Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथा : प्रायश्चित

Posted on June 27, 2015June 27, 2015 by mysansar

-रन्जु मार्ग-

saturday-fiction उसले आफ्नो विगतमा गरेको पापकर्मको सजाय भोगिसकेको थियो। त्यसैले ऊ अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो। यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो।

आज पनि उसलाई एउटा प्रतिष्ठित कार्यकर्ममा जानु थियो। त्यस कार्यक्रममा देशका नाम चलेका गन्यमान्य प्रतिष्ठित व्यक्तिहरु पनि सहभागी हुने निम्तो थियो। यसपल्ट उसले आफ्नी पत्नीलाई पनि लिएर जाने विचार गर्‍यो। उसकी पत्नी पनि आफ्नो पतिले धेरै दिनपछि यति ठूलो कार्यक्रममा लैजान लागेको देखेर फुरुङ्ग भई। कपडा लगाउन गई।

दुवै जना कार्यक्रममा जानको लागि तयार भए। पत्नी सम्पूर्ण पहिरन अनि सिङ्गारका साथ पतिको नजिक आई। उसले आफ्नी पत्नीलाई निकैबेर हेरिरह्यो। आफ्नो पतिले यसअघि यसरी कहिल्यै नहेरेको पत्नीले महशुस गरी र लजाउदै भुईंतिर निहुरी मुस्कुराई।

‘हेर ,तिमीलाई यो लुगा अनि गरगहना लगाएको पट्टक्कै सुहाएन। जाऊ ,यो सबै फुकाल!’-अचानक पतिको यो आदेशले पत्नीको मृदुल मुस्कान एकाएक हरायो र उसले सशंकित हुदै सोधी-
‘किन र हजुर ?हजुरले नै यो सबै किनेर ल्याइदिनु भएको होइन र ?”

‘त्यो त हो तर पनि किन किन आज मैले तिमीले यो लुगा, गहना लगाएको पट्टक्कै सुहाएको देखेको छैन।’

पतिको वचन स्वीकार्दै पत्नी सबै गरगहना लुगा फुकालेर सामान्य पहिरनमा सजिएर आई र परै बसी। पति उनको नजिक गए र मलिन अनुहारमा बसेकी पत्नीलाई सुम्सुमाउँदै भने –

‘आज म तिमीलाई साँच्चै नै सुन्दर देखिरहेछु। केही वर्ष अगाडि तिमीलाई यतिको सुन्दर देखेको भए सायद म किन देशको सम्पति दुरुप्रयोग गरेर तिमीलाई यो गहना, महंगा कपडाले सिंगार्ने चेष्टा गर्थे होला र ? महँगो लुगा, गरगहना त नलगाउँदा पनि सुन्दर देखिँदो रहेछ तर निधारमा लागेको दाग चाँही कहिल्यै नमेटिने रहेछ !

[तपाईँले पनि कथा, लघुकथा लेख्नुभएको छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। ]

1 thought on “लघुकथा : प्रायश्चित”

  1. बशन्त राज says:
    June 29, 2015 at 12:49 pm

    बिदेशीको प्रेम कथा
    नेपालको सरकारी तथ्यक अनुसार हरेक दिन १५०० युवा युवती रोजगारीको लागि विदेशीने गर्छन/ येस्ता हरेक युवा युवतीको आआफ्नो पिडा पूर्ण कथा छ / येस्तै कथाहरु कति समाचारमा आउछ कति आउदैन / तर विदेशमा हुने प्रेम अनि यौन प्रेमका कुरा भने खासै समाचार आउदैन / राजेश गिरी नेपालको प्रहरीको जागिर छाडेर बिदेशीनु उसको बाध्यता थियो / अथवा संकटकालमा माओबादीको दबाब जे कारण भयपनि उ बिदेशियो/ नेपालमा माओबादले उग्रबादको रुप लिनुमा सकारी नीति कारण थियो या नेपाल प्रहरीको पदको दुरुपयोग अथवा दुवै नै प्रमुख कारण थियो / विदेशको काम सोचे जस्तो हुन्न / मालिकको किचकिच सुन्दै, उत्पीडन सहदै, कम तलबमा काम गर्नु नेपालीको रहर हो या बथ्यता त्यो त काम गर्ने राजेश गरी जस्ता कामदारलाई नै थाहा छ / बिना आचार्य उनीपनि पहाडको कुना कन्दरामा घासपात गरेर उन्नन्ति नहुने देखि परदेश कमायर उन्नति गर्ने सपना देख्दै बिदेसेनु सायद रहर थियो या बाध्यता त्यो पनि बिनालाई नै थाहा होला / बिदेशीएका यी नेपालीको दैब सन्जोग एकै कम्पनिमा संगै काम गर्नु पर्ने हुन्छ / अनि जान पहिचान संगै गहिरो मित्रता पनि हुन जान्छ / राजेश गिरी पहिलाको भगौडा प्रहरी न हो/ नेपालमा एक उखान छ ” कपडामा काम नलाग्ने फाईबर, अनि अनि मान्छेमा काम नलाग्ने आर्मी पुलिश अनि ड्राईभर /” यो उखान भन्दैमा पेसालाई नै गलत भन्न खोजेको होईन / एक दुई जनाको गलत कार्यको कारण पेसा बदनाम हुन गाको मात्र हो / राजेश अनि बिना को मित्रतामा तब दरार आउछ जब राजेशले बिना संग एकचोटी यौन सम्बध राख्न्ने प्रस्ताब राक्छ / त्यो सुनेर बिना रिसाउदै मित्रतालाई अन्त्य गर्न पुग्छे / राजेश पुलिश हुदानै आफ्नो यौन पिपासु आचरणको कारण दुई ओटी श्रीमतिको धनि भैसकेको हुन्छ / उसको यौन पिपासु आचरण बिदेशमा पनि गएन /
    राकेश कुमार पनि बिगत लामो समय देखि विदेशमा रोजगरीको लागि बस्दै आएको हुन्छ / उसको बसाईको क्रममा उसको निकै बिदेशी साथीहरु हुन्छन / खस गरी फिलिपिनी केटिसंग उसको मित्रता अलि खासनै हुन्छ / तेसो फिलिपिनीहरु आफुलाई अमेरीकी सस्कारको समर्थक देखाउन खुलापन भन्दै अति नै खुला हुने गर्छन / अनि अबिबाहित कुमार राकेश ति खुला सस्कारमा हुर्केका फिलिपिनीहरु संग रमाईलो साझ रात बितउदै लामो समय देखि विदेशमा अड्केको हुन्छ / तर दुई फरक सस्कार अनि दुई फरक धर्म अनि दुई फरक राष्ट्र एक हुन निकै कठिन हुन्छ / भन्नेले भन्छन कि माया प्रेम अन्धो हुन्छ / मायाको कुनै सिमाना, धर्म, जात. उमेर, आदि हुदैन / तर व्यवहारमा यो चरितार्थ गर्न बोले जस्तो सजिलो हुदैन / आदर्शका कुरा त भन्नका लागि मात्र न हो / यो कुरा राकेशले महसुस गर्छ अनि राम्रो मन मिल्ने नेपाली युवती खोजीमा उ हुन्छ /
    दैब सन्जोग मान्नु पर्छ राकेश कुमार फिलिपिनीको मोहजाल बाट टाडा हुन कम्पनि परिबर्तन गरी बिना कै कम्पनिमा आईपुग्छ/ अनि बिना अनि राकेशको मित्रता हुन् पुग्छ / राकेशले अफ्फ्नो जिबन रुपी जहाजलाई बिनाको मैदानमा अवतरण गराउने प्रस्ताब राक्छ / बिनाले पनि राकेशको चरित्र केलाएर नै हुनु पर्छ उत्त प्रस्ताबलाई पूर्ण समर्थन गर्छे / अनि छिटै नेपाल गयर बिबाह गर्ने निर्णय गर्न पुग्छन /
    येस्तैमा राकेशको भेट राजेश संग हुन्छ / उनीहरु बीच मित्रता पनि हुन्छ / राजेशले राकेश अनि बिनाको सम्बन्ध बारे सुनेको हुन्छ / अनि एक दिन राकेशले राजेशलाई किन म संग नबोलेको अनि बिना संग किन नबोलेको भनेर सोध्न पुग्छ / बिना संग नजिकियकोमा भित्र भित्र रीसाएको राजेशले जबाफ दिन्छ / “कुकुर्नी ब्याए पनि नब्याए मलाई के मतलब /”
    त्यो सुनेर राकेशले पनि जबाफ दिन पुग्छ ” मरेको सिनो खाने स्यालले एकदिन अंगुर खान खोजेछ/ अंगुर अलि उचाईमा रहेछ अनि निकै पटक उफ्रीदा पनि उत्त अंगुर खान सकेन/ अनि अंगुर अमिलो हुन्छ भन्दै मरेको सिनो खान पुन स्याल सिनो खोज्दै हिडेछ /”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme