Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खाडीका छ देश र मलेसियामा कामदार पठाउन नेपालको शर्त : तलबबाट खर्च कटाउन पाइन्न, हवाई टिकट र भिसा खर्च व्यहोर्नुपर्छ

Posted on June 12, 2015June 13, 2015 by Salokya

GulfMap वैदेशिक रोजगारीमा नेपालले शर्त र अडान राखेको सुन्न निकै कम पाइन्छ। हाम्रो हात सँधै तल परेको जस्तो। तर खासमा कामदार त विदेशीहरुलाई चाहिएको हो। आवश्यकता उनीहरुलाई बढी हो। यस पटक चैँ नेपालले खाडीका छ मुलुक कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स(दुबई), ओमन, कुबेत र मलेसियामा कामदार पठाउन शर्त राख्ने भएको छ।

शर्त हो : कामदारको तलबबाट कुनै पनि अन्य खर्च कटाउन पाइन्न। अनि कामदारलाई रोजगार दिने कम्पनीले नै जाने आउने हवाई टिकट अनि भिसावापत् लाग्ने खर्च व्यहोर्नुपर्छ।

श्रम तथा रोजगार मन्त्रालयले यो सम्बन्धी निर्णय गर्दै प्रस्ताव कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाएको जानकारी दिएको छ।

यो लागू हुन भने पहिला कानुन मन्त्रालयबाट स्वीकृति प्राप्त हुनुपर्‍यो र त्यसपछि नेपाल राजपत्रमा सूचना प्रकाशन हुनुपर्‍यो। सूचना छापिएको पाँच दिनपछि यो लागू हुन्छ।

यसले निश्चय पनि कामदारहरुलाई फाइदा हुन्छ। देशमा धेरै रेमिट्यान्स भित्र्याउने यही देशका कामदारहरुले हुन्। ऋण गरी गरी एक लाख रुपैयाँसम्म खर्च गरी अझ दलाललाई समेत खुवाएर कामदारहरु विदेश जान्छन्। उनीहरुको लागत खर्च उठाउनै वर्ष लाग्छ।

यो व्यवस्था लागू भएपछि भने अब यी देशमा जाने कामदारले आवधिक जीवन बिमा, अभिुमखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्कमात्रै बुझाउनुपर्नेछ। यो भनेको अन्दाजी २० देखि ३० हजार होला। यसअघि सरकारले मलेसियामा रु ८० हजार, खाडीमुलुकमा रु ७० हजारसम्म अधिकतम लागत तोकेको थियो। तर कतिपय कामदारहरुले योभन्दा बढी रकम तिर्न बाध्य भएका थिए।

अब कामदार आपूर्ति गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्रै नेपाली म्यानपावर कम्पनीले रु १० हजारसम्म कामदारबाट सेवा शुल्क लिन पाउने छन्।

नयाँ व्यवस्थाअनुरुप रकम लिए नलिएको अध्ययन गर्न मन्त्रालयको वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध महाशाखाको संयोजकत्वमा अनुगमन समिति पनि गठन हुने भएको छ।

4 thoughts on “खाडीका छ देश र मलेसियामा कामदार पठाउन नेपालको शर्त : तलबबाट खर्च कटाउन पाइन्न, हवाई टिकट र भिसा खर्च व्यहोर्नुपर्छ”

  1. Santosh says:
    June 15, 2015 at 9:58 pm

    This is all good. However, the biggest issue should be “Employers are not allowed to keep the passport of the workers” so that a door to come back to Nepal is open for those who would rather come back. I am sure there are lots of details that needs to be worked out to get to that point but regardless employees should have an option to quit and come back to Nepal.

    Reply
  2. SURENDRA says:
    June 15, 2015 at 3:50 pm

    कामदारको हकमा धेरै नै फाइदाजनक निर्णय हो यो निर्णय ले राहत पुग्ने भो आब नेपाली कामदारलाई …………………धेरै धेरै धन्यबाद !!!

    Reply
  3. bini says:
    June 14, 2015 at 4:51 pm

    खाडीका छ मुलुकहरु र मलेशियामा नेपाली कामदार पठाउने सम्बन्धमा आएका समाचारहरु सुन्नमा जति राम्रा र नेपालका पक्षमा छन् भने पनि यसलाई गहिरिएर लिने हो यो त्यत्तिकै उजाड पनि छ ।
    उजाड यस अर्थमा
    पहिलो–
    अव गाउ घरमा कोही अपरझट विरामी पऱ्या,े रातको समय पऱ्यो, ठूलो शरिर भएको मानिस पऱ्यो भने, हत्तपत्त उठाउने मानिसपनि नपाउने अवस्था आउंछ, समयमा अस्पताल पुरयाउन सकिएन भन,े वेलैमा अस्पताल लगेमा वांच्ने अवस्थाको विरामी पनि मर्ने दिन आउने भए, कारण घर घरमा वुढाखाडा, महिला केटाकेटी वाहेक कोही नहुने भए । वुढाखाडा र केटाकेटीले खसरी वल गर्न सक्छन् ?
    दोस्रो
    विदेश खासगरि खाडी मुलुकमै अलिअलि पैसा तिर्नुपर्ने हुंदा पैसा तिरेर ऋण काढेर विदेश जान नसक्ने जो थिए उनीहरु स्वदेशमै काममा हुन्थे, जसले गर्दा श्रमिक कामदार ठ्याक्कै नपाउने अवस्था थिएन, यसो खोजी पस्दा मानिसहरु कामका लागि पाइन्थ्यो , अव सित्तैमा भिसा र हवाई टिकट समेत आउने भएपछि नेपालका कुनै पनि गाउंका सामान्य लेखपढ गरेर स्वदेशमा काम नपाएर वसेकाहरु समेत अव सवै जाने परिस्थिति आउने भयो, त्यो परिस्थिति वन्दै गयो ।
    तेस्रो
    पहिलादेखिनै धेरै पढेका र पढन् भनेर अमेरिका लागायत युरोपियन देशहरु र कतिपय अवस्थामा काम गर्न र उच्च शिक्षाका लागि कोरिया समेत जानेहरुको संख्या बढ्दै जांंदा वौद्धिक व्यक्तिहरु पनि विस्तारै कमी हुंदै गयो,
    उसैत भुकम्पले थिलो थिलो भएको मुलुक जहां राष्ट्र निर्माणका लागि मुलुकभित्रकै जनशक्ति परिचालन मार्फत विकासको गतिलाई तिव्र पार्नुपर्ने र वाहिर भएका जनतालाई समेत राष्ट्र निर्माणमा वोलाउनु पर्ने वेलामा यस्ता समाचारले हामी कताजांदै छौं ? कि हामी पैसा पनि वाहिरी देशहरुसंग माग्ने र जनशक्ति पनि उनीहरुलेनै पठाउने र उनीहरुले दिएको पैसा आधा उनीहरुकै तलव सुविधामा खर्च गरेर विकासका नाउमा देशलाई अझ वर्वाद र विदेशीको कृडाभूमी वनाउंदै छौं यो चिन्ताको विषय हो ।

    Reply
  4. anuj says:
    June 14, 2015 at 3:18 am

    अनेकन शर्त त राखिएला तर आशा गरौं :

    १. वैदेशिक रोजगारी माफियाको र तिनका मतियार lobbyist हरुको गोजीमा रहेका महान नेताहरुले आखिरमा लोभ लालच र आफ्नो फाइदा हेरेर अखिरमा हल्ला मात्र गर्ने, भुकेको जस्तो गर्ने अनि अन्त्यमा आएर समर्पण गरी आफ्नो गोजी भर्ने बेचुवा काम नगरुन

    २. यी देशहरुसंग negotiation गर्ने बैठक र छलफल कुराकानी गर्ने समय आएपछि यो विषयमा जानकार र राम्रोसंग homework तयारी गरेर सटीक र सक्षम रुपमा हाम्रो देशको प्रतिनिधित्व गर्ने क्षमता भएका कर्मचारी लाई वार्ता गर्न नपठाएर विदेश भ्रमण र लुगाफाटा भत्ता, टिए, डिए घिचन गर्नका लागि कुनै क्षमता नभएका गाइने नेता (सबै पार्टीलाई खुशी राख्न हरेक पार्टीबाट एउटा एउटा –अझ तिनका पत्नी समेत ) को जम्बो मण्डली पठाएर अझ त्यसमा धमला जस्ता अवसरवादी “पत्रकार” लाई समेत सामिल गर्ने , अनि मिटिंग को बेलामा आधा भन्दा बढी चाहिं स्वास्नीसँग शपिङ्ग गर्न व्यस्त हुने, र बाँकी मूर्खमण्डली चाहिं मिटिंगमा केहि बोल्न नजानेर चुपचाप जस्ले भन्यो त्यसमा सहि ठोकेर थाङ्ग्नामा सुत्ने अनि जम्बो मण्डली सहित फर्कने र के के न गरेको जस्तो प्रचार प्रसार गर्ने – यो चाहिने नगरुन यही कामना छ / विगतमा यस्ता वार्ताहरुमा यस्तै मूर्खमण्डली हरु गएर देशलाई नोक्सान पारेका छन सबैलाई चेतना भया

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme