Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मुख्य सचिव लीलामणि पौड्यालका कुरा पनि एक पटक सुन्ने कि

Posted on May 2, 2015 by Salokya

विवादका कारण जिम्मेवारी छाडेको, राजीनामा दिएको जस्ता हल्लाहरु चलिरहँदा मैले मुख्य सचिव लीलामणि पौड्यालसित बिहान कुरा गरेको थिएँ। उनले यस्तो अवस्थामा पनि जिम्मेवारी छाड्ने भन्ने कुरा आउँछ? ननसेन्स हो यो कुरा भने। त्यसको केही समयपछि सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर पौड्यालले यस्ता कुरा भने –

१) जुट्नुपर्ने बेला भ्रामक समाचार
मुलुक विपत्तिमा भएको बेला भ्रामक समाचार दिनुहुन्छ। बिहान बाग्मती सफाईका लागि पुगेको थिएँ। मैले राजीनामा दिएको अफवाह फैलिएको रहेछ। मान्छे यहाँ अहोरात्र खटेको छ। मेरो घरमा काम गर्ने सुरक्षा अधिकारीको घर भत्केको रहेछ। तीन दिनपछि थाहा पाएँ, ऊ पनि अहोरात्र खटेर काम गरिराखेको छ। उसले पनि त्रिपाल पाएको छैन। भ्रामक समाचार दिनुहुन्छ? तपाँइहरुलाई काम गरिराखेको मान्छेको मानवीय संवेदना ख्याल गर्न आउँदैन?

२) कर्मचारीले काम गरेका छैनन् भन्ने समाचारबारे
कर्मचारीले अहोरात्र काम गरेका छन्। सेना, प्रहरीले गरे अरुले गरेनन् भन्ने छ। बिजुली कसले बनायो? भत्केको बाटो कसले बनायो? निजामती कर्मचारीको दक्षता खोज र उद्दार होइन। त्यतिकै गाउँमा खटाउँदा कुटाई खाने अवस्था हुन्थ्यो। अहिले राहत आयो। हामीले सहसचिवलाई गाउँ पठाएका छौँ। १२ घण्टामा कर्मचारी फिल्डमा पुगेका छन्। सबै मोबिलाइज भएका छन्।
who-where1

who-where

३) न्यूज बायस छ

गत शनिबार भूकम्प आएदेखि नै हामी गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामा बसेर काम गरिराखेका छौँ। मन्त्रिपरिषद् बैठक पनि त्यहीँ बस्यो। यहाँ हाम्रो अफिस (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) पनि भत्केको छ। दुई दिनपछि चेक जाँच गरे इन्जिनियरहरुले। बिहीबार रिपोर्ट लेखेर दिए- मन्त्रिपरिषद् र मेरो कार्यकक्ष बस्न हुन्छ भने। त्यसपछि म यहाँ बसेर काम गरिराखेको छु। क्याबिनेट मिटिङ त्यहाँ बस्यो भनेर समाचार नदिने, म यहाँ कार्यालयमा सरेको समाचार दिने? न्यूज बायस छ।

४) पत्रकारले सामान्य कुरा बुझ्नुस्

पत्रिकामा आएको समाचारमा दुई सचिवबीच कार्यक्षेत्र विवाद भनेको छ। दुई मन्त्रालय भए पो कार्यक्षेत्र विवाद हुन्छ। दुई लेयर (मुख्य सचिव र सचिव)मा कसरी विवाद हुन्छ? पत्रकारले सामान्य कुरा बुझे हुने।

५) पत्रकार राष्ट्रवादी भएनन्

राष्ट्रिय प्रणाली कमजोर बनाउने न्यूज कुनै राष्ट्रवादीले दिन सक्दैनन्। हामीले हाम्रो फूल क्षमतामा काम गरेका छौँ। संकटको घडीमा कसले पूर्ण क्षमतामा काम गर्‍यो कि गरेन भन्ने पो हो त। व्यक्तिको विषयमा समाचार दिने? १७/१८ घण्टा काम गरेका छन्। होला, म पनि ओभर स्ट्रेस भएँ होला। मेरो रुखो मिजास हुदाँ कतिपयलाई हप्काए पनि हुँला। आजै मिटिङमा एकजनालाई लामो नबोल्नुस् भनेर हप्काएँ। त्यसो भए दैनिक न्यूज हुन्छ। तर यो सबै मैले कार्यसम्पादनका लागि गरेको हो।

६) पत्रकार आफैँले काम गरे हुन्न

सरकारको संयन्त्रले काम गर्न सकेन भन्नुहुन्छ। त्यसो भए सहयोग गर्नुस् न त। चाउचाउको प्याकेटको ५० रुपैँया लियो भनेर लेख्नुहुन्छ। अनि १५ जना सुरक्षामा खटिएका त्यता पठाउनु पर्‍यो। मिडियामा काम गर्नेले समातेर प्रहरी केन्द्रमा बुझाउन सकिन्न? गाडीमा बढी भाडा लियो भन्ने आउँछ – यस्तो संकटको बेला के गरेको भनेर यातायात व्यवसायी आफैँले कारवाही गर्न सकिन्न? यस्तो बेला सरकारलाई गाली गर्ने बेला होइन। सरकार निकम्मा कि कम्मा भनेर प्रचार गर्ने बेला होइन।

७) निजी क्षेत्रलाई के समस्या ?
कोही व्यक्ती अलिकति राहत लिएर बाँडेर फर्कने जजमेन्ट सहि हो? म निजी क्षेत्र, मेरो सम्पती भनेर बाँड्ने कि मस्ट निड कहाँ हो भन्ने थाहा पाउने व्यक्तिसँग सम्पर्क गर्ने? मैले यो सामान ल्याएको छु भनेर दर्ता गराएर सिडिओ कहाँ किन नजाने? सरकारले राहत कतै दोहोरिने र कतै नपाउने अवस्था अन्त्य गर्न एकीकृत तरिकाले राहत बाँड्न लागेको हो। आफूखुसी बाँडेको राहत खाएर मान्छे बिरामी भए भने सरकारले जिम्मेवारी लिनुपर्छ, त्यस्तो अवस्थामा राहत बाँड्ने ठाउँमा सरकारको एक जना मान्छे लैजानुपर्छ भन्दा के समस्या छ? हामीले एकीकृत रुपमा राहत लैजाने भनेका हौँ, निजी क्षेत्रलाई कन्ट्रोल गर्न खोजेको होइन। अहिले त्रिपालको समस्या पहिलो, दोश्रो औषधीउपचार र तेश्रो ढुवानी समस्या रहेको छ।

9 thoughts on “मुख्य सचिव लीलामणि पौड्यालका कुरा पनि एक पटक सुन्ने कि”

  1. dave says:
    May 4, 2015 at 8:37 pm

    ,, लिलामणि पहिले नेता भए पछि मुख्य सचिब भएका हुन् भनेर बिर्से जस्तो छ.. कार्य दक्क्षत ले पाए पो घमण्ड… कोहि नेता र उसका चम्चा हरु ले घमण्ड नगर्दा हुन्छ.

    Reply
  2. Shankar says:
    May 4, 2015 at 3:54 am

    कर्मचारी काम गर्ने व्यक्ति हुन् , कि कोइ भ्रस्ट छन् , कि कोइ इमान्दार र काम गर्न नियुक्त मान्छेले काम गर्ने हो | समस्या र फटाह चै हाम्रो देश को नेता हुन् , किनभने यिनले जवानी मा फटाइ र गुण्डागर्दी गरेका हुन्छन , कुनै निर्माण कार्य र रचनात्मक कार्य गर्न जानेको नै हुन्न| देश तेस्तैको हात मा हुन्छ , जति बिदेसी सहयोग र राहत आए नि , बालुवा मा पानि हाले जस्तो , दुखि र भोका मोरेको मोरेइ |
    हेरौ हाल को बामदेब को अन्तर्वार्ता , दिल भुसन पाठक ले लिएको |

    Reply
  3. Asha says:
    May 3, 2015 at 9:03 pm

    वास्तविकता हो | ठुला संस्थाहरुका राहत समुहमा कम्तिमा एउटा सरकारी प्रतिनिधि हुनुपर्छ | तथ्यांक र विवरण कुनै केहि नराखियमा राहत वितरण प्रभाबकारी हुनै सक्दैन | सरकार सबै ठाउमा तत्काल पुग्नसकेको छैन र सक्दैन पनि एस्तो ठुलो विपदको वेलामा, तर कुनै पनि साना संस्था समूह ले येदि सरकारी प्रतिनिधि विना राहत सहयोग गरेको छ भने पनि कसरि, के, कति, कसलाई, कहिले इत्यादी विवरण पाउनेको नाम ठेगाना दस्तखत वा सहिछाप सहित सप्रमाण सम्बन्धित सरकारी कार्यालयमा बुझाउनु पर्छ अनि मात्र त्यो समूह संस्थाले गरेको कार्य सफा मान्न सकिन्छ | सवै गैरसरकारी संस्थाहरु पनि सफा र पारदर्शी हुनु पर्यो |

    Reply
  4. Govind Belbase says:
    May 3, 2015 at 3:00 pm

    बीबीसीको समाचारः Nepal quake: Airport customs holding up aid relief – UK यो समाचारको विषयमा पनि सरकार तर्फबाट बक्तब्य दिनु जिम्मेवारी बहन गरेको ठहरिने छ। तत्काल चारवटा टेन्ट प्रभावित क्षेत्रमा पुर्याउनु र चारदिनपछि चार करोड रकम बराबरको राहतबाड्नुमा कुन महत्वपूर्ण होला ? अनि, तत्काल राहतका सामान ठाउँमा पुग्न दिने कि भन्सारमा रित पुर्याउने नाउँमा अलमलाउने ? अव प्रकृयाको कुरा उठाउनु जायज ठहरिएला तर अहिलेसम्म राहत अल्मलाउने भन्सारको रितको तालमेल मिलाउन नसकेको जिम्मेवारी लिएर सरकारले आत्मआलोचना गरे जनताको आक्रोस घट्ने थियो ।

    Reply
  5. Kishor says:
    May 3, 2015 at 8:34 am

    Thank you for putting this interview. Let’s all be united and support each other rather than playing blame games.

    Reply
  6. dave says:
    May 3, 2015 at 7:33 am

    यो हेर्नु पुर्व हामीले youtube मा facebook मा भएका स्थलगत विदेओ धेरै हेरे ka छौ… अहिले ७ दिन पछि,,, आएर बुझौन आउने… लाज लाग्दैन यो नेता लै..

    Reply
    1. bibek dhakal says:
      May 3, 2015 at 11:55 pm

      मुख्यसचिव हून मित्र, नेता हैनन् …

      Reply
    2. sushil says:
      May 4, 2015 at 5:19 am

      लाज लाग्दैन नबुजी कमेन्ट गर्न, मुख्यसचिव हून मित्र, नेता हैनन् .

      Reply
    3. महेश्वर श्रेष्ठ says:
      May 5, 2015 at 7:44 am

      देशको एक जना सफल प्रशाशक हो लिलामणि पौडेल नेता होइन बुझ्दै नबुझी लेख्न तपाइलाई लाज लाग्दैन ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme