उसको हाँस्ने, बेहोस भएको जस्तो गर्ने जस्ता व्यवहार अलि अनौठो अवश्य हुन्। तर यिनै व्यवहारले उनले मिडिया र समाजको एक तप्काको सहानुभूति आकर्षित गरिरहेको पनि छ। यत्रो जघन्य अपराध गरेर दुई किशोरीलाई जीवनभरीको लागि कुरुप पारेवापत् ठूलोभन्दा ठूलो सजायको माग एक भागबाट आइरहँदा उनले दिएको कारण, उनको हँसिलो अनुहार र अनौठो व्यवहारले समाजको अर्को भागलाई अचम्मसँग एक किसिमले सम्मोहन झैँ गरी उनको अपराधको दोष घुमाउँदो पारामा पीडित किशोरीतर्फ तेर्स्याएको पनि देखिएको छ। र यही स्थितिले उनलाई एक किसिमको ‘मनोवैज्ञानिक पुरस्कार’ दिइरहेकोले उनको व्यवहारले निरन्तरता पाएको तर्क गर्न सकिन्छ।
विद्यार्थी, गुरु र जीवन
डा. अनुपम पोखरेल
सन्दर्भ ‘तेजाब आक्रमणकारी’ जीवन बिक ! माइसंसारका ब्लगर उमेशले मलाई प्रश्न सोध्नुभो, यो व्यक्ति पुलिसले समात्दा पनि हाँस्छ, अनौठो गतिविधि गर्छ, केही अनुमान गर्नुभयो कि ? अर्थात के दुई जना किशोरीहरुलाई तेजाब हान्ने उनी मानसिक समस्या ग्रस्त व्यक्ति हुन् ? यो प्रश्न केलाउने क्रममा म पहिले मानसिक समस्याका कारणले अपराध गर्न पुगेका अरु नै दुई व्यक्तिको विवरण दिन चाहन्छु ।
पहिलो घटना: उसलाई स्किजोफ्रेनिया भनिने मानसिक रोग लागेको थियो। यो एक कडा मानसिक रोग हो। उसो त यो रोग लागेका धेरैजसो व्यक्ति न त खतरनाक हुन्छन्, न बाहिरबाट हेर्दा रोगी जस्ता नै देखिन्छन्। तर ऊ चाहिँ आफूलाई आक्रमण गर्न आयो भन्ने दृढ विश्वासका कारण आत्मरक्षा गर्ने क्रममा एक परिचितलाई चक्कु हानेको अपराधमा अस्ट्रेलिया मेलबर्नको जेलमा परेको थियो।
ऊ केही वर्षअगाडि विद्यार्थी भएर अस्ट्रेलियाको मेलबर्न आएको थियो। ऊ जस्तै सयौँ अरु नेपाली विद्यार्थी झैँ यहाँ ऊ काम र पढाइ जेनतेन गर्दै थियो। केही साथीहरुसँग मिलेर डेरा लिएको थियो। आफन्त भन्ने यहाँ उसको कोही थिएन। कारण त थाहा भएन तर बिस्तारै उसलाई अरुहरुले मार्छन् जस्तो लाग्न थाल्यो। कतै जाँदा अरुले उसलाई हेर्ने, घुर्ने, ऊतर्फ हेरेर हाँस्ने र कुरा गर्ने उसलाई विश्वास नै हुन थाल्यो। केही साथीभाइलाई उसले भन्यो। कसैले उसको कुरा पत्याएनन्। उसलाई साथीहरु पनि उसलाई मार्न खोज्नेसँग मिलेको जस्तो लाग्न थाल्यो। साथीहरुसँग ऊ विवाद गर्न थाल्यो। साथीहरुले डेराबाट निकालिदिए।
उसले गाउँकै दाइहरुको साथ पायो। उसको अरुले मार्छन् भन्ने शंका हटिसकेको थिएन। सिरानीमा तरकारी काट्ने चक्कु राखेर सुत्न थाल्यो। एउटा दाइले उसलाई गाली गरे। ऊ अब मलाई मार्न खोज्ने षड्यन्त्रमा यही दाइ पनि सामेल रहेछ भन्ने निर्णयमा पुग्योझ। अझै पनि उसको सोचाइ र क्रियाकलाप आफ्नै सुरक्षामा नै केन्द्रित थियो। चक्कु लिएर हिँड्न थाल्यो तर कसैलाई चक्कु हान्ने योजना उसले बनाइसकेको थिएन। एक दिन आफू काम गर्ने रेस्टुरेन्ट जाने क्रममा आफूसँगै बस्ने मध्ये एक जनालाई फर्किँदै गरेको देख्दा मार्न आयो भन्ने सोचेर उसले त्यसलाई चक्कु हान्यो।
कुनै पूर्व योजना बिना बीच फुटपाथमा भएको यो घटनापछि ऊ तुरुन्तै पुलिसको फन्दामा पर्यषो। उसलाई ज्यान मारेको मुद्दा लाग्यो। जेलमा पनि उसको कुराकानी उस्तै हुन्थ्यो। तर ऊ अरुभन्दा भिन्न बस्ने र सकेसम्म अरुसँग कुरा नगर्ने कारणले उसको मानसिक अवस्थाबारे कसैलाई जानकारी भएन।
मेलबर्नका महावाणिज्यदूत उसलाई भेट्न नगएको भए शायद् उसको रोगको वास्तविकता बाहिर आउँदैन थियो होला। शायद ऊ अहिले पनि हत्याको कोशिशको अभियोगमा जेलमै हुन्थ्यो होला। महावाणिज्यदूत चन्द्र योञ्जनको पहलमा म उसको जांच गर्न जेलमा गएँ र उसको जाँचपड्तालपश्चात् रिपोर्ट अदालतमा बुझाएपछि उसको जेलमै उपचार सुरु भयो र केही महिनामा नेपाल फर्क्यो।
रोग सुरु मै नचिन्दा उसले आफ्नै रोगको कारणले प्रताडित हुनुपर्यो। रोग बढ्दै गएपछि उसले अरुलाई हानी गर्यो। रोग अझै पनि चिनिएन। शायद् नेपालमै भएको भए रोग चाँडै नै चिनिन्थ्यो। आफन्तले उसको बदलिएको व्यवहार चिन्ने थिए। भाषा र संस्कृतिको जानकार भएका चिकित्सकहरुले उसको रोग शायद् नेपालमा पहिले नै पत्ता लगाउने थिए।
माथिको घटना दुई तीन वर्षअगाडि अस्ट्रेलियाको मेलबर्नमा भएको थियो।
————————————-
दोस्रो घटना: गत हप्ता भने अमेरिकामा नेपाली मूलका भुटानीले सम्भवतः उनको मानसिक समस्याकै कारणले संसारभर तहल्का मच्चाइदिए। अमेरिकी राष्ट्रपति निवासमा बम हान्ने धम्कीले गुरु धिमाल नामका ती व्यक्तिको अहिलेसम्मको विवरण पढ्दा र गुरुले आकस्मिक व्यवस्थाका फोन अपरेटरसँगको संवाद सुन्दा भने उनी कडा मानसिक रोगबाट ग्रसित हुन सक्ने बलियो अनुमान गर्न सकिन्छ।
बसमा यात्रा गर्दागर्दै उनले गरेको संयमित फोन संवाद सुन्दा उनी आफूले भनेको कुरामा पूर्ण रुपमा विश्वस्त भएको बुझिन्छ। त्यस्तै उनले मेरो साथीसँग बम छ, यहाँ आफूसँग बम छैन, तर हामी राष्ट्रपति भवनतर्फ आउँदैछौँ, तपाईलाई खबर गर्न खोजेको, म राष्ट्रपतिसँग कुरा गर्न चाहन्छु, म अल कायदाको सदस्य हुँ आदि कुराहरुलाई एउटै ठाउँमा राखी हेर्दा उसको कुरा व्यवहारमा सामञ्जस्यताको कमी जस्तो पनि सजिलै देखिन्छ।
न्यायाधीशले उसलाई धरौटीमा छाड्नुअघि मानसिक जाँच गराउन भन्नु र आरोपित अपराधको प्रकृतिको तुलनामा धरौटी रकम निकै सानो हुनु र गुरुका साथीलाई बिना धरौटी तारेखमा छाड्नुले पनि न्यायाधीशले गुरुको ‘अपराध’लाई सिरियसली नलिएको बुझिन्छ। गुरुको व्यवहारलाई थुप्रै कोणबाट बहस गर्न सकिएला। तर एक मानसिक रोग विशेषज्ञको नजरबाट हेर्दा सबैभन्दा दुःखलाग्दो कुरा उनले उचित उपचार किन पाएनन् भन्ने हो। उनले जुन मानसिक अवस्थामा बम हान्ने घोषणा गरे त्यो तत्कालै उत्पन्न भएको मानसिक समस्या हुनसक्ने सम्भावना त छ, तर बढी संभावना क्रमिक रुपले रोग बढ्दै गएर भएको या औषधि खान नमानेर यो अवस्थामा पुगेको हुनसक्ने देखिन्छ ।
मैले आफूले राम्ररि नबुझेको केसमा गहिराइमा पुगेर चर्चा गर्न नसके पनि माथि पहिलो उदाहरणमा वर्णित मेलबर्नका विद्यार्थी जस्तै यी अमेरिकामा बस्ने नेपाली मूलका गुरुले पनि मानसिक रोगको कारणले अपराध गर्न पुगी आफू र आफ्नो परिवारलाई अप्ठ्यारोमा पारेको निश्कर्षमा भने पुग्न सकिन्छ।
——————————————
रोग नचिनिएर वा उचित उपचार नभएर नहुनुपर्ने कुरा भनेको बाहेक माथिका उदाहरणहरुका अरु दुई वटा अलि चिन्तित तुल्याउने पक्षहरु पनि छन्।
पहिलो, जब छापामा मानसिक समस्याग्रस्त व्यक्तिले अपराध गरेको चित्रण गरिन्छ, समाजका झण्डै २० प्रतिशतसम्मलाई हुने विभिन्न मानसिक समस्याबाट ग्रस्त व्यक्तिहरुलाई विशेषतः मिडिया र समाजका विभिन्न क्षेत्रका नेतृत्व वर्गका मानसिहरुले नदेखिने गरी डरलाग्दो भन्ने लाञ्छना लगाउन पुग्छन्। त्यसो त मानसिक समस्या भनेर सम्पूर्ण मानसिक रोग बाट पिडित लाई एउटै थान्को मा राख्न मिल्दैन । कसैलाई क्यान्सर लागेको छ भने हामी फलानोलाई शारीरिक रोग लागेको छ मात्र भन्दैनौँ। क्यान्सर नै भन्छौँ त्यो पनि शरीरको कुन भागको किटानसाथ। तर अझै पनि हामी सबै मानसिक रोगलाई उस्तै गरी सम्बोधन गर्छौँ। बास्तविकता के हो भने मानसिक रोग विभिन्न प्रकारका हुन्छन । स्किजोफ्रेनिया र बाइपोलर डिसर्डर कडा मानसिक रोग हुन् ।तर यी धरैजसो कहिल्यै कुनै अपराध गर्दैनन् । डिप्रेसन र आत्तिने रोगी हरुले रोग को कारण अपराध गर्ने त अत्यन्त न्यून हुन्छ ।
दोस्रो, अपराधपश्चात् अलि उट्पट्याङ या अनौठो व्यवहार गर्ने व्यक्तिलाई समाजले मानसिक रोगी हो कि भनेर शंका गर्दा यस्तो व्यक्तिले समाजको सहानुभूतिको फाइदा उठाउन सक्दछ ।
————————————————-
फेरि प्रसंग जीवन विकको।
जीवनको केसमा केही कुराहरुले उसले तेजाब छ्याप्नु कुनै मानसिक रोगको कारणले होइन भन्ने प्रष्ट देखाउँछन। उसमा अत्यधिक रिस, घृणा तथा बदलाको भावना जरुर देखिन्छ। तर ती आफैमा मानसिक रोग हैनन्। जुन नियोजित तरिकाले उनले तेजाब हान्ने काम गरे, त्योभन्दा अगाडि उनले जुन प्रकारले योजनाहरु बनए, शुरुका असफलतापश्चात् पटक पटक योजनाहरु परिमार्जित गर्दै गए र घटनापश्चात जसरी उनी भागे, कडा मानसिक रोग लागेको व्यक्तिले त्यो कुशलताका साथ गर्न सक्ने संभावना भएतापनि अत्यन्त कम हुन्छ।
उनले तेजाब हान्नुको कारण जे दिए त्यसबाट पनि मानसिक रोगको कारणले होइन, बरु घृणा र बदलाको भावनाले रहेछ प्रष्ट भइसकेको छ। अब आयो हिरासतपश्चात्को अमिल्दो व्यवहार। उनको हाँस्ने बेहोस भएको जस्तो गर्ने जस्ता व्यवहार अलि अनौठो व्यवहार अवश्य हुन्। तर यिनै व्यवहारले उनले मिडिया र समाजको एक तप्काको सहानुभूति आकर्षित गरिरहेको पनि छ। यत्रो जघन्य अपराध गरेर दुई किशोरीलाई जीवनभरीको लागि कुरुप पारेवापत् ठूलोभन्दा ठूलो सजायको माग एक भागबाट आइरहँदा उनले दिएको कारण, उनको हँसिलो अनुहार र अनौठो व्यवहारले समाजको अर्को भागलाई अचम्मसँग एक किसिमले सम्मोहन झैँ गरी उनको अपराधको दोष घुमाउँदो पारामा पीडित किशोरीतर्फ तेर्स्याएको पनि देखिएको छ। र यही स्थितिले उनलाई एक किसिमको ‘मनोवैज्ञानिक पुरस्कार’ दिइरहेकोले उनको व्यवहारले निरन्तरता पाएको तर्क गर्न सकिन्छ।
मिडिया र समाजले उनले गरेको अपराध र अपराधको कारणलाई एकै थान्कोमा नराखी निरपेक्ष सोच्ने हो भने गिरफ्तारीपश्चात् उनको विजयको तेज क्रमिक रुपले गायब हुनेछ। भलै उनको हँसिलो अनुहारमा खासै परिवर्तन नआओस्। केही व्यक्तिहरुमा अपराधपश्चात् गल्ती महसूस भई या पक्राउ पश्चात् सजायको प्रकार र अवधिको कारणले उदासीपना आउने हुन्छ। पक्राउ तथा सजाय पश्चात उदास हुनु, रुवाबासी गर्नु र कसै कसैको मानसिक सन्तुलन समेत गुम्नु र पहिलेनै मानसिक रोग को कारणले अपराध गर्नु फरक फरक कुरा हुन् ।
जीवनले आफ्नो गल्तीको गम्भीरता अझै महसूस शायद् गरेका छैनन्। शायद् उनी अझै सहानुभूति पाएर सजाय कम हुने आशा गर्दैछन्। उनको अनौठो व्यवहार सहानुभूति प्राप्त गर्ने प्रकारको बुझिन्छ । तर अहिलेसम्म उनी मानसिक रोगको शिकार भएको नै भन्ने चाहिँ संकेतसम्म पनि छैन।
डा. अनुपम पोखरेल अष्ट्रेलिया मेलबर्नमा मानसिक रोग बिशेषज्ञ हुन् ।
Newton, John Nash, Vincent Van Gough, Ludwig von Beethoven, Winston Churchill, Charles Darwin…..All of these great people were diagnosed for mental illness but still they managed to bring their greatness in a planned way.
Thus, the guy we are talking about here might also be mentally ill. There is no evidence that a mentally ill person can not undertake actions in a planned manner.
The medical test must be done to find this out. If he is ill then he needs treatment before he can truly understand what he has done.
And yah… What is this all about “hang him” “kill him”. We might want that, but sometimes we must not let words of hatred come out when justice is at process.
रिस, आवेग र वदलाभावले जीवनले किशोरीहरूमाथी एसिड छ्यापेको भनेबाटै कारण खोज्न बढि समय खर्चिनु पर्ने देखिन्न । एक तर्फबाट हेर्दा उसमा परिपक्वताको अभाव छ, किशोरावस्थाको उद्दण्डता छ भने किशोरीका परिवारको अपहेलनाले पनि बद्लाभावमा किशोरी परेको पनि लुकेको छैन । एक जना पिडितका हकमा त जीवनले पछुतो मानेन र उनीप्रति नै बदला लिन लागिपरेको थियो तर अर्की निर्दोष किशोरीको पिडामा पनि जीवनले अपराधबोध गरि पछुतो नगरेको हो भने जीवन अति क्रुर वा मानसिक रोगी पनि हुन सक्ने सम्भावना रहन्छ । जीवनको यो कर्तुत पहिलो भएकोले पेशेवर अपराधीको जस्तो पछुतो नलाग्ने अवस्थामा आइनपुग्नु पर्ने हो । यौटैकामकालागि उसले पटक पटक प्रयास गरेको छ र उपयुक्त विधि र समय चयन गरी घटना गरेर कुशलता पूर्वक भागेको छ । पत्र पत्रिका पढेर स्केच नमिलेपछि उ बच्नेमा ढुक्क देखिएको छ । यसले अपराध कौशलता देखाउँछ न कि मानसिक रोग ।
नाटकीय स्वभावलाई हेर्दा यो उसको अपरिपक्वता हो । मानसिक रोगी प्रमाणित गरी सजाय छोट्याउन सकिने आशामा यस्तो नाटक गरेको जस्तो छ । जातीय उत्पीडनको उपज ठानेर जीवनको समर्थन वा सहानुभूतिमा पाना रङ्गाउनेहरूले बुझ्नु पर्छ त्यस घटनामा खलपात्रकारुपमा कतै नजोडिएकी युवतिलाई पनि जीवनले सिकार बनाएको छ । कानुनी रुपमा जीवन दोषी हो । उसले गरेको अपराध जघन्य हो । उ मानसिक रोगी हैन यो उसको नाटक हो ।
Throwing acid to innocent is heinous crime. The culprit should be punished. This evidence further gives a critical point to take on caste/ethnicity based social exclusion and the issues of gender-based violence in Nepal.
Of course this guy is a Psycho . But the question is to what extent?
I don’t think he has lost the self control. So he should be punished severely for the betterment of our society.
There should be no excuses at any cost to the cases like this and rape, selling woman and children for prostitution, body parts etc
There can not be better punishment than death penalty to these peoples.
Come on guys! We lost 15,000 good people in 10 years, this man is just a social disgrace,so just somebody shoot this filth and help the society.He deserves execution,hang him, shoot him, kill him.
जस्तोसुकै प्रकृतिको अन्याय भएपनि त्यसको उपचार अर्काको मुखमा एसिड प्रहार गर्नु हुन सक्दैन ।
Without proper Exploration it would not be right to jump to any conclusion. Its completely wrong what he did, and he deserves punishment for that. But one should not judge someone based simply on whats been said in the media. And therefore, there should be a proper psychological analysis before punishments are annouced.
यो लेखमा बाहिर बाट जे देखियो त्यसको बिबेचना गरिएको हो . यदि मानसिक रोग लागेको शंका लागेमा जांच गर्नुपर्ने हुन्छ . तपाई को कुरा ठिक हो . जीवनलाई मानसिक रोग लागेको छ छैन जांच नगरी भन्न गार्हो हुन्छ . तर अहिलेसम्म जे देखिएको छ त्यसको आधारमा चाही मानसिक रोग ले गर्दा उसले न त उसले अपराध गरेको हो भन्ने बुझिन्छ, न त पक्राउ पछि को व्यवहार मानसिक रोग संग सम्बन्धित बुझिन्छ .
दुईटा कुरा:
१) लेखकको विश्लेषण व्यक्तिको अध्ययन भन्दा नि मिडियाको बखानमा आधारित भएकोले वहाको diagnosis त्रुटिपूर्ण भएको |
२) लेखक द्वारा नै बखान गरेको व्यक्तिको चरित्र एक किसिमको मानसिक रोग संग मिल्छ, जसको म यहाँ ब्याख्या गर्न चाहन्न | अपराधीलाइ आफुले गरेको कार्य प्रति पश्चाताप छैन, बरु गर्ब गर्दै छ | यो विभिन्न मानसिक रोगहरु को प्रमुख पाटो हो | स्मरण रहोस सजायको अर्थ त्यति बेला स्पस्ट हुन्छ, जब अपराधीलाई आफुले गल्ति गरेको आभाष हुन्छ | नत्र नौटंकी रचेर समाजमा यस्ता अपराधिक घटना कम हुने वाला छैन |
तपैले भन्न खोजेको के हो ? अपराधी ले गल्ति गरेको आभाष देखायेना अथवा प्रयास्चित गरेन भने भने उसलाई सजाय नगरे पनि हुन्छ ? सिल्ली तर्क नगरम न हउ इन्टरनेट मा लेख्न पाए भन्दै मा !
रबिश्रीजी, अपराधीलाई सजाय नदिनु मैले भनेको छैन | तर सजाय दिनु भनेको कुनै अपराध गरेकोले त्यसको बदला लिनु होइन | पहिले अपराधीको मानसिक उपचार गरेर आफ्नो गल्तिको बोध गराउनु, अनि त्यसपछि मात्र सजाय दिनु भनेको हु | लेख्न पायो भन्दैमा कुरै नबुझी तपाई पनि गिदी गोजीमा हालेर नलेख्नु न हो !
BeEnlightened जी
“अपराधीलाइ आफुले गरेको कार्य प्रति पश्चाताप छैन, बरु गर्ब गर्दै छ | यो विभिन्न मानसिक रोगहरु को प्रमुख पाटो हो |”
यो मिलेन | पश्चाताप नगर्नु र अपराध प्रति गर्व गर्नु PSYCHOPATHIC PERSONALITY को सूचक हो | यो मानसिक रोग होइन | SCHIZOPHRENIA र BIPOLAR DISORDER मा पनि पश्चाताप नहुन सक्छ | तर जीवनमा यी दुवै रोगका लक्षन छैनन् | उसलाई डिप्रेसन भएको हुन त सक्छ तर डिप्रेसन मा पश्चाताप हुन्छ | डिप्रेसन भएको मान्छेले बरु आफै आत्महत्या गर्छ अरुलाई मार्ने या हानि गर्ने सम्भावना अत्यन्त कम हुन्छ | अरुलाई हानि गरेपनि त्यसपछि उसले आफै आत्महत्या गर्न खोज्छ, जीवनले जस्तो चतुर्याई पुर्बक भाग्दैन | SCHIZOPHRENIA र BIPOLAR DISORDER मा उपचार गरेपछि गल्ति बोध गराउन सकिन्छ तर PSYCHOPATHIC PERSONALITY मा सकिन्दैन | अहिलेनै जीवनमा PSYCHOPATHIC PERSONALITY भनेर diagnosis गरिहाल्न मिल्दैन, तर उसको व्यवहारले PSYCHOPATHIC TENDENCY छ भन्ने देखिन्छ |
आकाशजी, मैले भन्न खोजेको रोग schizophrenia, depression, bipolar disorder, or psychopathic disorder कुनै होइन | तपाईहरु सबैले यौटा खतरनाक रोग चाही छुटै राख्नु भाको छ, जसलाई विश्व भरि मानसिक रोग को मान्यता छ| तपाइको लागि यो अपराधीको मानसिक रोगको लख्क्ष्णहरु पहिले टिपौं:
१) छोडेर जाला भन्ने अपराधीको डर
२) अपराधी मनभित्रको मानसिक अस्थिरता
३) आफु सहि, अरु गलत भन्ने अपराधीको सोच
४) अपराधीको out of control impusivity (further analysis necessary for this point)
५) रीस आफ्नो काबु भन्दा बाहिर, रिसाए पछि जे पनि गर्न नचुक्ने
६) अस्ति पत्रकार सम्मेलनमा नाटक गरेको जसरी बेहोस भाको (dissoziative symptom)
यी कुराहरु ICD 10 ko F60.31 मा ब्याख्या गरिएका छन् | आफै पढ्नुहोला |