Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चोलीभित्र के होला गीतमा नाच्नेलाई राष्ट्रपतिको हातबाट ‘जनसेवाश्री’ पदक

Posted on April 20, 2015April 20, 2015 by Salokya

star-film-poster ‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला?’ बोलको चर्चित गीतमा नाच्ने नायिका सुमिना घिमिरेले राष्ट्रपति डा. रामवरण यादवबाट ‘जनसेवाश्री’(पञ्चम श्रेणी) विभूषण पाएकी छिन्। राष्ट्रपतिको हातबाट यस्तो विभुषण पाउने उनी एक मात्र चलचित्र कलाकार हुन्।

घिमिरे लगायत विभिन्न व्यक्तित्वलाई विभुषण दिने घोषणा गएको जेठ १५ गतेको गणतन्त्र दिवसमा नै भएको थियो। त्यही घोषणा अनुसार चैत २५ गते दिन लागिएको विभुषण सुशोभन समारोह मिति सर्दै आज हुन पुगेको हो। आज पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि मरणोपरान्त ‘नेपालरत्न’ पदवी प्रदान गरियो।

त्यस्तै ‘महाउज्ज्वल’ (प्रथम) अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व उपप्रधानमन्त्री शैलजा आचार्य (मरणोपरान्त) र पूर्वमन्त्री भीमबहादुर तामाङ (मरणोपरान्त) लाई प्रदान गरियो।

‘उज्ज्वल कीर्तिमय राष्ट्रदीप’ (द्वितीय) बाट चुनावी अन्तरिम सरकारका मन्त्रीहरू माधवप्रसाद घिमिरे, साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्व मन्त्रीहरू ऋद्धिबाबा प्रधान, विद्याधर मल्लिक, माधवप्रसाद पौडेल, शङ्करप्रसाद कोइराला, छविराज पन्त, टेकबहादुर थापा घर्ती, रामकुमार श्रेष्ठ, उमाकान्त झालाई सुशोभन गरियो।

star-film-poster
सबभन्दा अचम्म कलाकारतर्फ नै रह्यो। नाम चलेका कस्ता कस्ता कलाकारलाई छाडेर आइटम डान्समा नाच्ने कलाकार पो विभुषित भइन्।

उनले अभिनय गरेको ‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ निकै चर्चित छ। तपाईँले छुटाउनु भएको छ कि जनसेवाश्री मानपदवी पाउने हाम्री कलाकार सुमिनाको त्यो गीत ? हेर्नुस्-

कलाको माध्यमबाट जनताको सेवा गरेको भएरै त उनलाई राष्ट्रपतिबाट यस्तो पदवी दिइएको होला। हेरौँ उनको अर्को गीत ‘लिउँ मजा, लिउँ मजा’

उनको भाषण कला पनि गजब छ। हालैको एउटा फिल्मी अवार्ड कार्यक्रममा उपाधि जितेपछि उनको भाषण-

उनी साहसी पनि छिन्। जथाभावी लेख्ने पत्रकारलाई उनी आफैले तह लगाउन सक्छिन्। अनलाइनखबरका पत्रकारलाई उनले थर्काएको यस्तो अडियो बजारमा आएको थियो-

जनसेवाश्री पदवी पाएकोमा सुमिनालाई बधाई। लोकप्रिय पात्र चयन गरेकोमा सिफारिश समितिलाई पनि धन्यवाद दिनै पर्ला।

को-को थिए त विभूषण सिफारिश समितिमा?
उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम – अध्यक्ष
सूर्य सिलवाल (गृह सचिव)- समिति सदस्य सचिव
पूर्वसचिव सुशीलकान्त झा- सदस्य
बज्रकिशोर साह- सदस्य
प्राध्यापक पुष्पा श्रेष्ठ – सदस्य
वासुदेव त्रिपाठी – सदस्य
पूर्वन्यायाधीश गोविन्दबहादुर श्रेष्ठ – सदस्य
पूर्वउपरथी डम्बरबहादुर सिंह – सदस्य

समितिका यी सदस्यहरु मध्ये आफैले आफैलाई विभूषण सिफारिश गरेर पाउने को को त ?

एक नम्बरमा गृह सचिव सूर्य सिलवाल नै। उनले सुप्रबल जनसेवाश्री तृतीय पाए। सदस्यहरू सुशीलकान्त झा १४ र पुष्पा श्रेष्ठ २० नम्बरमा यही विभूषण पाउने सूचीमा छन्।

सुमिना किन ?
देशमा थुप्रै कलाकार छन्। तर चलचित्र कलाकार मध्येबाट सुमिनामात्रैको नाम किन पर्‍यो होला त ? योबारे त सिफारिश समितिलाई नै बढी थाहा होला।

एउटा कुरा भने तपाईँलाई थाहा छैन कि।

सुमिना घिमिरे लगायत धिरेन शाक्य, जीवन लुइटेल, आयुश रिजाल, मुकेश ढकाल, विरेन श्रेष्ठसहित १५० जना कलाकार संविधान सभा निर्वाचन अघि हालका प्रधानमन्त्री सुशील कोइरालाको हातबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका थिए। त्यतिबेलाको समाचार पढ्नुस्।

प्रतिक्रिया कस्ता कस्ता ?
पदवी दिने घोषणा हुँदाको ब्लगमा आएका केही प्रतिक्रिया यस्ता थिए-

-पछि मेरो फरिया यति राम्रो छ झन् भित्र के होला भन्ने गीत आयो भने को बाट कसलाई कुन मानपदवी दिने ?
-गीत पनि के के हो अब हुँदाहुँदै चोलीभित्र के छ रे, के छ भन्नेले यो छ भनेर देखाउन सक्नु पर्यो, होइन भने के को फुर्ति लाइराको। आज चोलीभित्र के छ भन्नेले भोलि कट्टुभित्र के छ भन्ने गीत गाउन सक्छन है होसियार!
-‘मेरो चोली यति राम्रो छ, (अब त बाहिर जनसेवाश्री मानपदवी झुन्डिएको छ) झन् भित्र के होला’ ? तर यिनले के तेस्तो जनसेवा गरिन हौ जनसेवाश्री पाउन ?

थप पढ्न क्लिक गर्नुस‌्

‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ गीतमा नाच्नेलाई राष्ट्रपतिले ‘जनसेवाश्री’ मानपदवी दिने

अरु क-कसले के मानपदवी पाए, थाहा पाउन यहाँ क्लिक गर्नुस्।

26 thoughts on “चोलीभित्र के होला गीतमा नाच्नेलाई राष्ट्रपतिको हातबाट ‘जनसेवाश्री’ पदक”

  1. राजन उप्रेती says:
    April 21, 2015 at 10:19 pm

    को खाते भन्नेकुरा थाहा पाउनु टाढ़ा जानु पर्दैन, दुईको सम्बाद सुनेर सजीलै ठम्याउन सकीन्छ ।

    Reply
  2. बिनोद तिमिल्सिना says:
    April 21, 2015 at 5:39 pm

    जनसेवा गरे वापत चै हैन नेता (सेवा)गरे वापत भनेर दिएको होला,नेता पनि त जनता नै हुन नि कुरो यसो मिलाएर बुझौं न!!!

    Reply
  3. Ravin says:
    April 21, 2015 at 3:49 pm

    चोली भित्रको यो सल्लाहाकार मण्डलले हेरेर राम्रो लाग्यो होला नि त

    Reply
  4. gurung kti says:
    April 21, 2015 at 3:49 pm

    सुमिना ले अब फेरी……. “मैले त जनसेवा श्री पदक पाए बाकी कलाकार लाई BETTER LUCK NEXT TIME”…..भनि रुन्चे पारामा भाषण दिनेहोला है …….

    Reply
  5. Ram Bdr Thapa says:
    April 21, 2015 at 11:35 am

    नाच्ने त कलाकार हो / लेख्ने र नचाउने त अरु हुन् होइन र ? सुमिना ले लेखे को गीत हो क्या हो? यदि कुरा नराम्रो हो भने फिल्म बनाउने र निर्देशक को दोष होइन र?

    Reply
  6. लौटन अवधि says:
    April 21, 2015 at 9:52 am

    जनता को नाम मा :
    पाउने ले के के न पाए भनेर गमक्क फुल्या छन् !
    नपाउने ले पाइन भनेर डाको छाड्या छन् !
    जन्मिदै २० हजार को ऋण टाउको मा लिएर जन्मिने मुर्ख नेपाली हो !
    त्यो पाएको पदवी पनि त्येही ऋण को भारि हो !
    नेपाली पनि के भन्नु हे पार्टी का दाश हरु हो –
    पार्टी का बोका हरु हो, छोडुवा राँगा हरु हो
    देश बिगार्न जन्मेका उडुस हरु हो
    गरिखाने नेपाली लाइ जिउदै ट्याक्सी भित्र राखेर जलाउने
    उधोग जलाउने अनि कारखाना जलाउने हरु हो
    तिमि जनता होइन – पार्टी का जडौरी हरु हो
    बुद्धि बिबेक गुमाएका मुर्कुट्टा भुत हरु हो !
    नेपाल बंध – हड्ताल र चक्काजाम गर्ने
    यमदूत का सेना मेना हरु हो !
    नेता का हरुवा चरुवा र हली हरु हो !
    तिमि जनता होइन केवल नेताका रखवाली हरु हो
    तिमि हरु नेपाली होइन केवल नेता का हली हरु हो !
    यो देश मा खोइ जनता ?
    कांग्रेस, एमाले माओबादी अनि खोइ कुन्नि के के बादी !
    जात को बादी त इमान्दार हुन्छ, यो त संसार कै बेइमान बादी !
    कर्मचारी, डाक्टर, इन्जिनियर, पत्रकार सबका सब बादी
    उल्लिखित मुर्कुट्टा हरु को नाङ्गो नाच सबका सब छाडा तन्त्रबादी
    अलि अलि रहलपहल जनता चाही
    इमान जोगाउन पलायन बादी !
    देश को गर अब आफ्नै हात ले बर्बादी
    संसार कै हरितन्नम र मुर्ख हरु को आवादी
    बढाऊ मुर्कुट्टा हरु को आवादी
    बढाऊ पार्टी का दाश हरु को आवादी !
    भिख मागेर बाटो बनाउ –
    त्येही बाटो मा हिडेर रास्ट्रबाद को नारा लगाउ !
    भिख मागेर चामल खाउ
    अनि बल निकालेर – रास्ट्रबाद को नारा लगाउ
    कागज मागेर संबिधान लेख
    भिख को कागज मा रास्ट्रबादि संबिधान लेख
    भिख मागेर गाडी चढ़
    त्येही गाडी मा चढेर रास्ट्रबादि संबिधान बनाउ
    भिख मागेर – देश चलाउ
    अनि रास्ट्रबाद को नारा बुलन्द लगाउ !
    जय मगन्ते रास्ट्रबाद !

    Reply
    1. shristi says:
      April 22, 2015 at 12:39 am

      १००% ठिक कविता
      हामि नेपाली भेडा हौ ,अझै भनौ लड्डु र पेडा हौ
      जसले जता धपायो उतै धप्पिने जसले घास देखाउछ उतै झुप्पिने
      लड्डु र पेडा जस्तै जता गुलियो उतै भुलियो
      संसार भरि जनता बेचेर नेता धनि भएको देश भनेर चिनियो

      Reply
  7. nimesh, bkk says:
    April 21, 2015 at 8:08 am

    देश लुट्नेहरुले मानपदवी पाईरहेको देशमा एउटी कलाकार उफ आइटम डान्समा नाच्ने कलाकार विभुषित भयो त के नै ठूलो कुरो भो त ? यसमा अचम्म मान्नु पर्ने के नै पो छ र ?

    Reply
  8. Durga Adhikari says:
    April 21, 2015 at 7:47 am

    रास्ट्रपति लगायत निर्णायक समितिका सदस्य जिउहरुले चोली भित्रको रहस्य थाहा पाउनुभयो होलानी/ अनि पदक नपाउने कुरै भयन/

    Reply
    1. Binod says:
      April 22, 2015 at 4:57 pm

      जनसेवा श्री चाही दिई हाल्न नहुने सेवा गर्नी के नै गरेको हो र , चोली भित्र के छ भन्नु जन सा हो र

      Reply
  9. Shankar says:
    April 21, 2015 at 7:40 am

    Members of selection committee might have seen ”choli ke pichhe kyaa he? cholike?’ by Madhuri Dixit decades ago.
    Now, when they saw Nepali version of that they thought it worthy of that.

    Reply
  10. अभागी कान्छा गाउँले says:
    April 21, 2015 at 4:07 am

    ऋषि धमलाको पत्रकारिता र सुमिनाले पाएको “जनसेवाश्री मानपदबी” उस्तै उस्तै लाग्यो !
    लाग्छ नेपाली नेताहरुलाई सुमीनाले चोली भित्र के छ भन्ने कुरा खोलेरै देखाई दिएछिन् क्यारे
    यती भए पछी त सक्की गो नि !!!

    मन परे लाइक नत्र डीसलाइक

    Reply
  11. kiran says:
    April 21, 2015 at 3:38 am

    @ bhusan हामी कतिपएको इंग्लिश यिनको भन्दानि कमजोर छ. बिदेशमा अंग्रेजी बोल्नु रहर हैन बाध्यता हो. खैरेहरुले नेपाली बोल्दैनन् (FYI). सुमिनाले जुन कार्यक्रम मा इंग्लिश बोलिन, तेस्मा सबै नेपाली audience थिए. english बोल्नु पर्ने आवस्यकता थिएन. तेसैले हामीले यिनको इंग्लिश को खिल्ली उडाउन पायौ. anyway i dont think you can sell goods to american by speaking nepali

    Reply
  12. कमल says:
    April 21, 2015 at 12:41 am

    राजाको चार खुट्टे राजमा गो द बा पाउनेहरुमा चाप्लुसे, पहुँचवाला, आसेपासे खासे र दरवारका वा दरवारका सम्पर्कका झासेझुसे नै बढी हुन्थे| आम जनताका लागि
    दंगदगी गन्हाएको राजतन्त्र खत्तम भए पनि लोकतन्त्र आएको भन्ने केहि छैन|
    गृहले आफ्नैहरुलाई छाने छन्| सदस्यहरु मध्ये आफैले आफैलाई विभूषण सिफारिश गरेर पाउनेहरुले विभूषण फिर्ता गर्नु पर्यो| शरम पचेकाहरु!

    Reply
  13. Binata says:
    April 21, 2015 at 12:08 am

    If we are trying to teach and introduce Nepalese music video to you children, especially who are living far away from the mother land, we have to think more than 2 times before we open it. I don’t know in which direction we are going, where is our identity? oh God help to educate us to be proud on the we are, not copping others. Everybody know what you have inside or outside, you don’t need to show to others. Please grow up, Don’t be cheap.

    Reply
  14. Anjan says:
    April 20, 2015 at 11:45 pm

    This is good news. We need to learn to respect all artists whoever they are or whatever their role.

    Reply
  15. Raban Manandhar says:
    April 20, 2015 at 9:41 pm

    यस्तै छ जेठा नेपाल मा क्या हर्नु

    Reply
  16. बशन्त राज says:
    April 20, 2015 at 8:15 pm

    यो प्रधान मंत्री को कार्यालयको ईमेल तथा फोन नम्बर हो / एसमा ईमेल पठाएर एस्तो राम्रो काम को प्रसंसा गर्ने गरौ न / =D 😛
    Office of the Prime Minister and Council of Ministers
    Singh Durbar
    Kathmandu, Nepal
    Tel: 977-1-4211000
    P.O. Box: 23312
    Email: [email protected]

    Reply
  17. bhusan says:
    April 20, 2015 at 6:43 pm

    मैले पनि नेपालमा हुदा जाने जति अंग्रेजी यसरि नै निडर भएर नलजाई सबैको सामुन्ने बोल्ने आट गरेको भए आज विदेशमा तोता मैना हुनु पर्ने थिएन. यिनले अंग्रेजी बोलेको भिडिओ एक पटक निक्कै चर्चामा आएको थियो, विदेशको एउटा कार्यक्रममा यिनको भिडिओको चर्चा र यिनको खिल्ली उडाएको दृश्य मलाइ अझै पनि झल्झली याद आउछ….दुखको कुरा त – ति खिल्ली उडाउनेहरु विदेश बसेको १० वर्ष नाघी सक्दा पनि १ लाइन अंग्रेजी व्याकरण मिलाएर बोल्न र लेख्न नसक्ने थिए….स्टोरमा “हाउ यु डुइङ्ग” भनेको भरमा अंग्रेजीमा ज्ञाता हुइदैन.
    यिनीबाट राम्रो कुरा चै सिकौ, यिनको चोली भित्रको कुरो चै हेर्न मन नलागे नहेरु! विभूषण पाएकी रैछिन, योग्य भएर त होला नि!

    Reply
    1. Pawan says:
      April 21, 2015 at 3:38 am

      हामी कतिपएको इंग्लिश यिनको भन्दानि कमजोर छ. बिदेशमा अंग्रेजी बोल्नु रहर हैन बाध्यता हो. खैरेहरुले नेपाली बोल्दैनन् (FYI). सुमिनाले जुन कार्यक्रम मा इंग्लिश बोलिन, तेस्मा सबै नेपाली audience थिए. english बोल्नु पर्ने आवस्यकता थिएन. तेसैले हामीले यिनको इंग्लिश को खिल्ली उडाउन पायौ. anyway i dont think you can sell goods to american by speaking nepali

      Reply
  18. Suraj Maskey says:
    April 20, 2015 at 5:58 pm

    पढनोस्
    अबजस र क्षणिक काममा पदेन अध्यक्ष र सदस्य सचिव बाहेक सबै जन जाति, क्षेत्रीय र मदेसी समुदायका । बाक़ी ९०% भन्दा बढी राजनैतिक नियुक्ति कहॉ हराए जनजातीहरु ।

    गोबिन्द बहादुर यदि भुपू प्रधानन्याधीश हो भने के खान समितिमा बसेको होला ?

    नेपालमा गिरि जा र कोईरा ला रत्न ? भाई नै सरकार नाईके भएको बेला नपाए कहिले हगि ?

    २०३७ बैशाक २० गतेको जनमत संग्रहमा बहुदल हत्या गर्ने सुर्य बहादुर थापाले पनि रत्न पाउन्न भन्न सिकदैन ।

    सुरज मास्के
    नेपालगंज

    Reply
  19. suman says:
    April 20, 2015 at 5:38 pm

    -‘मेरो चोली यति राम्रो छ, (अब त बाहिर जनसेवाश्री मानपदवी झुन्डिएको छ) झन् भित्र के होला’ ? — ha ha ha ha!

    Reply
  20. Suraj Maskey says:
    April 20, 2015 at 5:32 pm

    मनोरन्जन स्वास्थकोलागी फायदाजनक भएर होला ।

    हाँ हाँ हाँ

    सुरज मास्के
    नेपालगंज

    Reply
  21. ekraj says:
    April 20, 2015 at 4:33 pm

    This is the best to redicule about “Jana Sewa Padak”
    This is how event like become joke in themselves.
    The diminishing mean character of Nepalese politics is inflicting everything.
    Look at the judges they appears to be mentally imbalance people who can not distinguish between service to people verse vulgur display.
    There is clear link between these individuals affilition with the corrupt party and the award.

    This complete waste of time. I think this sort of hypocracy and insult to people must be stopped. When state and the government become part of such cheap and mean game it shows their credibility.

    Reply
  22. Shankar says:
    April 20, 2015 at 4:22 pm

    यो बामेको कान्तिकारी चयन हो | बामे भा ठाउमा अरु को के दाल गल्छ ?

    Reply
  23. Ram Babu Shrestha says:
    April 20, 2015 at 3:20 pm

    जनसेवाश्री पद िलन सबैलाई लाजमर्दो हुने भयो र कलाकारले पदको िसफारिसकर्ता र को को छन सबैलाई चोलीभित्रको के रहेछ भनी मजा िदएको हुनु पर्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme