वैशाख १२ गते आएको शक्तिशाली भूकम्पको धक्का यति खतरनाक थियो कि काठमाडौँ उपत्यका नै सरेको र सगरमाथाको उचाइ घटेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएका थिए। यस्तो समाचार आउन थालेपछि सरकारले पनि अध्ययन सुरु गर्यो। नभन्दै हो रहेछ, अध्ययन गरिएका नगरकोट, फुल्चोकी डाँडा र बुङ्मतीको लाखे डाँडा, स्वयम्भु तथा नुवाकोट जिल्लाको कुमरी डाँडा सरेको र उचाइ बढेको पाइयो। सगरमाथाको उचाइ घटेको हो कि होइन भन्नेबारे चाहिँ सरकारको आधिकारिक धारणा आएको छैन। हेर्नुस् नापी विभागको विज्ञप्ति।
नापी विभाग
प्रेस विज्ञप्ति
२०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लाहरूमा जनधनको ठूलो क्षति पुगेको छ। यो भूकम्पले जनमानसमा विभिन्न किसिमका त्रास सिर्जना गरेको पाइएको छ। यसै सन्दर्भमा भूकम्पपछि काठमाडौँ उपत्यका लगायतका प्रभावित क्षेत्रहरुको अवस्थितिमा परिवर्तन आए नआएको सम्बन्धमा यथार्थ सूचना सार्वजनिक हुनु जरुरी देखिएको छ।
यसको लागि ग्लोबल रिफरेन्सको आधारमा भूकम्प पछि प्रभावित क्षेत्रको भू सतह स्थानान्तर भए नभएको सम्बन्धमा नापी विभागले तत्कालै अध्ययन शुरु गर्यो। यस क्रममा भूकम्प जानु अगावै स्थापना भई अवस्थिति निर्धारण गरिएका काठमाडौँ उपत्यकाको नजिकमा पर्ने विभिन्न ५ वटा नियन्त्रण बिन्दूहरुमा भूकम्प पश्चातको अवस्थिति अध्ययन गर्नको निम्ति Global Positioning System (GPS) प्रविधिबाट लगातार २४ घन्टा सर्वेक्षण (simultenous oservation) गरी भूकम्प जानु अगाडि र भूकम्प गइसकेपछि सर्वेक्षणबाट प्राप्त Data हरुको तुलनात्मक अध्ययन गरियो।
उक्त अध्ययनको क्रममा भूकम्पपश्चात् भक्तपुर र काभे जिल्लाको सिमानामा रहेको नगरकोट, ललितपुर जिल्लाको फुल्चोकी डाँडा र बुङ्मतीको लाखे डाँडा, काठमाडौँ जिल्लाको स्वयम्भु तथा नुवाकोट जिल्लाको कुमरी डाँडामा रहेका नियन्त्रण बिन्दुहरुको GPS प्रबिधिबाट सर्भेक्षण गरियो।
उपरोक्त नियन्त्रण बिन्दुहरुको GPS सर्भेक्षणबाट प्राप्त data प्रशोधन गर्ने क्रममा हंगकंग, ल्हासा, बंगलोर, हैदराबाद, कजकास्थान, ओमान, मंगोलिया लगायत अन्य स्थानमा रहेका १३ वटा Continuous Observing Station बाट प्राप्त data लाई आधार लिइयो।
भूकम्प अगाडि र भूकम्पपश्चात् संगणना गरेका नियन्त्रण बिन्दुहरुको अवस्थितिको नियामक (Coordinate) International GNSS Service को Realization मा International Terrestrial Reference Frame 2008 को आधारमा गरिएको हो।
प्राप्त डाटाको आधारमा अध्ययन गर्दा उपरोक्त नियन्त्रण विन्दुहरूको अवस्थितिमा केही फरक पर्न गएको देखिन आएको छ।
नगरकोटमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति १.८२ मिटर South West दिशामा परिवर्तन भएको र Ellipsoidal Elevation १.१५८४ मिटरले बढेको पाइयो।
फुल्चोकीमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति ०.९२ मिटर South West मा परिवर्तन भएको र Ellipsoidal Elevation ०.६३ मिटरले बढेको देखिन्छ।
त्यसैगरी बुङ्मतीमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति ०.९९ मिटर South दिशामा, Ellipsoidal Elevation मा पनि क्रमशः ०.७७ मिटर बढेको पाइयो।
स्वयम्भूमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति १.६४ मिटर South West दिशामा र Ellipsoidal Elevation मा ०.९८ मिटर बढेको पाइयो।
नुवाकोटको कुमरीमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति १.७१ मिटर South West दिशामा परिवर्तन भएको र Ellipsoidal Elevation १.०९३ मिटर बढेको पाइयो।
नापी विभागले स्थापना गरेका नियन्त्रण बिन्दूहरुको अवस्थितिमा आएको परिवर्तनले राष्ट्रिय नापनक्शाको आधारको रुपमा रहेका नियन्त्रण बिन्दुहरुको संजाललाई पूर्णत नोक्सानी पुर्यााएको छ। देशका विभिन्न स्थानहरुमा स्थापना भएका सम्पूर्ण नियन्त्रण बिन्दुहरू पुनस्थापना गरी ती बिन्दुहरुको पुन सर्भेक्षण गर्नु पर्ने अवस्था सिर्जना भएको छ।
यसरी अवस्थितिमा आएको परिवर्तनले कित्ता नापी को नक्सा र जग्गाको स्वामित्वमा भने खासै असर पार्दैन।
भुकम्प ले काठमान्डू सरेको , सगर माथाको उचाइ घटेको त् म ठोकुवा गरेर भन्न सक्दिन , अबस्था के छ भन्दा भुकम्प ले सगरमाथा डराएर चिन तिर गयो भने पनि पत्याउनै पर्छ |
तर भुकम्प ले नेपाल मा धेरैको भुडी बढेको चै छिट्टै देखिन्छ , अहिले नै राहत प्रभाब कारी बनाउने सरकार बदल्नु पर्यो रे ?