-सञ्जय पोखरेल-
वैशाख १२ र २९ का ठूला भूकम्प र त्यसको विनाशको प्रत्यक्षदर्शी भएको यो पुस्तालाई भौतिक र आर्थिक मात्र हैन मानसिक असर पनि परेको छ। बालबालिकालाई त यसले अझ बढी प्रभाव पारेको छ। मेरो छोरा सस्मित पोखरेल उमेरले ७ वर्ष पुगेको छ। आजकाल ऊ घरभित्र सुत्नै मान्दैन। भुइँचालोले पुर्छ भनेर डराउँछ। सँधै बाहिर मात्र सुत्ने रे। धेरै उपाय खोजेँ, केही लागेन।
पछि उसले आफै केही शर्त राख्यो। शर्त थियो- यदि घरभित्रै सुत्न पर्ने भए मलाई टाउकोमा हेल्मेट चाहिन्छ। अनि जिउ पनि बाक्लो कुराले छोप्नु पर्छ। मैले त्यसै गरेँ, अनि मात्र ऊ आनन्दले निदायो। यो सुन्दा तपाईँहरु मध्ये कतिलाई हास्यास्पद लाग्ला, तर यो घटना मेरो घरको वास्तविकता हो।
बाल मनोविज्ञानमा भुइँचालोले कति प्रभाव पारेको छ, यो फोटोले आफै बोल्छ। माइसंसारमा साइकोलोजिकल काउन्सेलिङबारे ज्ञान भएका पाठकहरु पनि होलान्। कृपया यस्तै प्रभाव परेकाहरुलाई सामान्य अवस्थामा फर्काउन के गर्नुपर्छ, आफ्ना सुझाव र सल्लाह भूकम्पपीडित पाठकहरुलाई दिनुहोला।
भुकम्पबता कसरि बच्ने भन्ने बिसयमा उअलै राम्रै सहि ज्ञान दिनुस अनि उसको भुकम्प प्रतिको मनोविज्ञान change हुन्छा उसको दिमागमा हेल्मेट र बाक्लो कपडा लाग्य बचिंछा भन्ने कुराले डेरा जमयको ले तेसो गरेको हो.
बुद्दि मान रईछ सस्मित. अहिले को aftershocks आइ रहे को बेला मा अफ्फ्नो safety त हेर्नई पर्यो नि.
सबै को घर मा यहि छ तरीका मात्र फरक छ. नेपाली जनता त्रास मा छन्
झुल हालेर सुताउने गर्नुस . एसले मनोविज्ञान मा केहि सुधार लेउछ कि ?
साच्चै यो जटिल समस्या हो । अब बच्चालाई स्कुल कसरी पठाउने भन्ने समस्या झनै जटिल छ ।………….,.:-