Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूकम्पपछि अब पहिरोको जोखिम, कालिगण्डकी थुनिएर अर्को आपत

Posted on May 24, 2015May 24, 2015 by Salokya

pahiro2
वैशाख १२ गतेको भूकम्पले मच्चाएको विनाशपछि अब पहिरोको जोखिम रहने विज्ञहरुले औँल्याउँदै आएका थिए। भूकम्पले हल्लाएका र चिरा परेका पहाडहरुका चट्टान अब मनसुन सुरु भएपछि खसेर अर्को उत्पात् मच्चाउन सक्ने संभावना छ। यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै गर्दा आइतबार बिहान सबेरै म्याग्दीको राम्चेस्थित काफलडाँडाको पहाड खसेर कालिगण्डकी नदी नै थुनिएर कृत्रिम ताल बन्न पुग्यो। यसअघि सिन्धुपाल्चोकको जुरेमा पहाड खसेर थुनिएको नदी खुलाउन महिना दिन लागेको थियो। कृत्रिम तालको पानीलाई सहज ढंगले निकाल्न सकिएन भने फुटेर नदी किनारका बासिन्दाहरुलाई जोखिममा पार्न सक्ने संभावना छ। त्यसबाट जोगिन सेनाको विज्ञसहितको टोली अहिले घटनास्थल पुगिसकेको छ।

pahiro

pahiro1

यसरी खसेको थियो कालिगण्डकीको प्रवाह नै रोकिने गरी पहिरो। हेर्नुस् सुरज केसीले खिचेको भयावह लाग्ने भिडियो-

२०७२ बैशाख ९ गते बैसरी मा काफलडाडा बाट अायकाे पहिराे

Posted by Suraj Kc on Saturday, 23 May 2015

कालिगण्डकी थुनिएपछि यसरी बनेको छ कृत्रिम ताल
taal

हेर्नुस् सुरज केसीको भिडियो

baisiri pahiro update kaligandaki thuniyer baneko taal 2072 jestha 10 bihan 6.30 baje

Posted by Suraj Kc on Saturday, 23 May 2015

baisari update 2072 jestha 10 gate bihan 5 baje

Posted by Suraj Kc on Saturday, 23 May 2015

5 thoughts on “भूकम्पपछि अब पहिरोको जोखिम, कालिगण्डकी थुनिएर अर्को आपत”

  1. Durga Adhikari says:
    May 24, 2015 at 7:08 pm

    मनिशहरुले नै मनिशहरुलायी दुख दियर हैरान परेको यो देशका जनताहरुलाई अब प्रकिर्तिले पनि यसरि बिनाश गर्न लागेपछि कस्को के लाग्छर/ अब यो देशका सिधा साधा जनताले मर्नु बाहेक अरु केहि उपाय छैन/ I don’t see any light at the end of the tunnel. If any one see something different for this country and the people of Nepal let me know.

    Reply
  2. Prashant says:
    May 24, 2015 at 5:53 pm

    Pictures don’t line up chronological order.

    According to many media landslide occurred sometime after midnight Sunday but the pictures are taken during the day light.

    Here’s the small excerpt from BBC about the timeline.
    “The landslide around midnight on Sunday (19:00 GMT on Saturday) has caused water levels to rise by about 200m (600ft).”

    Hmmm authenticity authenticity authenticity.

    Reply
    1. Lava Bhatta says:
      May 24, 2015 at 8:26 pm

      हाहा यो नेफोलीहरुको शंका गर्ने बानी चैँ लास्टै छ के

      यो हेर्नुस् आधिकारिक कुरा
      http://i.imgur.com/42H2cHQ.jpg

      मतलब जेठ ८ गतेदेखि नै त्यो ठाउँमा पहिरो जान थालेको थियो। अनि त्यहाँका परिवारलाई सुरक्षित ठाउँमा समेत सारिसकिएको थियो। शनिबार राति अबेर फेरि पहिरो गएपछि नदी थुनिएको हो। यो भिडियो चाहिँ शनिबार दिउँसो पहिरो जाँदै गर्दाको हो। अब त कुरा बुझ्नुभो नि। नेपालको बारेमा नेपालीलाई भन्दा बिबिसीलाई विश्वास गरेसि कहीँ पार लाग्छ त 🙂

      Reply
  3. hari har sharma says:
    May 24, 2015 at 2:56 pm

    there will be more and more, unfortunately
    I feel like this is just a beginning of the end, unfortunately.
    the monsoon will destroy mountains in Nepal rampantly
    and Terai will inundate in flood.
    but government seems ready to witness like Prithivi Narayan Shah doing in-front of Sinha Durbar and do nothing, unfortunately,

    Reply
  4. achut says:
    May 24, 2015 at 12:02 pm

    फोटो को लागि सुरज के सी जी लाई धन्यवाद /धैर्यता न गुमाउन अनुरोध साथै अधिकारिक खबर को लागि सचेत रहनु होला मिडिया-कर्मी साथी हरु/सबै मिलि दुखद घडी को सामना गर्नु छ सबै मिलि देश बनाउनु छ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme