Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वयम्भूको हालत यस्तो छ

Posted on April 29, 2015April 29, 2015 by Salokya

DSC_3916
किन आएको यहाँ ? बन्द गर्नुस् फोटो खिच्न। मिडिया रे, यत्रो मिडिया छन् कहीँ केही लेखेको छ यहाँको बारे?

भूइँचालो आएकै दिन अस्ट्रेलियाबाट काठमाडौँ उत्रिएका साथी उत्तमबाबु श्रेष्ठसित भूकम्पको चौथो दिन स्वयम्भू पुग्दा हामीलाई आक्रोशित केही व्यक्तिले अवरोध गरे। त्यहाँमात्र होइन, अहिले जुनै ठाउँमा पनि यस्तै आक्रोश देखिन्छ। बिस्तारै उहाँहरुसँग कुरा गरेपछि बल्ल आफ्ना कुराहरु बताउनु हुन्छ। आफ्नै आँखा अगाडि सांस्कृतिक धरोहर ध्वस्त हुँदा कसको मन दुख्दैन? हामीलाई रोक्न खोज्ने एक जना त्यहीँँका पुजारी नै हुनुहुँदो रहेछ। भग्नावशेषमा झिँगा भन्किएको देखेर त्यहाँ कोही पुरिएको अनुमान गरेका रहेछन्। तर हामी त्यहाँ पुग्दा खोज तथा उद्दार टोलीका कोही पनि त्यहाँ थिएनन्। हिजै उनीहरु त्यहाँ केही नदेखेर फर्किसकेका थिए।

DSC_3940
पुजारीका अनुसार उनीहरुले कुकुर ल्याएर भग्नावशेष मुनि कोही फँसेका छन् कि खोजौँ भनेका थिए तर उद्दार टोलीको पनि आफ्नै बाध्यता होलान्। अति आवश्यक अरु ठाउँमा उनीहरुको खाँचो होला। उनीहरु त्यतै लागे होलान्। यसले पनि उनीहरुलाई आक्रोशित पारेको हुनसक्छ।

त्यहाँ एउटा छ वर्षको बच्चालाई ठूलो घण्टामुनिबाट जिउँदै उद्दार गरिएको थियो। त्यसले पनि भग्नावशेषभित्र कोही पुरिएको हुनसक्ने अनुमान उनीहरुको बलियो भएको रहेछ।

दुई जना नर्वेलीले भूँइचालो आउनुअघि त्यहाँबाट फेसबुकमा फोटो अपलोड गरेका थिए रे। त्यसपछि उनीहरु हराइरहेका रहेछन्। उनीहरु पुरिएको हुनसक्ने पुजारीको अनुमान थियो।

स्वयम्भूको मुख्य स्तुपमा कुनै क्षति छैन। हामीले ड्रोन उडाएर पनि माथिबाट हेर्‍यौँ। तर छेउका दुई शिखर शैलीका मन्दिर अनन्तपुर र प्रतापपुरमध्ये एउटा ध्वस्त छ। अर्को चट्याङका कारण क्षति भएर भर्खरै बनाइएको थियो। त्यो पनि चर्किएको छ। नजिकैका गुम्बा, बुद्ध मूर्ति संग्रहालय, पुराना घरहरु ध्वस्त छन्।

हामी त्यहाँ पुग्दा पाल लगाएर ती घरका बासिन्दाहरु खाना बनाउन व्यस्त थिए। गुम्बाबाट महत्त्वपूर्ण किताब, पेन्टिङ, मूर्तिहरु सारिँदै थिए। नजिकै उभिएकी एक युवतीले भनिन्, केही पनि बाँकी छैन, सबै ध्वस्त भयो।

हेर्नुस् फोटोहरु, सबै फोटो उत्तमबाबु श्रेष्ठ

DSC_3938

DSC_3934

DSC_3927

DSC_3924

DSC_3920

DSC_3916

DSC_3915

DSC_3913

3 thoughts on “स्वयम्भूको हालत यस्तो छ”

  1. sanu nepali says:
    April 30, 2015 at 4:17 pm

    म ७,८ वर्षा को उमेर देखि स्वयम्भु जाने गर्दथे . मलाई स्वयम्भु अति मनपर्छ. अहिले म ५५ वर्षा भयो स्वयम्भु जान्छु . मन खुशी हुन्छ . सालौ देखि हेर्दै आएको स्वयम्भु आज आएर प्रतापुर लाइ भत्काई दियो त्यहाँ का अरु संरचना हरु पनि भकाई दियो . सारै दुख्ख लाग्यो .

    Reply
  2. Prem says:
    April 30, 2015 at 2:02 am

    I was first involved in ML s ANNFSU 5th from 2040 and became member of Then CPN ML and after 2046- UML. I quit in active politics afte Madan Bhandari’s death but inside my heart still was UML until today I saw Bamdev Gautam’s interview to Kantipur TV on Monday night. I have never seen such worst interview and white lies in my life. He showed how incompetence is he is and I am convinced that all he was afte was power and money. He has been home and vice primeminishter many times . I really feel like I wasted my golden life to lift these useless people to power. I am no longer UML sympathizer from today and will do anything to defeat Bamdev from his constituency. Thanks

    Reply
  3. Shankar says:
    April 29, 2015 at 2:32 pm

    तेत्रो बिदेसी राहत कहा जान्छ ?एक जना आफन्त पुरा गाउलेको लागि सुत्न को लागि एउटा पाल बल्ल बल्ल पाएकोमा गर्ब गर्नु हुन्थ्यो |
    त्यो पनि पुलिस मा आफ्नो मान्छे भएकोले बल्ल बल्ल मिलाइदिएको रे ?
    उता साखु का एक जना भन्थे पुरा सहर ध्वस्त हुदा पनि अम्ब्युलेंस देख्न पाएको छैन , उद्द्दर को कुरा त् पर |
    म लाइ लाग्छ राहत पठाउने बेला पनि , ये त्यो हाम्रो मान्छे हो ? हाम्रो पार्टीको हो कि हैन ?कतै हिसाब किताब त् गर्दैनन् ?
    फेरी सरकार ले ताइबान को सहयोग न लिएको , न्युजिल्य्न्द को सहयोग न लिएको कारण चै के हो ? क्यास नै चाहेर हो कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme