काठमाडौँमा १२ बज्नुअघि महाभूकम्प आउँदा म बाटोमा थिएँ। म सुरक्षित छु। धरहरा फेदैदेखि ध्वस्त छ। वसन्तपुरमा थुप्रै मन्दिर ध्वस्त छन्। काष्ठमण्डपमा पुरिएकाहरुलाई निकाल्न केही समय उद्दार कार्यमा पनि सलग्न भएँ। तर जगैदेखि पुरिएको के निकाल्न सक्नु। काठहरुमात्र निकाल्न पायौँ। धेरै मान्छे मरेका छन् वीर अस्पतालबाहिर सडकमा मान्छे छन्। अघि भोटाहिटीमा आठ वटा लाश देखेँ वीर अस्पतालमा ५४ लाश।
म अरु अपडेट गर्न सक्ने अवस्थामा छैन ट्विट हेर्नुहोला। त्यो पनि ब्याट्री सकिन लागेको छ।
नेपालमा अहिलेको महाभुकम्पको मौका छोपी गलत हल्ला कुराको हल्ला फैलाई मौका छोप्ने अबसरवादी, यती बजे फेरी भुइचालो जान्छ भनेर तपाईंहरुलाई तर्साएर तपाईंको घरमा चोर्न पनि सक्छ । लुतपाट,बलात्कार,डकैतहरुको घटना पनि हुन सक्छ त्यसैले जो पायो त्यस्को कुराको पछी नलागी सहजका साथ साबधानी अपनाउनु होला ।