भूकम्पपीडितलाई सहयोग गर्ने भन्दै नयाँ पत्रिकाले आयोजना गरेको कलाकार Vs नेता फुटबलमा प्रधानमन्त्री सुशील कोइरालाले पनि खेल्ने भनेपछि धेरैले सोचेका थिए- यसो एकछिन मैदानमा देखा पर्छन् होला। तर काठमाडौँमा तीन वर्ष यताकै सबैभन्दा गर्मी भएर ३५ डिग्री सेल्सियस तापक्रम पुगेको दिन कप्तानी सम्हालेका कोइराला प्रचण्ड, झलनाथ, केपी ओलीभन्दा धेरै बेर १७ मिनेटसम्म मैदानमा डटे। अझ कलाकार धिरेन शाक्यबाट बल फुत्काएर पोस्टमा प्रहार गरे। माधव नेपालको पासमा पनि प्रधानमन्त्रीले पोस्टमा प्रहार गरेका थिए तर गोल भएन। आराम गर्नुस् भन्दा पनि नमानेर उनी मैदानमा धेरै बेर डटे। तर खेल कलाकारले ३-० ले जित्यो।
हेर्नुस् फुटबलको भिडियो
अनि अर्को रमाइलो रह्यो- लगभग सबै नेताले टिसर्टभित्र फुटबल लुकाए जस्तो देखिन्थ्यो। फुटबल चाहिँ होइन त्यो। नेताको पुक्लुक्क भुँडी निस्केको देख्दा फुटबल छ जस्तै भएको हो। यसले नेताहरुलाई स्वस्थ हुन शारीरिक कसरत निकै चाहिएको सङ्केत पनि गर्थ्यो।
तपाईँलाई के लाग्छ, भूकम्पपीडितका लागि यसरी नेता र कलाकारको खेल खेल्नु कतिको उचित देख्नुभो? आफ्नो विचार तल कमेन्टमा राख्न सक्नुहुन्छ।
Its ok friendship match is . But seeing the elephant belly is shame . Jus seen the leaders of the western world how they maintained their body. Hamro netaharuko hernu kasto sungurko chara khanchan and sarir pani sungur jasto kam pani kehi chaina.
नेताहरुलाई यस्तो निकास पनि बेला बेलाँ चाहिन्छ| राम्रै हो|
This is really a waste of time and energy in this devastating situation if they have a sense. I even feel wasting my precious time to comment those senseless.
खेलत रमाइलोनै छ. यसै गरि सबै नेताहरु एक टीम भएर संबिधान बनाउन र भुकम्प पिडित लाईनिकासा दिन लागे राम्रो हुन्थियो.
Over 500 million dollar commitment from donor asked by UN general secretary at UN for reconstruction an rehabilitation of Nepal after the great Earthquake, only 70 million was committed by donor and international community. The reason is the soaring corruption and incredibility of Nepali government, Nepali political party and of course bureaucracy of Nepal to international arena. Instead of wasting energy in show off game like foot ball they should have concentrated their energy in convincing the international community of being fair, they the share would have been much more higher. How much could have been collected from match? Could not be 470 million dollars. What a cheap popularity they longing for in this crisis.
संबिधान बनाउने भनेर गएर , गर्नुपर्ने काम न गरेर बा गर्न नसकेर तेसैलाई जागिर बनाएर देश लुटेको तिनै मान्छे चक्रिय प्रणाली मा पालै पालो देश लुटेको त् पुरा विश्वले हेरिरहेको छ |
अनि येस्तालाई बिस्वास गरेर कसले सहयोग दिन्छ ?
संयुक रास्ट्र संघ ले भू पी लाइ सहयोग १२ अर्ब उठाउदा प्रधान मन्त्रि राहत कोस मा सिर्फ ४ अरब मात्र उठ्यो किन ?
पहाड बात रित्तो झोला बोकेर काठमान्डू झरेका टाप टिपे हरुले आज घुस खाएर सब ले काठमान्डू मा महल ठड्याको छ, एकातिर भू पिलाई सहयोग को यो नौटंकी गर्छ आर्को तिर भू पी लाइ आएको सहयोग जस्ता पाता स्वयं अर्थमन्त्री नै खान खोज्छ यो भन्दा बढी देश को बेइज्जात के हुन्छ ?
नेपालि भुमि लाइ भारत ले मिचेर चीन सग सम्झौता गर्दा यिनीहरु चुँ सम्म न बोलेर फुटबल खेली राछ |
पाखे हरुले कुन दिन देश नै बेचेर खान्छ हो |
यो सबैभन्दा वाहियात काम हो, नेपालका ठुल ठुला वोहदामा बसेका मानिसहरुको काम छैन भन्ने कुरा को पुस्टि हो, नेपालमा कलाकार र नेताहरु येउतै ध्यांग्का मुलाहरु हुन्.
This is interesting 😀