राम र मैया बासी यहाँ छोरीको लुगा खोजिरहेका छन्। भक्तपुर दत्तात्रय नजिकै भत्किएको घरबाट एक जोर लुगा निकाल्न सके अस्पतालमा रहेकी १६ वर्षीया छोरीको आङ ढाक्न सकिन्थ्यो। जिल्ला अस्पतालले छोरीलाई अर्कै अस्पताल लैजान भनिसकेको छ। तर, त्यहाँबाट अन्यत्र सार्न यो जोडीसँग पैसा छैन। ‘घर भत्कियो, छोरी घाइते छ,’ भक्तपुरको स्थलगत रिपोर्टिङका लागि पुगेका हामीसँग याचना गर्दै मैयाले भनिन्, ‘लौन सहयोग जुटाइदिनुपर्यो।’ यहाँ आँखाले भ्याएसम्म भत्किएका घरमात्रै देखिन्छन्। बाटो कहाँ हो र घर कुन हो छुटिन्न। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्दारमा खटिएका छन्। उनकै भत्किएको घरभन्दा चार घर पश्चिमबाट आजैमात्र ४ वटा शव निकालिएको छ।
कतिपय घर पूरै भत्केका छन्। कतिपय आधामात्र। आधा भत्किएका घरमा झुन्डिएका छन् परिवारका सदस्यको तस्बिर, भाँडाकुडा, सुकुल र गुन्द्री। भान्सा पनि देखिन्छ बाहिरैबाट। ‘हल्लियो हल्लियो होस गर है,’ उद्दारमा खटिएका एक सुरक्षाकर्मी टाढैबाट चिच्याइरहेका थिए। भूकम्पले मानिसको घर ढल्यो। पुरिएका सबै घर खोतल्नसमेत भ्याइएको छैन। आधा ढलेका घरले फेरि किच्ला भन्ने पीर छ। जोखिममा छन् उद्दारकर्मी आफैँ।
उद्दार आफैँमा जटिल काम हो। ‘यहाँबाट ५० मिटर भित्र के छ हामीलाई नै थाहा छैन,’ उद्दारमा खटिएका एक सैनिकले हामीलाई ब्रिफ गरे, ‘तपाईँको क्यामराले ऊ त्यो परसम्मको खिच्नुस् न केही देखिन्छ कि !’ ड्रोनबाट हामीले भूकम्पले भग्नावशेष पारेका दृष्यलाई आकाशबाट कैद गरिरहँदा उद्दारमा खटिएका सुरक्षाकर्मीले गरेको आग्रहले उनीहरु उद्दार गर्ने कुन अवस्थामा त्यहाँ छन् भन्ने प्रस्टिन्थ्यो।
महाभूकम्पको सबैभन्दा ठूलो क्षति भक्तपुरमा छ भन्ने भएपछि हामी त्यहाँको अवस्था बुझ्न तयार थियौं। पहिलोपोस्टका अंगद ढकालले त्यहाँका दृष्यसहित रिपोर्टिङ गरिसकेका थिए। ‘भित्र छिर्नसमेत सकिन्न,’ उनले हामीलाई यसैगरी ब्रिफ गरे। उद्दार गर्न सेना र प्रहरीसमेत छिर्न नसकेको जोखिमपूर्ण ठाउँमा हामी छिर्नसक्ने स्थिति थिएन। यसको विकल्पमा हामीले ड्रोन उडाउने तय गर्यौं। भक्तपुरमा सेना र प्रहरीले रेस्क्युमा जुटेका थिए। तर उनीहरु ५० मिटरभन्दा भित्र छिर्न सकिरहेका रहेनछन्। ड्रोनसहित हामी पुगेको देखेपछि उद्दारमा खटिएका सैनिकले भत्केका ठाउँको थप अवस्था कस्तो देखिन्छ भनेर सघाउन आग्रह गरे। हामीले त्यही क्रममा उद्दार टोली पुग्न नसकेका दृष्यलाई कैद गर्ने प्रयास गर्यौं। उनीहरुले हामीलाई भत्किएकै घरबाट केही भित्रसम्म पुर्याएर भित्र केही छ कि भन्ने खिच्न सघाए। दत्तात्रयभन्दा करिब ३ सय मिटर वर नै सशस्त्र प्रहरीको एउटा टोली घरभित्र दविएको पुरुषको खोजीमा थियो। एकजना प्रहरीले हामीलाई बाटो बन्द भएको भन्दै एउटा ठूलो घरभित्र छिराए। त्यो घरबाट पार गर्दा बाटोको अर्को भागमा पुगिँदो रहेछ। त्यहाँबाट दक्षिणतिर पूरै घर भत्किएका थिए। सशस्त्रकै सहयोगमा हामीले त्यहाँबाट पनि केही दृष्यहरु निकाल्यौं। भक्तपुरमा एउटा गल्लीबाट छिर्दा हराइनु सामान्य थियो पहिले। अहिले कुनै गल्ली छैन। कुनै बाटो छैन। घाम नछिर्ने गल्लीका दुवैतिर अग्ला घरहरु थिए। ती धेरै अब छैनन्। भूकम्पको प्रकोपले ती घर पूर्ण र अर्धरुपमा ढलेका छन्। बाटो कतैबाट पनि पहिचान गर्न सकिन्न – कुन बाटो हो र कुन घर हो। त्यही अवस्थालाई हामीले यसरी हेर्यौं
मेरो प्यारो भक्तपुर सखाप भयो ।
उमेश जी, यो बिपत्तिको सामना गर्नको लागि तपाई र तपाइका साथीहरुको लगाव र खटाइको कुनै शब्दमा बर्णन गर्न सकिन्न, हामी विदेशमा रहे पनि हाम्रा परिवार र आफन्तहरु नराम्रो संग प्रभावित भएका छन्, तर के गर्नु फ्याट्ट हिड्न पनि नमिल्ने, गएर पनि संख्या थप्नु बाहेक केहि गर्न सकिने हैन । र पनि आ-आफ्नो ठाउँ बाट सहायोग गर्न सबै जुट्दै छौ। ड्रोन् ले फोटो खिचेर बस्तुस्थिति देखाइदिने लगायतका तपाइँका यी प्रयासहरुले अवश्य पनि उद्दारमा निकै सहयोग गरेको छ । जन-आन्दोलन देखि लिएर यस्ता बिपत्ति समेत तपाइँको सहयोग अमुल्य छ। तपाइँलाइ सलाम ।
अहिलेको ध्वंसले धेरैको जीवन र बास उठाएको छ । यसका कारणहरू विविध छन् कारकहरू विविध छन् । तर अहिलेको प्राथमिक दायीत्व भनेको फँसेकाहरूको उद्दार र हुनसक्ने महामारी नियन्त्रण हो । त्यसैले यो कार्य तदारुक्ताका साथ सकिए पछि भविश्यको रेखा कोर्दा अहिले जस्तो विकराल अवस्था आउन नदिन सोच्नु पर्ने बेला आएको छ । कङ्क्रिटको जङ्गल बनाउँदा योजनाकारहरू र शासकहरूको अकर्मण्य र अदूरदर्शीताले यो विपत्तिमा बाटो थुनिदियो । समयमा उद्दार कार्य गर्न सम्भब भएन । तर जसरी सेना, प्रहरी र स-शस्त्र प्रहरी र स्वत:स्फुर्त सर्वसाधारणले उद्दार गरिरहेका छन् साह्रै सह्रानीय छ । सुखमा भुक्ने र जनतालाई दु:ख माथी दु:ख थोपर्ने दल तिनका नेता र तिनका भ्रातृसंगठनहरू, क्षेत्रीय राजनीतिका मसिहाहरूको अनुपस्थिति र बेवास्ता देख्दा तिनीहरू प्रति घृणा लाग्यो ।
अ ब समय आए को छ . नेपाल को ने ता हरु लाइ बढारेर फाल्ने. यो बिपत्ति ले साबित गरि दिई सक्यो. नेपालका नेताहरु नेता बन्न सक्षम र लाएक छैन. बिदेशी शेवा र सैनिक को तानडब लै हामी प्रसंसा र स्वागत गर्न हामी बाद्ये छौ. देशका नेता हरु चाइ आफ्नै शेना परिचालन गर्नलाई एक आपसमा बिबादमा छन्. देश बिपातिमा छ. तर सरकार र जिम्मेवार निकाए को उपस्थिति काही छैन. बरु नेपाली जनताहरु देश विदेश जहासुकै होस् एकजुट छौ भन्ने एस घटनाले साबित गरिदिएको छ
किन परिचालन गर्दैनन् सरकारले रास्ट्रिय सेना, रास्ट्र माथि यत्रो विपति आउँदा पनि?