Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वैशाख १ मा मात्र फूल्ने फूल? विज्ञ भन्छन् ‘वाहियात’

Posted on April 22, 2015 by Salokya

newyear यो वर्षमात्र होइन पछिल्ला केही वर्षदेखि हरेक वैशाखको पहिलो दिन मिडियामा एउटा समाचार आउने गर्छ- नयाँ वर्षको पहिलो दिन मात्र फूल्ने अनौठो फूल फूल्यो। फूल हेर्न हजारौँको भिड।

के साँच्चै यस्तो पनि फूल हुन्छ होला? के वैशाख १ गते मात्र फूल्ने फूल वैज्ञानिक हिसाबले संभव छ? यसबारेमा वनस्पति विज्ञरुलाई सोध्दा उनीहरुले भने, वाहियात !

तर विज्ञान र विश्वास फरक कुरा हो। विश्वासले जितेरै वैशाख १ मा सयौँ पुगे सिराहाको सलहेश फूलबारीमा। यस्तो रहेछ विश्वास-

11137064_959653587398630_1372970887_n

विक्रम् सम्बत १३२५ मा सिराहा जिल्लाको महिसोथा राज्यको राजा सलहेश थियो। राजा सलहेश र कुशमा अर्थात फूलबारीकी मालिनीबीच प्रगाढ प्रेम थियो। तर राजा सलहेशको पारिवारिक कारणले एक अर्कालाई ह्दयदेखि मन पराएको भएपनि सलहेश र कुशमाबीच बिहे हुन सकेन। राजा सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रुखमा फूलको माला भएर देखा पर्ने भनेपछि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको पहिलो दिन सो रुखमा मालिनी माला भएर देखा पर्ने गरेको विश्वास छ।

सलहेश फूलबारी लाहानको मेन चोकदेखि तीन किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गको दक्षिण भागमा रहेको छ। लाहान नगरपालिका वाड नम्बर ११ र २२ मा पर्ने सलहेश फूलबारी १५ बिघा भन्दा बढीको क्षेत्रफलमा रहेको छ। सो क्षेत्रमा बाक्लो जंगल र त्यो जंगलभित्रको बीच भागमा मालिनीको मन्दिर रहेको छ।

के हो वैज्ञानिक आधार?
unnamed (3)यस फूलको बारेमा विभिन्न मिडियामा समाचार आएपछि हिमालय बोटानिस्ट भन्ने वनस्पति शास्त्रका विद्यार्थीहरुले सञ्चालन गरेको फेसबुक पेजमा पोस्ट गरिदिए साथी उत्तमबाबु श्रेष्ठले। त्यहाँ वनस्पति शास्त्र पढेका र वनस्पति पहिचान गर्न सक्नेहरुसहित १३ जनाको कमेन्ट आयो र धेरैले यसको वैज्ञानिक नाम ठहराए Dendrobium aphyllum

उत्तमले त्यसपछि वनस्पतीहरुको तथ्यांक आवधिक गरिएको विभिन्न डाटाबेसहरु हेरिसकेपछि यो वनस्पतिको नाम Dendrobium aphyllum भन्ने लगभग किटानी भयो।

यो वनस्पती सुनाखरी परिवार (Orchidaceae) मा पर्छ। यो वनस्पतिलाई विलियम रोक्सवर्गले पहिलो पटक पहिचान गरी प्लान्ट्स अफ द कोष्ट अफ कोरोमाण्डल भन्ने पुस्तकमा सन् १७९५ मा प्रकाशित गरेका थिए।

रोक्सवर्गले कोरोमेन्डल कोष्टबाट यो वनस्पति संकलन भएको उल्लेख गरेका छन् जुन भूभाग भारतको दक्षिणपुर्व समुद्री तटमा बंगालको खाडी र पूर्वी घाट बीचमा पर्छ।

शुरुमा रोक्सवर्गले यसको नाम Limodorum aphyllum राखेका थिए तर पछि यसलाई वर्गसँग मिल्ने भएकोले यसको नाम राखे अर्का वनस्पतिशास्त्री फिस्चरले। यो वनस्पतिशास्त्रमा सामान्य प्रचलन हो।

यो वनस्पति प्रायः सुनाखरी परिवारका अन्य सदस्यहरु जस्तै अरु वनस्पतिहरुको सहारामा (Epiphyte) हुर्कन्छ। यो नेपाल बाहेक भुटान, वर्मा, चीन, थाइल्याण्ड, लाउस, कम्वोडिया, भियतनाम र मलेसियामा पाइन्छ। सामान्यतया १०० मिटरदेखि १६०० मिटरसम्मको उष्ण भूभागमा यसलाई पाइएको छ। यसलाई कतिपय ठाउँमा हरितगृहभित्र खेती पनि गरिएको छ।

यसको फूल आर्कषक हुने भएकोले सजावटको लागि प्रयोग गरिन्छ। सुनाखरी परिवारको सम्पूर्ण वनस्पतिहरुलाई साइटिस सन्धिको अनुसूचिमा र यसलाई अनुसूचि दुईमा राखिएकोले यसको व्यापार गर्न पाइँदैन। यो वैशाख १ मा मात्र होइन वैशाखदेखि मध्य जेठसम्ममा फुल्दछ।

त्यो ठाउँमा वैशाख १ मा मात्रै मान्छे गएर हेर्ने भएकोले मात्र त्यही दिनमात्र फूलेको देखेको हुनसक्छ।

7 thoughts on “वैशाख १ मा मात्र फूल्ने फूल? विज्ञ भन्छन् ‘वाहियात’”

  1. Ratan says:
    April 23, 2015 at 3:00 pm

    कुरा सही हो | यो सुनाखरी फूल हो जुन उसलाई पायक पर्ने रूखमा कि आफै उम्रेर फुल्छ कि त्यसलाई रुखमा राखेर उमार्न सकिन्छ | जंगलबारे जानकारहरुलाई यो कुनै अचम्भ होइन | आश्चर्य लाग्छ कि कत्ति धेरै नेपालीहरुले अर्किड रुखमा फुलेको देखेकै रहेनछन | सिक्किमको राजधानी गान्तोकमा वर्षेनी सुनाखरी फूलको मात्रै मेला र प्रदर्शनी राखिन्छ | सयौं प्रकारका सुगन्धित वा वासनाहीन सुन्दर फूलहरु त्यहाँ देख्न सकिन्छ | आसाम, डुअर्स, भूटान, बर्मा, मेघालयका घना जंगलमा बाटै बाट जताततै सुनाखरी फूलहरु केही प्रकारका रुख-हरुमा लटरम्म फुलेको देखिन्छ | नेपालका पहाडी र तराइ जिल्लाहरुमा पनि यस्ता फूलहरु देख्न पाइन्छ | अफसोस के छ भने वनस्पतिको खानी हाम्रो नेपालमा अर्किड बारे थोरै ज्ञान रहेछ, र नर्सरीहरुले पनि यसको व्यवसायिक खेती गर्न सकिरहेका छैनन् | शायद यो प्रकरणले फूलप्रेमीहरुलाई सुनाखरी बारे नया जिज्ञासा र रुचि उत्पन्न गर्न भने सक्यो होला | माइसंसारले पनि रिसर्च नै गर्नु पर्यो यसबारे तथ्य बताउन |

    Reply
  2. Madhav says:
    April 23, 2015 at 10:11 am

    बनस्पतीको सहि पहिचान गर्नु अत्यन्तै कठिन काम हो । अझै त्यसमा पनि अर्किड (सुनगाभा) हरूको सहि पहिचान अझै कठिन काम हो । एउटा तस्वीर हेरेर फेसबुकमा छलफल गरेर सुनगाभा पहिचान भो भन्नु कति तर्कसंगत होला? हो यो प्लान्टको तस्वीर हेर्दा Dendrobium aphyllum संग मिल्दो जुल्दो होला, तर वास्तविकता पहिचान गर्न यसको फूलको मिहिन अध्ययन गर्नै पर्छ । डाटावेस र फोटो हेरेर किटानी भयो नभनौं कि ?

    Reply
  3. Ram Babu Shrestha says:
    April 23, 2015 at 8:06 am

    जसरी भए पनि भारतीय सम्बतलाई नेपालको मौलिक सम्बत बनाउनु िथयो त्यसैले िमडियावालाहरुले यसलाई प्रचार गरेको प्रष्ट छ । जबकि देशको नामले चलेको सम्बतलाई केही प्रचार िबना नै नपालको मौलिक सम्बत हो भन्न नसक्नु िबडम्बना नै हो । िकन देशको नामले चलेको नेपाल सम्बतलाई सजिलो तरिकाले चलाउन नसकेको हो । देशको नामले चलेको सम्बत राम्रो िक भारतीय सम्बतलाई जबर्जस्ति नेपालको मौलिक सम्बत भनी िचच्याइ रहनु राम्रो ?

    Reply
  4. Rohini says:
    April 23, 2015 at 3:24 am

    फुल तेही दिन बिहान फुलेर बेलुका झर्नुपर्यो, फुलको प्रकृति हेर्दा त्यो असम्भब छ |

    Reply
  5. Siddhi says:
    April 23, 2015 at 12:29 am

    मलाई पनि यस्तो कुरा मा विश्वास लाग्दैन. त्यस दिन मात्र मान्छे गएकोले अरु दिन फुल्ने थाहा नभएको होला भन्नु भन्दा प्रत्येक वर्ष यस्तो हल्ला हुने भएपछी बनस्पति सास्त्री २-४ दिन अगाडी देखि २-४ दिन पछाडी सम्म बसेर फोटो विडियो खिचेर प्रमाणित गरे हुन्थ्यो नि

    Reply
  6. Suraj Maskey says:
    April 23, 2015 at 12:16 am

    म त्यस क्षेत्रमा केही बर्ष काम गरे र एक पटक बैशाक १ गते फ़ुल फुलेको देखे तर अरु बेला फ़ुल फुलेको छ कि छैन कहिले अवलोकन गरिन् । आगामी २०७३ बैशाक १ गते भन्दा एक सात अघि र पछि लोहान नजिकको सहलेस फुलवारीमा त्यो रुख़ अवलोकन गरे स्पष्ट हुन्छ ।

    सुरज मास्के
    नेपालगंज
    नयॉ मुलुक

    Reply
  7. Shankar says:
    April 22, 2015 at 11:45 pm

    यो कसैकी कपाल झरेकी प्रेमिका छन् भने, झ्यापै एक झुप्पो नै लगेर टाउको मा राखिदिनु
    त्यो दिन लब बेस्करी बढ्ने छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme