Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीले ट्विटरमा ‘उ गर्न’ थालेपछि

Posted on June 11, 2015June 11, 2015 by Salokya

प्रधानमन्त्री सुशील कोइरालाको नाममा हिजो रातिदेखि ट्विटर अकाउन्ट @pm_nepal खोलिएको छ। तर सुरुका दुई वटा ट्विटमै चिप्लिएपछि ‘उ’ भइदियो।

त्यसो त सुशील कोइरालाको नाममा यसअघि नै व्यक्तिगत ट्विटर अकाउन्ट नभएको होइन। @SushilKoiralaNC बाट उनकै नाममा ट्विट भइरहेका थिए। प्रधानमन्त्रीको नाममा कसले पो चलाइरहेका थिए कुन्नि। यो पनि कसैले लहड नै चलाएको हो कि आधिकारिकै हो भन्ने कुरा ट्विटरले भेरिफाइड ट्याग नलगाएसम्म थाहा हुने कुरा भएन। तर आधिकारिकै जस्तो देखिने गरी समाचारहरुमा समेत प्रचार भइसकेका कारण यसलाई आधिकारिक मान्नेहरु धेरै छन्।

यो हो पहिलेदेखि चलिरहेको सुशील कोइराला नामको ट्विटर
Tweets by @SushilKoiralaNC

प्रधानमन्त्रीको अकाउन्टको पहिलो ट्विट यस्तो थियो-

Prime Minister Office Nepal is on Twitter's cyber space from Today @KanakManiDixit @brb_laaldhwoj @setopati @Online_khabar

— PM Sushil Koirala (@PM_Nepal) June 10, 2015

त्यसो त प्रधानमन्त्रीलाई स्वागत गर्नेहरु पनि धेरै थिए। मिडियामा समाचार पनि तुरुन्तै आयो

प्रधानमन्त्री कार्यालय ट्विटरमा http://t.co/C7s523Hj0N pic.twitter.com/4kEWZizitT

— नागरिक दैनिक (@Nagarik_news) June 10, 2015

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले यो बहालवाला प्रधानमन्त्रीको ट्विटर अकाउन्ट हुने बताए।

It's the existing PM's official handle. We wish to institutionalize this handle, and assist all the PMs in the future to be transparent.

— Prateek Pradhan (@prateekpradhan) June 10, 2015

प्रधानमन्त्रीको अकाउन्टलाई फलो गर्नेहरु ह्वारह्वार्ती बढे। तर पहिलो ट्विटमै कनकमणि दीक्षित, बाबुराम भट्टराई, सेतोपाटी र अनलाइनखबरलाई मेन्सेको देखेर उडाउनेहरु पनि प्रशस्तै देखिए।

बुद्धिसागरले पहिले ट्विटे- बिहानीले दिउँसोको संकेत गर्छ। पछि प्रधानमन्त्रीलाई उडाउनु ठीक हुँदैन भन्ने लागे कि के हो, डिलिट गरे।

अरुले पनि मेन्सेकोमा अचम्मा माने

@dkbh96 @PM_Nepal @KanakManiDixit @brb_laaldhwoj @setopati @Online_khabar था छैन प्रम भएर यी यावत सेतोपाटी अनलाइन हरुलाई किन जोड्या हुन् !!

— डा. अलौकिक (@Bicharikonati) June 11, 2015

त्यसरी मेन्सनु प्रोफेसनल नभएको भन्ने आवाज पनि उठ्यो

@PM_Nepal 1.Unverified account 2.First tweet: pointless jabber. Not good signs. Please get a professional to handle social media strategy.

— Suman Giri (@sumangiri76) June 10, 2015

प्रधानमन्त्रीले सुरुमा नै दुई वटा ह्यान्डललाई फलो गरेका थिए अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्री। यसलाई पनि उडाउनेहरु देखिए

@PM_Nepal @brb_laaldhwoj @Online_khabar सुरुमा नेपालका भुपु प्रम लाइ भन्दा बीदेसी लाइ फले छन, सरकार अली लम्बिनछकि भनेर त होईन ।

— प्रदीप गौतम (@GautamGautam14) June 10, 2015

सरकारमा भारत र अमेरिकाको छायाँ देख्नेलाई बल पु-याउन @PM_Nepalज्यूले दुईमित्रराष्ट्रका राष्ट्र/सरकारप्रमुखलाईमात्र फलो गरिबक्सेछ।अरु समकक्षी?

— PRAcharya™ (@pm_rya) June 11, 2015

पहिलो ट्विटबारे नै यस्तो प्रतिक्रिया आइरहेको बेला दोस्रो ट्विटले झन् चर्चा पायो।

हो रै'छ। यो पिएमकै ह्याण्डल हो रैछ। किनकी बुढाको अभिव्यक्ती क्षमता त हामीले देखेकै हो नि। यहाँ पनि प्रुभ गरे बुढाले। pic.twitter.com/lL1vSONkjO

— Manoz Satyal (@manozktm) June 11, 2015

आइफोनबाट गरिएको ट्विट अधुरैमा पोस्ट भएछ। तुरुन्तै त्यसलाई डिलिट गरियो।

कुन शिकारुको हात लागेछ प्रमको हेन्डल ! डुबाउने भो ! 😀 https://t.co/RymL6uKWUM

— Wanderlust (@Jaw_Knock) June 11, 2015

सुधारिएको ट्विट यस्तो थियो

देश र विदेसमा रहेका सम्पुर्ण नेपाली र नेपालका हितैषीमा टुइटर मार्फत अभिवादन ।

— PM Sushil Koirala (@PM_Nepal) June 11, 2015

जे होस् विदेशी सरकार तथा राष्ट्रप्रमुखहरुले राम्रोसँग ट्विटर उ गरेर उ गरेको हामीले देखेकै थियौँ। अब हाम्रा सुशील दाले पनि उ गर्ने आशा गरौँ

@PM_Nepal अब टुइटर मा उ गर्न पर्छ

— Dinesh Bhusal (@dineshbh9) June 11, 2015

1 thought on “प्रधानमन्त्रीले ट्विटरमा ‘उ गर्न’ थालेपछि”

  1. Shankar says:
    June 11, 2015 at 2:27 pm

    सु को को ट्वी टर ”भुकम्पबाट विस्थापित भएकाहरूलाई अस्थायी बसोबासका साथै वर्षापछि बस्ने राम्रो स्थायी घर नै बनाइदिने सरकारको योजना छ ।” यो पढे पछि लाग्यो ”उ ” हैन बुढाले ”गु ” गरेछ | कसले पत्याउछ ?
    कागज मा बनाइदिने होला ? बिदेसी ले दिएको राहत बा ढन न सकेर यार्पोर्ट मै कुइयेको , राहत सामान व्यापारीले डिपार्टमेन्ट स्टोर मा बेचेको , ब्यापक धादली ,उसकै अर्थमन्त्री ले जस्ता पाटा मा घोटाला गरेको न्युज आइरहेको बेला फुट बल ग्राउण्ड मा उफ्रेर , त्वितर गरेको लाइ कसरि उ गरेको भन्ने ? यो बुढाले कट्टुमा ”गु” गरेको चै हो |
    कुन दिन बुढो सुतेकै बेला नेपालि ले सार्बजानिक बिदा पाउने हुन् भन्न सकिन्न |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme