Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीले सुनाए गैँडा पुराण, नसुने पछुताइएला है

Posted on June 10, 2015 by Salokya

1433844576624_Pro_Ktm_ KP Oli_Press Meet (1) स्थानः सोमबार राति अबेर संविधान निर्माणको ढोका (उपेन्द्र यादवलगायत कतिपयले त धोका पनि भने) खुल्ने गरी १६ बुँदे सहमति गरिसकेपछि भूकम्पले जीर्ण बल्खु दरबारको चौरमा आयोजित पत्रकार सम्मेलन।

एमाले अध्यक्ष केपी ओलीले महत्त्वपूर्ण कुरा सुनाउलान् भनेर हुलै पत्रकार पुगेका थिए। ती पत्रकारहरुलाई ओलीले गैँडा पुराण सुनाएर पठाए। गैँडाको महत्त्वबारे देशका कुनै पनि शीर्ष नेताले यति विधि व्याख्या गरेको यो पहिलो पटक होला। त्यसैले यो ऐतिहासिक हो। गैँडाहरुका लागि ओली वर्ष व्यक्ति हुन्। पढ्नुस् ओलीले सुनाएको गैँडा पुराण।

गैँडा पुराण तथ्य १ : गैँडा युरोपमा जन्मिँदैन, अमेरिकामा जन्मिँदैन, अस्ट्रेलियामा जन्मिँदैन। गैँडा हेर्न नेपाल नै आउनु पर्छ। (वास्तविकता : गैँडा भारतमा पनि पाइन्छ)

गैँडा पुराण तथ्य २ : जिन्दगीमा एक पल्ट गैँडा हेरेन भने आधा जिन्दगी खेर गयो।

गैँडा पुराण तथ्य ३ : गैँडा शृष्टिको यत्रो…जैविक संसारमा यत्रो…. (के हो कुन्नि भन्नुभएन)

गैँडा पुराण तथ्य ४ : गैँडा देख्या छैन भने पैसा कमाएर के गर्ने ? के खाने डलर खाने? युरो खाने ?

गैँडा पुराण तथ्य ५ : पैसा भएर पनि गैँडा देखेन भने बर्बाद हुन्छ

गैँडा पुराण तथ्य ६ : राइनो हैन गैँडा भन्ने शब्द चलाउनु पर्छ। अंग्रेजीमा कहाँबाट आयो राइनो? जहाँ हुँदै हुँदैन त्यहाँ केको राइनो?

भिडियोमा हेर्दा झन् रमाइलो

ओली भावी प्रधानमन्त्री भन्ने गाइँगुँइ छ। उहाँ प्रधानमन्त्री बन्नुभो भने साप्ताहिक देशवासीको नाममा सन्देश दिनुपर्छ। टाइम चैँ आइतबार राति कलर्स टिभीमा कमेडी नाइट्स विद् कपिलको टाइमसित जुधाएर राखे हुन्छ। मान्छेले नेपाली टिभी नै हेर्नेछन्।

13 thoughts on “ओलीले सुनाए गैँडा पुराण, नसुने पछुताइएला है”

  1. sujan says:
    June 15, 2015 at 4:20 pm

    गर्यो गर्यो एमाले ले गर्नु गर्यो नि अब कति नदि नाला फेरी बेचिने भॊओ ,

    Reply
  2. kiran says:
    June 12, 2015 at 10:32 am

    जय होस् एमाले र त्यसका अद्ध्क्ष डा के पी ओली को /प्रभु रक्षा गर नेपाली हरुको /भुकम्प ,पहिरो, बाढी त झेल्यौ अब यो कुन प्रकोप झेल्नु पर्ने भो/

    Reply
  3. गगने says:
    June 11, 2015 at 1:57 am

    छ्या यस्तोको कुरा गरि के समय बर्बाद गर्नु! वास्तै नगरे हाइसन्चो!

    Reply
  4. Chetan Nepali says:
    June 11, 2015 at 12:04 am

    येस्ता मान्छे प्रधानमन्त्रि बने पछि desh कता तिर लाग्ने हुन् kunni ??

    यस्ता netaaka भरौटे कार्यकर्ता harulaai लाज लाग्दो हुन् कि नै thaha पाए हुन्थ्यो !!

    आफु ta यस्तालाई नेता मान्दिन tyasaile केहि मतलब chaina ! जे सुकै bolos गरोस वाहियात samaya मात्रै बर्बाद !

    Reply
  5. istamitra says:
    June 10, 2015 at 8:07 pm

    वाहियात कुरो/ अफ्रीका मा पनि त गैडा जन्मन्छ……. एस्तो कुरा सुन्ने फुरसद कसलाई छ? येही हो हाम्रा अनपढ नेताहरुको बोलने तरिका/ सारै तल्लो स्तरको कुरो गर्ने, सुन्दा खेरि लाज लाग्दो, एस्तो मान्छे जसलाई Rhino भन्ने सब्दको माने थाहा छैन, सब्द कहाबाट आयो भन्ने ज्ञात छइन भोलिको प्रधान मन्त्रि हुने? लौ भगवन हाम्रो देशको रक्छा गर/ नेता ji, तिमीले musk ox देखेका छो? छैन भने Alaska जानु परयो हेर्नलाई/ यो जिन्दगि मा खाली नेपाल र नेपाली लाइ चुसेर मात्र बस्ने???

    Reply
  6. Lesh N. Yadav says:
    June 10, 2015 at 7:45 pm

    नेताजी बाँदरहरु हेर्न पनि नेपालनै आउनु पर्छ

    Reply
  7. Durga Adhikari says:
    June 10, 2015 at 7:24 pm

    अब चाही खुस्केछ/ अस्ति अस्ति कता कता कसले राची लाने बेला भयो भन्य भनेको सुनेको थिय/ साचै हो रहेछ/

    Reply
  8. Sunil Shrestha(Belgium) says:
    June 10, 2015 at 7:07 pm

    ओली ले पकै सही भन्यो, RHINO हैन गैडा हेर्न नेपाल आउन पर्छ र गैडा भारत मा भए पनी संसार को tourist एक सिंगे गैडा हेर्न नेपाल आउछ / एक सिंगे गैडा दुर्लभ जनावर र संसार कै सबै भन्दा बदी भ्रस्ट नेपाली राजनीतिक नेताहरु एस्ता दुइ जनवार नेपाल मा हेर्न पाउछ भनेर ह् Bharat नगई तिमीहरु लै जिस्कौना चाइ नेपाल पकै आउछ / एस्त पाजी ओली लाज पचायेका ले यो भन्दा बादी के नै गर्न सक्छ र भन्न औंछा /

    Reply
  9. रैथाने says:
    June 10, 2015 at 5:05 pm

    थुक्क् म!
    साला अब जिन्दगिमा आठ कक्षा फेल् यस्तोलाई हाम्रो (मेरो) प्रम् भन्ने दिन् आयो भने त आत्माहत्यै गर्या जस्तो हुनेछ् गाठे ! अभिशापै ठान्नु पर्छ नेपालि हुनुलाई! साला अर्को देशको नागरिकता पाइहलेमा यो प्रम् बन्नु आगाडि नै यो देशको नागरिकता त्यागिदिन्थे कसम्!

    Reply
  10. Pushpendra khadka says:
    June 10, 2015 at 4:56 pm

    अबचाही नेपाली प्रम बन्ने योग्यता पुगेछ
    बुढेसकाल लग्नु
    कुराको टुंगो हराउदै जानु
    …………….

    Reply
  11. bibek dhakal says:
    June 10, 2015 at 2:36 pm

    नेपाली राजनीतिको ऋषि धमला = के पी ओली

    Reply
  12. Shankar says:
    June 10, 2015 at 1:46 pm

    ओलीको प्रतिस्पर्धी मा कु ने ले सधै आफुलाई गैडा भन्थे , ओली पुराण मा पनि गैडा कै महिमा भन्दा , कता कता ओलीले माकुने लाइ संकेत त् गरेन ?
    खैर ओलीको गोलि ले अरुलाई छोए पनि माकु लाइ चै पक्कै छुदैन , किनकि मा कु ने नै गैडा हो |

    Reply
  13. eklavya says:
    June 10, 2015 at 11:29 am

    राइनो संग साइनो गाँस्दै प्रधान मन्त्रि पदको दावी गर्ने ओली जस्ता जन्तु हेर्न नि नेपाल मै आउनु पर्छ ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme