Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केएफसी र पिज्जा हट बन्द हुने भो, छ वर्षअघि यसरी लाइन बसी पसेका थिए त्यहाँ ग्राहक

Posted on June 7, 2015 by Salokya

497819-nepal-kfc
अन्ततः केएफसी र पिज्जाहटले पोकोपन्तुरो बोकेर नेपाल छाड्ने भएको छ। यी दुवै अन्तर्राष्ट्रिय चेन फुड कम्पनीलाई नेपाल भित्र्याउने देवयानी इन्टरनेशनलका निर्देशक रोहित कोलीले कम्पनी बन्द गर्न कानुनी बाटोमा अगाडि बढ्दै गरेको बताएका छन्। पहिले पनि मजदुरसँग यस्तै विवाद भए पनि पछि खुलेको थियो। यसपालि पनि त्यस्तै हो कि साँच्चिकै जान लागेको हो, हेर्न बाँकी छ। त्यसो त देखाउनलाई मजदुरसँगको विवादलाई निहुँ बनाए पनि व्यापार गतिलो नभएपछि केएफसीले नेपाल छाड्न लागेको चर्चा पनि छ। यो समूहको अर्को व्यापार पेप्सी पनि नेपालमा खासै चलेको छैन। यही ग्रुपको हाउजिङ पनि भूकम्पले खत्तम बनाइदियो। त्यसैले नफापेको व्यापारमा फँस्नुभन्दा छाड्नु वेश ठाने कि। सन् २००९ मा अन्तर्राष्ट्रिय चेन फुड कम्पनी केएफसी र पिज्जाहट नेपाल भित्रँदा गजबको दृश्य देखिएको थियो। त्यतिबेलाको फोटो र भिडियो हेर्दा अझै पनि अचम्म लाग्न सक्छ तपाईँलाई।

त्यतिबेला हप्तौँसम्म दरबारमार्गको केएफसीबाहिर मानिसहरु लाइन लागेको सम्झिएर अहिले पनि अनौठो लाग्छ। विदेशमा बस्नेहरु पनि अचम्म मानेका थिए नेपालमा त्यस्तो देखेर।

4133524605_f21b2eec4a

यो त्यतिबेलाको भिडियो हेर्नुस् त। अहिले हेर्दा पनि अनौठो लाग्छ-

6 thoughts on “केएफसी र पिज्जा हट बन्द हुने भो, छ वर्षअघि यसरी लाइन बसी पसेका थिए त्यहाँ ग्राहक”

  1. Limbu HarataraH says:
    June 9, 2015 at 5:16 pm

    फोटोमा क्यु लागेको देखेर हल्का लाज लाग्दैन हामी धनि-money हरु?!! के रै’छ त KFC मा? हा हा हा.., अब व्यापारको कुरा छोडौ!

    Reply
  2. ascees says:
    June 9, 2015 at 12:17 pm

    Yo part chai sahi lagyo malai:

    त्यसो त देखाउनलाई मजदुरसँगको विवादलाई निहुँ बनाए पनि व्यापार गतिलो नभएपछि केएफसीले नेपाल छाड्न लागेको चर्चा पनि छ। यो समूहको अर्को व्यापार पेप्सी पनि नेपालमा खासै चलेको छैन। यही ग्रुपको हाउजिङ पनि भूकम्पले खत्तम बनाइदियो। त्यसैले नफापेको व्यापारमा फँस्नुभन्दा छाड्नु वेश ठाने कि

    Reply
  3. Kabir says:
    June 8, 2015 at 6:30 pm

    so now will the agitating labour unions and their leader take responsibility to feed hundreds of innoncent workers employed by KFC and Pizzahut? Employment and industries should always be separate from dirty politics otherwise no people nor the country will benefit from this.When will the innocent Nepalese learn from unfortunate incidents like these and when will the government protect investments???

    Reply
  4. XYZ says:
    June 8, 2015 at 1:41 pm

    Bal मतब? मलाई होनच को पसल बन्द भयकोमा चिन्ता छ K F C पिज्जा हुत छु मतलब?

    Reply
  5. Durga Adhikari says:
    June 8, 2015 at 9:44 am

    स्वस्थबर्धक खाने कुरा होयिन/ पश्चिमीहरुको खाने कुराहरुको कुलत हामीलाई पनि सर्ने कुरा हो यो/ यी रेस्तुरेन्टहरुले नेपालीहरुलाई फाईदा भन्दा बेफायिदा नै बढी गर्छन/ मेरो बिचारमा यिनीहरुलाई बाई बाई गर्दा नै राम्रो हुन्छ/ बाई बाई के अफ षी/ बाई बाई पिज्जा हट/

    Reply
  6. लौटन अवधि says:
    June 8, 2015 at 9:09 am

    नेपाल मा मजदूर हरु किन यत्ति साह्रो घाँडो भएको ? १०००० मा बिदेशी को लात्ती र गालि खादै काम गर्न साउदी र मलेसिया पुग्छन त्यो पनि लाख डेढ लाख खर्च गरेर ! नेपाल मा जति गर्दा पनि नहुने अगस्ती हरु ! बल्ल ठिक भएछ ! न रहे बाँस न बजे बाँसुरी !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme