिएको छैन।
९० सालको भूकम्पको नाममा कपिराइटको यो युद्धमा कसको जित हुने हो, हेर्न बाँकी छ। लेखककी हकवाला छोरीले दिएको लिखित अनुमति Vs लेखक स्वयंले प्रकाशन अनुमति दिएको दावी।
[तपाईँलाई के लाग्छ- पुस्तकमा कसको दावी ठीक होला? आफ्नो विचार तल कमेन्टमा राख्न सक्नुहुन्छ]
यो किताब मैले अनलाईन पढिसकें । कसैलाई पढ्न मन लागे यो लिंकमा जानु होला ।
http://www.slideshare.net/gajendra3/earthquake-1990-bs-unicode-pdf
५० वर्ष पुगे पछि प्रतिलिपि अधिकार रहदैन सबैले छाप्न पाउछ ।
यिनलाई कुरो नबुझी किन कमेन्ट गर्न पर्या हो । माथि देखेनौँ बुकहिलको विज्ञप्तिमा के लेख्या छ ? मरेको ३५ वर्षमात्र भो रे । ५० वर्ष पुगेकै छैन र त कुरो आयो नि । ५० वर्ष पुगेको छैन भनेसि सबैले छाप्न पायो त ? के भन्नुहुन्छ ?
बढी थाहा पाउन कपिराइट कानुन http://www.nepalcopyright.gov.np/pdf/Pratilipi%20Adhikar%20Ain_2059.pdf
नेपालयसंग ब्रम्हशम्शेरको लिखित अनुमति पत्र छ भने नेपालयको नत्र भने उनकी जीवित छोरिको अनुमतिमा बुकहिलले छाप्न पाउनु पर्छ । बुढाले लठ्ठी टेक्दै आएर छाप्नु भन्नुभएको थियो भन्दैमा पत्याईहाल्नु पर्छ भन्ने के आधार छ ?
सबैले छापे हुन्छ, जुन सस्तो र राम्रो छ त्यही रोजेर िकन्न पाइन्छ । एउटैले छापे मनपरी भाउ हुन्छ ।
हावा कुरा नगरम् न। तपाइँले कुनै किताब लेख्नुभो भने तपाईँलाई थाहै नदिई अरुले छापे तपाईँलाई कस्तो होला?
ब्रम्ह शमशेर सन्तानहीन थिए । उक्त पुस्तक प्रकाशित भएको पनि ८० वर्ष नाघिसक्यो। पुस्तक प्रकाशित हुन पनि अावस्यक ने भयो ।शुध्द ,अाकर्षक,रउचित मोलमा प्रकाशित होस्,प्रकाशित गर्ने स्वतन्त्रता प्रकाशकहरू लार्इ छ जस्तो लाग्छ ।
कहाँ लेख्या रैछ ब्रह्मशमशेर सन्तानहीन भनेर चैं। एक जना प्रकाशकले माथिको विझप्तिमा त छोरीको नाम र अहिले कहाँ बस्छिन् समेत लेखेको छ त, झुठो हो त यो ? प्रमाण राखेर कुरा गरौं न कन्फ्युजन क्लियर हुन्छ
लिखित प्रमाण जसको हातमा छ उसकै हात माथि पर्छ । लेखकले दिएको थियो अधिकार भनेर मुखले त जसले पनि भन्न सक्छ नि । नेपालय जस्तो नामी प्रकाशकले यस्तो मा के लोभ गरिरहेको होला !