Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेदरल्याण्डमा राजेश हमालले एक अरब उठाएको भन्ने समाचार निराधार, भ्रमको पछि नलाग्न नेदरल्याण्डबासीहरुको आग्रह

Posted on May 7, 2015May 7, 2015 by mysansar

-अमित कार्की-

केही दिनदेखि केही नेपाली संचारमध्यममा नेदरल्याण्डमा नायक राजेश हमालले भूकम्पपीडितको लागि १ अरब रकम जुटाए भन्दै आएको समाचारप्रति नेदरल्यान्डमा रहने नेपालीहरु र डच नागरिकले तिब्र आक्रोश र प्रतिक्रिया व्यक्त गरेका छन्। नेपालमा भूकम्पपश्चात् डच संचारमाध्यम र डच संस्थाहरुको सामूहिक पहलमा संचालन गरिएको Giro ५५५ (डच उच्चारण खिरो ५५५) नामको खातामार्फत् उक्त रकम जम्मा भएको थियो। नेदरल्याण्डमा ING बैंकको खातालाई Giro भनिन्छ। उक्त बैंकमा खोलिएको NL08 INGB 0000 000555 अर्थात् अन्तिमको तीन वटा पाच बाट Giro 555 अभियान नाम रखिएको हो।

यो अभियानले विभिन्न देशमा उत्पन्न हुने राष्ट्रिय संकटमा यही खातामार्फत् रकम जम्मा गरी पठाउने काम गर्छ। उदाहरंणको लागि २००४ मा आएको एसियाको सुनामीमा यही अभियानले सबै भन्दा धेरै २०८ मिलियन यूरो रकम सहयोग गरेको थियो भने २०१० को हाइटीमा आएको शक्तिशाली भूकम्पबाट पीडितको लागि करिब १११ मिलियन यूरो सहयोग संकलन गरेको थियो।

गत अप्रिल २५ मा नेपालको गोरखा जिल्ला बार्पाकलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पपछि यो अभियानले नेपालका भूकम्प पीडितको सहयोगको लागि राष्ट्रिय अभियान नै संचालन गरेको थियो। सहयोग संकलनको लागि उक्त अभियानसँग सम्बद्ध डच संघ संस्थाका स्वयंसेवक, विद्यार्थीहरु अहोरात्र सहयोग जुटाउन खटिएका थिए।

उक्त अभियानलाई नेदरल्याण्डमा रहने नेपाली समुदाय र संघसंस्थाहरुले समेत साथ,समर्थन र ऐक्यबद्दता जनाएका थिए। यो अभियान जारी रहँदा व्यक्तिगत भ्रमणको सिलसिलामा नेदरल्याण्ड आइपुगेका हमाल एनआरएन नेदरल्याण्डसहितका केही स्थानीय संस्थाहरुले आयोजना गरेको एक कार्यक्रममा उपस्थित भएका थिए।

यो कार्यक्रममा करिब १५०० यूरो रकम संकलन भएको थियो। यति बेलासम्म Giro 555 मा करिब ७० करोड भन्दा बढी रकम जम्मा भइसकेको थियो। त्यस दिन उक्त अभियानको अन्तिम दिन थियो। उक्त दिनलाई नेपाल विशेष दिन भनेर घोषणा गरिएको थियो र नेपाली स्थानीय कलाकार, संघसंस्थाहरु लगायतका सँग विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो।

यही अवसरमा नेपालीहरुले डच मिडियाहरु समक्ष राजेश हमाललाइ पुर्‍याएका थिए। उक्त कार्यक्रममा हमालले नेपालका भूकम्प पीडितहरुको लागि सहयोग गर्न आग्रह समेत गरेका थिए।

यसरी उक्त अभियानले ८.६ मिलियन यूरो अर्थात् करिब ९६ करोड ४६ लाख रकम जम्मा गरेको थियो। तर भोलिपल्ट नेपाली अनलाइन संचार माध्यममा नेदरल्याण्डमा राजेश हमालले एक अरब सहयोग जुटाए भन्ने समाचार प्रकाशित भयो। यो समाचार लगत्तै नेदरल्याण्डमा रहने नेपालीहरुले तिब्र आक्रोश पोख्न शुरु गरे।

विषय र प्रसंगलाइ नबुझी समाचार प्रकाशित भएको भन्दै सामाजिक संजालमा समेत खण्डन र प्रतिक्रिया आउन थाल्यो। तर यता खण्डन र प्रतिक्रिया आउँदै गर्दा यही समाचारलाई नेपालका राष्ट्रिय मिडिया कान्तिपुरले पनि प्राथमिकताका साथ प्रकाशित गरे।
11208803_10152691491871152_768174948_n

समाचारबारे नेदरल्याण्ड बाट पुष्प बरुवालले आफ्नो फेसबुक पेजमा यसो लेखेका छन्

“राजेशजीले त्यो रकम संकलन गर्नुभएको होइन। उहाँको उपस्थिति रह्यो र त्यही नै उहाँको कन्ट्रिब्युशन हो। अहिले राजेश हमालले ९० लाख (कतै ९० करोड पनि) पैसा उठाउनुभयो भनेर मिडियामा आएको समाचार तथ्यहीन छ। यो समाचारबाट नेदरल्याण्डका नेपाली र नेपाली बुझ्ने डचहरु विक्षिप्त बनेका छन्।”

त्यस्तै एनआरएन नेदरल्याण्डका वरिष्ठ उपाध्यक्ष हिमाल गुरुङले उक्त समाचार सरासर झुटो र तथ्यहीन भन्दै राष्ट्रिय विपतको यो घडीमा संयमित भएर समाचार प्रकाशित गर्न संचार माध्यमलाई आग्रह गर्दै राजेश हमालले कार्यक्रममा उपस्थित भएर पीडितलाई सहयोग गर्न आग्रह गरेको तर उनले एक अरब रकम उठाएको भन्ने खबर सत्य नभएको स्पस्ट पारे।

यसैबीच उक्त समाचारको बारेमा स्पस्ट पार्दै राजेश हमाल स्वयम् आफैले आफ्नो फेसबुक मार्फत आफू कार्यक्रममा सहभागी मात्र भएको तर उक्त रकम आफुले नभई Giro 555 ले उठाएको भन्दै उक्त रकम उठाउन सहयोग गर्ने सम्पूर्ण नेदरल्याण्डका नागरिक र संघ संस्थालाइ धन्यवाद ज्ञापन गरेका छन्।
rajesh-hamal1
नेदरल्याण्डमै समेत नेदरल्याण्डका नागरिक,नेपाली समुदाय हरु उक्त झुटो समाचारको खण्डन गर्दै भ्रमको पछि नलाग्न सबैमा आग्रह गरेका छन्।

6 thoughts on “नेदरल्याण्डमा राजेश हमालले एक अरब उठाएको भन्ने समाचार निराधार, भ्रमको पछि नलाग्न नेदरल्याण्डबासीहरुको आग्रह”

  1. Sharad says:
    May 8, 2015 at 8:59 am

    हामी मध्ये धेरैले स्वाद मानी मानी twitter मा भर्खरै #indianmediagohome tweet गर्यौ. हामीले नै नेपाली मेडिया को मनलाग्दी कहिलेसम्म सहने? अमुक व्यक्तिले रु ९३,००,००० पाएर रकम धनीलाई नै फिर्ता गरिन भनेर झुटो समाचार छाप्छ कान्तिपुर! डा. भक्तमानलाई मावोबादीले अपहरण गर्यो भनेर आर्को झुटो खबर छाप्छ नागरिक-न्युज! राजेश हमालले एक अरब उठाएको भन्ने आर्को निराधार समाचार छाप्छ कान्तिपुर! यसरी झुठको खबरले पाना भर्ने (वा, Yellow Journalism गर्ने) र पाठकको भावनामा खेलबाड गर्ने so -called मेडिया (वा, ठूला मेडिया) लाई कुनै जरिवाना, प्रतिबन्ध वा अन्य ढेखिने किसिमको कार्यबाही किन हुदैन?

    Reply
  2. Shankar says:
    May 8, 2015 at 2:26 am

    अमेरिका मा चोक नोरिस , इन्डिया मा राज्निकांत र नेपाल मा राजेश हमाल को बारेमा एस्तो हल्ला नौलो हैन |
    पछिलो खबर अनुसार तराइ तिर सुटिंग मा जादा राजेस हमाल लाइ गोमन साप ले टोकेछ,
    राजेस पनि हाल सम्म कसैले तोक्ने त् के छुन साम न सकेको आफ्नो सरिर मा कुन चै आँटिलो साप परेछ भनेर सापको पछि लागेछ , साप त् सिधै नाइट बस चढेर काठमान्डू आइ महाराज गंज मा तिचिंग मा भर्ना भएछ |तिन दिन को अशैया बेदना पछि साप पो मरेछ |

    Reply
  3. sundar regmi says:
    May 8, 2015 at 2:21 am

    येहा हरु लाइ जानकारी रहोस giro555( खिरो ५५५) ले हिजो को मिति सम्म १३.३३४,४७३ यूरो अर्थात् झन्डै १ अर्ब ५६ करोड रुपैयाँ उठाएको छ। र अझै संकलन को काम भैराखेको छ।
    यो हल्ला पत्राकार ले फैलाएको हुन् हमाल ले होइन। कुरा नबुझी कलाकार लाइ गाली नगरौ,. राजेश हमाल सामेल भएको कार्येक्रम को भिडियो लिंक निम्न बमोजिम छ। https://youtu.be/3Tqyhf8gYjY

    Reply
  4. Suraj Maskey says:
    May 7, 2015 at 5:42 pm

    मेरो बिचारमा नेपालको महाभुकम्पको महा पिडीत नेपालीहरुको नाममा च्याउ जस्तो उम्रिएका राष्ट्रीय र अन्तरराष्ट्रीय ग़ैर सरकारी संस्थाहरुले अनुचित लाभ न लिन सकोस् भन्ने अनुगमन, मुल्यान्कन एवम् एकीन गर्ने स्वतन्त्र निकायको नेपालमा आवश्यक छ । नेपाल सरकारलको उद्धार, स्वास्थ उपचार, राहत कार्य, तत्काल र दीर्घकालीन गॉस र बासको अभियान चलाउनु पर्ने बिशाल ज़िम्मेवारी छ । तसर्थ स्वदेश र विदेशका दाताहरुबाट आएको सहयोगको सही उपयोग भयो कि भएन हेर्न स्वतन्त्र अनुगमन, मुल्यान्कन र एकीन निकायलाई ज़िम्मेवारी दिनु पर्द छ ।
    सरकारको छविपनि अहिले घट्दै छ ।

    सुरज मास्के
    नेपालगंज, नयॉमुलुक

    Reply
  5. govind thapa says:
    May 7, 2015 at 1:41 pm

    यहि त हो सत्य तथ्य नबुझी हावादारी फैल्याउने पत्रकार को काम भर्खरै अक्षय कुमार र सलमान खान को पनि हालत उस्तै भयो …कुरै नबुझी कमेन्ट गरेर गाली पनि शुरु गरे कसलाई के भन्नु हो …

    Reply
  6. Ram Babu Shrestha says:
    May 7, 2015 at 12:51 pm

    के हो यो कलाकार जतिले चर्तिकला नै देखाउने रहेछ बा ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme