Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूकम्प आउँदाआउँदैको केही भिडियो

Posted on May 12, 2015May 10, 2015 by Salokya

वैशाख १२ गतेको विनाशकारी भूकम्पका बीच खिचिएका केही भिडियो सार्वजनिक हुने क्रम जारी छ। यस्तो डरलाग्दो भूकम्प आउँदा पनि कसैले यसलाई क्यामेरामा कैद गर्ने आँट गर्न सके।

भिडियोका दृश्य आङ नै सिरिङ बनाउने खालका छन्। हेरौँ केही भिडियो।


यो काठमाडौँको डिल्लीबजार कालिकास्थानमा रहेको सिल्भर सिटी अपार्टमेन्टको दृश्य हो। भूकम्प आउँदा यो भवनको बीच भाग चिरिँदै गएको देखिन्छ। चिरिएर कहिले ठूलो प्वाल देखिने फेरि मिल्ने फेरि देखिने भएको छ। नजिकै बस्ने विनोद मित्तलले यो खिचेका हुन्।


काठमाडौँको ठमेलस्थित होटल शक्तिको सिसिटिभी क्यामेरामा कैद भएको यो दृश्यमा एउटा भवन गर्लम्मै ढलेको देखिन्छ।

Earthquake Sindhupalchowk pepta jalbire

Posted by Churna Prasad Shrestha on Monday, 4 May 2015

दोस्रो ठूलो भूकम्पको केन्द्र रहेको सिन्धुपाल्चोकको दृश्य झन् कम्ता डरलाग्दो छैन। हेर्नुस् एक प्रत्यक्षदर्शीले खिचेको यो भिडियो जसमा उनी भन्छन्, सबै ठाउँमा गयो, संसार डुबायो।

सिन्धुपाल्चोकका अरु केही भिडियो-


यसमा भूइँचालोले पहिरो गएको डरलाग्दो दृश्य कैद भएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme