अहिले नेपालको भूकम्पको कुरा गर्ने बितिकै धरहरा पनि ढल्यो भन्ने गरिन्छ। त्यसैले धरहरा ढल्दा शोकाकूल बनेको छ नेपाल। धरहरा पुनर्जीवित नगर्दा भूकम्प मानिसक झट्का लागिरहने छन्। धरहरा काठमाडौँको “नाक”, “मुटु” वा “शान” जे भने पनि पुननिर्माण गर्नुपर्छ भन्नेमा धेरैको सहमति भए पनि कसरी र कस्तो पुनर्निर्माण गर्ने बारेमा छलफल सुरु भएको छ। केही प्रमुख सवाल यस्ता छन्-
(१) एउटा वा दुई वटा धरहरा
भीमसेन थापाले एउटा होइन दुई वटा (जुम्ल्याहा) टावर (धरहरा र सुन्धारा) बनाउन लगाका थिए। भूकम्पकै कारण एउटा पूरै गुमायौं भने हालको धरहराको केही खण्ड ९० सालको भूकम्पपछि पुननिर्माण गरियो। तर यो पनि ७२ सालको भूकम्पमा ढल्यो। अहिले पनि संसारका धेरै सहरमा जुम्ल्याहा टावर बनाइएका छन्। त्यसैले हामीले किन दुवै गुमेका टावर पुननिर्माण नगर्ने त? एउटा प्रमुख प्रश्न आर्थिक श्रोत के हुने भन्ने मात्र हो।
(२) कसरी बनाउने – आर्थिक स्रोत के हुने ?
यदि धरहरा बनाउनलाई प्रमुख प्राथमिकता बनाउने हो भने आर्थिक स्रोत ठूलो चुनौति न होला। तर हजारौं नागरिक घरविहीन हुँदा धरहरा बनाउनुलाई देशको प्राथमिकता बनाउन सकिन्छ वा हुन्छ/हुँदैन अर्को प्रश्न हो। अहिले केही निजी कम्पनीले आफूले धरहरा पुननिर्माण गर्न तयार रहेको भनेर खबर आयो। निजी क्षेत्रलाई यस्तो काम गर्न दिने कि नदिने भन्ने प्रस्न उठेको छ। विगतमा पनि धरहराको सरसफाईसम्म पनि गर्न नसकेपछि निजी क्षेत्रलाई सरकारले ठेक्का दिएकै हो। नेपाल सरकारले आफनै ढुकुटीबाट बनाउन खोज्ने हो भने पनि व्यक्ति वा निजी क्षेत्रको सहयोगलाई पनि उपयोग गर्दा सरकारको ढुकुटीको रकम अरु अति जरुरी क्षेत्रमा खर्च गर्ने पाउँछ। तर त्यसवापत् निजी क्षेत्रलाई केसम्मको अधिकार दिने भन्ने पनि टुङ्गो लगाउन जरुरी छ।
(३) कस्तो र कहाँ बनाउने ?
९० सालमा ढल्नुभन्दा अघि धरहरा ९ तले नभई ११ तले थियो। बरन्डा थिएन। धरहरालाई कुनै घरले छेक्दैन थियो। तर अहिले काठमाडौँमा अग्ला घर बन्दै छन् र बनाउन प्रतिबन्ध पनि छैन। त्यसैले नयाँ धरहरा निकै अग्लो बनाउनु पर्छ – यो काठमाडौँको सबैभन्दा अग्लो घर संरचनाको रुपमा स्थापित गर्नु पर्छ र यो भन्दा आग्ला घर निर्माण गर्न प्रतिबन्ध हुनु पर्छ। अझ धेरै अवलोकन बरन्डा वा कोठा बनाउन सके पर्यटक मात्र होइन नेपाली पनि मोहित हुनेछन्। धरहराले टिभी वा टेलिफोन टावरको काम गर्न सक्छ। एउटा कुरोमा सबैको सहमति छ यो भूकम्प प्रतिरोधी हुनुपर्छ। धरहरा देखिँदा पुरानै जस्तो देखिए पनि केही आधुनिक सुविधा राख्नुपर्छ। जस्तै लिफ्टको व्यवस्था। धरहराको उचाई र गोलाई पनि बढाउन सकिन्छ।
तपाईँलाई कस्तो लाग्छ ? कमेन्टमा लेख्नुहोला।
[यो सामाग्री माइसंसारका पाठकबाट प्राप्त भएको हो। तपाईँ पनि यस्तै सामाग्री माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
बनाउनु जरुरी छ
२०७२ वोटा खुड्किला प्रयोग गरि
१ मात्र धरहरा
जुन १२ तले होस
जस्ले त्यो दिन को सम्झना आईरहोस
सरकारी+निजि संयुक्त लगानीमा एउटा नयाँ धरहरा बनाउँदा राम्रो | बाहिरि स्वरूप पुरानै दिएर भित्रि चाहिँ लिफ्ट सहित अत्याधुनिक बनाउनु पर्दछ | आधुनिक अग्ला टावरहरु प्रायेश अधिकतम स्टिल प्रयोग गरेर बनाइएका हुन्छ जुन धेरै सुरक्षित हुन्छन | रेडियो, टिभी, मोबाइल तथा अन्य संचारको लागि पनी उपयोग गर्न सक्ने गरी बनाउनु पर्दछ | टावरको चुचुरोमा रेस्टाउरांटको ब्यबस्था गर्दा अति उत्तम हुन्छ | सुरक्षाको दृष्टिले टावरको सबैभाग मान्छे हाम्फाल्न वा झर्न नसक्ने गरि सुरक्षित बनाइनु पर्दछ |
फेरी पनि: “बिदा हुने भए!!! त्यो बनाउने पैसाले त्यतिका धेरै अपाङ्ग छन्, -treatment गरौँ ! धन गयो, मन पनि ५०% गैसक्यो, ज्यान जे छ सकारात्मक धरहरा चै बनाऔं, न कि धर्मको दूरविन! तपाई-हामिले पिडित भएर सोचौं | भू-कम्प ग्रस्त ठाउं हेर्नुस! इतिहास हेर्नुस! अब परिवर्तन हामीले नै गर्ने कि, फेरी Ktm मा valley , hill अरु भएकाले ‘धरहरा’ आवस्यक छैन |
My suggestion is to have a new tower built somewhere inside the Kathmandu Valley, only if it is necessary to have one. It is useless to spent money on such towers unless there is some commercial value. The remnants of existing Dharahara should remain as it is. This is to remind the coming generations on how deadly and cruel mother nature could be and also to remind them the need for taking precautionary measures. A small archives should be built at the site documenting the fateful event of 25 April 2015.
धरहरा पुननिर्माण गर्दा एस लै बहु उदेस्सिय बनाउन सके राम्रो – अरु देश मा पनि बिभिन्न किशिम र प्रयोजन को लागि टावर बने का छन् – कुनै टावर घर जस्तै कोठा भएका छन् भने कोहि कोठा न भएका।
(१) संचार – रेडियो, फोन टीभी (२) सहर अबलोकन (३) सैनिक प्रयोजन को लागि (४) बैज्ञानिक प्रयोजन को लागि – बाताबरण र ब्रह्माण्डको अधेयन र अबलोकन गर्न (५) धर्म को लागि । धरहरा लै पनि येस्तै प्रयोंन को लागि प्रयोग गर्न सकिन्छ ।
धरहरा पुर्नार्निर्मन गर्दा आकार प्रकार उस्तै भए पनि समय अनुकुल केहि परिबर्तन गर्न सकिन्छ जस्तो –
– यक वा बढी ताला मा अबलोकन कछे – दुरबिन को बेबस्था जहाँ बाट काठमाडौँ का पर्येताकीय ठाउँ र हिमाल देख्न सकियोस
– लिफ्ट र सिढी दुवै को बेबस्था
– नेपाली कलात्मक द्वार , छाना र गजुर – हाल मन्दिर (पशुपति नाथ) मा देखिने जस्तो छन
– हाल भएयेका संरचना (धापासी को ग्रंदी – २३ तला ) भन्दा अग्लो र धरहरा भन्दा अग्लो वा छेक्ने गरेर घर बनाउन निशेद गर्नु पर्ने ।
धरहरा नेपाली सान थियो । मलाई लाग्छ पुनर्निमाण गर्नु ठुलो कुरा होइन येदि सरकारमा इच्छा सक्ति भए – सरकार सके आफु गर्ने न सके ठेका मा दिने । राना हरु ले ते पुन्निर्मन गरे भने, अहिले पनि हामी गर्न न सकौला त ?
अव एकदमै नया उच्च प्रविधिको भौगोलिक बनौट संग मेल खाने कति सम्म उच्च बनाउन सकिन्छ तेस्तो बनाउनुपर्छ ताकि अव यो स्तम्भ भूकम्पको प्रतिबिम्ब र अन्तराष्ट्रिय र राष्ट्रिय आकर्षणको केन्द्र बिन्दु होस्. पुरानोको सम्झनाको लागि प्रतिबिम्ब तेस्कै स्वरुपको सानो नमुना संगै बनाउनुपर्छ.
must build