Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महाभूकम्पले ल्याएको महाविपत्ति

Posted on April 28, 2015May 3, 2015 by Salokya

भूकम्पले ल्याएको महाविपत्तिका कारण इन्टरनेट र विद्युत आपूर्ति बन्द भएको अवस्थामा अपडेट सजिलो छैन। छोटो अपडेट ट्विटरमा गर्दैछु भूकम्प गएको दिनदेखि नै। भित्र ट्विटहरु देखिने गरी इम्बेड गरिएको छ

Tweets by @salokya

7 thoughts on “महाभूकम्पले ल्याएको महाविपत्ति”

  1. वल says:
    May 2, 2015 at 6:09 pm

    हाम्रो सरकार नीरिह देखियो| भुकम्प गएको पांच दिन सम्म पनि सरकारमा भएकाहरु नै अक्क न बक्क्क परे पछि जनतामा निराश आउने नै भयो| लीलामणिजीको पनि मुख र प्रचार मात्र देखियो, खासै सक्रियता देखिएन| मुख्य सचिवको हैसियतमा उनले क्याबिनेटलाई मोबिलाइज गरेर राहतमा नेतृत्व दिनसक्न पर्ने हो तर त्यस्तो देखिएन| मुख्य सचिव नै बागमती सफा गर्नेमा मात्र व्यस्त रहे पछि अरुमा ध्यान कमै जाने देखियो|
    हावा जहाजमा उडान जब नियमित रुपमा शुरु भएर सकिन्छ, त्यसमा पाइलट र क्याबिन कर्मचारीले पनि नियमित रुपमा काम गरेका हुन्छन| तर यात्रुहरुका ज्यान हातमा लिएका पाईलट र क्याबिन कर्मचारीहरुको नेतृत्व र संकट ह्याण्ड्लिङ्गको नेतृत्व र क्षमता त्यो बेला देखा पर्छ जब संकट आईपर्छ| आफु नआत्तिई कसरि पाईलटले यात्रुहरुलाई सकुशल उतार्न क्षणभरमै निर्णय लिन्छन र क्याबिन कर्मचारीहरुले कसरि सम्झाएर र सेवा पुर्याएर यात्रुहरुलाई भरोसा दिन्छन त्यो टेस्ट हेर्न्पर्छ|
    पाइलट र कर्मचारी हरु नै आत्तिए पछि हाम्रो के हालत देखिहाल्नु भयो| हाम्रा राजनैतिक नेताहरु र निजामति नेतृत्वमा बसेकाहरु यो टेस्टमा नराम्रो संग फेल भएका छन्|
    सिंगो देशको जिम्मा लिएका नेताहरुले राजधानीलाई मात्र नेपाल सम्झे| जिल्ला जिल्लामा समयमा राहत पुगेका भए यति धेरै जीउ धनको हानी नोक्सानी हुने थिएन|
    यसको जवाफदेही र दायित्व बहन गर्न पनि मुटु चाहिन्छ| हामीले देख्यौ, छैन त्यो मुटु तपाईहरु खालि राजनैतिक वहस र सडक आन्दोलन र जनतालाई आहत गर्नमा माहिर रहेका नेताहरुमा|
    हिज NDTV मा भारतका लागि हाम्रा राजदुत दीपकुमार उपाध्यायलाई प्यानलमा सोधिएको प्रश्न र उनको जवाफ हेरियो| सही ठाउँमा धक फुकाएर सही ढंगले कुरो राख्न समेत नसक्नेलाई कसले बनायो राजदुत? लाजमर्नु| कि मेडियामा बोल्न सक्ने सक्षम व्यक्तिलाई पठाउन पर्ने थियो| डा भेख बहादुर थापालाई आग्रह गरेको भए हुन्थ्यो|
    कता तिर हो बामदेवको अन्तर्वार्ता टीभी मा हेरियो, कान्तिपुर हो क्यारे| यो समयमा महत्वपूर्ण मन्त्रालय सम्हालेर बसेको मन्त्रीको ताल त्यहि हो? बिचरा कठै उनी चेपारोमा परेका होलान भनेर उनी प्रति जति बचेखुचेको सहानुभूति आदर थियो त्यो पनि त्यो अन्तर्वार्ता हेरे पछि गयो| खालि भाषण र पद अंगालेर एउटा गाउँ बिकासको व्यवस्थापन सम्म धान्न नसक्ने नेताहरुलाई देशको जिम्मा दिंदा के हालत हुन्छ बुझियो| खालि रकमी भाषाले मात्र देश हाँक्न सक्ने होइन|
    हालको सरकारले राहत दिन सक्दैन| समयमा लम्केर चाँजोपाँजो गरेका भए यति धेरै मर्ने थिएन र घाइतेहरुले समयमै उद्दार पाउने थिए|
    देशलाई दिशा दिन अब अन्तरिम सरकार गठन गरिन पर्छ| ६०१ बाट होइन, ६०१ लाई संबिधान बनाउन तिर केन्द्रित गराउने र देशलाई यो महाभूकम्पको क्षति देखि उद्दार र पुनर्निर्माण तिर डोराऊंन अर्कै नंया सरकार चाहियो| असक्षम भन्दा असक्षम सुशील कोइरालाको नेतृत्वले देशलाई अधोगतिमा मात्र लैजान्छ| यो दुखको घडीमा सरकार दुई मा जानपर्यो, क) ६०१ संबिधान बनाउन तिरै तल्लिन रहने, तर ६०१ बाट कोहि पनि मन्त्रीमंडलमा नबस्ने
    ख) संबिधान नबनिन्जेल सम्मको अवधिका लागि समावेशी रुपमा सक्षम र कार्यशील व्यक्तिहरुलाई राखेर अन्तरिम रुपमा नंया मन्त्रीमंडल गठन गरी देशलाई यो महाक्षतिबाट पार लगाउने यसो नगरे न संबिधान बन्न सक्छ न राहतको र पुननिर्माणको काम सुचारु रुपले चल्न सक्छ|
    देशलाई दुख परेको बेला आँसु तप्काउदै यो पोखेको हुँ| अस्ति प्रधान मन्त्रीको भुकम्प पछि प्रधान मन्त्रीको भाषण सुनेर जिल खाए| न कुनै हौसला दियो, न दुखमा परेका देशवासीलाई राहत उद्दार कार्यबारे भरोसा मिल्यो| देशका नेताले यो बेला देशवासीमा नंया उर्जा पैदा गर्न सक्ने प्रेरणा र हौसला दिनपर्नेमा सबैले बरु भने कठै बरा प्रधान मन्त्रि त् यस्तो, हाम्रो के हाल?

    Reply
  2. Girish kumar sharma says:
    May 2, 2015 at 6:21 am

    आजको पहल

    सात दिन भै सक्यो भुकम्पले नेपाली दिदीबहिनी दाजु भाईहरु पिडित भएर अझै सम्म पनि पनि दयनीयता धक्काको लहर बाट ठोक्किदै आएको, तर दुःख लाग्छ भन्नु पर्दा अझै पनि हामी कति अब्यबस्थित नै भै रहेका छौं। एक पछि अर्को त्रुटी गर्नेमा अगाडी बढी रहेछौ । यो अहिले को बेला भनेको दोषारोपण गर्ने मात्र पनि होइन र जिम्मेवारी बाट पन्छिएर भागेर हिड्ने बेला पनि होइन। यस्तो दैविक बिपत्तिमा गाई मारी गधा पोस्नु अथवा साढेको जुधाई बाच्छाको मिचाई अथवा भाई फुटे गवार लुटे गर्ने यो बेला होइन। अहिले हामी एक आपसमा दोषारोपण गर्न मा होइन बरु आएको समस्याबाट कसरी सुख सम्वृद्धि नेपाल र नेपाली दिदि बहिनि दाजु भाईका बा आमा हरु छोराछोरीहरु सबै लाई सिंगो रुपमा आफ्नो ठानेर मुटुमा ठोकीयेका किलाहरु निकाल्ने अनि मलम पट्टी लगाई तन्द्रूस्त गराउने , बुढी आमाको आँखामा अविरल बहेका आशु हरुका मुल्य तथा बिधवा श्री मति का लाला बालाका साथका बिरह र कारून्य अवस्था बाट कसरी शान्ति दिने अनि गाँस र बास बिनाको जीवन मा बाच्नु पर्ने नेपाली सन्तति हरुलाई आशाको किरण मा न्यानोपन तथा नया जीवन दिने पट्टि हो। सरकारको दोष बा नेताको दोष बा रास्ट्र को बा कर्मचारी को दोष लाई केलाउने होइन बरु सबै मिलेर एउटै रास्ट्रीय अभियानमा संकल्प हुने अमुल्य घडी हो। त्यस कारण आज सबै मिलि यो कदम लाई सफल पार्ने पहल गर्नु उपयुक्त हुने छ ।

    १. सरकार निकाय बाट गरिनु पर्ने :

    अहिले सम्म को स्थिति हेर्दा सरकारी संयन्त्र गतिसिल भए पनि यो कछुवा को चाल मा नै छ। हुनसक्छ बिपत्तिको बेलामा सृजनात्मक सोच हरु अतालिएर हराएका पनि होलान्। आफ्नो कमजोरी लुकाउनु बुद्धिमता चाल होइन। अझै पनि बुद्धि बिबेक र कुटनैतिक हिसाबले काम गर्न सक्ने योग्य, भूतपूर्व निजामती कर्मचारी हरु , नेपाली सेना का विशिस्ट हस्थिहरु , नेपाल प्रहरी का दिग्गज हरु , , बुद्धिजिबी हरु, पत्राकार हरु, चिकित्सकहरु , प्राध्यापक, शिक्षक , इन्जिनियर हरु , देश भक्त जनता हरु , उद्योग ब्यबसायी हरू प्रसस्त छन्। राजनैतिक दलमा पनि सबै फटाह छैनन्। देशको माया गर्ने नेपाली जनताको माया गर्ने पनि धेरै नै होलान। यिनी हरु लाई सहि ढंगले परि चलान गर्ने तर्फ सरकारले सोच्नु पर्दछ।
    बिदेशी संस्था , बिदेशी नियोगहरु, मित्र रास्ट्र हरु संग को सम्बन्ध तथा आफ्नो देश प्रतिको अडान लाई शिरमाथि राखी कुटनैतिक भाषाले काम लिने परि पाटि त्यति प्रभाव करी भएको देखिएन। कसैलाई लाखा र कसै लाई पाखा भन्ने शब्द बाहिर आई सक्यो यसले गर्दा उल्टो असर हामीलाई पर्न सक्छ। त्यस काराण यस तर्फ सरकारको ध्यान गम्भीर हुनु जरुरी छ।

    बिदेशी सहयोगी रास्ट्र ले सहयोग गर्छु भन्दा आफ्नो मर्यादित कानुनी दायरा राखेर दिनु उपयुक्त हुन्छ।

    हाल सम्म आएको सहयोग बापत आएको राहतको सम्बन्धमा सरकारले तुरुन्त नै जनतालाई समाचार बुलेटिन खबर दिनु पर्दछ र त्यस अनुसार के भै रहेको छ सरकारको प्राथमिकता अहिले के हुन् लागेको छ सो को जानकारी दिने तर्फ लाग्नु उपयुक्त देखिन्छ।

    नेपाल सरकारले दिनहु जनतालाई सरकारले गरेको राहत तर्फ गरेको दैनिक प्रगति र गर्न लागेको योजना स्थान तथा प्राथमिकता को जानकारी दिने गर्नु पर्दछ जुन अहिले सम्म हुन् सकेको छैन।

    नेतृत्व बर्ग मा कतै पनि हृदय देखिको गाम्भिर्यता अहिले सम्म आएको जनताले देख्न पाएको जस्तो लागेन। यति मात्र मत्र होइन निजामती कर्मचारी खास गरि सिडिओ लगायत का माथिका कर्मचारीले जनता संग बोल्ने भासामा रोव होइन सद्भाव सल्लाह आड भरोशाको झलक , राहत को महसुस हुनु पर्दछ।

    सरकारले तेत्तिसै राजनैतिक दल , साम्सद हरुलाई क्षेत्र अनुसार को सहयोग गर्न अपिल गर्नु पर्दछ र काम गराउन तर्फ पहल गराउनु उपयुक्त हुन्छ।

    कुल समस्या को पहिचान यथा सिघ्र गर्ने तर्फ पहिलो प्राथमिकता हुनु जरुरि छ।

    सबै सरकारी निकाय का अंगहरु एस बेलामा संबेदन शिल भई सेवा भावमा समर्पित भई जनतालाई राहत दिनेमा अग्रणी भूमिकामा रहन सरकारको नीति निर्देशन प्रभाव कारितामा कार्यान्वन तथा मुल्याङ्कन प्रक्रियामा सत्यता तथा निस्पक्षता मा अगाडी बढाउनु पर्यो।

    दैनिक उपभोग का सामान सहज तथा सस्तो मुल्यमा उपलब्ध गराउन अनुनय बिनय , सल्लाह तथा कडा कानुनी ब्यबस्थापन मा ध्यान केन्द्रित हुनु पर्यो र यसमा उनीहरुलाई रास्ट्र्ले दिन सक्ने सुबिधाको पनि विचार हुनु उपयुक्त देखिन्छ।

    २ राजनैतिक दल हरुको भूमिका :

    राजनैतिक दल हरुले आजको बिपत को घडीमा सरकार संग समन्वय गरि कसरि पिडित परिवार हरु लाई अधिकतम सेवा पुर्यान सकिन्छ त्यस तर्फ प्रक्रियाको थालनी गनु उपयुक्त हुन्छ आज बिभिन्न दलको नाम होइन केवल एक दल नेपाली जनता दलको रुप बाट सबैलाई सेवा पुर्याउने लक्ष अभिनन्दित हुनु परेको छ।

    बिश्वको नजर आज नेपाल मा केन्द्रित छ। यो बेलामा हटेर होइन डटेर नेपाली पौरखी हात हरुको कमाल र इमान्दारिताको पहिचान देखाउन सबै दल एक जुट हुनु आबस्यक छ। बाहिर हल्ला आएको छ – नेताहरुले आफ्नो खातामा पैसा जम्मा गर्न उर्दी जारि गर्न लागे का छन् रे। सत्यता यसो नहुन पनि सक्छ तर हावा नआईकन पात कसरी हल्लन सक्छ र ?

    त्यागि नेता हाम्रो देशमा नभएका पनि होइनन। ? तर त्याग अहिले प्राय जसो कतै पनि कसै बाट छिट फुट बाहेक नदेखिएकोले अब सबै राजनीति गर्ने नेता हरुको लागि यो परिक्षा को घडी हो मिलेर काम गर्न गराउन सके, लोभ लालच बाट पछि परि रास्ट्र पुनः निर्माण मा तल्लिन हुन सके चोखिने बाटो धेरै बन्नेछ र भोलि को राजनीति शुद्ध राजनीति पनि हुन् सक्ने छ

    ३ . सर्व साधारण जनताको निकाय बाट गरिनु पर्ने :

    हामीले संयम लाई हाम्रो पहिचान बाट पर नसारौँ । हुन् त् रिसको बेलामा बेद पढ़िदैन भनिन्छ तर संयम राख्नु जरुरि छ।

    आज मारकाट, हिम्सा हत्या , आग जननी , तोडफोड , मुखमा कालो मोसो दल्ने काम होइन बिबेक प्रयोग गरौँ। गल्ति गर्ने लाई सभ्य भाषाले सम्झाऊँ , तै पनि फेरि त्यहि गल्ति , गैर जिम्मेवार काम दोहर्याउछन् , अपराध गर्दछन् भने त जनताको अदालत ले काम गर्नु पर्दछ नै ।

    नेता लाई मात्र दोष नदिउँ किन भने हामीले चुनेर नेता बनायेउं। हामीले जिताई उनीहरु लाई पठायेम्। उनि हरु असक्षम भए हामीले सायद सहि पहिचान गर्न सकेका रहेन छौँ।
    अहिले उनिहरुलायी आफ्नो क्षेत्रमा काम गर्न बाध्य बनाउँ , गर्न सकेनन भने अनि पाठ सिकाउँ। उनीहरु माथि अभद्रता नदर्शाउँ। किनकी जसको हैसियत जति हुन्छ तिनले त्यति मात्र गर्न सक्छन्। तामा काटेर सुन निस्कदैन, सुनै काट्नु पर्छ सुनको टुक्रा निकाल्न लाई।

    अहिले हामी सबै अगाडी आएको समस्या लाई मिलेर समाधान मा जान लागौं , सहयोगी हात अगाडी बढाउँ , सरकार लाई चाप दिउँ। गाँस बाँस कपास नपायेकालागी सबै मिलेर उचित ब्यबस्था का लागि पहल गरौँ।

    ४. . संघ संस्था / गैर सरकारी संस्था हरु तथा अन्तरास्ट्रिय संस्था को भूमिका :

    संघ संस्था हरुले सरकारको मार्ग दर्शन अनुसार काम गर्नु पर्दछ। यो छुट्टै संस्था होइन केवल सरकारको सहयोगी निकाय मध्ये एक मात्र हो त्यस कारण यी संस्था बाट हुने काम को जानकारी सरकार, जनता लाई प्रत्यक्ष हुनु पर्दछ। कसले के काम गर्ने हो त्यो कुरा सरकारले कार्य बिभाजन बनाई सो अनुसार गर्ने गराउनु पर्दछ।

    ५. . उद्धार समिति मा सलग्न सेवा कर्मीहरुलाई लाई समन्वय गर्ने पक्ष मा :

    उद्धार समिति मा संलग्न सबैलाई सबै पक्ष बाट सरकारी गैर सरकारी तथा जनता हरु बाट पनि सहयोग सदभाव हुनु जरुरि छ। सहयोगी हरुको दया, श्रद्ध्या , दान , दक्षिना , सेवा, परिश्रम को मुल्य लाई नबिर्शौं। दात्रि संस्थाहरु लाई मर्यादा मा पछाडी नसारौँ आपसी समझदारी तथा भ्रातृत्व भावनालाई कन्चन बिस्तृत गरौँ।

    ६. उद्ध्योग / बाणिज्य ब्यबसायिक संघ/ पत्रकार महासंघ

    यी संस्था संघ हरु को देशको बिकास तथा अर्थ तन्त्र मा ठुलो भूमिका छ। त्यस कारण यी संघ संस्था हरुको सहयोग बिना यो नेपालको भबिश्य सुन्दरमय हुन् सक्दैन। आजको घडीमा यी ब्यबसायिक संस्था संघ को तथा देश मा भएका अन्य धेरै धेरै संघ संस्था हरु छ जसबाट सबै ठुलो सेवा को आबस्यकता देश लाई आई परेको छ। त्यस कारण सबै उद्यमशील हात हरु आज संकट को घडीमा एकत्रित हुन् आबस्यक छ सबैको सहयोग को आबस्यकता छ। सबै हात का औँलाहरु सरि यिनी हरुलाई पनि साथ् लिएर तथा यिनी हरुबाट साथ् पाएर कर्म क्षेत्रमा उत्रिनु परेको छ।

    आउनु होस् सबै मिलि आज को दुख को घडीमा ,यो बिपत भूकम्पले पिडित अवस्थामा सबैको को मंगल कामना गर्दै सेवाका हातमा हात राखौं। जय होस् नेपाल देशको, जय होस् नेपाली दिदि बहिनि दाजु भाई हरुको।

    Reply
    1. Shankar says:
      May 2, 2015 at 12:31 pm

      गिरिस जी सहि भन्नु भो जस्तो जनता उस्तै सरकार | एउटा दृश्य मा एक ट्यांकर पानि ल्याउछ , हातिको मुख मा जिरा वितरण गर्ने ले वितरण नै गर्न सकेन , मान्छे हरु लुट्न गाडी माथि नै चढ़ छन् | सक्ने ले ठुलो ४ जार सम्म , आइ माइ र अलि निर्धा हेरेको हेरेइ |
      एस्तो बिपत मा पनि हामि नेपालीको आदत एस्तो !

      गाउमा कम्बल आइ पुग्छ , सुरक्ष्या कर्मी मार्फत लिनुपर्ने , आफ्नो मान्छे हुनेले ६ वोटा सम्म
      लगेर लुकाएका र न हुने १ पनि न पाएर हिस्स |
      अब सरकार कति सक्रिय छ त् सबैले देखेकै हो , तेस्माथी बाम देब को दिल्भुसन पाठक ले लिएको अन्तर्वार्ता हेर्नुस , क्या एतिहासिक छ |

      Reply
  3. BS says:
    May 1, 2015 at 11:06 pm

    REQUEST TO MEDIA PEOPLE: Please bring some food or useful goods to the victims when you go for reporting. I have seen Nagarik, Kantipur and other medias working hard for reporting the victim’s news. We all know that the government is not working effectively and people in districts are dying hungry and without shelters. Once we know this, we should be compassionate/kind to collect and bring the things with you when you go for reporting. Let us save the people who are left. Don’t waste your time to blaming. Let us channelize our energy to help those urgently who are not being helped. No matter what the scale of assistance would be.

    Reply
  4. सिर्जने says:
    May 1, 2015 at 10:32 pm

    यो फोटो हेर्दा के लाग्यो भने रंग गरेको घर भुकम्प प्रतिरोधक भए’नि (नहुन’नि सक्छ) अर्को छेवैको घरले ठोक्काएर क्षति पुर्याएको छ / अब काठमान्डूमा वा अन्य शहरमा भुकम्प प्रतिरोधी घर बनाउदा छिमेकीको घर पनि भुकम्प प्रतिरोधी छ छैन बिचार गर्नुपर्ने भयो / नभएको भए छिमेकीलाइ पनि भुकम्प प्रतिरोधी घर बनाउन लाउनुपर्ने भयो / नत्र अर्को घरले आफ्नु घर किच्ने डर छदैछ
    https://twitter.com/salokya/status/594003626219081729/photo/1

    Reply
  5. Shankar says:
    May 1, 2015 at 2:50 pm

    भुकम्प को अहिले सम्म भबिस्य बाणी त् केहि क्षण अगि गाइ गोरु कराउने ,कुकुर कराउने बाहेक मानिस सग संयन्त्र छैन | काठमान्डू मा भएको हालैको सम्मेलन ( भुकम्प हुने केहि अगि मात्र ) ले पनि नेपाल बा यस क्षेत्र मा एक ,दुइ दसक मा ठुलो भुकम्प जान सक्ने खतरा भनेर केहि बैज्ञानिक ले भनेका अरे |
    तर पनि हाले न्युवोर्क टाइम्स र अन्य खबर ले लेखेको थियो , जमिन मा लामो समय सम्म को स्ट्रेस अझै न सकिएको हुन् सक्छ र यो भन्दा ठुलो भुकम्प हुन् सक्छ चै लेखेको हो |
    तर जानिफकार हरु बताउछन भुकम्प पछि सैयेउ ससाना भुकम्प गएकोले जमिन को स्ट्रेस रिलिफ भैसक्यो अब केहि काल ( आर्को ८० साल ) आउने वाला छैन |
    तर काठमान्डू मा जमिन मुनिको पानीको सतह निकै तल हुनु , ठुला ठुला घर बनेर जमिन मा भार हुनु , पशुपतिमा ज्योतिर लिङ्ग निस्केर बिष्णु भगवान ले अंगालो मारेर शान्त पारेको त् भन्छ कथा इतिहास ले तर केहि प्रज्वलित ग्यास निस्केर उबेला मानिस डराएर सिब मुर्तिको स्थापना गरेको हुन् पनि सक्छ , कोपुन्दोल मा केहि समय अगि सम्म एउटा पोखरीमा बेस्करी ग्यास निस्केर भुल भुले नाउको पोखरी थियो |
    अर्थ क़ुइक ट्रयाकर डट कम मा हेरौ अन्तिम पटक १०-१५ घण्टा अगि सम्म भक्त पुर् मा भुइचालो गएको देखिन्छ :
    जाने क्रम जारि छ |
    तिबेतियाँन र इन्डियन प्लेट निरन्तर ठोकिदै जानु , र मानब ले निम्त्याएको बिपत्ति र देश को नाउमात्रको सरकार को चाला हेर्दा ढुक्क हुने स्थिति चै छैन |
    बिरेन्द्र को शाति क्षेत्र प्रस्ताब न मानेर , उबेला कांग्रेस उचालेर ,करौडौ इन्डियन लाइ नागरिकता दिन दबाब दिएर , जाति जाति लडाएर गर्नु न गर्नु गरेर आफै नेपाल मा आर्को भुचालो ल्याएर छिमेकीको कृष्ण लिला मार्फत हालै भारतीय सेनाले के गर्दैछ त्यो पनि हेरम त् यो लिंक मा
    http://www.nagariknews.com/main-story/story/37297.html
    भुइचालो चेक गर्न
    http://earthquaketrack.com/

    Reply
  6. Bikash says:
    April 28, 2015 at 7:24 pm

    स्विम्मिंग पूल को CCTV video जापान मा भुकम जादा को हो जस्तो लाग्छ I
    Compilation of videos #NepalEarthquake #NepalQuake https://www.youtube.com/watch?v=_gE0UnyA2kI …

    YouTube को यो लिंक हेर्नुस:
    https://www.youtube.com/watch?v=jXnp4a1t6y8

    धेरै ले Facebook मा पनि यौ Video share गरेका छन्.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme