म अस्ति भग्नावशेषबाट आएर बाटोमै उभिएको एउटा लासको पर्खाइमा थिएँ। लाशहरुसँग बात मार्नु मेरो लागि अनौठो कुरो होइन। म उसको नजिकै गएँ र भने नमस्ते!
उसका मसिना र लामा दुई हात जोडिए। मलाई लागेको थियो, यो लाशको हातखुट्टा सब सही सलामत छ, उभिएको पनि छ, यो कसरी मर्यो?
उसले मेरो मनको कुरो बुझिहाले छ, भन्छ, ” म मरेको छैन म मारिएको हुँ। यो भग्नावशेषभित्र म थुनिएको थिएँ। मलाई लाग्यो, यता पनि कोही उद्दार गर्न आउलान्। अनि म पनि, तिमी जस्तै बाँच्न सकुँला! तर कुरा तेसो भएन, म पर्खि बसेँ,कोही आएन।
उनी आइनन्। छोरो बोलेन। आवाज सुनिएन। बिस्तारै मेरो देह र आत्मा फरक हुँदै गयो। म चिसो भएँ। मेरा हात खुट्टा शरीर कक्रक्क
भए।
फेरि दोश्रो दिन अर्को चट्टान खस्यो र म त्यहाँबाट भागेँ। म सँधै यहीँनेर आउँछु, तर उनी कहिलै आउँदिनन!
वाक्कदिक्क र नरमाइलो लाग्छ। आज तिमीसँग भेट भयो। यसै गरेर उनीसँग नि भेट हुन्छ होला। तिमीलाई एउटा कुरा भनुँ भन्दै ऊ आफ्नो खुट्टा खोच्याउन थाल्यो, मेरो नजिक आउँदै उसले भन्यो- मलाई दागबत्ती दिइएको छैन,म सैतान भैसकेँ। म १५ दिनदेखि भोको छु। त्यही भएर तिमीलाई पर्खेको थिएँ।
त्यो सुनेपछि म डराउँदै घरतिर दगुरेँ। पछाडि कोहि थिएन। बाँचियो भन्ने लाग्यो।
म त्यहाँबाट घरतिर हिँडे। घरमा कसैलाई नदेख्दा म आत्तिएँ : ईन्दिरा, ईन्दिरा भन्दै डॉको छोडेर कराउन थालेँ।
हजुरलाई के भयो? किन कराउनु भाको? यो आवाज सुनेर म झल्याँस्स बिउँझिएँ। उनी भने घुर्कि लगाउन थालिन्,के हो सपनीमा पनि बर्बराउन थाल्यौ। यो ईन्दिरा को हो हाँ, त्यो नखरमाउलीलाई मैले जान्याछु ??
म पनि सोच मग्न भएँ,आखिर ईन्दिरा को थिइन्?
कतै अस्ति बेपत्ता भएकी आइमाई पो हो कि!
[भूकम्पसम्बन्धी तपाईँले पनि केही साहित्य रच्नुभएको छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। अथवा [email protected] मा पठाउन सक्नुहुन्छ]
छोटो मिठो अनि समय सुहाउदो लेख .