Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जमानामै थिए हाम्रा ट्विन टावर, दुई वटा धरहरा

Posted on May 13, 2015May 10, 2015 by Salokya

dharhara
विदेशतिरका जस्ता ट्विन टावर नेपालमा विक्रम संवत् १८८१/१८८२ मै बनिसकेको थियो। भीमसेन थापाले त्यतिबेला एउटा होइन दुई वटा धरहरा बनाएका थिए। एउटा अहिलेको भूकम्पले ढलेको धरहरा थियो भने अर्को भीमसेन थापाको बागदरबारभित्रको धरहरा। १८९० को भूकम्पले बागदरबारभित्रको धरहरा जगैदेखि ध्वस्त भयो। अर्को भने चिरा पर्‍यो। चिरा परेकोलाई पुननिर्माण गरियो। अर्को धरहराको भने अहिले चिनोसमेत मेटिसकेको छ।

त्यो अर्को धरहरा ११ तले थियो। तर ९० सालको भूइँचालोले त्यसलाई साढे चार तला बनाइदियो। जुद्ध शमशेरले त्यसलाई नौ तलाको गरी पुननिर्माण गर्न लगाए। त्यही धरहरा ७२ सालको भूइँचालोमा पहिलो तलाबाटै ढलेको हो।

दुई वटा धरहराबारे यो सामाग्री जानकारीमूलक छ। के अब हामी दुई धरहरा बनाउन सकौँला?

10 thoughts on “जमानामै थिए हाम्रा ट्विन टावर, दुई वटा धरहरा”

  1. rabin says:
    May 19, 2015 at 1:23 am

    भीमसेन थापाले १८३२ मा जुन उदेश्यले सुन्धारामा धरहराको निर्माण गरेका थिए, त्यो समय अनुसार सहि ठाउँ थियो. तर अहिले धेरै जनसंख्या र अबवस्तित सहरी विकासले गर्दा सुन्धारामा धरहरा निर्माण गर्न प्रयाप्त ठाउँ नै छैन र धरहरा भन्दा धेरै अरु घर हरु अल्गो भएकोले गर्दा एसको उदेश्य पनि प्रभाबकारी छैन तरपनि यदि धरहरा बनाउनु नै पर्यो भने कुनै नया ठाउँ मा बनाउनु उचित हुन्छ!!!

    Reply
  2. daman says:
    May 15, 2015 at 11:51 pm

    Don’t make Dharahara. Make people’s houses. We already have lot of ugly houses in Nepal. DOn’t add one more. Please some trees guys. If you want to make new Dharahara for Tourist then he needs to breathe right? Nobody will come to breathe polluted air just to climb a small tower.

    Reply
  3. Binaayek says:
    May 14, 2015 at 3:26 pm

    सबै भन्दा पहिला , नेपालको भूभाग ( दार्जिलिंग , सिक्किम, सतलज , श्रीनगर , काँगड़ा , टिस्टा , सिगास्तसे , कैलाश , भुटान ) लाउन परयो। नेपालको जमिन , बाहिर छोड्दा , नेपाल भुमिको श्राप लाग्यो l तपाइँहरु हामी भन्दा जान्ने बुझने हैन र ? ( नेपालको भुमि, जे मन लागयो , त्यही गर्ने हुदैन , श्राप लाग्छ , राम्रो हुदैन भने कुरो। त्यो सबै नेपाल हो नेपालको जग्गा हो ) . अर्को कुरो नेपालको जग्गा अरु देशसंग राखदा , त्यो देशहरुलाई पनि राम्रो नहुने , आदि तीनिहरु पनि समाप्त हुने हुन्छ। पहिला , नेपालको भुमि ल्याउ त्यसपछि , कता राजधानी बनाउने भनेर बनाऊं।

    Reply
  4. ramhari sharma says:
    May 14, 2015 at 2:38 am

    धरहरा मा केहिन देख्नु विदेश मोह हो | संसार मा टावर कति छन् कति – धरहरा भन्दा ठुला … तर आज हामी रुदै छौँ धरहरा को लागि किन ? त्यो एउटा इतिहास थियो – २ वटा धरहरा बाट १ हुदै सुन्नेमा झर्यो .. सके जति मन्दिर हरु पनि पुन्निर्मन गर्नु पर्छ … tourism नेपाली रोजी रोटि हो … धरहरा नेपाली strong छौ भन्न मात्र होइन धेरै कारण ले बनाउनु पर्छ …

    Reply
  5. pandey says:
    May 14, 2015 at 12:44 am

    धरहरा मा मलाई खासै कुनै नौलो कुरा देखिदैन, किन ट्वीन टावर भनेर गफ हान्ने . न त नेपाली कला थियो त्यसमा न त कुनै आर्किटेक्चर, खाली सिधा लामो डाँडो जस्तो टावर. धरहरा जस्ता टावर त विदेश का सुमंद्र किनार मा कैयो हुन्छन. पानीजहाज लै बाटो देखाउने बीकन टावर हरु सब धरहरा जस्तै हुन्छन. झन् धरहरा भन्दा पनि ५-७ गुना ठुला. बरु त्यो भत्केको मन्दिर बनेये हुन्छ यो धरहरा मा पैसा फाल्नु भन्दा. जय नेपाल

    Reply
    1. dor Prasad says:
      May 14, 2015 at 1:35 am

      टावर सिधा घर होइनन … दुइवटा सिधा घर लै तुविन टावर भन्दा के बिग्र्यो ?
      धरहरा प्रतिक हो, कलामात्र होइन | नेपाल हो मे छ भने, सके अग्लो, राम्रो कलात्मक (अमेरिकी जस्तै), न सके २०० वर्ष अघि भीमसेन ले बनाए जस्तो त बनौन हो … कलामत्रै होइन एस्लाई बिदेशी पर्यटक लै काठमाडौँ हर्ने अबलोकन कच्येको काम गरेको थियो …

      Reply
      1. Pandey says:
        May 16, 2015 at 11:19 pm

        “प्रतिक हो” हैन “प्रतिक थियो” भन्नुस. अहिले पुरै धोस्त छ. इटा सबै चोरी सके धरहरा को, पुरै नया बनायो भने एसको काई हिस्टोरिकल महत्वो हुदैन. बरु भत्केका मन्दिर को जिनुद्दर गरे राम्रो. त्यो काम पहिला गर्नु पर्छ , भुकम्प पिडित को ब्यबस्थापन पछि .

        Reply
  6. Shankar says:
    May 13, 2015 at 11:08 pm

    पहिले सबै घर भत्केका जनताको घर बनाम |उनीहरुलाई खाना को ब्यबस्था गरम अनि फुर्सद मा दुइटा धरहरा बनाम्लानी हुन्न र ? हत पत छ र तुरुन्त च ढ न मन लागे आफ्नो घर को धुरी चढेर पनि रहर पुर्याउन सकिन्छ |

    काठमान्डू मा पार्क र पोखरीको बिकास गरौला | या ने कि रानीपोखरी , चिडिया खान को पोखरी ,टौदह लाइ सफा गरेर , आकर्सक बनाएर बोटिंग को ब्यबस्था गरौला | काठमान्डू , भक्तपुर ,पाटन जोडेर मिनी रेल्वे संचालन गरौला |
    कात्मान्दु , पाटन , भक्तपुर जोडेर रिङ्ग रोड बनाउदै तेसैलाई फ्री वे मा बिकास गरौला | चीन र भारत जोड्ने २ वटा नेसनल हाइ वे बनाउला |

    Reply
    1. dor Prasad says:
      May 14, 2015 at 12:03 am

      कुरो एक किसम ले ठिक हो , अहेलेको प्राथमिकता भनेको जनता को गास र बास हो …

      धरहरा नेपाल को नाक थियो, यो नेपाल भारत जोड्ने रेल नया परिकल्पना जस्तो होइन … कुरो तेती ठुलो पनि होइन … धरहरा नहुदा काठमाडौँ खल्लो लाग्नेछ … सधै नेपाली मन पोली रहने छ | धरहरा ले पर्यटक बाट नै आफ्नो निर्माण खर्छ भन्दा बढी उठाउन सक्छ |

      तर भोलि गरौला भन्ने हो भन्ने हो भने कहिलै बन्दैन … तेसैले येही बेला योजना गर्नु पर्छ … निजि छेत्र ले बनाउन निबेदनै हाले अरे … दाता हरु ले पनि येति बेलै सहोयोग गर्न सक्छन …

      Reply
  7. Santosh says:
    May 13, 2015 at 9:26 pm

    Pretty good article..This prove how rich we are historically…Proud of our ancestor….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme