Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आतंकित होइन सजग रहनुपर्छ : भूकम्पबारे युएसजिएस

Posted on May 14, 2015 by Salokya

aftershock
अमेरिकी भूगर्भ विभागले वैशाख १२ को विनाशकारी भूकम्पपछिका केही हप्ता र महिना सजग रहनुपर्ने भन्दै एडभाइजरी जारी गरिरहेको थियो। तथ्याङ्क विश्लेषण अनुसार हरेक साता संभावना पनि जारी गरिरहेको थियो। तर मे १२ मा आएको भूकम्पपछि भने उसले निर्धारित एडभाइजरी जारी हुने मितिलाई परिवर्तन गरेर मे १३ मा नयाँ एडभाइजरी जारी गरेको छ।

कुनै पनि ठूलो भूकम्प आएपछि त्यस नजिकै केन्द्रबिन्दू भएका त्यसभन्दा साना भूकम्पलाई आफ्टरसक वा पराकम्प भनिन्छ। वैशाख १२ को मुख्य भूकम्पपछि मे १२ मा अर्को भूकम्प आयो। त्यसपछि आफ्टरसकको संभावना पनि यसअघि मे ८ मा जारी एडभाइजरी भन्दा बढी भयो। ठूलो भूकम्पपछि पराकम्प त हुन्छ तर त्यो यही मितिमा वा यही समयमा आउँछ भनेर कसैले पनि बताउन सक्दैन। यस्तो भविष्यवाणी गर्न सकिँदैन।

गर्न सकिने भनेको आएका भूकम्पका धक्काहरुको विश्लेषण गरी संभावनाको आकलन गर्ने मात्रै हो।

युएसजिएसका अनुसार थोरै क्षति गर्ने वा कुनै क्षति नगर्ने पराकम्पहरु धेरै पटक आउनेछ। केहीले थप क्षति गर्न सक्छन् विशेष गरी पहिलेका धक्काले कमजोर भइसकेका संरचनाहरुलाई। त्यसैले सजग र सतर्क रहनुपर्छ।

पराकम्प कम हुन थाले पनि मानिसहरु आगामी केही साता र महिनासम्म पराकम्प आउन सक्ने संभावना प्रति सचेत रहनुपर्ने युएसजिएसको सल्लाह छ। विशेष गरी खतरा हुनसक्ने संरचनाभित्र वा नजिकै काम गर्दा र पहिरो आउनसक्ने ठाउँमा रहनेहरुले सचेत रहनुपर्छ।

अब आउँ संभावनातर्फ

मे १३ देखि मे १९ सम्म युएसजिएसले ५ देखि ६ म्याग्निच्युडका पराकम्प कम्तिमा एउटा आउने संभावना ८० प्रतिशत र सून्यदेखि ४ वटा यस्ता घटना हुनसक्ने अनुमान गरेको छ।

६ देखि ७ म्याग्निच्युडका भूकम्प आउने संभावना यो साता ६ मा १ अर्थात् १५ प्रतिशत मात्रै छ।

७ देखि ७.८ को भूकम्प आउने संभावना १०० मा १ मात्रै छ। अर्थात् यस्तो संभावना यो साता ९९ प्रतिशत छैन।

७.८ भन्दा ठूलो भूकम्प अर्थात् सुरुको भन्दा ठूलो भूकम्प आउने संभावना पनि नभएको त होइन तर त्यस्तो संभावना ३०० मा १ मात्र छ। अर्थात् ९९.७ प्रतिशत संभावना छैन।

af1

पराकम्पका धक्का अहिले कै धक्का आइरहेका स्थानतिर वा त्यसभन्दा केही परतिर पनि हुनसक्ने अनुमान छ।

युएसजिएसको एडभाइजरी पूरा पढ्नुस् संभावना तथ्याङ्क विश्लेषण पढ्नुस्

1 thought on “आतंकित होइन सजग रहनुपर्छ : भूकम्पबारे युएसजिएस”

  1. Rohini says:
    May 14, 2015 at 9:00 pm

    जमिन धेरै ठाउमा फाटेको छ| तेसैले बर्खा लागेपछि जमिन भासिन सक्छ| समयमै सबैले ध्यान दिने हो भने थप क्षति हुन बाट बचाउन सकिन्छ| एउटा भुगर्भाबिद को नाताले मा यो कुरा भन्दैछु|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme