Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ संविधान जारी भएपछि पनि राजतन्त्र यसरी फर्किन सक्दो रहेछ

Posted on June 12, 2015June 16, 2015 by Salokya

संविधान सभाको पहिलो बैठकले राजतन्त्रलाई अन्त्य गरेको थियो। फलस्वरुप जेठ १५ लाई हामी गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ। दोस्रो संविधान सभामा समानुपातिक सिटबाट चौथो ठूलो दल बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको बैठकमा राजतन्त्रको पक्षमा विचार राखे। तर उनले विचार राख्दैमा केही हुने होइन। नयाँ संविधानमा पनि देश गणतन्त्रात्मक नै हुनेछ। तर के यो नयाँ संविधान जारी भएपछि पनि राजतन्त्र फर्कन सक्छ त?

सक्छ।

यो प्रावधान दलहरुबीच भएको सहमतिमा छ। कसरी त ?

संविधान सभाको जेठ २९ गतेको बैठकले पारित गरेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पारित गरेको छ। प्रतिवेदनमा दलहरुबीच असहमतिका विषयलाई सहमतिमा टुङ्गो पुर्‍याइएका बुँदाहरु छन्।

यसरी टुङ्गोमा पुगेका बुँदामध्ये एक हो, संविधान संशोधनको व्यवस्था।

संविधानको प्रस्तावनामा उल्लिखित आधारभूत विषयलाई प्रभावित पार्ने गरी संशोधन गर्नु पर्दा संघीय संसदमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतले पारित प्रस्ताव जनमतसंग्रहबाट अनुमोदन हुनु पर्ने व्यवस्था गरिएको छ।

त्यसको मतलब कमल थापा वा ज्ञानेन्द्र/पारस/हिमानी आफैले पार्टी खोलेर चुनाव लड्दा दुई तिहाई बहुमत ल्याउन सके भने यो संविधान संशोधन गरी राजतन्त्र राख्ने प्रस्ताव पारित गर्न सक्छन्। तर त्यसका लागि पास गरेर मात्र हुने छैन। यसलाई जनमत संग्रहबाट अनुमोदन पनि गर्नुपर्ने हुन्छ। जनमत संग्रहबाट पनि बहुमत प्राप्त भएपछि बल्ल राजतन्त्र फर्कनेछ।

दुई तिहाइका लागि कति सिट आवश्यक हुनेछ त ?

संघीय संसदमा दुई सदन हुन्छ प्रतिनिधि सभा र राष्ट्रिय सभा। प्रतिनिधि सभामा २७५ सदस्य हुन्छन् भने राष्ट्रिय सभामा ४५। प्रतिनिधि सभाका २७५ मध्ये १६५ प्रत्यक्ष अर्थात् धेरै मत ल्याउने जित्ने प्रणालीबाट चुनिन्छन् भने बाँकी समानुपातिकबाट। राष्ट्रिय सभा चाहिँ हरेक प्रदेशबाट ५ जना गरी ८x५= ४० र ५ जना संघीय मन्त्रिपरिषद्बाट चुनिन्छन्।

संघीय संसद अर्थात् प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी २१४ सदस्य भए दुई तिहाई बहुमत पुग्छ र संविधान संशोधन गर्न सकिन्छ।

के तपाईँ यो संभव देख्नुहुन्छ निकट भविष्यमा ? तल कमेन्टमा आफ्नो विचार लेख्न सक्नुहुन्छ।

27 thoughts on “नयाँ संविधान जारी भएपछि पनि राजतन्त्र यसरी फर्किन सक्दो रहेछ”

  1. nim says:
    June 24, 2015 at 10:29 am

    Lowसाह बंश नै फ़र्किन्क्ष भन्ने के छ . राज संस्था आए पनि अर्कै बंश को आउने छ . किन कि नेपाली ले शाह बंश नि देख्यो राना पनि देख्यो अब नया को पालो

    Reply
  2. शंकर शर्मा says:
    June 17, 2015 at 5:05 pm

    संभावना छ नेपाल हिन्दु धरै भएको देश हो यदि सबै हिन्दु ले साथ दिए मा

    Reply
  3. सागर शिवाकोटी says:
    June 15, 2015 at 5:33 pm

    यो देश निकट भबिस्यमै हिन्दु राष्ट्र हुनेछ र हाम्रै जीवन कालमा फेरी राजतन्त्र फर्किनेछ..

    Reply
    1. Shankar says:
      June 16, 2015 at 3:17 am

      हिन्दु रास्ट्र हुन् या पुन स्थापना को लागि के के कार्यक्रम छ ? चाहना धेरैको छ तर बिना कार्यक्रम तेसै भबिस्य बानि गरेर हुन्छ र ? इन्डिया मा भाजपा ले जितेर इन्डिया लाइ त् हिन्दु रास्ट्र बनाउन सकेको छैन हो ठाकरे को प्रान्त मा बिफ बयान गरायो ?खै इन्डिया लाइ हिन्दु देश बनाएको , खै राम मन्दिर बनाएको ?

      तेस्तै राजतन्त्र को बारेमा , खै फर्काउने कार्यक्रम ? कसले फर्काउने ? को छ ? ज्ञानेन्द्रले न सकेर छोडे , पारस को ताल तेस्तो छ | न कार्यक्रम , न नेतागिरी , तेसै भाबिस्यबानी ठोक्देरा होला ?
      खालि ठोक्या छ , बस्या छ |

      Reply
      1. सागर शिवाकोटी says:
        June 16, 2015 at 10:16 am

        शंकर, तिम्रो लेख्ने शैली मन पर्यो…लेख्दै जाउ..

        Reply
  4. sanu nepali says:
    June 15, 2015 at 12:59 pm

    अहिले देखि नै पुरानो जुत्ता हरु जम्मा गरि राख्नु पर्यो . राज तन्त्र फर्के पछि अहिले को सबै नेता हरु लाइ जुटा को माला लगाई दिनु पर्छ . चुरा धागो को पनि फ्याक्ट्री खोल्नु पर्यो . त्यो पनि नेता हरु लाइ लगाई दिनु पर्यो

    Reply
  5. Sisir says:
    June 14, 2015 at 12:07 pm

    with 40% being nominated on proportional (Tike sabasad) basis it is very difficult for any single party to form a government of simple majority forget about 2/3 majority. Unless there is threshold, we will have 20-30 parties in the parliament and results in hung parliament which will be very unstable and it will badly hit our progress.

    Reply
  6. Krishna Lamsal says:
    June 14, 2015 at 7:04 am

    हामि धेरै कुरो जान्दैनौ …..तर यति कुरो लेखेर राखी राख्नु …ज्ञानेन्द्र लाइ राज गद्दी फिर्ता गरेर दोलखा भीमसेन को पुजा गर्न नपठाए सम्म यो भुकम्प रोकिने वाला छैन …. जसले जे भने पनि यो देश नेपाल देबी देवता को देश हो …. उहिले पृथ्वी नारायण शाह ले पनि गुरु गोरख नाथ को कृपा ले नै केहि सय फौज को मद्दत ले यत्रो बिशाल नेपाल निर्माण गरेका हुन् ….चेतना भया

    Reply
    1. mikhaman pradhan says:
      June 15, 2015 at 2:47 am

      खै अब त्यस्तै होला, पृथ्वी नारायण शाह ले पनि गुरु गोरख नाथ को कृपा ले नै केहि सय फौज को मद्दत ले यत्रो बिशाल नेपाल निर्माण गरेका होलान्।

      मेरा कीर्तिपुरका मावलीले त नाक काटेर जितेको भन्छन् , पाटनका फुपुतिरका नातेदारले आँखा फोडेर जिते भन्छन् अनि काठमाडौँ का ससुरालीले मजाले सबैले भोज खाएर रमाइलो गरेको बेलामा छकएर जिते भन्छन् /
      मैले दहि किन्ने भक्तपुरका साहुजी चाहिं दाजुभाई बनाएको जस्तो गरेर अनेक कपटी चाल चालेर जिते पनि भन्छन्

      खै आफू त्यहाँ थिइन क्यार, त्यसबखत जन्मेको थिइन र आफैले केहि देखेको हैन । इतिहास पनि जित्नेले नै लेखे भन्छन्। क्या क्या हो , क्या क्या हो ,

      Reply
      1. Krishna Lamsal says:
        June 16, 2015 at 12:03 am

        मिखा मान ज्यु , कतै तपाइँ “राहुल् भाइ ” त होइन ….जे होस् …. त्यति बेला ज्यादती त भएकै होला … अब अहिले त जित्ने ले हार्ने लाइ युद्द उन्माद मा कति ज्यादती गर्छन …अब आज भन्दा २५० वर्ष अगाडी को त के कुरो गरे भो र …… तैपनि … यसो हामीले कतै ज्ञानेन्द्र पारश को अनुहार बिर्सेरै भए पनि समग्र मा राजसंस्था लाइ चाहि सानो मौका दिनो हो कि भन्ने मेरो भनाइ हो …अरु हजुर को मर्जी .

        Reply
  7. Anuj says:
    June 13, 2015 at 11:13 pm

    हैन सर् , ओहो, अनि यस्तो मार्काको राजतन्त्र चाहिं फर्कन्छ कि फर्कंदैन होला हगि ?

    १. राजाको छोराले सगरमाथा चढ्ने निहुँमा बबाल गरेर अर्काकी श्रीमती भगाउने , रक्सी खाएर अनेकन डाँग डुंग गर्ने

    २. राजकुमारकी पत्नीले आफ्ना माइती र आसेपासेहरुलाई राष्ट्रिय सम्पत्तिमा मोज गर्न दिने र उता राजकुमार चाहिं इमान्दारिताको धाक दिंदै “सिम्पल” गाडी चढ्ने

    ३. महाराजकी विदेशी संग बिहा गरेर विदेश बसेकी महाराजकुमारी छोरी नेपाल फर्केर “आफ्नो हात जगन्नाथ” गरेर बस सेवा देखि पासपोर्ट सम्म सारा कुम्ल्याएर नपुगेर बंगाली छोटा राजकुमार लाई समेत बोलाएर मोबाइल , पासपोर्ट , विदेशी रोजगार सबैमा अरबौं को भ्रस्टाचार गर्न छुट दिने र पछि भगाउने /

    ४. टाढा टाढाका राजकुमार , भाइ भारदार लाई पाँच तारे होटेलमा फ्री डिनर कोचेर पेट अजीर्ण हुँदा पनि राष्ट्र्कोश को पैसामा विदेशमा महँगो उपचार गर्न दिने – उता गरिब जनता भने उपचार गर्न नपाएर प्याकप्याक

    ५. राजकुमार , भाइ भारदार , रजौटा सबैले राष्ट्र लाई लुटेर कंगाल बनाउने

    ६. हरेक राजकुमार , भाइ भारदार ले पालेर राखेका “फ़्याउरे गुण्डा” हरुलाई “डन” बनाएर साना साना व्यापारीलाई मनमानी लुट्न , हप्ता उठाउन, बालुवा देखि ठेका पट्टा समेत कुम्ल्याउन छूट दिने

    आदि इत्यादी।……….

    हैन, के भन्नुभाको यस्तो र सर् ? हो र भन्या ??? त्यो मार्काको राजतन्त्र त यो “नयाँ नेपालमा” अहिले नै छ भन्नु भाको ?? हैन होला सर्। …. कहाँ होला र त्यस्तो ? यो “नयाँ नेपालमा” सर्वहारा, बर्षौं सम्म त्याग गरेका जनतावादी प्रजातन्त्रवादी त्यागी तपस्वी महान नेता पो छन् त सर्। …… कस्तो वाहियात कुरा गर्नुभो सर् ले त……

    Reply
  8. bibek dhakal says:
    June 13, 2015 at 5:35 pm

    बनाओ बनाओ, राजतन्त्र र हिन्दु रास्ट्र मात्रै किन राना शाशन, सति प्रथा, दास प्रथा नै फर्काउन मिल्ने सविधान बनाओ….

    Reply
  9. Shankar says:
    June 13, 2015 at 2:52 pm

    सम्भब छ , कमल थापा बा ज्ञानेन्द्र ले चुनाब जितेर हैन , यी सभासद , चक्रिय प्रणाली का दिग्गज हरुको क्रिया कालाप बाट|यिनीहरुको मनपरी तन्त्र , देश लुट्ने , बिदेसी हस्तछेप प्रति आँखा चिम्लने ( बिसेस गरि भारतीय ) क्रियाकलाप बाट वाक्क हुदै जादा |

    तर यी भनिने कुरा हुन् , देश को सिमाना नियन्त्रित भए ,,तर यो दक्षिणी ,पुर्बी ,पश्चिमी नाका बाट आएको कालो भेल ले बगाएको हुदा सम्भाबना 0 पर्सेन्ट छ |

    Reply
  10. XYZ says:
    June 13, 2015 at 12:20 pm

    An old ox at Pashupati may shed his balls but it is impossible for monarchy to make a come back.

    Reply
    1. Karbir says:
      June 13, 2015 at 4:19 pm

      xyz, are we not talking about politics ? there is nothing impossible in it. Mind it.

      Reply
    2. simit gauchan says:
      June 14, 2015 at 1:12 pm

      hi xyz bro ,,mate whatever…
      everything is possible in world unless birth given original mum dad ..compare between kingdom and politician leader who was,is the corrupt .

      Reply
  11. रबिन्द्र तिवारी says:
    June 13, 2015 at 11:51 am

    असम्भव छ सालोक्य जी ..

    Reply
  12. खेमराज says:
    June 13, 2015 at 9:38 am

    राजतन्त्र चै हाेइन नेपालमा दुई तिहाइबाट हिन्दु राज्य घोषणा हुन धेरै कुर्नु पर्दैन ।

    Reply
    1. anuj says:
      June 14, 2015 at 12:41 am

      खेमराज ज्यु

      यदि तपाईं कट्टर बाहुनबादी हुनुहुँदो रहेछ भने पनि यो “हिन्दू राष्ट्र” को “रात्रीस्खलन-स्वपना” चाहिं नदेख्नु , नकल्पलाउनुहोला /

      “हिन्दू राष्ट्र” ले अत्याधिक नेपाली लाई – तपाईं जस्ता कट्टर लाई पनि अन्त्यमा दुख र पछुतोपना दिनेछ / बेकार को हिंसा र विभाजन ल्याउँछ /

      नेपालका अत्याधिक जनता आफुलाई “हिन्दू” भन्लान् , तर तिनै जनता बुद्ध लाई माया गर्छन / नेपालका सबै जसो मन्दिरमा हिन्दु, बौद्ध सबै जान्छन / ल्होसार क्रिसमस र रमजान मा अन्य धर्मावलम्बी हरुलाई सम्मान गर्छन एक अर्का संग मिलेर मनाउछन /

      आजको नयाँ पीढी संग गएर कुरा गर्नुस् / स्कुल, कलेजका विद्यार्थी हरु तपाईं जस्ता “डाइनोसावर” dinosaur हरुको जस्तो पुरानो, खिया परिसकेको विचार राख्दैनन् / बाहुनले बाहुन बिहे गर्ने , हिन्दुले हिन्दु बिहे गर्ने …. त्यस्तो छैन आज /

      इतिहास हेर्नुस् / समकालीन घटना हरु हेर्नुस् / टाढा नजानुस … केवल भारत मा हेर्नुस् …… वर्षौं सम्म मिलेर यौटै टोलमा मिलेर बसेका हिन्दु मुसलमान लाई तपाईं जस्ता स्वार्थी, खिया परेको दुर्गन्धी सोचाई राख्ने कट्टर पन्थी हरुले भड्काइ भड्काइ एक अर्का लाई मार्न प्रेरित गरे /

      हिन्दू राष्ट्र नै किन चाहियो ? आफ्नो धर्म मा त्यत्रो आस्था छ भने ठिक छ मान्नुस कुनै रोकटोक छैन / किन हिन्दू राष्ट्र नै चाहियो ?

      राजा व्युताउन लाई ???

      अस्ति भैंचालोमा भत्केका राष्ट्रिय धरोहर, मन्दिर दरवार हेर्नुस / मल्ल कालिन , लिच्छवी कालिन / राणा कालिन / लिच्छवी र मल्ल ले त बनाए बनाए , यहाँ सम्म कि १०४ वर्ष मा राणाले समेत अनेक बनाए /

      शाहकालमा धरोहर, मन्दिर दरवार को त कुरा छाडीदिउँ , यी “विष्णु का अवतार” र इनका भाई भतिजाले भएको प्राचिन मुर्ति र कलाकृति समेत चोरेर विदेशमा बेचे / नेपाल भित्रको सम्पत्ति मात्र होइन , विदेशी सहयोगमा आएको अरबौं अरबौं लुटेर खोक्रो बनाए /

      अब हिन्दू राष्ट्र र यी “विष्णु का अवतार” व्युताउन खोज्नु भाको खेमराज ज्यु ?

      उहिले नेपालमा बिहान सबेरै सात बजेको समाचार अघि एक घण्टा फलाकिने हिन्दूवादी “धार्मिक कार्यक्रम ” चलाउने खेमराज केशवशरण जी को छद्म नाम समेत प्रयोग गर्न चुक्नु भएन सर् ले /

      Reply
    2. naanta says:
      June 14, 2015 at 10:33 am

      खेमराज जी को कुरा पढेर पुरानो सम्झना ताजा भयो / खेमराज जी को सोचाई वर्षौं पहिले एक अर्का ढोंगीले राख्ने सोचाई संग शत प्रतिशत मिलेको जस्तो लाग्यो

      हाम्रो देशमा अझैपनि धर्मको ठेकेदारी लिएका पाखण्डी मुर्खहरु हिन्दु धर्मको मर्म लाई अत्यन्त संकीर्ण रुपले व्याख्या गर्दै छन (अधिकांश यस्ता पाखण्डी हरु पुरानो पंचायत शैलीको ढुंगेयुगको वकालत गर्दै जयजयकार गरेर “सनातनता” देखाउन पनि खोज्छन ) यिनै भ्रस्ट हरु सारा जनताका छोरा छोरी माथि संस्कृत शिक्षा लादेर अगाडी “हिन्दू राष्ट्र” को हिमायत गरेर पछाडी भने आफ्ना सन्तानलाई कम्प्युटर पढाउन अमेरिका पठाउछन /

      मलाई सम्झना छ पंचायतकालमा सामाजिक सेवा को नाममा भ्रस्टाचार को चरम सिमा मा पुगेको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद अन्तर्गत एक “धर्म समन्वय समिति” शुरु गरियो / अरु धर्म लाई होच्याएर हिन्दु धर्मलाई एकदम संकीर्ण रुपले व्याख्या गर्ने, राजतन्त्रको हिन्दू काइदा ले वकालत गर्ने र संस्कृत शिक्षा लाद्ने काम मा एक प्राध्यापक लाई लगाइयो…..

      यी प्राध्यापक शुरुमा अत्यन्त नम्र र इमान्दार थिए , तर उनी चाडै नै पैसा को लागि बिके / यस्ता इमान्दार विद्वान दुई पैसाको लागि बिकेको देखेर त्यो बेला उनका समकक्षीहरु सारै दुखी भएका थिए /

      सारा नेपालका विद्यार्थी हरु ले संस्कृत पढ्नु पर्छ भन्ने यिनै प्राध्यापक का दुवै छोरा हाल अमेरिका मा कम्प्युटर साइन्स मा कार्यरत छन /

      यस्ता विष लोगाप जिराल संग सधै सतर्क रहौं /

      Reply
  13. Ram Babu Shrestha says:
    June 13, 2015 at 7:31 am

    राजतन्त्र हटाउन जनमत िलनु नपर्ने । पुनर्स्थापनको लागी जनमत िलनु पर्ने । गजबको गणतन्त्र ।कहीं नभएको जात्रा ।

    Reply
    1. गगने says:
      June 13, 2015 at 3:16 pm

      किनकि राजतन्त्र जनता वा जनप्रतिनिधिहरुले स्थापना गरेको सस्था होइन तेसैले यसलाई हटाउन जनमत लिनु जरुरि थियन! यो या सम्झौता या त युद्दले हट्ने कुरा हो र नेपालको सम्बन्धमा यी दुवै (युद्द र सम्झौता) राजतन्त्र हटाउन लागु भयो!
      अब लेराउन जनताबाट अनुमोदित हुनुपर्छ!
      कुरो बुझ्या हो?

      Reply
  14. डा. सुरज मास्के says:
    June 13, 2015 at 3:44 am

    यो लेख पढदा अाश्चर्य लाग्यो । संसदले दुई तिहाई (२/३) ले संविधन संशोधनकालागी निर्णय गरेका बिषय पुन: जनमतसंग्रहबाट बहुमतले अनुमोदन गर्नु पर्ने भए संसदको के काम ? यस प्रकारको कुरा नेपालको नयॉ संविधानमा भयो भने कही न भएको जात्रा हाडीगाउमा भने जस्तो नेपालको नयॉ संविधान हुनेछ ।

    २०१९ सालको निर्दलीय पंचायती ब्यवस्थाको संविधान २०४६ सालको जन आन्दोलनमा र २०४७ साल मंसिर २३ गतेको नेपालको बहुदलीय संवैधानिक राजतन्त्रकोअपरिवर्तनशील भनिएको चार बिषयहरु २०६५ सालमा जनआन्दोलनबाट जेष्ठ १५ गते समाप्त भयो । मेरो बिचारमा यो लेखमा उल्लेखित कुरा मिेलेन जस्तो छ ।

    डा. सुरज मास्के
    नेपालगंज

    Reply
    1. गगने says:
      June 13, 2015 at 3:11 pm

      यसको मतलब बुझ्नु भयन डाक्टर ले?
      म भन्दिन्छु,
      सभाषद र सांसद हरु कोका जस्तै हुन् खरिद बिक्रि हुन्छन तर जनता भनेको जनता हुन् त्यो बोकाको मालिक हुन् बोका किनिसके पछिपनि त्यो बोकाको स्वामित्वो हस्तान्तरण गरि काट्न बोकाको मालिक संग अनुमोदन गरिनु पर्छ!
      तेसैले सांसद हरुलाई किनेर आफ्नो बनायापानी स्वामित्वो परिवर्तनको लागि जनताद्वारा अनुमोदन गर्नुपर्छ!
      बुझ्नुभो?

      Reply
  15. krishan says:
    June 13, 2015 at 12:58 am

    लोक तन्त्रमा सो हुनु पनि पर्छ तर राजा भन्ने बितिकै ठकुरीका सन्तान नै हुनु पर्ने त् हैन होला …अशल दलित राजा हुन् सक्ने कि नसक्ने ?

    Reply
  16. Tek bahadur shrestha says:
    June 13, 2015 at 12:53 am

    असम्भब भन्ने त केही छैन |आसा राखौ असम्भब होस |

    Reply
  17. dor Prasad says:
    June 13, 2015 at 12:03 am

    लोकतन्त्र भनेको जनता को चाहना हो तेसै ले जनता चाहेमा जेसुकै परिबर्तन गर्न सकिने हुन्नु पर्छ …

    जनता ले बर्तमान राजा होस् या पुराना बाइशे चौबेसे राजाका सन्तान वा आज कुनै नेता लाइ राजा बनाउने चाहेमा बाटो खुला रहिनु पर्छ , वा बैदे वा चन्द लै नेपाल का माओ बनाउनु मिल्ने हुनु पर्छ |

    येदि संबिधान परिबतन सिल भएँन भने संबिधान नै फाल्ने अवस्था आउन सक्छ | जनता बाट अनोदन चाही हुनु पर्छ, नत्र एउटा नारा मा चुनाब जित्ने र जितिसके पछि मनपरी गर्ने हुन् सक्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme