वैशाख १२ को गोरखा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्प र त्यसपछिका परकम्पहरुले काठमाडौँमा झण्डै ३७ हजार निजी घर पूर्ण रुपमा ध्वस्त भए। त्यसैगरी ५० हजारभन्दा बढी घर आंशिक रुपमा क्षति भएको सरकारी तथ्याङ्क छ। पुरातात्विक महत्वका मन्दिरहरु पनि ध्वस्त भए। नहुन भइसक्यो। अब यी भग्नावशेषलाई कहाँ लगेर कसरी व्यवस्थापन गरिन्छ त। माटो र काठले बनेका संरचनाहरुको त पुनर्प्रयोग गर्न सकिएला तर सिमेन्टले बनेका घरहरुको भग्नावशेष व्यवस्थापन त्यति सजिलो पक्कै छैन। के छ त भग्नावशेषको व्यवस्थापन योजना ? केही योजना थियो सरकारको ?
थियो। युएसएडको सहयोगमा आइओएमले गत वर्ष नै भूकम्पपछिको भग्नावशेष व्यवस्थापनको लागि एउटा रणनीतिक योजना प्रतिवेदन स्थानीय विकास मन्त्रालयलाई बुझाएको थियो। यसमा काठमाडौँमा ८ म्याग्निच्युडको भूकम्प आयो भने एक लाखको मृत्यु हुने, २ लाख घाइते हुने ६० देखि ८० प्रतिशत घरहरु ध्वस्त हुने अनि ५५ देखि ६५ मिलियन टन भग्नावशेष निस्कने अनुमान थियो।
अहिले अनुमानभन्दा कमै क्षति भएको छ। अहिले धरहरा र वसन्तपुरको भग्नावशेषलाई टुँडिखेलमा राखिएको छ। काम नलाग्ने भग्नावशेषको व्यवस्थापन कसरी गरिँदैछ त ?
काठमाडौँ उपत्यकाको भवनको भग्नावशेष बागमती नदी किनार आसपासका खाल्डा र चोभारस्थित हिमाल सिमेन्ट कारखानाले बनाएको खाल्डोमा पुर्ने तयारी छ।
ती भग्नावशेषलाई उपत्यकाभित्र महानगरपालिका तथा नगरपालिकाको कुनै ठाउँमा थुपार्ने त्यसपछि ती स्थानका खाल्डा पुर्न लगिने तयारी भएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराई भन्छन्।
हाल उपत्यकाभित्र महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाभित्र चार हजारभन्दा बढी भवन भत्काउनुपर्ने अवस्थामा रहेछ। त्यसमध्ये हजार भवन पनि भत्काउन सकिएको छैन।
ठूला भवन भत्काउन सामान पनि रहेनछ हामीसँग परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले त्यस्ता ठूला भवन भत्काउन आवश्यक उपकरण चीन, भारत, अमेरिका र जापानसँग सहयोग माग्ने तयारी मन्त्रालयले गरेको बताएका छन्। केही उपकरण सरकारले नै खरिद गर्ने तयारी पनि छ। रसुवा, सिन्धुपाल्चोक, दोलखालगायत भूकम्पबाट अतिप्रभावित केही जिल्लाका भग्नावशेष हटाउन संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सहयोग गर्ने भएको छ।
प्रतिवेदनले भने यी ठाउँहरु सुझाएको थियो-
भत्काउन समेत असमर्थ हाम्रो देशको सरकार र अर्थतन्त्र भत्केको बनाउला भनेको आकाशको फल जस्तो देखीन थाल्यो अब त … यस्तो संत्कत्को घडीमा पनि कुर्सि मात्र देख्ने असारमा आँखा फुटेका गोरु झैँ नेता हरुलाइ यतिबेला बहिष्कार गर्ने कुनै गुरु योजना ल्याउनु पर्यो र नया सोचको र दृष्टिकोणको नेतृत्व खडा गर्न सके मात्र देशले काँचुली फेर्ला नभए अबको केहि बर्षमा नेपाल संसारकै गरिब मुलुकमा परिणत हुने प्राय निश्चित छ …