Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो पनि देख्नुपरो : कांग्रेसीले माओवादी कुटे त्यो पनि पत्रकार सम्मेलनमा

Posted on May 31, 2015 by Salokya

sagarmatha एक जमाना थियो जब कुटपिटको समाचार आउँदा कुट्ने माओवादी हुन्थ्यो, कुटाइ खाने अर्कै। अहिले समय परिवर्तन भएर कुटाइ खाने माओवादी हुन थालेछ। त्यो पनि राहत वितरणमा भएको भ्रष्टाचारसम्बन्धी पत्रकार सम्मेलनमा प्रश्न सोध्यो भनेर।

कुरा के हो? हेर्नुस् यो कुरा सुरुदेखि नै जञ्जालमय छ। नेपाल इन्भेस्टमेन्ट बैँकले राहतको जस्तापाता अर्थमन्त्रीमार्फत् वितरण गर्न खोजेछ। त्यही जस्तापाता बजारमा बेच्न खोजेको आरोप लाग्यो अर्थमन्त्री रामशरण महतका पिए रमेश महतमाथि। यो समाचारलाई खण्डन गर्न आयोजना भएको थियो पत्रकार सम्मेलनमा।

भूकम्पका कारण ऋषि धमलाको पत्रकार सम्मेलन गर्ने रिपोर्टस क्लबको अस्थायी कार्यालय भृकुटी मण्डपमा सरेको छ। त्यहीँ कार्यक्रम हुँदै थियो। महतले स्पष्टिकरण पढी सुनाए। त्यसपछि प्रश्न गर्ने पालोआयो। प्रश्न सोधे कृष्ण बोहराले- स्कूललाई वितरण गर्न ल्याएको भए किन जस्ता फिर्ता लान लागेको? उनले एकद्वार प्रणालीलाई मिचेर राहत वितरण गर्न खोजिएको आरोप लगाए। महतले बचाउ गरे। उनले म गाविस सचिवसँग भएको कुराकानीको अडियो सुनाउँछु भनेपछि महतका कार्यकर्ताले हात हाले।

कुटपिटका क्रममा बोहरा भागेपछि उनलाई लखेट्दै पुनः कुटपिट गरिएको थियो। अर्का प्रश्न सोध्ने कारोबार दैनिकका शिव बोहरासमेत कुटपिटमा परेका थिए।

झडप भएको केही समयपछि नै सुरक्षाकर्मी आएर स्थितिलाई नियन्त्रणमा लिएका थिए ।

कृष्ण बोहरा एमाओवादी कविलास गाउँका अध्यक्ष पनि हुन्। सुरुमा कार्यक्रम संचालन गरिरहेका तरुण दलका केन्द्रीय सदस्य प्रमोद रिमाल नै बोहरामाथि खनिएका थिए। त्यसपछि कांग्रेसका अर्का कार्यकर्ता प्रल्हाद फुयाँलले बोहराको घुच्चुकमा एक मुक्का हानेका थिए।

7 thoughts on “यस्तो पनि देख्नुपरो : कांग्रेसीले माओवादी कुटे त्यो पनि पत्रकार सम्मेलनमा”

  1. k_shankar says:
    June 2, 2015 at 6:17 pm

    १‍. हल्लाको अडियो मा पनि काँग्रेसीहरुले उद्दण्ड भएर तल्लोस्तरको बोली बोलेको प्रष्ट सुनिन्छ यसमा थू थू गर्न बाहेक के गर्न सकिन्छ । यो दिक्षा कस्को हो गिरिजाबाबुको कि महतजीको ?
    २. एकजनाले यो माअोवादी नेता हो, पत्रकार होइन भनेको प्रष्ट सुनिन्छ, तिनलाई थाहा छैन कि क्या हो राजनीतिकर्मी सरकारी जागिरे हैन, पत्रकार त के सामान्य मानिसलाई पनि यस्तो विषयमा सोध्ने अधिकार हुन्छ र गलत काम गरेको छैन भने कसैले उठाएको बुँदालाई प्रष्ट गरिनु पर्दछ । यो त अाफ्ना मान्छेहरु मात्र भेला पारेर चोखिन खोजेको जस्तो देखियो ।
    अन्त्यमा, म माअोबादी चाहीं हैन है ।

    Reply
  2. punya hawaii says:
    June 2, 2015 at 4:47 am

    एक द्वार प्रणालि भनेको दाताले दिएको राहत सामगृ मंत्रिले पिए मार्फत बेचने प्रणालि हो कि क्या हो ??????????????

    Reply
  3. Haridhan says:
    June 1, 2015 at 8:16 pm

    अर्थमन्त्रालयले अनुगमन गर्ने बैंकहरुले राहत सामग्री प्रदान गर्नु राम्रो हो तर किन अर्थ मन्त्रालय अन्तर्गत वितरण पनि किन गर्ने?
    कुन मन्त्रालयमा भ्रष्टचार भएको छैन? के वामदेव चोखा छन्? मन्त्रिपदका चिट्ठा परेका अंग्रेजी बोल्न जान्ने आधारमा लिएका के महेन्द्र बहादुर चोखा छन्?
    यो केसी र महत बीचको हैकमी झगडा हो| उनीहरु दुवै बरु देशै सखाप बाहे होस् तर आफ्नो पावर जमाईरहु भन्ने अडिग कसेर बसेका छन्|
    साँढेको जुझाई बाछाको मिचाई भैराछ नुवाकोटमा| प्रकाश चन्द्र लोहनीले लामो अवधि सम्म पावरमा रहंदा जुन तारा सबै ल्याईदिञ्छु भनेर बचन दिए, चुनाव जितेको जित्यै भए, मिलेर बसेका जनतामा पनि फुट पैदा गरिदिए| माओवादीले सपना बेचे तर बिपनामा रुवाईदिए| जनतालाई यस्ता शोषकहरुबाट पहिले पनि राहत मिलेको थिएन अहिले पनि यस्तै देखियो| राहतको सट्टा आहत|

    Reply
  4. Abhishek says:
    June 1, 2015 at 12:46 pm

    राहत एक द्वार पृणाली गरी सरकार को माध्यम बाट बितरणको आब्हान गदैृँ॔ सरकार । अिन त्यही सरकारको अथ॔ मन्तीृ का पि ए सरकारको माध्यम बाट गाको भए राहत समय मा जनताले पाउदैनथे भन्छन । नेपालको कानुन बुझी नसक्नु छ । कोही पाठक ले बुझ्नु भाछकी ? बुझाउनु परयो ।राहत को जस्ता चोरेको होइन भने जवाफ दिनु पर्यो नी परस्न गर्ने माआेबादी , पत्रकार या जनता जो कोही होस

    Reply
  5. डिल्ली says:
    June 1, 2015 at 11:58 am

    सत्ताको संरक्षणमा गरिने गुण्डा संस्कृतिको झल्को हो । भ्रष्टाचार होइन भन्ने प्रमाणित गर्न सक्नु पर्यो नि आरोप लागेपछि । तर सत्ताको मातमा उद्दण्ड भएकालाई उहिले मण्डले भनिन्थ्यो यिनीहरू नवमण्डले नै हुन् । रामशरण महत भ्रष्टाचारमा माहिर मानिन्छन् । उनकै प्रशिक्षणमा दीक्षित यी दुई नम्बरी महत महोदयले चाहीँ डन पथ सम्हालेका रहेछन् । यौटाले मात्र भाग खायो भन्ने निहुँमा यो लहरो तानिएको हो कि साच्चै ती दु:खीहरूकालागि नै हो भन्ने पनि सत्ता भागबण्डाको देखिँदै गरेको रडाकोले पछि प्रमाणित गर्ने नै छ ।

    Reply
  6. Shankar says:
    June 1, 2015 at 7:56 am

    हामीले पढ्दै जाँदा एस्तो लाग्छ देख्दै घुश्याह मन्त्रीको
    गुण्डा भतिजो र सहासी पत्रकार हरु |एस्तो विपद को बेलामा पनि पत्रकार ले भने झैँ २ छाक खान पुग्ने महत ले जस्ता पातामा धादली गर्ने निर्दयता देखायो ?
    येस्ता घुस खोरिलाई तह लाउन सु को सरकार ले सक्ला ? सक्दैन | लगाउने चाहना पनि छैन तिनको , देखावटी सम्म हो |
    अब काँग्रेस ,एमाले माउबादी तीनैजना मिलिजुली सरकार भन्दै राहत बाडी चुडी खाने दाउमा छ त् के गर्छ ?
    देश ले यकातिर दैबी बिपत्ति को मार , आर्को तिर देश को क्यान्सर यी जन प्रतिनिधि भनाउदा हरु आर्को तिर रखौटी बनाउन खोज्ने दक्षिण को छिमेकी ,साचिकै देश कठिन बिपत मा छ |

    Reply
  7. Mangale says:
    June 1, 2015 at 7:51 am

    चोरको खुट्टा काट भन्दा खुट्टा उचालेको जस्तै भयो नि ठ्याक्कै | प्रश्न सोध्ने माओबादीनै भए पनि के माओबादीले चै प्रश्न सोध्न नपाउने त ? यो प्रश्न हामी सबै नेपाली जनताको हो| गुन्डागर्दी गरेरै देश चलाउन खोज्या हो भने किन चुनाबको नाटक किन गरि राख्नु पर्यो र? येत्रो विवादमा आउदा अरु देशमा भाकोभए मन्त्रिले नै नैतिकताको आधारमा राजिनामा गरि सकेको हुन्थियो| थुइक्क येस्तै लाज पचेकाहरुले मात्र गर्ने रहेछ राजनीति भनेको| जति सोच्यो उति रिस मात्र उठ्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme