Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तथ्याङ्क विश्लेषणले पनि देखाउँदैछ अब धेरै डराउनु पर्दैन

Posted on May 10, 2015May 10, 2015 by Salokya

अमेरिकी भूगर्भ केन्द्र USGS ले नेपालको भूकम्पबारे निरन्तर प्राविधिक विश्लेषण गरिरहेको छ। कृपया ध्यान दिनुस् कि भूकम्प यति बेला आउँछ भनेर पत्ता लगाउने अहिलेसम्म कुनै उपाय छैन। USGS ले पनि तथ्याङ्कहरु विश्लेषण गरेर अनुमान मात्रै गरेको हो। यस अनुसार अब डराउनु पर्ने स्थिति लगभग कम हुँदै गएको छ।

भूकम्पको एक सातासम्म आएका पराकम्पहरुको विश्लेषणपछि मे ८ मा जारी गरिएको विश्लेषण अनुसार अबको एक साता अर्थात् मे १४ सम्म ५ देखि ६ म्याग्निच्युडका भूकम्प नआउने संभावना ६३% छ। आइहाले पनि अनुमान २ वटा आउने भन्ने छ। त्यसमध्ये एउटा दोलखा सिन्धुपाल्चोक केन्द्र बनाएर ८ मेको बिहान ६ बजेर १७ मिनेटमा ५ म्याग्निच्युडको आइसकेको छ।

पाँच भन्दा सानाका झिनामसिना पराकम्पहरुले खासै केही असर पार्दैन।

यो एक साताको अवधिमा ६ देखि ७ म्याग्निच्युडको एउटा भूकम्प नजाने संभावना ९५ प्रतिशत छ। त्यो भन्दा ठूलो स्तरको भूकम्प जाने संभावना त झन् नगण्य नै छ।

साइन्स म्यागेजिनमा १९८९ मा छापिएको रिजेनवर्ग र जोन्सको विधि अनुसार यी गणना गरिएका हुन्। गणना अनुसारका संभावना यस्ता छन्-

expected

ध्यान दिनुस् कि तथ्याङ्क विश्लेषणका यी संभावना पनि अनुमान मात्रै हुन्। यो हेरेर आत्तिनु पर्ने कुरा केही छैन। नेपाल त्यसै पनि भूकम्पको अत्यन्त जोखिम भएको क्षेत्रमा पर्ने देश हो। एउटा ठूलो भूकम्प आएकोले हामी आत्तिएका मात्रै हौँ।

भूकम्प आए लगत्तैको पहिलो साता अर्थात् अप्रिल २६ देखि मे ३ सम्म यस्तै तथ्याङ्क विश्लेषणले ५ भन्दामाथिका ३ देखि १४ वटा पराकम्प हुने अनुमान गरिए पनि २ वटा मात्रै भएको थियो। त्यसैगरी दोस्रो साता ५ माथिका सून्यदेखि ४ वटासम्म पराकम्पको अनुमान गरिएकोमा एउटा मात्रै आएको थियो।

त्यसैले ठूलो भूकम्प आउने हल्लाबाट आतंकित नहोऔँ। USGS को तथ्याङ्क विश्लेषणको पूर्ण विवरण पढ्न यहाँ क्लिक गर्नुस्।

10 thoughts on “तथ्याङ्क विश्लेषणले पनि देखाउँदैछ अब धेरै डराउनु पर्दैन”

  1. B.Dhakal says:
    May 13, 2015 at 2:26 pm

    मेरो विचारमा १० -१५ दिन पछि पराकम्प हराउंछ भन्ने भुकम्प विद हावा लाहुरे हुन्/ नेपालका भुकम्प विद हरु अध्ययन नै नगरी हावादारी तर्क दिन्छन/ ४ वर्ष अगाडी अर्थात् सन् २०१० र २०११ मा न्युजिल्यान्डमा ७.१ रेक्टरस्केलको भुकम्प आएपछि पन्ध्र हजार भन्द बढी पराकम्प गए/ सो प्रक्रिया एक वर्ष भन्दा लामो समय सम्म चल्यो/ मुख्य भूकम्पले खासै ठुलो क्षति भएन / मान्छे पनि मरेनन/ तर छ महिना पछि आएको पराकम्पले झन्डै २०० मान्छे मरे/ शहर तहस नहस भयो/ अहिले सम्म खासै पुनर्निमाण हुन् सकेको छैन/ ति नेपालका भुकम्प विद भन्दै अन्तरबार्ता दिने हरुले वेकेपेडियामा यी कुरा पढेको भए पनि जनता लाइ केहि सहि जानकारी त मिल्थ्यो/ ति हावादारी भुकम्पविदहरुको कुरामा भर परेर विचार धेरै गरिव ले ज्यान गुमाउने भए/ धिक्कार छ ति भुकम्प विद भन्दै हावा कुरा बोल्ने हरुलाई/….

    Reply
  2. Sashanka Poudyal says:
    May 12, 2015 at 6:42 pm

    RIP USGS…

    Reply
  3. Narayan Sapkota says:
    May 12, 2015 at 6:08 pm

    Failed prediction. Don’t listen to anyone, stay safe..

    Reply
  4. bibek dhakal says:
    May 12, 2015 at 4:53 pm

    राम्ररि देखाई हाल्यो नि तथ्याङ्क ले 😀 अरु के के देखाउने हो?

    Reply
  5. xyz says:
    May 11, 2015 at 7:15 pm

    Shanker-ji,
    How about giving a chance to Ms Sujata Koirala?

    Reply
    1. Shankar says:
      May 12, 2015 at 7:00 pm

      देश को पी यम पद दसैको लिङ्गे पिङ्ग हो र सुजातालाई दिन मिल्ने ? दिने नै हो भने पनि उनीलाई पछिल्तिर बाट उनलाई बेस्करी घचेट्नु पर्छ |
      सायद अब त्यो जमाना पनि रहेन |

      Reply
    2. Shankar says:
      May 12, 2015 at 7:10 pm

      देश को पी यम पद दसैको लिङ्गे पिङ्ग हो र सुजातालाई दिन मिल्ने ? दिने नै हो भने पनि उनीलाई पछिल्तिर बाटबेस्करी घचेट्नु पर्छ |
      सायद अब त्यो जमाना पनि रहेन |

      Reply
  6. Shankar says:
    May 11, 2015 at 8:03 am

    बार बार हुने कम्पन ले जमिन मा जम्मा भएको स्ट्रेस रिलिफ त् हुन्छ भनेर भुकम्प विद हरु ले भने , जुन कुरा चित्त बुझ्यो | फेरी केहि प्रश्न हरु दिमाग मा आयो
    १) काठमान्डू मा जमिन मुनि पानीको तह घटेर पैदा हुने स्ट्रेस
    २) काठमाडौँ छातीमा खोक्रो जमिन मा बिसाल भबन बनेर हुने स्ट्रेस
    ले फेरी कृत्रिम स्ट्रेस पनि पैदा गर्ला नि ?

    अनि अहिलेको ७.९ रेक्टर को भुकम्प तिबेतियाँन प्लेट मुन्तिर इन्डियन प्लेट घुसेर भएको कि बा अरुनै कुनै कारण ले जमिन मा स्ट्रेस पैदा भएर भएको ?
    अब आउने मनसुन ले फेरी आर्को प्रकॉप को साथै भुकम्प फेरी लेउने चान्स कत्तिको छ ?
    अब संयोग को कुरा गरौ , जब कोइराला गिरिजा जिउदो थ्यो र पी यम हुन्थ्यो बाड़ी , दैबी बिपत्ति र दुर दराज को गाउमा हैजा ले खुब मान्छे मोर्थे, दर्बार हत्याकाण्ड को कलंक पनि उसैले बोक्यो , अब कोइराला सुसिल आयो , आर्को ९० साल ल्यायो भन्दा यो कोइराला नेपाल लाइ न फापेको बा पशुपति नाथ ले मन न पराएको त् हैन ?

    Reply
    1. सिर्जने says:
      May 11, 2015 at 11:48 pm

      शंकरजी,
      तपाइको नामको R silent हो? यानी कि अंग्रेजले उच्चारण गरे जस्तो “शंका” ढकाल ?
      अन्धविश्वासको पछि नलाग्नुस, अरुलाई पनि नलगाउनुस /

      काठमाडौँमा यस्तै गतिमा घर बनाउदै जाने हो भने अनि जमिन मुनिको पानी पनि तान्दै गर्ने हो भने उपत्यकाका धरै ठाउहरु भासिन्छन भनेर विज्ञहरुले धेरै पहिले देखि भन्दै आएका छन्, म त्यो कुरा बिश्वास गर्छु, मेलम्चीको पानी कथम कदाचित यो जुनीमा काठमाडौँमा बसेर चलाउन पाइयो भने त्यो सम्भावना अलि काम हुनेछ /

      तपाइले भनेको प्लेट टेक्टोनिक्सको स्ट्रेस काठमाडौँ उपत्यका मुनि खोक्रो हुनाले हुने स्ट्रेस भन्दा कयौ गुणा बढी हुन्छ / बिचार गर्नुस सारा नेपाल हिमाल पहाड तराई अनि त्यहाँ बस्ने ३ करोड नेपालि र तिनका घर गाडी पसल इस्कुल समेत लाइ जुरुक्क बोकेर बेस्सरी हल्लाउन कति बल चाहिएला? तपाइले बिश्वास गर्ने कथाका हनुमानले नि नसक्ने कुरो / एउटा कुरो नि सम्धी ……….

      Reply
      1. Shankar says:
        May 12, 2015 at 7:07 pm

        सम्धिनी ज्यु
        यहा ले महसुस गर्नु भएको धक्का चाइ कुन खाल को पर्यो त् त्यो पनि भन्नुस न |

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme