Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘सुपर काली’पछि ‘कुमारी’ : नेपालमा पनि निम्तियो कला विवाद

Posted on April 24, 2015April 24, 2015 by Salokya

kumari तीन वर्षअघि कलाकार मनीष हरिजन र उनको कला ‘सुपर काली’ विवादमा आयो। शायद यो नै नेपालमा कलासम्बन्धी पहिलो ठूलो विवाद हुनुपर्छ। अन्ततः कलाकार र उनको चित्रलाई प्रदर्शन गर्ने सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका संगीता थापाले बिहीबार सिडिओ कार्यालयमा आइन्दा त्यस्तो चित्र नबनाउने र नदेखाउने कागजमा हस्ताक्षर गरेपछि विवाद सल्टिएको थियो।

काली पात्रले माझी औँला देखाइरहेको यो आर्टपछि अब फेरि एउटा अर्को आर्टले विवाद निम्त्याउन थालेको छ। सुपर कालीलाई विश्व हिन्दु महासंघले चर्काएको थियो। यस पटक भने हाम्राकुरा डट कमले राखेको एउटा सामाग्रीपछि स्थानीय समुदायको एउटा संस्थाले विवाद चर्काउन खोज्दैछ। सुदीप वालाले बनाएको भनिएको यो आर्टमा कुमारीको निधारमा उल्टोबाट ‘पुरुषहरुको लागि परिवार नियोजनको भरपर्दो अस्थायी साधन’ लेखिएको स्टिकर छ। बिहीबार प्रहरीले म्युजियम पुगेर सो आर्टबारे जानकारी लिएको द सिटी म्युजियम काठमाडौँले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

kumari

कसरी सुरु भयो विवाद ?
बिहीबार साँझ ६ बजे आफूलाई नेवाः देय दबुका अध्यक्ष बताउने नरेश ताम्राकारले सिटी म्युजियम काठमाडौँका डाइरेक्टरलाई मोबाइलमा फोन गरेर माफी नमागे भौतिक आक्रमण गर्ने चेतावनी दिए।

अप्रिल ६ देखि २१ तारिखसम्म भएको Urban Myths 3 exhibition यो म्युजियममा भएको थियो र यसमा सडक कलाकारहरुको अन्तर्राष्ट्रिय समूहहरुले आफ्ना आर्ट प्रदर्शन गरेका थिए। त्यसैमा एउटा आर्ट थियो ‘कुमारी’।

यो आर्टमा कुमारीको निधारमा हुने रातो टीकालाई कन्डमको प्याकेट बनाइएको छ। त्यसमा उल्टोबाट ‘पुरुषहरुको लागि परिवार नियोजनको भरपर्दो अस्थायी साधन’ लेखिएको छ।

प्रदर्शनी सुरु भएर सकिसकेको पनि थियो। प्रदर्शनी सकिएको भोलिपल्ट हाम्राकुरा डट कमले जीवित ‘देवी कुमारीको निधारमा कण्डोमको विज्ञापन!’ शीर्षकमा बुधबार सामाग्री प्रकाशन गर्‍यो। हेर्न यहाँ क्लिक गर्नुस्। त्यसैलाई मानिसहरुले सोसल मिडियामा सेयर गर्न थालेपछि यो खबर फैलियो।

बुधबार दिउँसो नै म्युजियमको ग्यालरीमा प्रहरी अधिकारीहरु आएर त्यो आर्ट देखाउन भने। उनीहरुले स्थानीय समुदाय यो आर्टका कारण क्रुद्ध भएको र भिड त्यता आउन सक्ने भन्दै आइहालेमा सम्पर्क गर्न फोन नम्बर पनि दिएर गए। उनीहरुले म्युजियमका डाइरेक्टर र आर्टिस्टको पनि जानकारी लिएर गए। उनीहरुले त्यो आर्टलाई लुकाएर राख्न पनि सुझााव दिए।

त्यही साँझ ताम्राकार र म्युजियमका डाइरेक्टरबीच नौ मिनेट लामो मोबाइल कुराकानी भयो जसमा उनले कलाकारहरुले कन्डमको विज्ञापनमा कुमारी प्रयोग गरेकोमा कलाकारले र त्यसलाई प्रदर्शन गरेकोमा म्युजियमले माफी माग्नुपर्ने माग गरे। औपचारिक रुपमा माफी नमागिए क्रुद्ध मेरो समुदायका मानिसले के गर्छन् थाहा छैन भनेर उनले भने।

म्युजियम डाइरेक्टरले त्यो कन्डमको विज्ञापन थिएन भनेर सम्झाउँदै कलाकारले कुमारीको चित्रलाई कलात्मक रुपमा प्रस्तुत गरी त्यसको माध्यमबाट लैङ्गिक विभेदबारे प्रश्न उठाउन खोजेको बताए।

तर उनी मान्न तयार भएनन्। माफी माग्ने र त्यसलाई मिडियामा छपाउनु पर्ने अडान उनले राखे।

शुक्रबार इन्द्रजात्रा समितिका प्रतिनिधिहरु पनि म्युजियममा आई यसबारे छलफल गरे। कमिटी सदस्यहरुले कुमारीको आर्टबाट कन्डमको त्यो भाग निकाल्न र माफी माग्न अनुरोध गरे। म्युजियम डाइरेक्टरले हाम्राकुरा डटकमले नेपाली समाजमा रहेको कठिन प्रश्न उठाउन कुमारीको चित्र प्रयोग जस्ता हेडलाइन राखेको भए, जुन कलाकारको वास्तविक आशय पनि थियो, त्यस्तो भएको भए उहाँहरुको प्रतिक्रिया फरक हुने कुरा बयान गरे। उनले धम्कीका कारण कलाकारको बारेमा जानकारी दिन अस्वीकार पनि गरे।

के छ सिटी म्युजियम काठमाडौँको आधिकारिक धारणा ?
म्युजियमले आज विज्ञप्ति प्रकाशित गर्दै आफ्नो यस्तो धारणा सार्वजनिक गरेको छ-

City Museum Kathmandu’s Position:
City Museum Kathmandu is sorry that a community or a political group found the art disrespectful and took offense to it. We also understand the unintended offense the Indra Jatra Committee might have felt. To disrespect any individual or group was neither the artist’s intent, nor the Museum’s. However, City Museum Kathmandu stands by the artistic integrity of the artist in question and is committed to the cause of a free society where artistic expression does not come under physical attacks and threats. As such, we remain true to our commitment of being a space of uncensored creative and artistic expressions, a space that uses art to raise difficult questions about ourselves as individuals, or community.

City Museum Kathmandu condemns threats of violence, as well as the headline used by HamraKura.com for the sake of sensationalism, fully aware of its inaccuracy. The City Museum condones the use of condoms for safe sex and to prevent pregnancy.

सिटी म्युजियमले कुनै समुदायलाई यो आर्ट अपमानजनक लागेकोमा दुःख छ। कुनै व्यक्ति वा समूहको अपमान गर्नु न कलाकारको न म्युजियमले चाहेको थियो। कलाकारको स्वतन्त्रताको म्युजियम सम्मान गर्छ। कलात्मक अभिव्यक्तिमाथि भौतिक आक्रमण र धम्की हुन नहुनेमा म्युजियमले जोड दिन्छ। म्युजियमले हिंसाको धम्की दिने हाम्राकुरा डट कमले सनसनी मच्चाउन राखेको शीर्षकको भर्त्सना गर्छ।


यसअघि काठमाडौँको जमलको भित्तामा कुमारीको चित्र कोरी माथिपट्टी रेप मी लेख्दा भने कसैलाई वास्ता भएको थिएन।

तपाईँको धारणा?

माथिको ब्लगमा तपाईँले पूरै घटनाक्रम पढिहाल्नुभयो। यसमा तपाईँको धारणा के छ ? कलाको सम्मान ? कलाकारको स्वतन्त्रता? कि कुमारीको अपमान? आफ्नो विचार तल कमेन्टमा राख्नुस्।


तीन वर्षअघि विवादमा आएको आर्ट सुपर काली। त्यतिबेलाको ब्लग पढ्न क्लिक गर्नुस्।

16 thoughts on “‘सुपर काली’पछि ‘कुमारी’ : नेपालमा पनि निम्तियो कला विवाद”

  1. HarataraH says:
    April 26, 2015 at 8:39 pm

    “कलाको सिमा हुन्न, भाषा पनि” सबैले सुन्नु, बुझ्नु! मगजमा के-के खेल्छन कमसेकम रंग र छाया त बनियो, उतारियो, तपाई कमेन्ट गर्नेले चै के-के गर्नु भो..??? नत्र आफ्नै अनुहार टुडाल तिर, मन्दिर नेर, बुक, फिल्म आदि study plz . होइन भने नेगेटिभ सोचेर हेर्यो भने हामीले पोजिटिभ कहिले, कहाँ भेट्ने?

    Reply
  2. Karma Ten says:
    April 26, 2015 at 7:04 am

    नेपाल को अहिलेको अबस्था भनेको बिदेशबाट योजनाबद्ध रूपमा पठाईएका – धार्मिक आतंककारिहरू द्वारा मनोवैज्ञानिक लडाईं को रूपमा नेपालिहरू लाई नयां दास बनाऊन चालिएको अपराधिक ॠङ्खलाको निरन्तरता हो।
    यसरि, लेख्ने र बोल्ने स्वतंत्रता को दुरूपयोग गर्ने बिरूद्द नागरिक समाज, प्रशासन, र संचार माध्यम हरूले गहन जिम्मेवारी लिनु पर्छ र यस्ता बलात्कारी, र राज्यद्रोह गर्ने प्रबिर्ति बिरूद्द कडा रूपमा प्रस्तुत हुनु पर्दछ।
    र अन्तयमा, यो कुमारि आामा लाई यस्तो निच रूपमा प्रस्तुत गर्ने ब्यक्ति, संस्था चलाऊने हरू र आफन्त हरूलाई निरन्तर जन, धन को छ्यति भैरहने छ।
    “अध्यात्मिक बिग्यान” को शक्तिलाई त्यति कमजोर नठान!
    जय कुमारी आमा…

    Reply
  3. Shankar says:
    April 25, 2015 at 9:51 am

    विश्व मा धेरैले मान्ने मुसलमान धर्म को अपमान गर्दा मुसलमान ले ज्यानै समेत लिन्छ तेसैले यी झिंगा ले अपमान गर्नु अगि २ चोटी सोच छन् | अब यो हिन्दु , बुद्दिस्ट अलि सोझा परे तेसैले जे गरेपनि भा छ |

    Reply
  4. xyz says:
    April 25, 2015 at 8:13 am

    The basic problem with some artists in Nepal is that doing some unusual/unconventional things could be a passport to name and fame. Just look at the eccentricities of some artists – the way they dress up, the way they make up.

    Reply
  5. sushil says:
    April 25, 2015 at 7:13 am

    यसरी सोझै कसैको धर्म र आस्था माथि पनि खेलवाड गर्ने हो? तेस्तो पनि कलाकार हुन्छ? आवारा ट्यापेहरुले पाटी पौवाको भित्तामा बनाउने जस्तो चित्र बनाउने पनि कलाकार हुन्छ? अनि प्रोत्साहन गर्ने ग्यालरी पनि उस्तै. कस्तो चित्रलाई कला भनिन्छ त्यती पनि थाहा हुदैन? कुमारी ज्युदै छ, उसैको टाउकोमा कन्डम बनाउने? यो कलाकार कुन समुदायको हो भनेर भनिराख्न नपर्ला, त्यो चित्र(?) नस्ट गर्नुपर्छ र कलाकार भनाउँदोलाई सजाय हुनैपर्छ.

    Reply
  6. टेक राज तिमल्सिन says:
    April 25, 2015 at 4:36 am

    यो कलाकार है न कुलंगार हो । सन्न सन्नी फैलाएर चर्चा मा आउन खोज्ने दुस्प्रयास मात्र हो यो । यो जस्तो मान्छेले नै हो घार्मिक सहिस्नुता भड्काउने । कति नै सिर्जनात्मक भएँ भन्ठानेको होला ।

    Reply
  7. Ratan says:
    April 25, 2015 at 2:40 am

    त्यो चित्र बनाउने चित्रकार जी (सरि, म तिमीलाई कलाकार भन्दिन ल); अर्को पल्ट तिम्रो नया सृजना कलाकृति तिम्रो आफ्नै आमाको फोटोमा आर्ट गरेर देखाउनु ल प्लिज | आमाको फोटोमा सुहाएन भने तिम्रा दिदी र बहिनीहरुको फोटोको छातीमा कोरेर देखाए झन् राम्रो देखिन्छ होला | हाम्रो कुमारी देवी वा अन्य कुनै हिन्दू, बौद्ध, मुस्लिम, इसाई वा जैन धर्म मान्ने महिला वा पुरुषको कार्टून बनाउने दुस्शाहस नगर्नु | चार्ली एब्ड़ो जस्तो बन्न खोजेको होला, नेपालमा त तिमीजस्तालाइ रामे धुलाई दिन मान्छे मात्रै हो र, गाइ, गोरु, हाती, गैंडा कुखुरा जो पनि आउने छन् नि ….कता भाग्ने ?

    Reply
  8. Rohini says:
    April 25, 2015 at 12:45 am

    राम्रो लागेन मलाई | यो छाडा भयो |

    Reply
  9. kedar says:
    April 25, 2015 at 12:09 am

    सामाजिक दायित्व बिनाको स्वतन्त्रता भो मलाइ चाहिएन, पुगो | धेरै खाए पछी तितो भएको गुण जस्तै भैसको प्रजातन्त्र र लोकतन्त्र त मलाई |

    Reply
  10. hari har sharma says:
    April 24, 2015 at 10:48 pm

    साले ले अति गरे / त्यो नेवा मोर्चा ले जे गरेनी मेरो समर्थन छ /

    Reply
  11. तेजप्रसाद अधिकारी says:
    April 24, 2015 at 10:33 pm

    आफ्नो स्वतन्त्रता र अधिकारको उपयोग गर्दा कुनै अरु समुदाय को आस्था मा प्रहार गर्नु भएन नि, जानेछु भन्दै जे पायो त्यो बनाउनु कलाकारिता होइन मुर्खता हो । तुरुन्त सच्च्याएर माफी पनि माग्नु पर्दछ भन्ने मेरो बिचार…

    Reply
  12. बशन्त राज says:
    April 24, 2015 at 9:33 pm

    महादेवले गाजा खयर बहुलापाराले त्रीसुल डमरु अनि बाघको छाला फुकालेर नाग्गै नाच्नुलाई ताण्डब नाच भन्निछ / भगवान क्रिष्णले गोपीनीको लुगा लुकाएर नग्गै गोपीनीलाई हेर्नु क्रिष्णलीला भन्निछ/ भगवान क्रिष्णले सानो छदा गरेको दहि चोरीलाई पनि लिला नै भन्ने गरीन्छ/ अब मैले तेही काम गरे भने चाही म बहुलाएको दिमाग खुस्कियाको मानसिक सन्तुलन गुमाएको भन्दै बाबु आमालाई पिर पर्छ / फ्राचमा गत जनवरीमा मोहमदको कार्टुन बनाउनेले ज्यानै गुमाउनु पर्यो / तिनैले कुनैबेला पोपले कन्डोमको टोपीलागाएको कार्टुन बनाएका थिय/ त्यो कार्टुनलाई लीएर भ्याटीकनपनि रिसएको थियो/ इस्लाम धर्मका संदेश बाहकको १३ ओटी श्रीमती थिय/ १३ औ श्रीमती आईसा ६ बर्षकी थिईन जबकि मोहमदको उमेर साठी थियो / यो बिसयलाई कार्टुन बनाउदा मुस्लिम समाज तुरुन्तै भाडभैलो माच्चाउने गर्छ/ कलाको कुरा गर्दा समाज काल अनि परीबेश विचार गर्नु पर्छ / स्वोतान्त्रताको पनि सिमा हुन्छ / सिमा नागेमा पोखीने अनि विवादमा परिने हुन्छ /

    Reply
    1. ahi says:
      April 25, 2015 at 2:38 am

      इसाई सर , महादेव ले कता नाङ्गै नाचेर ताण्डव भयो भनेर लेखेको chha? कृष्ण ५ बर्ष उमेर मा बल स्वभाब ले लुगा लुकाए/ तिमि इसाई हरु लै धर्म परिबर्तन गराउने कंड पुगी हाल्यो l
      म एक नेवार नभैकन पनि जीवित देवी कुमारी लाइ देवी कै रुप मा हेर्छु र उनि लाइ हृदये देखि पुज्छु l कसैले एस्तो गरेको खण्ड मा एसको निन्दा गर्छु l

      Reply
  13. nimesh, bkk says:
    April 24, 2015 at 9:12 pm

    राम्रो लागेन कलाकारको कला . कलाकारले ” पुरुषहरुको लागि परिवार नियोजनको भरपर्दो अस्थायी साधन’” लेखिएको स्टिकर” कुमारीको निधारमै लेख्नु र कुनै कम्पनि को लोगो समेत राख्नुले कलाकारको नियत आफ्नो श्रीजना देखाउनको लागि त्यसो गरेको होला भन्नेमै शंका गर्ने ठाउँ धेरै देखिन्छ . के अरु कुनै कतै लेख्न ठाउनै नदेखेको हो त, श्रीजना भन्दै जे पायो त्यो गर्नु जायज हैन . नियत राम्रो लागेन

    Reply
  14. nimesh, bkk says:
    April 24, 2015 at 9:03 pm

    राम्रो लागेन कलाकारको कला . कलाकारले ” पुरुषहरुको लागि परिवार नियोजनको भरपर्दो अस्थायी साधन’” लेखिएको स्टिकर” कुमारीको निधारमै लेख्नु ठिक लागेन . के अन्त कतै लेख्न ठाउनै नदेखेको हो त, श्रीजना भन्दै जे पायो त्यो गर्नु जायज हैन .

    Reply
  15. क्षीर ध्वज says:
    April 24, 2015 at 8:56 pm

    नागरिक चेतनाको लागि कुमारीको तस्बिर नै प्रयोग गर्नु पर्ने जरुरत के छ ? त्यो कलाकार भनौदाले अरु कुनै राम्रो मध्यमबाट पनि उक्त सन्देस दिन सक्थ्यो ……… कस्तो निच तथा संकीर्ण बिचारको पशु हो त्यो अनि तेस्तै museum वाला पनि | आफ्नै आमाको बेज्जत गर्न पछि नपर्नेहरु …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme