Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को हो खराब ?

Posted on May 9, 2015 by mysansar

शुरूमा नै भन्छु म नेता होइन। म ख़ासमा आम जनता नै हो। तर म आज आफ्नो शरीरको मैलो मिच्दैछु। नेपालमा नेताले ठीक गरेका छन भनेर कसैले भन्यो भने ऊ पागल साबित हुन्छ। तर के उसो भए हामी जनता ठीक छौं त ?

अहँ! हामी त झन धेरै फोहरी रैछौँ। राजनीतिक गन्जागोलले आक्रान्त पारिराखेको हाम्रो देशलाई पछिल्लो महाभूकम्पले झन ठूलो घाउ बनाइदियो। यो प्राकृतिक विपत्ति थियो, टारेर टर्दैन थियो। हजारौँको ज्यान गयो, दशौं हजार घाइते भए, लाखौँ प्रभावित भएका छन्। यस्तो विपत्तिपछि जनताले समयमा राहत पाउनु पर्थ्यो, पाएनन्। किनकि केन्द्रिकृत राज्य प्रणालीले देशका कुनाकाप्चामा आफ्नो उपस्थिति देखाउनै सक्दैन। अब यस्तो विपत्तिबाट पाठ सिकेर सजकता अपनाउनु पर्छ।

यो घटनापछि सामाजिक सन्जालहरूमा जनताले नेतालाई गाली गरे, केही मानिसले नेतालाई गाली गरेका भिडियो बनाएर पोस्ट गरे जुन स्वभाविक पनि हो। तर नेता भनेको को हो ?

यदि जनतालाई एउटा तलाउ मान्ने हो भने नेता भनेको तलाउबाट निकालिएको बाल्टिनको पानी हो। अब बाल्टिनको पानी सफ़ा हुन तलाउ सफा हुन पर्छ कि पर्दैन? हो, ब्यवस्थापनमा कमज़ोरी भएकै छ दुई मतै छैन। तर एक आना जग्गामा तीन तला घर कसले बनायो? जनताले होइन?

घरको नक्सा पास भए अनुसारको नबनाउने को? जनता होइन? विपत्तिका बेला घरमा चोरी गर्ने को हो? त्यही जनता होइन?
image
सरकारबाट राहतको त्रिपाल लगेर मोटरलाई ओडाउने को? जनता होइन? गाडी भाडा मनलाग्दी लिने को हो? जनता होइन? होटलमा मनपरी पैसा लिने को? टुँडिखेलमा शिविरमा बस्दा अस्थायी शौचालयमा पानीका बोतल हालेर जाम बनाउने, जथाभावी फोहर गर्ने को हो? त्यही जनता होइन? राहतको सामग्री बाटोबाटै लुटेर आफूमात्र लिने अरू पीडितलाई नदिने को हो ? सरकारी कार्यालयमा गएर छिटो काम गराउन घुस खुवाउने को हो? त्यही जनता होइन?

यस्ता थुप्रै कमी कमजोरीरूपी फोहरले हाम्रो तलाउ फोहर छ। अनि हामी त्यो फोहरी तलाउबाट झिकेको बाल्टीनको पानी फोहर भयो भनेर चिच्चाइरहेका छौँ। अब आफै पनि सुध्रने प्रयास गर्ने कि? सुरुवात आफैबाट गर्ने कि?

21 thoughts on “को हो खराब ?”

  1. RCS says:
    May 13, 2015 at 8:46 pm

    I like the article but this is the time to go for action rather than blaming each other. In my Opinion this is proper time to compel all the leader to act honestly and without bias. However, the people has to come up with unity not for the party flag but for the humanity.

    Reply
  2. prakash says:
    May 12, 2015 at 7:37 pm

    लेखक ज्यु को बिचार तार्किक छ । हो तलाउनै फोहोर छ भने झिकिएको पानी फोहोर नै हुन्छ । यसमा दुई मत छैन । तर एउटा कुरा लेखक ज्यूलाई के सोधन मन लाग्यो भने यदि हामी नेपाली जनता एउटा फोहोर तलाउको पानी हौ भने ऱ ती नेताहरूलाइ तिमीहरु शुद्ध हौ भनी बाल्टिनमा हालेर बहिरा पठाइए पछि स्वयं शुद्द हुनु जरुरी छ की छैन ? किन झन फोहोर हुन्छन् ?

    Reply
  3. dor Prasad says:
    May 11, 2015 at 11:23 pm

    कुरो गलत … तपाई ले खराब को लेबल पुरै जनता वा नेता लै लगाउनु खोज्नु भो .. केहि नेता पनि असल छन् केहि जनता पनि … तपाई ले बरु यो नेता यो जनता बदमास भन्न मिल्छ येदि प्रमाण छ भने !

    Reply
  4. Nep MTB says:
    May 11, 2015 at 8:09 pm

    I moreorless support this article. It is always easy to blame someone for the misfortune (i.e. the politicians), what about us (the citizens?). We need to be doing the right things first and be held accountable for own actions. We must be good citizens first. Natra bhane Nepal kahile pani bikaas hudaina. Even after this calamity, if we don’t/are unable to mend our ways, it will be back to square one. We have already lagged behind, certainly not helped by the Maoist uprising, years of political unstability and now the earthquake. Relying on the politicians and again supporting them will lead to the same old sorry state. Call me pessimistic but I don’t think we will ever learn. A new generation must rise up from the rubble now and rebuild the country, not the same old crooks!!

    Reply
  5. Prakash says:
    May 11, 2015 at 4:52 am

    Only two expectations from these leaders. 1. Make the laws needed . 2. Enforce the laws 100%.. Nation will develop itself. No more discussions necessary..

    Reply
  6. धर्म says:
    May 10, 2015 at 6:52 pm

    कुरा ठिक भन्नुभो लेखकज्यु|
    पृथ्वीनारायण र उनका सल्लाहकार बाजेहरुले उ जमाना देखि नै जनतालाई रैती बनाएका हुन्, ऐले सम्म पनि सुधरिन सकेको छैन| आम जनतालाई चेतना आए दरवार ढल्छ भन्ने थाहा थियो| अहिले हाम्रा कथित नेताहरुले पनि त्यही नीति अपनाएर त्यसै गर्दै आएका छन|
    अलिकति चेतना आउँदा राजतन्त्र संगै शाहबंशको अन्त्य भयो| जब जनतामा अझ चेतना वृद्धि हुन्छ, यस्ता ऐरे गैरे लुईरे पानीमरुवा स्वार्थी नेताहरु धरहरा ढले सरह ढल्नेछन्| त्यसैले दुईचार जनामा फ़ाईफ़ुट्टि लाएर सुकिला मुकिला भएका नेतालाई जनतामा चेतना आउला भन्ने डर छ|
    चेतना भया होइन चेतनाको भय|

    Reply
  7. mohini thakuri says:
    May 10, 2015 at 3:27 pm

    हो नि लेखक ज्यू मलाई यो कुरा सार्है घत लाग्यो किनकि मेरो पनि विचार यस्तै छ। जनताले पहिला अरुलाई गाली गर्दा आफू चाही के गर्दैछु भन्ने हेक्का सम्म राख्ने गरेको देखेको छैन। आफू राम्रो बाँकी खराब भन्ने प्रवृत्तीले नै सबै बिगारेको जस्तो लाग्छ जुन हरेक तहतप्कामा भेटेको पनि छु । र नेपाली जनता सबैलाई आफ्नो अधिकार त चाहिएको छ तर कर्तव्य गर्न कोही चाहदैन ।जब आफ्नो गर्ने बेला हुन्छ तब उसँग त्यसबाट उम्कन अनेक बहाना तयारी चाउचाउ जस्तै instant तयार राखेका हुन्छन ।

    Reply
  8. madan ba says:
    May 10, 2015 at 11:38 am

    देस भन्दा पार्टी, नागरिक भन्दा आफ्ना कार्यकर्ता, नागरिकको मत भन्दा पारीको इसारा ठुलो मान्ने, देस चाहे अस्तव्यस्त होस् तर आफ्नो ब्यबस्था पहिला गर्न जे पनि गर्ने, नागरिकले मत नदिय पनि सत्तामा पुग्न जे पनि गर्न तयार बाल्टिनहरु फोहर मात्रै होइन नेपाल र नेपालीको निमित बेकम्मा बस्तु जस्तै बनिसकेको छ/ त् भुकम्प पिडित नागरिकहरुले आलोचना गरे गालि गरे/ तर के गर्ने मनमा आफुलाई गालि गर्ने नागरिकहरु प्रति जति सुक्कै रिस उठे पनि बाल्टिनहरुले आफुलाई गालि गर्ने मत नदिने नागरिकहरुलाई केहि भन्न सक्दैन त् आफुलाई गालि गरेकोमा रिसायाका बाल्तिनहरुकै भरमा भरिने लोटाहरुले सबै दोष नागरिकहरुलाइ दिय/ तर के प्रकृतिले दियको श्रोतको सदुपयोग गरेमा बिस्वको धनि मुलुक मध्य अर्को धनि देस बन्न सक्ने नेपाललाइ गरिव र नेपालीलाई बिबस र असहाय बनाउने के ई बाल्तिने नेता र तिनका लोटे कार्यकर्ताहरु नै होइनन?

    अहिले भुकम्प मारमा परेका दुर्गम जिल्लाहरु नागरिकहरुको मत बात मन्त्रि प्रधान मन्त्रि त् बने तर आफ्नो जिल्लाको निमित पनि नगरेको यथार्त यो भूकम्पले स्पस्ट देखायकोछ/देस र नागरिकहरुलाई नदि मान्ने हो भने नेपालको नदीहरुको पानि हिमाल बात बगेको सुद्ध र सफा पानि बहन्छ/ तेस्तो सफा पानीलाई फोहर बनायको त् फोहरी बाल्टिन र फोहरी लोटाहरुले नै हो/ यस्तो फोहरु बाल्तिने नेताहरु तिनीहरुको गन्हाउने कट्टु पखाल्ने लोटाकार्यकर्ताहरुलाइ बन्देज र बहिस्कारनै गर्नु पर्छ/

    Reply
  9. यात्री says:
    May 10, 2015 at 5:13 am

    कुरो एकदम ठीक लागो है ।मैले के देखे भने नी ,भूकम्प आयो धन जनको क्षति भयो दुखदायी छ ।तर जे हुनु भै सको अब त्यसको मिलेर र ईमान्दारीका साथ लाग्ने हो भने सजिलो हुन्छ ।घर भत्किएको छ ,घरमा प्रयोग भएका जस्ता पाता र काठपात प्रयोग गरेर एउटा टहरो बनाउन सक्ने हुँदा हुँदै त्यो नबनाएर मान्छेले सरकारले दिने एउटा त्रिपाल खोज्न दौडी रहेका छन ।जनतामा त्यो चेतना र ईमान्दारीता हुन परो क्या !नेतालाई गाली गरेर त्रिपाल खोज्दा खोज्दै रोगले अरू क्षति हुन सक्छ ।

    Reply
  10. Vishwa says:
    May 9, 2015 at 10:03 pm

    तपाइको कुरो मिलेन । वास्तवमा खराव नेतानै हो । हो हामीले उनिहरुलाई जितायौं किनभने भोट माग्ने वेलामा हामी यस्तो गर्छौ उस्तो गर्छौ भने वाचा गरे किरिया खाए गर्ला भनेर उनिहरुलाई जितायौं। ल अब भन्नुहोस, उनिहरुको मनको अनी नियतको कुरा हामीलाई कसरी थाहा हुन सक्छ, तपाईलाइ थाहा हुन सक्छ? ल भन्नुहोस । अनी देशमा कसैले घुस खुवाउन गयो भने कन्ट्रोल गर्ने निकाय कुन हो? सरकार हो की जनता ? कसैले अपराधिक काम गर्यो भने त्यसलाई सही वाटोमा ल्याउने काम कस्को जनताको की जनताले पत्यायर गरेर पठाको नेताले । सवै कुरा जनताले गर्ने हो भने नेता अनी सरकारको को काम चाही के नी? विदेस घुम्न, औषधी उपचारमा करडौं खर्च गर्ने ?
    त्यसैले तपाईले गर्नु भएको कुरा मलाई त चित्त वुझेन है । नरिसाउनु होला ।

    Reply
  11. Shankar says:
    May 9, 2015 at 2:21 pm

    लामो कुरा किन ? राहत ,पुन निर्माण सब को जिम्मा सेनालाई दिए भएँन ? नेता , नागरिक समाज ले राम्ररि काम गरे न गरेको अनुगमन गर्ने |
    यहा सरकार देखि कार्यकर्ता सब लाइ लुट्नु छ त् किन मान्छ ?

    Reply
  12. Sunil, London says:
    May 9, 2015 at 1:50 pm

    You are 100 percent Right Bhusal Jee, who is Electing Neta’s , Its us…. Why we don’t choose proper and Honest person it’s on our hand, but do we are doing our Duty well, Never, so it is Better to be Blamed than Blaming Politicians, Fantastic Article….

    Reply
  13. samrat~ says:
    May 9, 2015 at 11:53 am

    तपाइँ ले राख्नु भएको कुरा केहि हद सम्म ठिक छ, तर यो न भुल्नुस कि, कमल को फुल किचड मा फुल्छ. गान्धी , मार्टिन लुथर किङ्ग, नेल्सन मेंदेला जस्ता माहा पुरुस हरु पनि तेही फोहोर तलाउ बाट निस्केको कमल हो. ठिक छ नेता लाइ जनता ले नै नेता बनाउने हो. नेता मा एस्तो मन हुनु पर्यो कि मलाइ यिनी हरु ले नै बनायो अब मा यिनी हरु को सेवा मा नै समर्पित हुनु पर्छ भन्ने भावना बोकेको. जनता असिछित छ. अन्धकार दुनिया मा छ भने तिनी हरु लाइ एउटा राम्रो अभिभाबक को रुप मा हेर विचार गर्नु पर्यो नेता ले. जसको अभिभाबक नै भ्रस्टचारी मा लिप्त छ , चोरि ठगि गर्छ मदिरा पान मा मस्त समर्पित छ तेस्तो को सन्तान अवास्ये पनिं तेस्तै हुन्छ.

    Reply
  14. xyz says:
    May 9, 2015 at 10:26 am

    Every crisis situation gives birth to a leader but in Nepal it is the leader that gives birth to a crisis situation. Therefore, your logic of blaming janata does not hold true.

    Reply
  15. बिद्द्वान मुर्ख says:
    May 9, 2015 at 8:49 am

    हो नि हुन त! के तपाईं लाई थाहा छैन र,जनताभनेको भेडा हो, अनि भेडा को झुन्ड बाट खसी कहिल्यै छान्न सकिन्छ? यदि कोहि छान्न थाल्छ भने त्यो महा मूर्ख हो अक्षर जानेको भरम जे पायो त्यही लेख्नेहरु को गुनासो छुट्टै छ। हामी त मूर्ख भयौ भयौ टाठा बाठा भन्ने हरु पनि किन त्यस्ता? बिचारा उन्लाइ के थाहा जस्लाइ बाठा ठान्यौ ती सबै भन्दा मूर्ख हुन् अनि छान्ने हामी पनि घिरौलांको बोट्मा फर्सी न पहि्ले फल्या थ्यो न अब नै फल्छ। जय नेपाल

    Reply
  16. sujesh rai says:
    May 9, 2015 at 7:36 am

    कुरो सहिहो।जनता आफै पनि गलत छ।

    Reply
  17. bindika says:
    May 9, 2015 at 7:21 am

    Yes you are right . Everytime when i see and listen people scoldig leaders i feel something is missing or mess in we people. You cleared the things. Everyone should know and realise.

    Reply
  18. mohan bahadur bohara says:
    May 9, 2015 at 5:28 am

    100% right. ……..it’s time to change our. ……….thinking. ……..change our NEPAL……don’t support your political party. ……..just support ……good. …..and capable and honest who have positive thinking for our NEPAL and public. …… and don’t blame other people. ……….We are always fighting. …….For political party …..and politician. ……….we are fighting together only for that’s bloody ……..politician. ……..They are just like our employees if we feel. ……They are not doing there jobs ……..properly then we can change. ……..think positive do positive. …….only i can’t change but we can change. ……aaba naya nepal……..naya socha lye bancha …..naya pari Barton lye bacha

    Jai nepal. …..

    Reply
  19. Yam Magar says:
    May 9, 2015 at 5:28 am

    सहि भन्नु भो लेख्अक ज्यु अर्कोतिर औंला सोझ्याउदा चार आउला आफै तिर फर्केका हुन्छन् यो बुझ्दैनौ जान्दै नौ

    Reply
  20. न्हुछे बहादुर गोसाई says:
    May 9, 2015 at 5:01 am

    उदाहरण दिएको अलि मिलेन
    फोहरी तलाउ बाट झिकेको बाल्टीनको पानी के कामका लागि ?

    Reply
  21. Ananda chhetri says:
    May 9, 2015 at 1:38 am

    सहि हो..ति पनि नेपाली नै हुन बाहिरी हैनन् केरे ..नून देखि सून सम्म मिसावट गर्ने हामी नै हौ ..आफ्नो घर भित्र को फोहर बाहिर बाटो मा फालेर सफा पल्टिने पनि हामी जनता नै हौ ..यो सबै सुधार्न कानूनराज चाहिन्छ जून हाम्रो देश मा छैन ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme