Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिभीको ‘स्कूप’ मार्नेले मच्चाएको हल्ला

Posted on May 5, 2015 by Salokya

मंगलबार बिहानै एक जना साथीले फोन गरे। आजभोलि त जोसित भेट हुँदा पनि पहिलो कुरा हुने भूकम्पकै हो। तर खासमा उनले भने डिभीको रिजल्ट हेर्न फोन गरेका रहेछन्। ‘मेरोमा नेट नै चलेन, हेरिदेऊ न,’ उसको आग्रह थियो। मलाई त थाहा पनि थिएन डिभीको रिजल्ट निस्केछ भनेर। मेरो त आँखामा अझै भत्किएका घर र मनमा भूकम्पको त्रासदी बाँकी नै छ। हिजो वसन्तपुर पुग्दा त्यहाँको दृश्यले झन् सताएको थियो।

देशभर यस्तो अवस्था रहेको बेला केही मिडियाले बिहानै डिभीको रिजल्ट निस्कियो भनेर ‘स्कूप’ मारेछन्। ‘स्कूप’ मार्ने धुनमा उनीहरुले वास्तविकता बुझ्न पनि जरुरी ठानेन छन्।

एकपछि अर्को गर्दागर्दै धेरैले डिभीको नतिजा सार्वजनिक भनेर लेखिसकेपछि त्यही कुरा साथीकहाँ पनि पुगेको रहेछ। उसले मलाई कन्फरमेसन नम्बर र अरु डिटेल दिएर नतिजा हेरिदिन भनेको थियो।

त्यही अनुसार https://www.dvlottery.state.gov/ मा हेर्दा कन्फरमेसन नम्बर नमिलेको मेसेज मात्रै आइरह्यो।

के रहेछ भनेर ध्यान दिएर हेरेपछि बल्ल कुरा बुझियो। डिभीको यो आधिकारिक साइटमा स्पष्ट रुपमा नतिजा EDT अर्थात् अमेरिकामा प्रचलित इस्टर्न डेलाइट टाइम अनुसार ५ मेको नून अर्थात् मध्याह्नदेखि हेर्न सकिने भनिएको रहेछ।
dv

EDT मा मध्याह्न १२ भनेको नेपाली समय अनुसार मंगलबार राति पौने १० बजे हो। यति पनि ध्यान नदिई सबले एकोहोरो रुपमा नतिजा सार्वजनिक भइसकेको भनेर समाचार लेखेछन्। त्यही अनुसार भूकम्पको आतंकबाट बचेर अमेरिका जान पाउने आशामा डिभी नतिजा हेर्नेहरु मिडिया आतंकमा फँसेछन्। किनभने नतिजा त मंगलबार राति पौने १० बजे बल्ल पो राखिने हो।

कान्तिपुरले केही समयपछि समाचार सच्याए पनि अरुले भने सच्याएकोसम्म नभनी सुटुक्कै काम तमान गरे।

खासमा नेपालस्थित अमेरिकी दूतावासले बिहानै गरेको यो ट्विटका कारण मिडिया झुक्किएको रहेछ। तर मिडियाले ध्यान दिएर पढेको र अलि बुझेको भए यो स्थिति नै आउने थिएन। किनभने त्यसमा आज यो साइटमा हेर्न सकिने भनेको छ। समय तोकिएको छैन। समय त्यही साइटमा गएर हेर्दा तोकिएको थियो।

TODAY you can check your DV 2016 status at http://t.co/RXPgtABANQ using the unique confirmation number you received when you registered

— U.S. Embassy Nepal (@USEmbassyNepal) May 5, 2015

के डिभीको नतिजा मिडियाले त्यति धेरै महत्त्व दिनुपर्ने विषय हो अहिलेको समयमा? हो नै भए पनि सार्वजनिक नहुँदै सार्वजनिक भइसकेको भनी हल्ला मच्चाउनुको के तुक?

1 thought on “डिभीको ‘स्कूप’ मार्नेले मच्चाएको हल्ला”

  1. Hiraj Budha says:
    May 6, 2015 at 1:03 am

    अहिले DV पर्यो भनेर मख्ख अनि यस्तो देशमा के गरेर बस्नु भन्दै फुर्ती लाउ ।उता गएपछि miss my country भन्दै नाटक गर्न चाहिँ पाइन्न नि पहिले नै भन्याछु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme