Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धरहराको टुप्पोबाट खसेको भन्नेले गफ पो दिएका रैछन्

Posted on May 4, 2015 by Salokya

गोरखा केन्द्रबिन्दू भएको वैशाख १२ को भूकम्पले हाम्रो ऐतिहासिक धरोहर धरहरालाई ध्वस्त पार्‍यो। यसमा किचिएर कति जनाको दुःखद निधन भयो, यकिन छैन। शनिबार भएकोले पनि त्यहाँ धरहरा चढ्न जानेहरु धेरै थिए। भूकम्प आइहाले सर्वाधिक जोखिमयुक्त स्थान भनेर किटान भइसके पनि महानगरपालिकाले ठेक्कामा दिएको यो सम्पदामा मानिसहरु चढ्ने काम जारी थियो। भूकम्पपछि धरहरा ढलेको खबर सर्वत्र फैलियो। भूकम्पले धेरै सम्पदा ध्वस्त पारे पनि विध्वंश चित्रण गर्न ढलेको धरहराको फोटो धेरै उपयोग भयो।

भूकम्पको केही दिनपछि धरहरा ढल्दा टुप्पोमा रहेकाहरु पनि बाँचेको भन्दै केही खबरहरु आए। सुन्दा अचम्मका घटना थिए ती।

त्यत्रो नौ तल्ले धरहराको टुप्पो टुक्रिएर खस्दा पनि बाँच्नु भनेको चमत्कारै हो। एक जना मात्रै हैन, निकै जनाले त्यसरी चमत्कारी जीवन पाएको खबर आयो।

प्रत्येक खबरका प्रत्येक पात्रका घटनाको वास्तविकता उनीहरुलाई नै थाहा होला। तर कम्तिमा एउटा पात्रले भने गफ दिएको पत्ता लागेको छ।

ती पात्रले सुरुमा मिडियालाई आफू टुप्पोमै रहेको भनेर गफ दिए पनि नजिकका आफन्तलाई भने तल झरिसकेको अवस्थामा भग्नावशेषल किचेको बताएका रहेछन्।

वास्तवमा दोस्रो जीवन त पाएकै हुन्। भाग्य त बलियै हो। यत्रो ठूलो महाभूकम्पमा भग्नावशेषले किचेर बाँच्न सफल हुनु भनेको चानचुने कुरा होइन। तर त्यही बचाइलाई अलि बढाइचढाइ गर्दा अपत्यारिलो हुन पुगेको मात्र रहेछ। यसरी कठिनले जोगिएको ज्यान बारे यो अवस्थामा केही कथा बुन्नुलाई त्यति नकरात्मक ढंगले पनि नलिउँ।

भूकम्पमा घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ।

3 thoughts on “धरहराको टुप्पोबाट खसेको भन्नेले गफ पो दिएका रैछन्”

  1. हिमाली कान्छो says:
    May 12, 2015 at 9:55 am

    हावादारी गफ दिने त्यस्तालाई वर्षे भेलमा त्रिशुलीमा फाल्दिनु पर्छ त्यहाँवाट पनि वचेर आउछन की। गफ दिनुको पनि हद हुन्छ नि यार.. देशलाई यत्रो सकंट परेको बेलामा पनि भ्रामक समाचार दिएर जनताको ध्यान आँफुतिर खिच्न खोज्न चुतिया फटाहाहरु

    Reply
  2. सनिता says:
    May 4, 2015 at 5:53 pm

    त्यो केटो फटाहा हो कि केटी ? जालीहरु ! पोहोर तिर एउटा पूर्वको केटीले कति लाख हो फिर्ता दिएर राष्ट्रपतिको बधाई खाएकी थिइ नि, त्यस्तै गर्न खोजेका होलान |

    Reply
  3. Shankar says:
    May 4, 2015 at 12:00 pm

    धरहरा को टुप्पो मात्र के , उनीहरु त् यमराज को घर मा निम्तो मानेर आएका परे |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme