वैशाख १२ गते विनाशकारी भूकम्प अहिलेको पुस्ताले भोगेको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप थियो। धेरै जनधनको क्षति भए पनि भूकम्प सहेर बाँच्नेहरुले आफूलाई भाग्यमानी मान्नुपर्ने हुन्छ। भाग्यमानी मान्नुपर्ने केही कारणहरु यस्ता छन्-
१) भूकम्पको समय
हामी भाग्यमानी यसकारण छौँ कि भूकम्प विदाको दिन शनिबार, मध्याह्न आइदियो। यति ठूलो स्तरको भूकम्प विदाको दिनबाहेक अर्को दिन र दिउँसोको साटो राति आइदिएको भए? अहो, कल्पना पनि गर्न सकिन्न के हुन्थ्यो!
१३ हजारभन्दा बढी स्कूल भूकम्पका कारण क्षतिग्रस्त छन्। त्यसमा सयौँ विद्यार्थी पढिरहेका हुन्थे। हताहतिको संख्या निकै बढ्न सक्थ्यो। विद्यालयले भूकम्पपछिको अस्तव्यस्ततालाई कसरी म्यानेज गर्थ्यो होला? अभिभावकहरु कति आत्तिन्थे होला?
त्यस्तै सयौँ सरकारी कार्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन्। ती कार्यालयमध्ये अधिकांशमा शनिबार विदा भएकाले कर्मचारी थिएनन्। विदा नभएको भए भवनमात्र होइन कर्मचारी पनि हताहत हुन्थे।
भाग्यमानी मान्नुपर्ने अर्को कारण भूकम्प आएको समय हो। दिउँसोको साटो राति यति ठूलो स्तरको भूकम्प आइदिएको भए झन् धेरै मान्छे सुत्दासुत्दै ठहरै हुनसक्थे।
२) काठमाडौँमा क्षति कम
काठमाडौँमा ८ म्याग्निच्युडको भूकम्प आयो भने ८० प्रतिशत घर ध्वस्त हुने र १ लाख जनाको ज्यान जाने अनुमान यसअघि गरिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुरुमा वैशाख १२ को भूकम्पलाई झण्डै ८ (७.९) को बताएको थियो। पछि यसलाई घटाएर ७.८ भनियो। राष्ट्रिय भूकम्प मापन केन्द्रले यसलाई ७.६ मा मापन गरेको छ। यति ठूलो स्तरको भूकम्प आए पनि काठमाडौँमा क्षति भने तुलनात्मक रुपमा अनुमान गरेभन्दा कम नै छ। दोस्रो पटकको ठूलो पराकम्प सिन्धुपाल्चोकलाई केन्द्र बनाएर आएपछि त्यहाँको हताहतिको संख्या एकदमै बढ्यो र त्यसले काठमाडौँलाई जित्यो। भूकम्पबाट सबैभन्दा बढी ज्यान जानेमा काठमाडौँ दोस्रो स्थानमा छ। तर त्यो अनुमान गरेभन्दा कम छ। वैशाख २६ गते अपराह्न पौने ४ बजेसम्मको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा १ हजार ७ सय १३ को मृत्यु भएको छ भने ९ हजार २२ जना घाइते भए। काठमाडौँका ८० प्रतिशत घर ढलेनन्। नक्सामा एकथरि, घर बनाउँदा अर्को थरि गरी बनाइएका गेस्ट हाउसहरु नभत्किएका भए र त्यो जोखिमपूर्ण भनी पहिचान भइसकेको थोत्रो धरहरा चढ्न रोक लगाइएको भए हताहतिको संख्या अझै कम हुन्थ्यो। असनलगायत पुराना घर भएका ठाउँमा ठूलो स्तरको क्षति भएन।
३) अरु देशसितको तुलना
प्राकृतिक प्रकोपमा अरु देशहरुसित तुलना गर्दा पनि नेपालले भोगेको क्षति तुलनात्मक रुपमा कमै हो। हाइटीमा सन् २०१० मा ७ म्याग्निच्युडको भूकम्प जाँदा त्यहाँको सरकारका अनुसार ३ लाखभन्दा बढीको ज्यान गएको थियो। अरु संस्थाले गरेको अनुमान अनुसार झण्डै एक लाखको ज्यान गएको थियो। त्यस्तै इटालीको मेस्सिनामा १९०८ मा ७.१ को भूकम्प जाँदा १ लाख २३ हजारको ज्यान गएको थियो।
सन् १९२३ मा जापानको कान्तो रिजनमा ७.९ को भूकम्प जाँदा एक लाखको ज्यान गएको थियो। सन् २००५ मा पाकिस्तानको मुजफ्फरावादमा आएको ७.६ को भूकम्पबाट ८६ हजारभन्दा बढीको मृत्यु भएको थियो। त्यही स्तरको हताहति भएको भए यति लेख्न म र यति पढ्न तपाईँ जीवित रहनुहुने थिएन होला।
४) हाहाकार मच्चिएन, लुटपाट भएन
भूकम्पलगत्तै काठमाडौँमा खाद्यान्नको अभावले हाहाकार मच्चिने, महामारी फैलिने हल्ला भयो। चार पाँच दिनसम्म सबै सडकमा आउने, कुनै पनि पसल नखुल्ने स्थिति थियो। यो कल्पना सही पनि साबित हुनसक्थ्यो। तर नेपालीहरुको आपतविपतमा धैर्य गर्न सक्ने र मिलेर बस्न सक्ने गुणका कारण त्यस्तो केही भएन। भूकम्प लगत्तै लाखौँले काठमाडौँ छाडे। यसले पनि यहाँको जीवनलाई केही सहज बनाउन मद्दत गर्यो। यसका लागि प्याब्सन लगायत केही बस व्यवसायीले निःशुल्क सेवा दिए। काठमाडौँवासीहरुले पैसाको ख्याल नगरी सामूहिक भान्सा बनाई खाना खाए। केही ठाउँमा राहत पुर्याउन जाँदा अवरोध खडा गरिएको भन्ने फाट्टफुट्ट समाचार आउनु बाहेक लुटपाटको स्थिति भएन। चोरी पनि हल्लामा मात्रै धेरै भयो। फेरि भूकम्प आउने हल्ला लगायतका त्रास फैलाउने कामलाई प्रहरीले सफलतापूर्वक नियन्त्रण गर्न सफल भयो। जसका कारण दुई हप्ता नबित्दै काठमाडौँको जनजीवन सामान्यतर्फ उन्मुख भयो।
५) त्यसो भएको भए ?
भूकम्पले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रनवे काम नलाग्ने गरी चर्केको भए? काठमाडौँ भित्रिने मुख्य मार्ग भत्किएको भए? मोबाइल टावरहरु ध्वस्त भएर सञ्चार सम्पर्क विच्छेको अवस्था आएको भए?
भाग्यको कुरा, त्यस्तो केही भएन। टर्किस विमान रनवेमा अडकिँदा भएको जस्तो कयौँ दिनसम्म अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएन जसका कारण अन्तर्राष्ट्रिय उद्दार टोली राहत बोकेर आउन कठिनाइ भएन। काठमाडौँ भित्रिने मुख्य मार्ग भत्किएन जसका कारण लाखौँ मानिस बाहिरिए जसले आपूर्ति व्यवस्था सहज बनाउन सघाउ गर्यो। मोबाइल टावरहरु केही बाहेक अधिकांश सञ्चालनमा रह्यो। नेपाल टेलिकमको त थ्री जी इन्टरनेटले समेत निकै राम्रो काम गर्यो।
earthquake had came to destroy all political leaders of Nepal but unfortunately innocent people become victims. They should be killed than only the earthquake will be stopped.
खै कस्तो भाग्यमानी भन्नु भुकम्प जानु भन्दा केहिदिन अघि मात्र छुट्टीको क्रममा एक महिना दस दिन बसेर खाडीमा पुन काममा फर्केको मात्र थिय भुकम्पगयर पुरानो घर बस्नै नसकिने भो त आ ई जो दाई भन्दै बहिनीले फोन गरी / म भर्करै छुट्टीबाट फर्केको कारणले गर्दा आपतकालीन छुट्टी जान पनि सकियन कारण खर्च थियन / जसो तसो सम्झाएर बसे / आज फेरी भुकम्प गयर बहिनीले रुदै त घर आईजो भन्दै फोन गरी /
खर्च छैन के गर्ने गर्ने?
Bashanta
(१) जता पनि , त्यही नेपाल आर्मीहरुलाई काम गर्न लागेको छ , जता पनि नेपाल आर्मीलाई काम गर्न लगाएको छ ।(२) यो , हत्यारों बाबुराम भट्टराई र प्रचंड को , लड़ाकू खोई ? तिनिहरुले काम गर्ने हुदैन ? सड़क जाम गरेर , राजनीतीमा आउने हुने , मान्छे मार्न हुने , परेको बेला काम गर्नको सट्टा लुक्ने ? कहां गयो, त्यसको लड़ाकूहरु ? (३) कहा गयो कांग्रेसको गुंडाहरु ? (४) मंगोलियन की जनजाति :- बिदेशतीर , हजार ठाउँमा , हामी नेपालको आदिबाशी हो भनेर झुटो दर्ता गर्न पुग्ने , हजारौ रयाली निकालने, खोई त त्यसको मान्छे , देशलाई पर्दा , काम गर्नुको सट्टा घात गर्ने लुक्ने ? की काम नगरिकन , आफै सक्किन लागेको ? कामचोरहरु , देशलाई पर्दा केहि नगर्ने , तलव भत्ता र झगड़ा गर्ने जान्ने l
(१) जता पनि , त्यही नेपाल आर्मीहरुलाई काम गर्न लागेको छ , जता पनि नेपाल आर्मीलाई काम गर्न लगाएको छ ।(२) यो , हत्यारों बाबुराम भट्टराई र प्रचंड को , लड़ाकू खोई ? तिनिहरुले काम गर्ने हुदैन ? सड़क जाम गरेर , राजनीतीमा आउने हुने , मान्छे मार्न हुने , परेको बेला काम गर्नको सट्टा लुक्ने ? कहां गयो, त्यसको लड़ाकूहरु ? (३) कहा गयो कांग्रेसको गुंडाहरु ? (४) बिदेशतीर , हजार ठाउँमा , हामी नेपालको आदिबाशी हो भनेर झुटो दर्ता गर्न पुग्ने , हजारौ रयाली निकालने, खोई त त्यसको मान्छे , देशलाई पर्दा , काम गर्नुको सट्टा घात गर्ने लुक्ने ? की काम नगरिकन , आफै सक्किन लागेको ? कामचोरहरु , देशलाई पर्दा केहि नगर्ने , तलव भत्ता र झगड़ा गर्ने जान्ने, ajhaai skinnchaa
यो भयो पोजिटिब थिन्किंग |
अब अर्को पक्ष्य , भुकम्प को केहि दिन पछि
१) सिन्धुपाल्चोक , तातोपानी ,रसुवा मा एक गेडा अन्न न पुग्नु , एयर पोर्ट मा राहत आएको खाद्द्यान् कुहिएर गाड्नु पर्ने स्थिति |
२) राहत मा आएको खाद्यान्न एयर पोर्ट वाट कालो बजारी द्वारा डाइरेक्ट डिपार्ट मेन्टल स्टोर ( मिनिमार्ट )पुग्नु
३) सारा विश्व वाट पैसा खनिन थालेपछि अब सरकार बदल्नु पर्ने आदि कुरा उठ्नु |( बाड़ी चुडी सबैको भाग पुर्याएर भुडी भर्ने खेल )
४) देश को दुर्गति हुदा ग्रिह मन्त्रीको फट्याई को कुराकानी देख्नु पर्ने
५) नेपाल अथाह जलस्रोत को भण्डार हुदा हुदै राजधानी मा सधै पानीको अभाब हुनु ,
लोड सेदिंग हुनु , माडेले पानीको मुहान मा मिनरल वाटर कारखाना खोल्नु , राजधानी को २-३ ठाउमा पिउने पानीको बुथ राख्दा तेही माड़ेको वाह वाहि हुनु |
६) पंचायत काल देखि को जुका हरु नै सधैको सदाबहार नेता बनेर राजनीतिक मुलधार मा रहनु
राम्रो पक्क्ष
बिशेस गरि मद्यरात भएको भए सारै बिजोग हुन्थ्यो
जीबन कति मूल्यबान हुन्छ भन्ने कुरा यो महाभुकम्पमा परी मृत्युको मुख बाट निस्केका ब्यक्तिहरुको प्रत्यक्ष अनुभव पढेर महशुस गर्न सकिन्छ । मृत्युको मुखबाट निस्केका, घाइते, नजिकका आफन्त एबं अनन्य मित्रहरु गुमाएका वा हराएका, घर-बार पूर्ण वा अंशिक क्षती भएका, परदेशमा बसेर आफन्तको पिडामा बिक्षिप्त भएका सबैमा धैर्यता मिलोस् । उनीहरुलाई पीडा मुक्त हुन लामो समय लाग्नेछ । यसैले हामीले चिनेका कोही पीडित छन् भने आफ्नो सामर्थ्य र गच्छे अनुसारको सहयोग गरौ । हाम्रो सहयोगी भावनाले नेपाली र नेपालको नाम आज विश्वले चिन्न पाएको छ । यसैले आफुलाई पर्दामात्रै आत्तिने र अरुको पिडामा बेवास्ता गर्ने बानी छ भने आजैदेखी त्यो बानी त्यागेर सहयोगमा जुटौं ।
त्यस्तै मिडीया, आर्मी-पुलिस, स्थानिय संघ-संस्था, सर्बसाधारण नागरिक एबं प्रोफेसनल क्षेत्रका जनताहरुको सहयोग प्रशंसायोग्य रह्यो र यद्दपी उनीहरुको अनवरत सेवा-सहयोग जारी छ । यस महाबिपत्ती बाट शिक्षा लिएर आगामी दिनमा सबै मिलेर देश पुन: निर्माणको बाटोमा लाग्नु परेको छ । जीबनका प्रतेक घटनाबाट सिकेर जीबन (जिउनुको) को दृष्टिकोण बादल्न सिकौं । आफुमात्रै खाने, सुबिधा लिने, अघि बढ्ने र खुराफाती गर्ने बानी त्यागौं । बिबेक लिएर बाचौ । मानव चोलालाई माया दिएर बाचौ । मर्नु त एक दिन छदै छ (त्यो दिन कहिले हो कसैलाई थाहा छैन), बाचुन्जेल मानव र अन्य प्राणीहरुको भलो गरेर आफ्नो जीबन सार्थक पारौं । एक ब्यक्तिको साकारात्मक सोच एबं निस्वार्थी व्यबहारले हजारौलाई (साकारात्मक) प्रभाव पार्न सक्छ; साथै अथाह मदत पुग्न सक्छ । त्यसैले ‘इगो’ त्यागेर आफ्नो जीबन मानब मात्रको सेवा-सहयोगमा लागौं । यसले आफुलाईनै मानसिक सन्तुष्टी दिनेछ ।
यसबेला यसतै सोच र लेख चाहेको छ, यसले जनमानसमा जोश र आत्माबल वृद्धि गर्छ|
हामी यस्ता विपदको पनि सबै मिलेर सामना गर्छौ, पुननिर्माण गर्छौ| कतिजना आफु नखाई, आफ्नो घरबार भत्किदा पनि अरुलाई सहयोगको हात बढाएका छन्| खोजी खोजी यस्ता घटनाहरु अघि ल्याउन पर्यो| हाम्रो घर भत्कियो, ढल्यो जनधन क्षति भए तर हाम्रो जोश भत्किएको छैन, ढलेको छैन| हामी नेपाली हौ| हामी बनाऊछौ बनाउछौ|यस्तो विपदमा पनि नडगमगाई उदाहरण बनेर हामी अघि बढ्छौ|
यस विपदको घडीमा जस जसले हामीलाई सहयोग गरेका छन्, नतमस्तक भएर समग्र रुपमा आभारी प्रकट गरौ|
सहि कुरो गर्नु भो सालोक्य जी तपाइले! अब नयाँ नेपाल निर्माण गर्न सबै नेपाली एकजुट हुनुपर्दछ|
Yes. We have been very lucky for this one. I feel very sorry for those who couldn’t make it and got severly affected. I had a fear of this since ages. I knew that it is imminent and it will be devastating. This time we have proved that we Nepalese are the best and we care each other. We have proved it and this legacy will remain. Apart from that, our security forces,officials,doctors,volunteers, individuals were there to help and support. I am so so impressed of this. Now, i feel proud being a Nepali. We are almost win the battle but last part rest on politician. This is the last chance for them to justify themselves otherwise the history will never forgive them. Kudos on all of us ! Jaya Nepal.
सकारात्मक सोच!
अब हामी सबै नेपालि सर्बसाधारणले यसबाट पाठ सिक्नुपर्छ / पाचतले बिल्डिंग ठ्याएर बिल्डिंगपति हुन खोज्दा आफ्नै मात्रै होइन अरुको पनि ज्यान जोखिम होला, ख्याल गरम, पाच तल्ले, दश तल्ले जति बनाउन मन लाग्छ बनाऔ तर धक्का झेल्नसक्ने हुनुपर्यो /
आर्को कुरो: आफ्नु मात्रै दरो बनाएर नहुने भो, छिमेकीको घरले तपाइको घर किच्न सक्छ, छिमेकीहरुलाइ पनि घच्घच्याउनु पर्यो /
नेपा’ला बसेर सबै कुरा सरकारले गरिदिन्छ भनेर आश नगरम, श्यालले गोरुलाई पछ्याएको जस्तो नहोस!
जय देश
सकारात्मक सोच … पशुपति नाथ कल्याण गरेकै हुन् त ?
पशुपतिनाथले कल्याण गरेको भए भुकम्प नै नजानु पर्ने होइन र ? कि भुकम्प लगाउने जिम्मा अरु नै भगवान को हुन्छ? भगवान प्रति को विश्वास ले अफ्ठ्यारो बेला मा बाच्न सजिलो बनाउछ तर मलाई भगवान ले आफ्नो सृस्ठी लाइ किन दुख दिन्छन भन्ने कुरा चाही मलाइ बुझ्न गाह्रो हुन्छ.
६. आषाढ साउनको बाढीको बेला भुकम्प आएको भए के हुन्थ्यो ? लाखौं घर भत्किन्थे, दशौँ लाख मान्छे मर्थे, उस्तै परे आधा नेपाल बगेर इंडिया मा पुग्थ्यो | उद्धारको लागि उद्धारकर्मी र उद्धारका समान पुर्याउने कुरा कल्पना मात्र हुन सक्थ्यो, पहाडमा हेलिकप्टर ल्याण्ड गर्ने ठाउ भेट्न पनि मुस्किल हुन्थ्यो |
७. पौष माघको जाडोमा आएको भए के हुन्थ्यो ? हजारौं बुढा बुढि, बच्चा बच्ची खुल्ला आकाशमुनि बस्नु पर्दा चिसोले मर्थे | उद्धार गर्नेलाई पनि गाह्रो पर्थ्यो |
८. यो दुस्ट भुकम्प सबै भन्दा कम क्षति हुने समयमा आएको कुरा सत्य नै हो भाइ |