वैशाख १२ को भूकम्पपछि अहिले जताततै भूकम्पकै कुरा मात्र छ। एक महिना हुन लागिसक्यो तर लगातार आइरहेका सानातिना धक्काहरुले सताउने क्रम जारी छ। ९० सालको भूकम्पबारे ब्रह्म शमशेरको पुस्तक भए जस्तै ४५ सालको भूकम्पबारे खासै त्यस्तो विस्तृत विवरण भएको पुस्तक भेटिँदैन। तर २७ वर्ष अघिको यो विनाशकारी भूकम्पबारे पाका पत्रकार किशोर नेपालको आत्मकथा ‘मेरो समय’ मा केही प्रसंग छन्। त्यतिबेला के के भएको थियो? सोही पुस्तकबाट साभार गरिएका केही प्रसंग-
भदौ ४ गते बिहान मुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको जन्मोत्सव तथा बाल दिवसका दिन धरानलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पले हाम्रो (मरीचमानसँगको) सम्बन्धमा पनि दरार ल्याइदियो। भूकम्पले धरानपछि भक्तपुरमा अत्यधिक क्षति गरेको थियो। राहत वितरणमा व्यापक धाँधली गरेको आरोपमा राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्योजुलाई भक्तपुरवासीले समातेर सडकमा घिसार्दै छाताको डन्डीको चुच्चो र पिनले घोचीघोची मारेका थिए। यो त्रासदीपूर्ण र अमानवीय घटनाको पृष्ठभूमिमा भक्तपुरका शक्तिशाली नेता नारायणमान बिजुक्छे रोहित र उनका पार्टीका मतियारहरुको हात थियो। कर्ण ह्योजुलाई जोगाउन एक जना पनि अघि बढ्न सकेनन्। प्रहरी–प्रशासन र सेना मौनतापूर्वक यो विभत्स र कारूणिक दृश्यलाई टुलुटुलु हेरेर बसे। पछि सरकारले नारायणमानलाई गिरफ्तार गरे पनि उनका विरूद्ध कर्ण ह्योजु हत्याको अभियोग साबित हुन सकेन। उनी निरापद रिहा भए। यस्तै, धरानमा पनि राहत पुग्न सकेन र पुगेको राहतको पनि न्यायोचित वितरण भएन । मरीचमानसँग मेरो सम्बन्धमा धाँजा फाट्नुको मूल कारण देशान्तर साप्ताहिक थिएन । धरानबाट रोयटर्सका लागि मैले गरेको रिपोर्टिङ सरकारका लागि ठूलो टाउको दुखाइ बनेको थियो । भूकम्पमा मर्नेहरुको सङ्ख्या एक हजार नाघिसक्दा पनि सरकार यो सङ्ख्यालाई सात सय पाँचमा सीमित तुल्याइरहेको थियो।
यसरी भएको थियो रिपोर्टिङ
रोयटर्सका लागि रिपोर्टिङ गर्दा मेरा लागि सबभन्दा ठूलो चुनौती थियो— २०४५ सालको महाभूकम्पको रिपोर्टिङ । भूकम्पको धक्काले भक्तपुरमा केही घर ध्वस्त भएको समाचार पठाउँदा–नपठाउँदै धरान र पूर्वाञ्चलमा भूकम्पबाट भएका धनजनको क्षतिका समाचारहरु ओइरिन थालिसकेका थिए । दिल्ली ब्युरोले मलाई जुनसुकै अवस्थामा धरान पुग्ने आदेश दियो । बसहरु हिँडिसकेका र विमानका लागि पर्खिन नसकिने स्थिति भएकाले मैले एक जना परिचित भाइ पुष्पलाई आफ्नो समस्या बताएँ। पुष्पले एउटा स्टारलेट कार ट्याक्सीका रुपमा चलाइराखेका थिए । कार पुरानो थियो र त्यसको अवस्था ठीक थिएन । तैपनि पुष्प खतरा मोल्न तयार थिए । जे त होला भनेर हामी हिँड्यौँ। मसँग तीन–चार हजार रूपैयाँ थियो । हामी हिँड्दा साँझ आठ बजेको थियो । नाकाबन्दीका कारण पेट्रोलको अभाव त छँदै थियो। बाटोका लागि मैले एक बोतल जोनी वाकर रेड लेबल झोलामा हालेको थिएँ। पुष्प बेतोडले गाडी हाँकिरहेका थिए। अलिकति थाकेपछि एक बिर्को रेड लेबल लगाएर हामी दगुरिहाल्दथ्यौँ।
राहत वितरण रेडियोमा मात्रै
हामी भदौको गर्मी छिचल्दै झिसमिसे बिहान धरान पुग्यौँ। धरान प्रवेश गर्ने बेला आउने सर्दु खोलाको किनारामा चिताहरु जलिरहेका थिए। मानिसको रूवाबासी र कोलाहलले ढाकेको थियो धरान शहर। बेलायती सेनामा कार्यरत नेपालीहरुको सम्पर्ककेन्द्रका रुपमा रहेको घोपा क्याम्पमा ब्रिटिश सरकारले उपचार केन्द्र चलाएको थियो । धरानमा पानी र औषधिको हाहाकार थियो । सरकारले रेडियोमा प्रसारण गरे जस्तो राहत वितरण कतै पनि भएको थिएन ।
दिनभर धरान डुलेर अपराह्न टेलेक्स सर्भिसका लागि टेलिफोन अफिस पुग्दा कनेक्शन थिएन । घोपा क्याम्पमा भएको टेलेक्स प्रयोग गर्न बेलायती दूतावासको अनुमति लिनुपर्दथ्यो । दिल्लीसँग निरन्तर सम्पर्कमा रहनुपर्ने भएकाले पनि म छटपटिइरहेको थिएँ। धरान टेलिफोन अफिसले विराटनगरमा टेलेक्स सुविधा चालू रहेको सुनाएपछि म त्यतै हान्निएँ । धरानमा बस्ने–खाने कुनै होटल थिएनन् । त्यसैले पनि विराटनगर जानुको विकल्प थिएन । विराटनगर पुगेर दिल्लीसँग सम्पर्क गरेपछि मेरो ज्यानमा ज्यान आयो । त्यसपछि समाचार तयार पारेर पठाउँदापठाउँदै रातको नौ बज्यो । यतिन्जेल पुष्प र मैले खाना नखाएको चौबीस घण्टा बितिसकेको थियो । तै रेड लेबलले शरीरका लागि आवश्यक क्यालोरी पुर्याएको थियो । धरानमा पुगेपछि मैले देशान्तर संवाददाता हर्ष सुब्बालाई साथमा लिएको थिएँ । उनी र म सँगै दिनभर समाचार सङ्कलनमा व्यस्त थियौँ । राहत सामग्री वितरणका लागि आउनुभएका नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई सरकारले रोक लगाएको थियो । समाचार थुप्रै थिए । काम गर्दागर्दा हामी दुवै थाकेका थियौँ । हर्ष पनि उत्तिकै भोकाएका थिए । हामीले विराटनगरको मिलन होटलमा आफ्नो बास बनायौँ । त्यहीँ बसेर धरान भ्याउने योजना थियो हाम्रो ।
बेलायतबाट आयो हर्क्युलिस विमान
भोलिपल्ट बिहान टेलेक्स अफिस पुग्दा दुई वटा टेलेक्स मेसेज थिए मेरा लागि । एउटा त दिल्ली र लन्डन ब्युरो मेरो ‘स्टर्लिङ वक्र्स’ बाट प्रभावित भएको थियो । अर्कोे थियो बेलायत सरकारले नेपालका भूकम्पपीडितहरुका लागि पठाएको राहत सामग्री बोकेर धरानस्थित घोपा क्याम्पमा बेलायती सेनाको हक्र्युलिस विमान नउत्रेसम्म धरान नछाड्ने लन्डन ब्युरोको आदेश । हिसाबले तीन–चार दिन अरु बस्नुपर्ने थियो । मसँग पैसा थिएन । मैले दिल्ली ब्युरोलाई टेलेक्स लेखँ । दिल्लीले त्यसलाई लन्डन ब्युरो पठाइदियो । चौबीस घण्टा नबित्दै विराटनगरको नेपाल बैङ्क लिमिटेडमा चालीस हजार रूपैयाँ आइपुग्यो, मेरा नाममा ।
त्यसको दुई दिनपछि मात्र ओर्लियो हक्र्युलिस विमान । पूर्वाञ्चलका धेरै नेपाली बेलायती सेनामा कार्यरत रहेकाले बेलायत सरकार भूकम्पपीडितहरुको उद्धारकार्यमा निकै गम्भीर अभिरूचि लिइरहेको थियो । नेपाली सरकारको सुस्त गतिसँग बेलायत सरकार असन्तुष्ट थियो । राजदरबारका पदाधिकारीहरु घोपा क्याम्पबाट सोझै राहत वितरण गर्ने बेलायती सरकारको प्रस्तावसँग असहमत थिए । उनीहरु बेलायत सरकारले श्री ५ को सरकारलाई राहत सामग्री बुझाओस् भन्ने चाहन्थे ।
गिरिजा र मदर टेरेसालाई रोक
बेलायत सरकारलाई राहतमा धाँधली हुने आशङ्का थियो । प्रजातान्त्रिक प्रतिपक्षका नेता गिरिजाप्रसाद कोइराला र भारतको कोलकातामा कार्यरत मिसनरी मदर टेरेसालाई भूकम्पग्रस्त क्षेत्रको भ्रमणमा सरकारले लगाएको रोकले यो आशङ्कालाई मजबूत तुल्याएको थियो । हक्र्युलिस विमानमा राहत सामग्रीसहित लन्डनबाट आएका थिए रोयटर्सका संवाददाता । विमान ओर्लिनेबित्तिकै उनीसँग मेरो भेट भयो । मैले उनलाई भूकम्पपीडितहरुका बारे जानकारी दिएँ र धरानको फेरो मार्ने आग्रह गरेँ । तर उनी क्याम्पबाट बाहिर निस्कन चाहेनन् । उनी जुन विमानमा आएका थिए, त्यसैबाट दिल्ली जाँदै थिए ।
सरकारी तथ्याङ्क भर लाग्दो हुँदैन
भूकम्पमा परेर मर्नेहरुको सङ्ख्या बढ्दो थियो । हर्ष र म पूर्वाञ्चलका गाउँगाउँबाट आएका सूचनाहरुका आधारमा समाचार लेख्दै थियौँ। हाम्रो र सरकारको सूचनामा आकाश–जमीनको अन्तर थियो । सरकार मृतकहरुको सङ्ख्या सकभर घटाएर सार्वजनिक गर्ने तानाबाना बुन्दै थियो । सरकारले तयार पारेको सूचीमा घाइतेहरुको सङ्ख्या बढी थियो । सरकारले घाइतेको सूचीमा राखेका कैयौँ व्यक्तिको मृत्यु भइसकेको थियो ।
भूकम्पमा मर्नेहरुको सङ्ख्याका बारे रोयटर्सले आफ्नै स्रोतबाट प्राप्त सूचनाका आधारमा समाचार सम्प्रेषण गर्ने कि सरकारी तथ्याङ्कलाई नै मान्यता दिने ? यसबारे दिल्ली ब्युरोले कुनै निर्णय गर्न सकेको थिएन । मैले बेलायतबाट आएका संवाददातासँग छलफल गरेँ । उनी असल पत्रकार थिए । उनले भने, “हामीले आफ्नै स्रोतलाई प्राथमिकता दिनुपर्दछ । यस्ता अप्ठेरा विषयमा सरकारी तथ्याङ्क भर लाग्दो हुँदैन । सरकारहरु तथ्याङ्कको राजनीति गर्न बडो सिपालु हुन्छन् ।”
काठमाडौँको सरकारलाई पूर्वाञ्चल थाहा छैन
उनले भने जस्तै सरकारले भूकम्पमा परेर मर्नेहरुको तथ्याङ्कसँग राजनीति ग¥यो । रोयटर्स र देशान्तर साप्ताहिकको तथ्याङ्क तथा सरकारी तथ्याङ्कमा धेरै अन्तर थिएन भने यसको कारण रोयटर्स समाचार नै थियो । रोयटर्सले घाइते र मर्नेहरुको सङ्ख्यामा निश्चित अडान नलिएको भए सरकारले तथ्याङ्कमा निकै धाँधली गर्ने थियो । मर्नेहरु घाइतेमा परिणत हुन्थे । यही तथ्याङ्कका कारण प्रधानमन्त्री मरीचमान सिंहको कोपभाजन बनेँ म।
धरानबाट फर्किएपछि मैले देशान्तर साप्ताहिकमा ब्यानर न्युज लेखेँ— ‘काठमाडौँको सरकारलाई पूर्वाञ्चल थाहा छैन’ । यो न्युज सरकारका लागि तातो तावा जस्तै बन्यो । यसमा मैले राहत कार्यमा भएका मनोमानी, भ्रष्टाचार, सरकारी कार्यकर्ताहरुको गैरजिम्मेवार कर्तुतहरुको पूरै विवरण दिएको थिए“ । यसले देशान्तरको इज्जत हलक्कै बढायो । पाठकहरुबाट पत्रिकाको माग ह्वात्तै बढ्यो ।
पहिलो कुरा भुकम्प २०४५ साल ५ महिना विहान ५ बज्न ५ मिनट बाँकी हुँदा गएको थियो (कसै कसैले ४.५६ जम्मा १ मिनट अन्तर) ४ गते हैन । दोस्रो भुकम्पको केन्द्र विन्दु उदयपुर जिल्लामा थियो धरान हैन धरान सुनसरी जिल्लामा पर्छ भन्ने सायद किशोर नेपालले जोनिवाकरको रेडलेबलको विर्कोमा पिएकोले विर्से । त्यति बेला कमसल राहत सामग्री वितरण गरेको देखेर राजा विरेन्द्रले रिसाएर फालेको दृष्य टेलिभिजनमा देखाइएको थियो भने कोशी अञ्चल अस्पतालमा राजा जाने सुइँको पाए पछि हतार हतारमा कम्बल बाँडेर राजा फर्के पछि फिर्ता लगिएको घटना निक्कै चर्चामा आइको थियो । राहतकै कुरालाई लिएर कर्ण प्रसाद ह्योजु कालो मोसो दलेर नाङ्गो पारेर घुमाउँदै भक्तपुरबासीले छाताले रोपेर “गड्डार अर्थात गद्दार” भन्दै मारेका थिए ।
Actually the earthquake of 2045 was struck Nepal on 2045 Bhadra 5 not bhadra 4 in the early morning.The epicenter was at Udaipur. Kindly correct accordingly.thank you.
मेरो स्मृतिमा भए सम्म त्यो भुकम्प भदौ ४ गते नभई ५ गते आइतबार(सायद) बिहान ५ बजे आसपासमा आएको थियो / एसको रोचक पक्ष ( वा संयोग ) के थियो भने २०४५ साल ५ महिना ५ गते समय पनि बिहानको ५ बजे आसपास , तेसैले यो याद गर्न पनि सजिलो छ .
डरलाग्दो कुरा त अब को २ वा ३ महिना सम्म मा पनि समस्या समाधान भएन भने बेरोजगार दाजु भाई अनि दिदी बहिनि हरु ले कसरि आफ्नो जिबन यापन गर्ने ? अनि तेस्पछि लुटपाट चोरी हुने पक्का छ l रोजगार को समस्या अनि राहत मागेर खाने बानी बसी सकेपछि काम मा अल्छि हुने पक्का छ l तेसैले यी समस्या लाई छिटो भन्दा छिटो समाधान गर्नु पर्छ
यी सारा कथाहरु पददा, नेपाललाई जहिले पनि कम्जोर बनाउने, यसको प्रगति का बाधक, देसको नाम मा भिख मागेर, रगत चुसेर आँफु उदुश जस्तो मोटाएर, जनतला लाई ठग्ने काम गर्ने राजनैतिक गद्दारहरुले नै गरेको देखियो|
तर इ लुटेरा ठग हरुलाई कहिलेइ केहि कारबाई भएन|
पैसा देखेपछि महादेव को तिन नेत्र|
यी अल्छी क पिण्ड, रोगि, जनता को पैसाको भर मा सास फेरी राखेका हरुको
देश र जनता को लागि इनिहरुक्को हिर्दय कहिलेइ फेरिएन|
एस पटक पनि बिदेशमा बसेका अनेकन नेपाली र अन्न अन्तर राष्ट्रिय संग संस्था ले उनीलाई सिधै पैसा इनिहरुको खोल्तिमा हाल्न दिएनन् भनेर काम गर्नु सत्ता गुनासो गरेको मात्र समय बर्बाद गरेको देखियो|
एस्तो जिउदै मरेको सरकार को के काम|
साच्चिनै सुशिले को सरकार ले भुकम्प राहत को लापर्बाई गरेका हरुलाई कसरि के कारबाई गर्दो रहेछ भनेर जनतालाई ठुलै जिज्ञासा छ| एता उता गरेर पार्टीहरुका झोला बोक्नेहरुनै राहतमा धादली गरेको अर्को कथा सुन्नु नपरोश यो कानले |
मदन ज्यु
सम्पूर्ण सहि भन्नु भो , तर अब त् यो( नेता भन्न मिल्दैन ) डाडा मा हगेर डल्ला ले पुछेर फाल्ने हरुले देश लाइ यो दुर्गति मा पुर्याए कि मैले धेरै अगि यहि स्थम्भ मार्फत भनेको ”नेपालि लाइ प्यालेस्तानी ” बनाउछ एक दिन | ल अहिले नै हेर्नुस सरिता गिरि , सी के हरु भन्दैछ भुकम्प पिडित लाइ तराई मा बस्न न दिने रे ?
यो के हो ? नेपालि ले अब नेपाल मै बस्न न पाउने ?
यता उति फालेको डा लाइ टिपेर आफ्नो नाउको अगाडी झुन्द्याउ दै देश को अर्थ तन्त्र , राजनीति लाइ यो दुर्गति मा पुर्याउदै , टि बि मा गजक्क फुलेर अन्तर्वार्ता दिदै गर्दा
भुकम्प पिडित हरुलाई इन्डियाले मजाक बनाएको देखि हाल्नु भो | नेपाल लाइ डिस्टर्ब गर्न आएका आफ्ना असंख्या भेले हरु उठाउन आयो हेलिकोप्टर लिएर आयो , तर नाउ भुकम्प पिडित लाइ सहयोग मा जोड्यो , नेपाल तिब्बत सिमाना मा खुब उडान भर्यो , भन्यो बार पाक मा उद्दार गर्न गएको ,नेपालि सेना र सरकार सम्म ले बिरोध गर्यो | बिश्य्वा बात अरु बिमान र राहत न आवोस भनेर नेपाल को सानो विमानस्थल मा आफ्नो बिमान हरुले लामो कब्जा जमायो , उसका खाते पत्रकारले भक्तपुर ,काठमान्डू राजमार्ग को चर्केको भाग देखाएर विमानस्थल चर्केको भन्यो , भूक के मारे आदमी ने आदमी को खाया सम्म भन्यो बेइमान हरुले |
ए हजूर किशोर सर / स्कच दारुको चुस्की लिंदै गिरिजाबाबुको गुणगान गर्न चुक्नु भएन नि ? शायद कुनै ऋण पो तिर्नु थियो ?
पुत्रीमोह मा त्यत्तिका अवसरलाई लत्याउदै देशलाई झन पछि लैजाने हवल्दार को गाथा त खूब गाउनु भयो / बंगाली ज्वाईं समेतले मोज गरे, विर्सनु भयो ?
कर्ण ह्योजू ले गोलमाल गरेको साच्चिकै भएको भए पनि त्यसरी निर्ममतापूर्वक उनको हत्या गराउने महापुरुष हरु र जनयुद्ध मा शिक्षक , गरिब जनता लाई मारेर, दैनिक ज्यालादारी गरेर परिवार पाल्ने नागरिकहरुका छोराछोरी लाई अनेकन बन्द गरेर भोकै सुत्न बाध्य गराउने , ठुलाबडा सुकिला मुकिला अपराधीहरु संग मोटो रकम लिएर तिनीहरुको बाल पनि केहि नगर्ने खाओवादी मा फरक के त ?
रोयटर अमरिकी र पश्चिमा हित को मुख पत्र हो ! कुनै देश माथि अमेरिकी र पश्चिमा हैकम जमाउनु छ भने रोयटर, बिबिसी हरु ले ३-४ बर्ष अघि देखि चरणबद्ध रुप मा भ्रम फैलाएर हस्तक्षेप को जमिन तयार गरिदिन्छन ! इराक लिबिया सिरिया हरु मा चरणबद्ध र नियोजित भ्रम फैलाएर आज को स्थिति मा ल्याई पुर्याएका हुन् ! चीन को तिब्बत र उत्तर कोरिया को लागि प्रोपोगण्डा फैलाउन स्पेसल डेस्क नै छ ! जोनी वाकर मा बिकेर मरिचमान को देशभक्ति लाइ जनता को लास र देश को अस्मिता को सौदाबाजी गरेको हाका हाकी लेखेका छन् ! पंचायत ढल्नु नै नेपाल बिदेशी को क्रिकेट मैदान हुनु हो भन्ने यी र येस्ता धेरै ओउसा हरु लाइ पहिला देखि नै थाहा थियो – मुर्ख जनता हरु अहिले कम्पारो मा हात लाएर के हुन्छ र ? थुक्क छ अहिले सी के लाइ गालि गर्ने हरु – यहा किसोर नेपाल को भेष मा धेरै पी के हरु छन् !!!जो भुकम्प लाइ मध्यम बनाएर जोनी वाकर लडाउन तल्लिन छन !
ह्योजु हत्याको अभियोग साबित हुन सकेन भने बिजुक्छेको हात थियो लेख्न पाइन्छ र ?? हल्लाको भरमा यस्तो कुरा लेख्ने किशोर नेपाल पनि नाम मात्रका विद्वान लाग्यो l
जसले २०४५ सालको भूकम्प गएको बेला आफ्नो जयनको प्रभ नगरी काम गर्नेलाई मेरो नमस्कार छ .
२०४५ साल को भुकम्प भाद्र ४ Ma Honia ५ मा ho
किशोर नेपाल अलि बिद्द्वान पत्रकार हुन् तर , यो लेख को केहि कुरा झुर लाग्यो
जस्तो कि
१) एक बिर्को रेड लेबल ले तेत्रो क्यालोरी दियो ?
२) भुकम्प गएको ठाउमा गिरिजा राहत वितरण मा जान खोज्दा सरकार ले रोक्यो ?
गिरिजा तेत्रो दयालु ? कि पत्रकार ज्यु ले चाकडी बजाउन लेख्नु भएको ?
मलाई लाग्छ गिरिजा लाइ देश प्रति माया भएको भए नेपाल धेरै अगि पुगी सक्थ्यो |
२०४६ साल पछि धेरै पी यम हुने उही , गणतन्त्र पछि को शक्तिसाली पनि उही |
शंकरज्यु/
माथि पत्रकारज्युले बारम्बार “दिल्ली ब्युरो” उल्लेख गर्नु नै ठिक लागेन/ उहाले उल्लेख गरेको दिल्ली ब्युरो भनेको कसको संस्था हो र त्यो संस्था सिट नेपालको पत्रकारले रिपोर्टिंग गर्नु पर्ने किन?
अब भूकम्प बात नोक्सानी हुँदा सरकार कस्तो रुपमा नागरिकको बीच प्रस्तुत हुनु पर्छ भन्ने कुरामा आजका नेताहरुले जुद्ध शमशेर बात धेरैनै सिक्नु पर्ने देखिन्छ/ ९० साल को भुकम्प पछि जुद्ध शम्सेरले नागरिकहरुलाई आफ्नो भत्केको घर बनाउन तत्काल रकम उपलब्ध गरे/ भुकम्प पिडित नागरिकहरुलाई सरकारले दियको ऋण पनि माफ गरे/ ईतिहासिक महत्व भयको भत्केको संरचना तुरन्तै पुन निर्माण गरायो/ मखन असन र टुँडिखेल बिचमा भुकम्प बात पूर्ण छ्यति भयको नागरिकहरुको आवास स्थानलाई जुद्ध शमशेरले जसरि ब्यबस्थित रुपमा पुन निर्माण (न्युरोद) गरेर त्यहा सरकारले बनायको घरहरु भुकम्प पिडित नागरिकहरुलाई दियो/ ई सबै काम गर्न गराउन जुद्ध शमशेरले व्यक्तिगत रुपमा पनि ठुलो रकम दिय/ भुकम्प बात नेपालको उद्धार गर्ने कुरामा आजका नेताहरुको सरकारलाई राणाकालीन सरकारमा सबै भन्दा बढी आलोचना गरिने जुद्ध शमशेरको सरकार सिट समेत तुलना गर्न नसकिने स्पस्ट देखियको छ/
हेर्दै जानुस शंकरज्यु अहिलेका ई नेताहरु भुकम्प पिडितलाइ भनेर देस विदेश बात आयको सहयोगमा प्राप्त भयको रकमको सदुपयोग गर्नुमा र भुकम्प पिडित लाइ राहत दिलाउनमा जिम्मेवार भयर प्रस्तुत हुनु भन्दा बढी इनिहरु आफ्नै र आफ्ना कार्यकर्ताहरु र आआफ्नो दल र तेही गन्हाउने जातिगत राजनीतिको फाइदाको निमित प्रस्तुत हुनेछन/