एक महिनाअघि मात्रै ८८ औँ जन्मदिन मनाएर उपचारका लागि भारत गएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन बुधबार राति उपचारकै क्रममा त्यहीँको अस्पतालमा भयो। नयाँ पुस्तालाई उनको बारेमा त्यति थाहा नहुन सक्छ। हरेक व्यवस्थामा फिट हुने नेता थिए उनी त्यसैले त राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको पालामा समेत उनी प्रधानमन्त्री भए पाँच पाँच पटक। पञ्चायतकालमा, पञ्चायत र बहुदलको संक्रमण कालमा, २०४६ सालमा बहुदल आइसकेपछि र ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि। गणतन्त्रमा मात्रै उनी प्रधानमन्त्री हुन बाँकी थियो।
राजा महेन्द्रको शासनकालमा पञ्चायत व्यवस्थामा सुधारको माग गर्दै जेल जाने र अनशनसमेत बस्ने काम गरेका उनले राजदरबार र सिंहदरबारबाट चल्दै आएको दोहोरो शासनको समाप्ति हुनुपर्ने माग गरेका थिए। पत्रकार किशोर नेपालको भाषामा उनी निर्दलीय पञ्चायत व्यवस्थाका उदारवादी र दबङ्ग नेताका रुपमा परिचित थिए। नेपालको पुस्तक “मेरो समय” मा थापाबारे उल्लिखित सात प्रसङ्ग प्रस्तुत छ।
-किशोर नेपाल-
जेल जाने, अनसन बस्ने र दोहोरो शासन अन्त्य माग गर्ने थापा
राजाले जनमत सङ्ग्रह घोषणा गरेको एक साता नबित्दै निर्दलीय व्यवस्थाका उदारवादी पञ्चका रुपमा परिचित सूर्यबहादुर थापालाई प्रधानमन्त्री नियुक्त गरेका थिए भने जनमत सङ्ग्रह गराउने दायित्व पाएका थिए सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश भगवतीप्रसाद सिंहले । सिंह लामो समयसम्म न्यायसेवामा रहेका राजभक्त नेपाली मधेशी हुनुहुन्थ्यो । चुनाव आयोगका प्रमुखका रुपमा पक्ष र प्रतिपक्षको दुवै समूहमा उहाँकोे नाम खासै विवादास्पद थिएन । बहुदल पक्षका केही व्यक्तिहरुले उहाँको राजभक्ति र राजपरिवारप्रतिको निष्ठाका कारण जनमत सङ्ग्रहमा उहाँबाट पक्षपात हुने आशङ्का नगरेका होइनन् । तर, उहाँका नाममा कसैले पनि त्यति गम्भीर विवाद उठाएन।
सूर्यबहादुर थापाको नियुक्तिको भने सबै पक्षबाट कठोर आलोचना भएको थियो । राजा महेन्द्रको शासनको उत्तराद्र्धतिर पञ्चायत व्यवस्थामा सुधारको माग गर्दै जेल गएको र अनशनसमेत बसेको घटनाले उहाँको उदारवादी पञ्चको छविलाई स्थापित गरेको थियो । पञ्चायतभित्रै रहेर थापाले नेपालमा द्वैध शासनको अन्त्य गरिनुपर्ने नारा दिनुभएको थियो । साङ्केतिक रुपमा प्रयोग गरिएको द्वैध शासनको अर्थ थियो— राजदरबार र सिंहदरबारबाट चल्दै आएको दोहोरो शासनको समाप्ति । थापा सिंहदरबारलाई शक्तिकेन्द्रका रुपमा स्थापित गराएर राजाको नेतृत्वमा चलेको निर्दलीय पञ्चायतलाई वैधानिक रुपमा नै राजनीतिक पद्धतिका रुपमा स्थापित गराउन चाहनुहुन्थ्यो । राजालाई सम्पूर्ण शक्तिको स्रोत बनाउने र शक्तिकेन्द्रका रुपमा राजदरबारको भूमिका निष्क्रिय बनाउने थापाको यो परिकल्पना कम्युनिस्ट पद्धतिको दक्षिणपन्थी प्रयोग जस्तै थियो । फिलिपिन्स, दक्षिण कोरिया लगायत समकालीन विश्वका गैरकम्युनिस्ट देशहरुमा त्यति बेला प्रचलित शासनको नेपाली रुपान्तरण ।
प्रधानमन्त्री पदमा थापाको नियुक्तिपछि नेपाली राजनीतिको चुरो बुझेका प्रतिपक्षी नेताहरुले जनमत सङ्ग्रह निष्पक्ष नहुने र यसको परिणाम राजाका पक्षमा जाने ठहर गरिसकेका थिए । जनमत सङ्ग्रह घोषणापछि बहुदलीय पक्षको प्रचार–प्रसारका सिलसिलामा वीरगन्ज लगायत तराईका क्षेत्रहरुको भ्रमणमा निस्किनुभएका गणेशमान सिंहसँग हेटौ“डामा वामपन्थी र पञ्चहरुको गठबन्धनले बेइज्जती र अपमानपूर्ण व्यवहार गरेको थियो । देशभरि नै बहुदल पक्षका समर्थकहरुका विरूद्ध आक्रमणको सिलसिला चलेको थियो।
जनमत सङ्ग्रहको घोषणा र मतदानका लागि तोकिएको एक वर्ष लामो समयका कारण मानिसहरुका मनमा जनमत सङ्ग्रह निष्पक्ष नहुने कुरा बलियो हु“दै गएको थियो । जनमत सङ्ग्रह घोषणाको तीन महीनाभित्र चुनाव भएको भए बहुदल पक्षको जित भइसक्ने अनुमान गर्नेहरु कम थिएनन् । थापाको नेतृत्वमा सरकारको गठन अन्तरिम समयका लागि गरिएको हो भन्ने प्रसङ्गवश बुझिए पनि व्यवहारमा यसको स्वरुप नियमित सरकारको जस्तै थियो । थापालाई निर्दलीय व्यवस्थाभित्रका सुधारवादी–उदारवादी, काङ्ग्रेसभित्रका समर्पणवादी र सहमतिवादी, थकित–गलित र पराजित मानसिकता भएका सबै थरी राजनीतिक व्यक्तिहरुको समर्थन थियो । व्यक्तिगत रुपमा विरोधी र समर्थक सबै पक्षका राजनीतिक नेता र कार्यकर्ताहरुसँग सुमधुर सम्बन्ध राख्ने र परिआएका बेला मन खोलेर सहयोग गर्ने गुण थियो थापामा । निर्दलीय पञ्चायत व्यवस्थाको शीर्ष कार्यकर्ताका रुपमा स्थापित भएदेखि नै थापाले देशको कर्मचारी तन्त्रभित्र आप्mनो पकड मजबूत बनाउनुभएको थियो । कर्मचारी तन्त्रभित्रका पढे–लेखेका महङ्खवाकाङ्क्षी व्यक्तिहरु र आफन्तहरुलाई सहयोग गर्ने स्वभावले गर्दा देशभित्र प्रभावशाली जमातका रुपमा रहेका कर्मचारीहरुको सहयोग उहाँलाई प्राप्त थियो । व्यापार–व्यवसायमा लागेका मानिसहरुसँग उहाँको सम्बन्ध घनिष्ठ थियो । राजाको व्यवस्थाभित्रै रहेर पनि आप्mनो राजनीतिक हैसियतसँग सम्झौता नगर्ने व्यक्तिका रुपमा उहाँको परिचय स्थापित भएको थियो ।
नेपाली समाजको स्वरुप र स्वभाव राम्ररी बुभ्mनुभएका थापाले राजा महेन्द्रले पञ्चायत व्यवस्थाको प्रारम्भ गर्दा त्यसको मुख्य अभियन्ता बनाएका डा. तुलसी गिरी र विश्वबन्धु थापा जस्ता कुशाग्र बुद्धिका चतुर राजनीतिक खेलाडीहरुलाई निकै पछाडि धकेलिसक्नुभएको थियो । समयको सही पहिचान गर्न सक्ने र धैर्य गर्न सक्ने स्वभाव थियो थापामा । राजा र राजदरबारभित्रका शक्तिकेन्द्रहरुले घोर उपेक्षा गर्दा पनि कुनै सार्वजनिक प्रतिक्रिया नजनाउने स्वभावले गर्दा दरबारभित्र उहाँको पक्ष पनि कमजोर थिएन । स्वयं राजा महेन्द्रले अप्ठेरो परेका बेला ‘सूर्यबहादुरले राजतन्त्रलाई साथ दिन्छन्’ भन्ने निष्कर्ष निकालेको बताउ“थे दरबारनजिकका व्यक्तिहरु । दरबार उहाँप्रति विश्वस्त थियो । भारतको संस्थापन पक्ष र त्यसका नेताहरुसँगको सुमधुर सम्बन्ध, राजपरिवारप्रतिको अविचलित भक्ति र नेपाली समाजको लाक्षणिक चरित्रको राम्रो समझ उहाँको विशिष्टता थियो । खास गरेर, इन्दिरा गान्धीसँग निकै निकटको सम्बन्ध थियो थापाको । राजाले जनमत सङ्ग्रहको घोषणामार्फत बीपी कोइरालालाई आप्mनो शासनसँग प्रतिस्पर्धाका लागि चुनौती दिएको कुरा राम्ररी बुभ्mनुभएको थियो थापाले । वास्तवमा, बीपीलाई छाडेर टङ्कप्रसाद आचार्य र डिल्लीरमण रेग्मी जस्ता पुराना नेताको त कुरै छाडौ“, नेपाली काङ्ग्रेसका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई समेत राजाले जनमत सङ्ग्रहका गम्भीर नायकका रुपमा हेरेका थिएनन् । बीपीलाई चुनौती दिन सूर्यबहादुर थापालाई पञ्चायत पक्षबाट जनमत सङ्ग्रहको अभियानको निमित्त नायक बनाएर राजाले आप्mनै हिसाबले निर्दलीय व्यवस्थाको किल्ला मजबूत गरेका थिए । निर्दलीय पञ्चायतका पक्षमा राजा वीरेन्द्रले लिएको यो सही रणनीति थियो । प्रतिपक्षीहरुका बीच तोडफोड मच्चाएर जनमत राजाका पक्षमा पार्न सक्ने सूर्यबहादुर थापाबाहेक अरु दबङ्ग पञ्च कोही थिएनन् पनि त्यस बेला ।
वामपन्थीसँग घनिष्ठ थापा
नेपाली वामपन्थीहरुसँग सूर्यबहादुर थापाले उत्तिकै घनिष्ठ सम्बन्ध निर्वाह गर्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्र्टीको एउटा धार झापा आन्दोलन हु“दै भूमिगत रुपमा माक्र्सवादी–लेनिनवादी पार्टीका रुपमा स्थापित भइसकेको थियो । पूर्व र पश्चिमका कतिपय जिल्लाहरुमा यसको उपस्थिति प्रभावशाली थियो । राजाको उदार शासनका पक्षमा देखिएका नेपाली काङ्ग्रेसका विरोधीहरुको पनि उत्तिकै समर्थन थियो मालेलाई । बीस वर्षदेखि लगाइएको प्रतिबन्धका कारण काङ्ग्रेसको सङ्गठन मजबूत नहुनु अस्वाभाविक थिएन । प्रजातान्त्रिक पार्टी भएकाले भूमिगत सङ्गठन निर्माणमा काङ्ग्रेसले त्यति ध्यान पनि दिएको थिएन । तर, नेपाली समाजमा काङ्ग्रेसको आधार भावनात्मक हिसाबले मजबूत थियो । नेपाली समाजका लागि यो पार्टीको अर्को विकल्प थिएन । नेपालको बृहत्तर ग्रामीण समाज नै काङ्ग्रेसको शक्तिको मुख्य आधार थियो । योबाहेक परिवर्तनको अर्को कुनै आइकन नै थिएन । सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायको सम्झौतावादी र सहमतिको नीतिका पक्षमा लागेका काङ्ग्रेसीहरुको व्यक्तिगत निष्ठा धरमराए निरन्तर सङ्गठनमा रहेका काङ्ग्रेसीहरु विभाजित थिएनन् । बीपी जहा“ हुनुहुन्छ त्यही काङ्ग्रेस हो भन्ने मान्यता व्यापक थियो । यसलाई बीपीसँग विमति राख्दै आएका भनिने सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायले पनि स्वीकार गर्नुभएको थियो । नेताहरुबीचको विमति र मनोमालिन्य व्यक्तिगत तहमा मात्रै सीमित थियो । अहिलेको जस्तो सबै आन्तरिक विषयहरु सार्वजनिक गर्ने प्रचलन थिएन । मिडियाको प्रभाव न्यूनतम थियो राजनीतिमा । सङ्गठनका रुपमा पार्टीको एकीकृत स्वरुपलाई छिन्नभिन्न पार्ने उद्देश्य कुनै पनि नेताले राख्ने गरेका थिएनन् । यसै कारण पनि नेपाली समाजले काङ्ग्रेसलाई परिवर्तनको एकीकृत शक्तिका रुपमा स्वीकार गर्दै आएको थियो ।
माले समूहका रुपमा देखा परेको कम्युनिस्ट पार्टीका नेताहरुलाई काङ्ग्रेसको प्रभावका बारेमा कुनै भ्रम थिएन । उनीहरु नेपाली काङ्ग्रेसको पछि लागेर अथवा काङ्ग्रेसले प्रारम्भ गरेको प्रजातान्त्रिक आन्दोलनमा लागेर नेपालमा वामपन्थी राजनीतिको मियो गाड्न नसकिने निष्कर्षमा पुगेका थिए । पुष्पलाल र मनमोहन अधिकारी जस्ता मूल वामपन्थी धारका मानिने स्थापित नेताहरुसँग तीव्र असहमतिमा हुर्केको माले समूह संसदीय व्यवस्थाको धूर विपक्षमा उभिएको थियो । काङ्ग्रेसलाई मुख्य वर्गशत्रुका रुपमा हेर्ने माले पार्टीका लागि काङ्ग्रेसको विरोध नै अभीष्ट थियो । प्रकटमा काङ्ग्रेस कमजोर भएपछि राजाको विरोध गर्न सजिलो हुने विश्लेषण प्रस्तुत गरेको थियो मालेले । यही विश्लेषणका आधारमा जनमत सङ्ग्रह घोषणा भएको केही समयपछि नै मालेले ‘जनमत सङ्ग्रह धोका हो’ भन्ने नारा लगायो । राजाका विरूद्ध समेत लक्षित देखिने यो नाराका आशयहरु प्रजातान्त्रिक आन्दोलनका विरूद्ध केन्द्रित थिए । काङ्ग्रेसका लागि जनमत सङ्ग्रह प्रजातान्त्रिक आन्दोलनकोे एउटा मुख्य चरण मात्रै थियो । यसका विपरीत मालेले जनमत सङ्ग्रहका विरूद्ध आप्mनो गतिविधि केन्द्रित गर्न थालेको थियो । प्रधानमन्त्री थापाले बडो राजनीतिक सुझबुझ देखाएर, जनमत सङ्ग्रह धोका हो भन्नेहरुको उपयोग निर्दलीय व्यवस्थाका पक्षमा गरेका थिए ।
जनमत सङ्ग्रहपछि सुधारिएको पञ्चायत व्यवस्था अन्तर्गत भएको राष्ट्रिय पञ्चायतको चुनावमा माले पार्टी ‘जनपक्ष’ को खोल ओढेर थापापक्षीय खेमाको सहयोग र समर्थनमा सहभागी भयो । यसका एक दर्जनभन्दा बढी नै सदस्यहरु जनपक्षीय पञ्चका रुपमा चुनाव जितेर राष्ट्रिय पञ्चायतमा आए । द्रोणाचार्य क्षेत्री, जागृतप्रसाद भेटवाल, परशुराम खापुङ लगायतका थुप्रै माले वामपन्थीहरु जनपक्षीय पञ्चका नाममा सुधारिएको पञ्चायतमा समाहित भएका थिए । सूर्यबहादुर थापाको राजनीतिक कौशलको यो अद्वितीय नमूना थियो ।
सूर्यबहादुर थापालाई जनमत सङ्ग्रह गराउने सरकारको प्रधानमन्त्रीको दायित्व आफै“ले बोक्नुपर्ने पूर्वाभास पक्कै पनि भएको थिएन होला । उहाँले जनमत सङ्ग्रहको घोषणा हुनेबित्तिकै बहुदलका पक्षमा प्रचार–प्रसारका लागि आप्mनो गुटका पञ्चहरुलाई समेटेर बहुदलपक्षीय पञ्चहरुको उच्चस्तरीय समिति बनाउनुभएको थियो । यो समितिमा २०३२ सालको संविधान संशोधनपछि पञ्चायतमा लागेका अर्जुननरसिंह केसी जस्ता काङ्ग्रेसीहरु पनि समावेश थिए । यसका अर्का एक प्रमुख हस्ती रवीन्द्रनाथ शर्मा थिए । बीपीकी माइली भाइबुहारी नोना कोइरालाका बहिनीज्वाइँ शर्मा नवलपरासीका खानदानी ज्ञवाली परिवारका व्यक्ति थिए । उनी राजदरबार र पञ्चायत राजनीति बुझेका धुरन्धर व्यक्ति मानिन्थे । पञ्चायत व्यवस्था शुरु भएपछि राष्ट्रिय निर्देशन अधिकारीका रुपमा काम गरिसकेका र जनमत सङ्ग्रहअघिको राजाको शासनमा पटकपटक महङ्खवपूर्ण मन्त्रालय सम्हाल्नुभएका शर्माले मन्त्रीका रुपमा निकै ठूलो बेइज्जती पनि बेहोरिसकेका थिए । ‘गाईकाण्ड’ शर्माको जीवनमा सबैभन्दा चर्चित प्रसङ्ग बनेको थियो । कृषिमन्त्री हु“दा उनले आप्mनो गोठका लागि कुनै सरकारी पशु विकास फार्मबाट व्यक्तिगत प्रयोगका लागि मूल्य नचुकाई उन्नत नश्लको गाई उपलब्ध गरेका थिए । त्यसैलाई समाचारपत्रहरुले गाईकाण्डका रुपमा सनसनीखेज समाचार बनाएका थिए ।
भारत र दरबार दुवैतिर शुभचिन्तकहरु थिए शर्माका । राजदरबार सेवाका रञ्जनराज खनालसँग उनको निकै घनिष्ठ सम्बन्ध थियो । शर्माको व्यक्तित्वमा आकर्षण थियो र पत्रकारहरुसँग उनको सम्बन्ध पनि निकै राम्रो थियो । राजाले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएपछि उनले गठन गरेको बहुदलीय पञ्चहरुको प्रचार समिति छिन्नभिन्न हुन थालेको थियो । अर्जुननरसिंह केसी काङ्ग्रेसमा फर्किएका थिए । सूर्यबहादुर थापासँग शर्माको सम्बन्ध राम्रो भए पनि आन्तरिक हिसाबले त्यति घनिष्ठ थिएन । शर्मा आपूmलाई थापाभन्दा कम योग्यता भएको स्वीकार गर्न कहिल्यै तयार भएनन् । राजनीतिक पृष्ठभूमिका हिसाबले शर्मा कान्छा नै थिए । थापा राजनीतिका पुराना खेलाडी हुनुहुन्थ्यो । थापा प्रधानमन्त्री भइसकेपछि बहुदलीय पञ्चहरुको एउटा समूहको नेतृत्व लिएका थिए शर्माले । थापाले जस्तो सबै उदार पञ्चलाई समेट्ने खूबी उनमा थिएन । जनमत सङ्ग्रह घोषणाको लगत्तै बहुदलीय व्यवस्थाको प्रचारका लागि आप्mनो क्षेत्र पुगेका उनीमाथि भैरहवामा अनुदारवादी पञ्चहरुले साङ्घातिक हमला गरे । दीपक बोहोरा लगायतका युवा पञ्चहरुको समूहले उनलाई कालो मोसो दल्यो । सम्भवतः बहुदल पक्षमा लाग्ने पञ्चहरुमाथि आक्रमण भएकोे यो नै पहिलो घटना थियो । आक्रमणपछि तत्काल काठमाडौ“ फर्किएका शर्मासँग दिनमानका लागि समाचार तयार गर्ने क्रममा भेट भयो मेरो । उनी निकै आत्तिएका थिए । प्रेससँग बोल्नुभन्दा पहिले उनी राजदरबारका पदाधिकारीहरुसँग कुराकानी गर्न चाहन्थे । उनी मसँग कुरा गर्न तयार भए । उनले भैरहवामा भएको दुव्र्यवहारलाई आप्mनो हत्या गर्ने षड्यन्त्रका रुपमा व्याख्या गर्दै भने, “कुनै पनि बेला मेरो हत्या हुन सक्दछ । यो घटना मेरो हत्या गर्ने सुनियोजित प्रयास थियो । यो सरकारले श्री ५ महाराजाधिराजले चाहिबक्से जस्तो निष्पक्ष जनमत सङ्ग्रह गराउन सक्दैन । यसले बहुदल पक्षका नेताहरुको सुरक्षा गर्न पनि सक्दैन । यो सरकारको तत्काल विघटन गरेर राष्ट्रिय सरकार बनाउनुपर्दछ ।”
यो घटनालाई थापा सरकारले त्यति महत्व दिएन । एक साताको सनसनीमा नै टुङ्गियो यो घटना । शर्मा बहुदल पक्षबाट विचलित भएनन् । सरकारमा जाने आकाङ्क्षा र बहुदल पक्षको प्रचारमा उनले एक वर्ष बिताए ।
निर्दलीय पक्षको सरकारको मुखपत्रमा काम गरेर बहुदलीय पक्षको प्रचारमा लाग्नु नैतिक हिसाबले मलाई स्वीकार्य थिएन । त्यसैले म एक पटक फेरि नेपाल टाइम्समा फर्किएको थिए“ । नेपाल टाइम्स आफै““मा आन्दोलन थियो । चन्द्रलाल झा पूरै शक्ति लगाएर भिड्नुभएको थियो बहुदलीय व्यवस्थाका पक्षमा । उहा“को सहायकका रुपमा पुरूषोत्तम दाहाल सक्रिय थिए । नेपाली काङ्ग्रेसका प्रायः सबै नेता र कार्यकर्तासँग उनको पहिचान र सम्पर्क थियो । उनको तीखो कलम प्रजातान्त्रिक मान्यताहरुबाट प्रेरित थियो । नेपाल टाइम्सका पृष्ठहरुमार्फत पुरूले देशभरका काङ्ग्रेसीहरुको अभियानलाई प्रोत्साहित तुल्याएका थिए ।
प्रधानमन्त्रीको पदमा नियुक्त भएपछि सूर्यबहादुर थापाले आपूmनिकट रहेका बुद्धिजीवी र पत्रकारहरुलार्ई सङ्गठित गरेका थिए । थापाको जनसम्पर्कको व्यवस्थापन उनका भाइ हरेन्द्रबहादुर थापाले गर्ने गरेका थिए । सूर्यप्रसाद उपाध्यायसँग निकट रहेका पत्रकारहरु आपूmलाई थापासँग स्वाभाविक रुपले नै निकट मान्ने गर्दथे । नवीन खबरका सम्पादक विचित्रबहादुर देवकोटाले उपाध्याय र थापाका बीच पुलको काम गर्ने गर्नुभएको थियो । काङ्ग्रेससँग निकट सम्बन्ध राखेर सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायसँग विमति राख्दै आएका वरिष्ठ पत्रकारहरुले समेत ‘व्यक्तिगत’ रुपमा प्रधानमन्त्री थापासँग राम्रो सम्बन्ध राखेका थिए । पत्रिकामार्फत बहुदल पक्षको प्रचारमा सक्रिय रहेका धेरै हस्तीहरु समाचार र टिप्पणी लेख्दा थापालाई जोगाएर लेख्ने गर्दथे । बहुदल पक्षका लागि प्रतिकूल हुने सबै कामहरु दरबारको इशारामा भएको र राम्रा कामहरु सूर्यबहादुर थापाको सरकारले गरेको सन्देश दिने प्रयत्न गर्दथे पत्रपत्रिकाहरु ।
प्रधानमन्त्री थापासँग मेरो व्यक्तिगत परिचय थिएन । पञ्चायत राजनीतिमा सक्रिय रहेका नेताहरुमध्ये उहाँको व्यक्तित्वबाट म प्रभावित भएको थिए“ र पनि उहाँको नजिक जाने इच्छा कहिल्यै पलाएन । उहाँको व्यक्तित्व मात्रै भारदारी थिएन, रहन–सहन, लवाइ–खवाइ र सामाजिक आचरणसमेत भारदारी थियो । राणाहरुको दरबारमा देखिने व्यवहारको नया“ संस्करण थियो थापा निवास । कुन पत्रकारलाई भेट्ने, कोसँग कस्तो कुरा गर्ने तथा सामाजिक र सार्वजनिक जीवनमा कसरी प्रस्तुत गर्ने भन्नेमा थापाका पारिवारिक सहयोगीहरु बढी नै सचेत हुने गर्दथे । थापाको व्यक्तित्वलाई अलग र आधिकारिक देखाउन निकै ठूलो प्रयत्न गरिएको स्पष्ट देखिन्थ्यो ।
पञ्चहरुसँग हिमचिममा बस्न नहुने राजनीतिक संस्कार विकसित भएको थियो पञ्चायतविरूद्ध लागेको युवा वर्गमा । पञ्चायतका कुनै पनि प्रभावशाली नेतासँग व्यक्तिगत सम्पर्क राख्दा बात लाग्ने गर्दथ्यो । पत्रकारका रुपमा यस्ता कुराहरुको म खासै मतलब राख्दिनथे“, तापनि सत्तासीन नेताहरुसँग सम्पर्कमा आउने रहर थिएन ममा । त्यस्तो रहर भएको भए म प्रधानमन्त्री थापाको बैठकमा बिनारोकटोक पुग्न सक्ने स्थितिमा थिए“ । त्यसका लागि म सूर्यप्रसाद उपाध्यायको सिफारिश लिन सक्दथे“ । प्रधानमन्त्री थापाका कान्छा भाइ गीतकार नगेन्द्र थापासँग साहित्यकारका नाताले मेरो आत्मीय सम्बन्ध स्थापित भएको थियो । उनीसँग मेरो नियमित भेट हुन्थ्यो । म उनलाई गुहारेर पनि त्यहा“ पुग्न सक्ने थिए“ । यस्ता सम्बन्धहरु स्थापित गरेर ठूलो मानिस बन्ने इच्छा मभित्र कहिल्यै पलाएन ।
प्रधानमन्त्री सूर्यबहादुर थापासँग मेरो प्रत्यक्ष सम्बन्ध थिएन । मैले नवीन खबरका सम्पादक विचित्रबहादुर देवकोटासँग अकबर र सिंहका लागि थापासँग भेटघाटको समय मिलाइदिन अनुरोध गरे“ । देवकोटाले समय मिलाइदिएपछि अकबर र सिंह थापासँग भेट्न सिंहदरबार गए । प्रधानमन्त्री थापा उनीहरुसँग एक्लै भेट्न चाहनुहुन्थ्यो शायद ।
फर्किएपछि मैले अकबरसँग सोधे“, “कस्ता रहेछन् त प्रधानमन्त्री ?” अकबरले ओठ लेप्य्राउ“दै भने, “विथ दिस पीएम, आई एम मोर द्यान स्योर द्याट रेफेरेन्डम विल बी रिग्ड एन्ड डेमोेक्रेसी विल सफर … ।” सुरेन्द्रप्रताप सिंहको विचार पनि यस्तै थियो ।
पञ्चायतलाई जिताउने थापा
सूर्यबहादुर थापाले सुधारिएको पञ्चायतका पक्षमा जनमत बटुल्न साम, दान, दण्ड र भेदको नीति अख्तियार गर्नुभएको थियो । जनमत सङ्ग्रहमा राजाको पक्षलाई जिताउन राष्ट्रिय स्रोतको ठूलो दुरूपयोग गरिएको थियो । झापाको जङ्गल सखाप पारिएको थियो भने सर्पको छालाको व्यापार खूब चम्किएको थियो । कतिपय व्यापारीहरु दुई नम्बरी धन्दाबाट रातारात करोडपति र देशका प्रतिष्ठित व्यापारी बनेका थिए । अहिलेको प्रतिष्ठित औद्योगिक समूह चौधरी ग्रुपको जग त्यही बेला हालिएको थियो । जनमत सङ्ग्रहमा निर्दल पक्षको विजयका लागि राज्यकोषको प्रयोग गर्न प्रधानमन्त्रीबाट आएको दबाव नमानेपछि नेपाली प्रशासनको इतिहासमा अहिलेसम्मका सर्वाधिक विद्वान् र निष्कलङ्क अर्थसचिव डा. देवेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको थियो । उहा“ बहुदल पक्षको विजयका लागि नागरिक आन्दोलनमा लाग्नुभएको थियो ।
जनमत सङ्ग्रहका बेला पञ्चायत राजनीतिमा लागेका वरिष्ठ पञ्चहरु नै सुधारिएको पञ्चायत व्यवस्था र यथास्थितिको पञ्चायत व्यवस्थाका दुई धारमा बा“डिएका थिए । एउटा धारको नेतृत्व प्रधानमन्त्री थापाले गर्नुभएको थियो भने अर्को धारको नेतृत्व डा. तुलसी गिरीले । डा. गिरीलाई पञ्चायतको आमाका रुपमा प्रस्तुत गरिएको थियो । पञ्चायतको स्थापनादेखि नै गिरीका मित्र विश्वबन्धु थापा भने बहुदल पक्षमा लाग्नुभएको थियो ।
जनमत सङ्ग्रहमा पञ्चायत पक्षको विजयपछि सुधारवादी खेमाका नेताका रुपमा सूर्यबहादुर थापाको राजनीतिक रौनक निकै बढेको थियो । उहाँ धेरैजसो प्रशासनिक निर्णय दरबारको सहमति नलिई ह्याकुलाले मिचेरै गर्ने गर्नुहुन्थ्यो । पञ्चायतको प्रधानमन्त्री पनि संसदीय प्रधानमन्त्रीभन्दा कम शक्तिशाली हु“दैन भन्ने मान्यता स्थापित गर्ने धुनमा हुनुहुन्थ्यो थापा । उहाँले गरेका धेरै निर्णय दरबारलाई सह्य थिएन । त्यसैले, राष्ट्रिय पञ्चायतको निर्वाचनदेखि नै पञ्चायतभित्र प्रधानमन्त्रीका वैकल्पिक उम्मेदवारका रुपमा चन्दलाई स्थापित गर्ने प्रयास भइरहेको थियो । केही पञ्चहरुले यसलाई पूर्व र पश्चिमको राजनीतिक रङ्ग दिने कोशिश पनि गरेका थिए । पूरै नेपालको इतिहासमा पश्चिमका कुनै पनि व्यक्ति प्रधानमन्त्री पदमा नपुगेकाले यस प्रकारको रङ्ग दिनु त्यति बेमुनासिब देखिएको थिएन ।
चुनाव सकिएपछि प्रधानमन्त्री पदमा थापा निर्वाचित भएदेखि नै पञ्चायतभित्र अन्तद्र्वन्द्वको सिर्जना भइसकेको थियो । प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर, पद्मसुन्दर लावती, मोहम्मद मोहसिन जस्ता नेताहरु थापाविरूद्धको अभियानमा खुलेर लागेका थिए । थापालाई काङ्ग्रेसबाट आएको एउटा समूह र जनपक्षीय भनिने वामपन्थी पक्षका पञ्चहरुको समर्थन थियो । यसबाहेक, थापा प्रधानमन्त्री भएपछि धनाढ्य वर्गमा स्थापित भएका र देशको राजनीतिमा खुकुलो वातावरण चाहने घरानिया“हरुको समर्थन थापालाई थियो । पञ्चायती संरचनामा यस्तो समर्थनको खासै अर्थ भने थिएन । राजाको आ“खाले जसलाई प्रधानमन्त्री पदका लागि इशारा गर्दछ त्यसैलाई समर्थन गर्ने परिपाटी थियो ।
सुधारिएको पञ्चायत व्यवस्थाका पहिलो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सूर्यबहादुर थापासँग राजा खुशी नभएको चर्चा काठमाडौ“का गल्लीगल्लीमा सुनिन थालेको थियो । राजदरबार र सिंहदरबारबीचको दूरी बढ्दै गएको थियो ।
२०३६ सालको जनमत सङ्ग्रहमा प्रधानमन्त्री सूर्यबहादुर थापामार्फत निर्दलीय पञ्चायतलाई सहयोग गरेपछि नै चौधरी परिवारको भाग्यको ढोका खुलेको थियो । यद्यपि, उदार आर्थिक नीतिका पक्षमा भने उनी धक फुकाएर बोल्ने गर्दथे ।
भूमिगत गिरोह भन्दै ज्ञानेन्द्र र धीरेन्द्रतर्फ तोप दाग्ने थापा
२०३६ सालदेखि २०४२ सालमा आइपुग्दासम्म पञ्चहरु अन्तरविग्रहको भुमरीमा फसिसकेका थिए । जनमत सङ्ग्रहमा निर्दल पक्षको विजयपछि भएको चुनावमा विजयी भएर फेरि प्रधानमन्त्री बन्नुभएका सूर्यबहादुर थापाको बढ्दो राजनीतिक प्रभावलाई रोक्न उहाँका विरूद्ध अविश्वासको प्रस्ताव ल्याइएको थियो । त्यो प्रस्तावमा जम्मा सत्र जना राष्ट्रिय पञ्चायतका सदस्यले मात्रै थापाको साथ दिएका थिए । थापा स्वयंले राजनीतिमा ल्याउनुभएका आफ्ना विश्वासपात्रहरुसमेत उहाँका विरूद्ध लागेका थिए । थापाले देशमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासनको विरोध गर्दै आपूmलाई ‘भूमिगत गिरोह’ ले षड्यन्त्रपूर्वक हटाएको आरोप लगाउनुभएको थियो । भूमिगत गिरोहका सदस्यको नाम नकिटीकनै थापाले ज्ञानेन्द्र र धीरेन्द्र शाहतिर तोप दाग्नुभएको थियो ।
राजा वीरेन्द्रको व्यक्तित्व र सदाशयको तारिफ गर्ने मानिसहरु धेरै छन् । तर, उनको शासनका बारेमा तारिफ गर्नैपर्ने त्यस्तो खास विन्दु मैले देखेको छैन । खास गरेर, जनमत सङ्ग्रहको परिणाम पञ्चायतका पक्षमा आइसकेपछि राजा वीरेन्द्रले उदार प्रजातान्त्रिक चरित्र देखाउन सकेनन् । सूर्यबहादुर थापालाई अविश्वासको प्रस्तावद्वारा हटाइसकेपछि पञ्चायत व्यवस्थाभित्रको शक्ति सन्तुलन स्थायी रुपले खलबलिएको थियो । जनमत सङ्ग्रहमा दलहरुको वैधानिक पराजय भए पनि व्यावहारिक रुपमा दलीय सक्रियता बढेको थियो । बिस्तारै शहरिया समाज फैलिन थालेकाले जनतामा बढी अधिकारको आकाङ्क्षा फस्टाउन थालेको थियो । राजा वीरेन्द्रले समयको यो सङ्केतलाई बुभ्mन सकेका थिएनन् । २०४० सालपछि उनको शासन परिवारको स्वार्थमा सीमित हु“दै गयो । बडामहारानीको शक्तिको असीमित आकाङ्क्षाले सीमा नाघ्न थालेको थियो । दरबारियाहरु राजा आफै“मा शक्तिहीन हुन थालेका र बडामहारानीको मुठीमा कैद भएका कथाहरु सुनाउने गर्दथे । दरबारभित्रका अनेकन् गुट र उपगुट शक्तिकेन्द्रका रुपमा विकसित हुन थालेका थिए । दरबारको पारम्परिक आधिकारिकता ओरालो लाग्न थालेको थियो ।
भारतनिकट सूर्यबहादुर थापा
एक थरी राजबन्दीहरु सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा प्रसन्नता व्यक्त गर्दथे भने अर्का थरी कीर्तिनिधि विष्ट सत्तामा आउँदा रमाउने गर्दथे । थापा भारतनिकट र विष्ट चीननिकट मानिनुहुन्थ्यो । राजाको कृपा पाएका पञ्च नेताहरुमध्ये को उदारवादी थिए र को अनुदारवादी थिए भन्ने जानकारी मैले जेलमै पाएको हुँ।
भारतीय दूतावासले साप्ताहिक रुपमा प्रकाशन गर्ने भारत समाचार त्यति बेलाको अर्को चर्चित प्रकाशन थियो । स्वतन्त्र विश्व, सचित्र चीन र सोभियत भूमिको प्रस्तुतिभन्दा बेग्लै, नेपालीका लागि परिचित आकारमा प्रकाशन हुने भारत समाचारमा नेपालमा भएका भारतीय गतिविधिहरु समेटिने गर्दथे । बेलाबेलामा यसमा प्रकाशन हुने लेखहरुको गहिरो अर्थ खोजिने गरिन्थ्यो, नेपालको बौद्धिक वृत्तमा । भारत सरकारले नेपालीहरुका लागि उच्च शिक्षाको छात्रवृत्ति दिने गर्दथ्यो । प्रारम्भमा कमजोर आर्थिक अवस्था भएका विपक्षी राजनीतिकर्मीका सन्तानलाई उनीहरुको योग्यताका आधारमा दिइने यस्तो छात्रवृत्तिको खासै चर्चा हुँदैनथ्यो । नेपाली काङ्ग्रेसका नेता सूर्यप्रसाद उपाध्याय तथा पञ्चायतभित्र उदारवादी पक्षका नेता मानिनुहुने सूर्यबहादुर थापाका नाममा छात्रवृत्तिको निश्चित कोटा नै आउने चर्चा गरिन्थ्यो काठमाडौ“मा । उहाँहरु दुवैको सिफारिश प्रभावकारी हुने विश्वास गरिन्थ्यो । बीपी जेलमा रहनुहुँदा उहाँको रिहाइका लागि राजासँग सम्झौताको प्रक्रियामा नेता उपाध्यायसँगको सहकार्य र जनमत सङ्ग्रहपछिको समयमा राजनीतिक हिसाबले सूर्यबहादुर थापासँगको सम्बन्धका कारण भारतीय दूतावासमा उहाँको सिफारिशले काम गर्न सक्दथ्यो । जनमत सङ्ग्रहपछि भारतीय दूतावासको छात्रवृत्ति नराम्रोसँग विवादमा फस्यो । पञ्चायतभित्र भारतपक्षीय भनेर चिनिने केही नेता र सत्ता पक्षले प्रतिष्ठितको मान्यता दिएका केही पत्रकारले यसलाई व्यापारिक कारोबारको विषय बनाए । काठमाडौ“को बजारमा लाखौ“लाख रूपैयाँको बोली लाग्न थाल्यो भारतीय छात्रवृत्तिका लागि । यसको प्रतिष्ठा खस्कियो ।
नेपाली चरित्रका कुशल पारखी थापा
सूर्यबहादुर थापा भने निर्दलीय राजनीतिमा सर्वाधिक सफल हुनुभयो । खास गरेर, नेपाली कर्मचारी तन्त्रमा उहाँको पकड अत्यधिक बलियो थियो । स्थापित सत्ताको विरोधमा कोठामा बकबक गरे पनि निर्णायक रुपमा सत्ताका विरूद्ध नलाग्ने, आदर्शका ठूला गफ हाँक्ने र मौका परेका बेला वैध–अवैध ढङ्गले सम्पत्ति कमाउन नछोड्ने नेपाली चरित्रका कुशल पारखी थापाले राजनीतिका प्रमुख नाकाहरुमा पुराना विश्वासपात्र कर्मचारीहरु नियुक्त गर्नुभएको थियो । २०१७ सालपछि विकसित कर्मचारी तन्त्रमा थापा समर्थकहरुको सङ्ख्या निकै ठूलो थियो । अहिले पनि कर्मचारी तन्त्रमा उहाँको प्रभाव बाक्लै रहेको छ । उहाँको बोली उदार भएकाले नेपालका तत्कालीन बुद्धिजीवीहरुको समर्थन जुटाउन पनि उहाँ सफल हुनुभयो ।
सूर्यबहादुर थापाको गतिविधिले निर्दलीय राजनीतिलाई एकाधिकारवादी हिसाबले बलियो पारेन, यसभित्र अन्तर्विरोध सिर्जना ग¥यो । नेपाली काङ्ग्रेसका सबै प्रमुख नेताहरु या त जेलमा थिए, या निर्वासनमा । रूद्रप्रसाद गिरी, सिंहध्वज खड्का जस्ता काङ्ग्रेसका जल्दाबल्दा नेताहरु राजाका पक्षमा गइसकेका थिए । काङ्ग्रेसका केही नेतालाई थापा निर्दलीय व्यवस्थामा तान्दै हुनुहुन्थ्यो । वामपन्थी नेताहरुमध्ये कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाल श्रेष्ठ विदेशमा र मनमोहन अधिकारी जेलमा हुनुहुन्थ्यो । सोभियत रुस पक्षधर कम्युनिस्ट पार्टीका प्रमुख नेतामध्येका एक केशरजङ्ग रायमाझीको समर्थन पाएका राजा महेन्द्रले माओको रेडबुक र माओको प्रतिमा भएको सानो पिन बाँड्ने खुला छुट दिएका थिए । त्यसै कारण पनि, वामपन्थी कार्यकर्ताहरु महेन्द्रप्रति खासै आक्रोशित थिएनन् । उनीहरुको आक्रोश भारततिर नै बढी लक्षित हुन्थ्यो।
उदारवादी र दबङ्ग नेता
होमनाथ दाहालले आपूm निर्दलीय पक्षको प्रबल विरोधी र काङ्ग्रेस पार्टीको मूलधारमा रहँदारहँदै आप्mनो साप्ताहिक पत्रिका राष्ट्रपुकारको अस्तित्व जोगाउन त्यसै पक्षका उदारवादी मानिने नेता सूर्यबहादुर थापाको मित्रमण्डलीमा आप्mनो पहुँच बनाउनुभएको थियो । प्रशासनको निरन्तरको कोपबाट जोगिन संस्थापन पक्षको कुनै न कुनै राजनीतिक लबीमा संलग्न हुनु विपक्षमा लागेका पत्रकारहरुको एक प्रकारको बाध्यता थियो । निर्दलीय पञ्चायत व्यवस्थाका उदारवादी र दबङ्ग नेताका रुपमा सूर्यबहादुर थापा पनि परिवर्तनकारीहरुका लागि छाता हुनुहुन्थ्योे ।
यो सैतान सुर्य बहादुर थापाले ५ बर्ष देशको प्रधान मन्त्रि हुँदा देशमा हत्या हिँसा मच्याउनु को साथ् देशलाई २० बर्ष पछाडी धकेल्यो –
मदन बज्राचार्य ज्यु,
तपाई संग बिचार मिलेकोमा निकै ख़ुशी छु । त्यसकोलागी धन्यवाद छ ।
नेपाली रुपैया र भारतीय रुपैया बराबरी गरेर कमीशन कुम्ल्यानु का साथै सुर्य बहादुरले २०३६/३७ को जनमत संग्रहमा बेईमानी, नेपालको बन जंगल लुटाउने र त्यस पछि देश र जनताहरुको अहितको काम पटक पटक गरेको स्पष्ट छ ।
मदनजी,
राष्ट्र भन्दा आफ्नै स्वार्थ नै थापाको चरित्र देख्दा यति घृणा लाग्यो कि २०४४/४५ सालमा म धनकुटामा सरकारी सेवामा हुदॉ भुतपुर्व सरकार नाईके सुर्य बहादुर थापा समारोहहरुमा भेट हुदॉ कहिले पनि नमस्कार सम्म गर्न मन लागेन ।
सुरज मास्के
नेपालगंज
मित्र,
कुख्यातहरुको नाईके भयकोले र ठुला पदमा बसेको आधारमै कोहि नेता बन्ने अनि तेस्तै तेस्तैको हुकुम नै कानुन र संबिधान बन्ने कुब्यबस्था आज सम्म पनि हटेको छैन/यस्तैको कुराज चल्ने चलाउने व्यबस्थाको नाम प्रजातन्त्र लोकतन्त्र हुनु अन्धोको नाम नेत्र बहादुर हुनु जस्तै मात्र हो/
२०३७ सालको जनमत संग्रहमा सुबथाले धाँदली नगरेको भए, माओवादीको विजारोपण पनि हुने थिएन र विगत करिव ४० वर्षमा एशियाकै विकशित देश हुने थियो । कामको लागि नेपाली बाहिर देश जानुको सटृा अहिले विदेशी कामदार नेपालको प्रमुख गन्तब्यको स्थानमा रहन्थ्यो । २०३७ सालको जनमत संग्रहबाट नेपालको अन्धकार यात्रा सुरु भएको हो ।
My hello to every nepalese,
Who the F…. Is SB thapa ?that Public Holiday is announced ??where are we??remember a dhoti Guy had Said ( SB Is our man)what the hell is going on?mr.dr.marichman died as well !!what about Public Holiday you journalists & traitor political Leaders ??what about the Public Holiday on the Birthday of
PN shah ??how Long ,you all Bastard Play a foul Play with poor nepalese??)how Long?regarding SB he died ,ok everybody must,but this Guy was a traitor of nepal &man of Dhotis the reason why is Public holiday believe me or not this is the fact and all the Journalist are compell to Write positive on SB otherwise no Money frm Big Brother
उनले नेपाल र नेपाली को निम्ति राजनीति नगरे पनि उनि नेपालका पूर्व प्रधानमन्त्री भएको हुनाले उनलाई श्रदान्जली दिनु एउटा नेपालीहुनुको नाताले आफ्नो कर्तब्य ठान्दछु |
Personally, I DO NOT respect him as an extraordinary and successful politician who could touch hearts and minds of common Nepali citizens. He is only an opportunist politician. Since he was a prime minister for 5 times, he could have done much more for Nepal by leading the country in constructive manner. For example, he was incompetent in reducing/controlling corruption, creating income/employment generating projects in urban and rural areas (so that people are self-sustainable), providing free (or nominal priced) BASIC health and education services for poor in the country. He did not do anything for financial transparency (himself and other politicians/government staff) in the country. This was the reason the corruption was on its peak. He could have done these things in his five time tenures as a prime minister. However, he just worked for routine/regular office works and thought all the time how he could regain the power for personal benefits (monetary and others). I suspect that he collected lot of money abusing his power (this is an important subject of investigation for CIAA). He was the prime minister at the time of referendum for Panchayat vs. Multiparty democracy during 2036 BS, and thousands of government staff, with mass-conviction of not being loyal to Panchayat regime, were fired from their job. He was the person who did not have the human sentiments about these (government) staff and their family how they could survive without a job. In other words, he was a traditional minded politician who wanted to use dictatorship to make his boss (King) happy. In sum, he was a lucky and opportunist politician raised by King’s choice who played the drama mostly for his benefits, and less for country’s (peoples’) benefit.
I totally agree with you, sir! Something that surprises me the most is, why all the villainous characters in nepali politics are idolized posthumously.
छोद्करिमा मा भन्नु पर्दा सुर्य बहादुर थापाले जे गरेर हुन्छ आफु सत्तामा टासी रहने र आफ्ना नाता पाताले देश लुतायेरा पैसा कमाएर धनि बनाउने काम मै बेस्था रहे|
इनले कहिलेइ पनि देश र जनता को लागि केहि सोच्ने र गरे जस्तो लागेन|
यी समय अनुसार को राज नैतिक हावामा बिना नैतिकता उढ़ी रहन सक्ने धावक थिए|
नेपाल को निकम्बा राजनीति खेल का चतुर स्याल थिए सुर्य बहादुर थापा|
बढी नै भाबुक हुनुभन्दा यक पटक हेरौ / पढौ ! खोकु , छिन्तांग बर्बर हत्या काण्ड लाई अनि बल्ल बिश्लेषण गरौ सुर्य बहादुर थापा लाई!!!!!!
खु- खु छिन्ताङ्ग काण्ड नरसंहारका सहिदहरुको मृत आत्मा र छिन्ताङ्गबासीले थापाको निधनमा खुशीको सास फेरिरहेको हुनुपर्छ-
३६ सालको जनमत संग्रहमा लाखौ ‘आदिबासी मधेसी ‘लाई देश बाहिरबाट ल्याएर पंचायतलाई जिताएका यिनै महानुभाब होइनन ?आज यिनै ‘आदिबासी’ नेपाललाई नाकाबन्दी गर्छु भन्दै घुर्की दिन्छन
सबैले जिजस लाइ मात्र मान्दैनन , सैतान लाइ मान्ने पनि हुन्छन | हामिनेपाली लाइ चै मान्न पाए पुग्यो |
महेश योगी आए , पर्यो चरण मा , पाइलट बाबा आए , पर्यो चरण मा , कालि बाबा आए ,पर्यो चरण मा , माता खुर्पा देबी आइन , पर्यो चरण मा , राम देब आए ,कमरेड झलनाथ ,ओली समेत सब परे लम्पसार कमरेड बाम देब पाइलट बाबा का फ्यान | ठोरी को जंगल मा पुगे राम बहादुर लाइ पुज्न|
गुण्डा पनि नेता ,ये मान , हत्यारा पनि नेता ये मान, अबसरबादी त् झन् सब मा फिट हुने
महान नेता भैगयो | सुर्यबहादुर थापा ,ये मान हो , मान |
रिप.
उनको परिवार लाई ठुलो चोट पर्यो होला तर नेपाल र नेपालीलाई यो अबस्थामा पुराउने मान्छे परलोक हुदा नेपाल आमा चाई सारै खुशी छन्.
मरे पछि मात्र गुनगान गाउने प्रथाको अन्त हुनु पर्यो/ दिबंगत आत्माले सान्ति पावस/ सोक सम्तप्तहरुम हार्दिक समबेदना/ नेपालले यौटा बिर सपुत गुमयाकोछ/ येस्मा दुयिमत छैन/
विजय कुमारले बरखी बर्ने भयो
i find this comment funny but i don’t think this is right time for such a joke..
This man is a Sakuni in Nepali politics. Imagine, if referendum of 1980 had been organized fair and impartial, the country would not have been pushed back by a decade. By 1990 we had a multi-party system. It will be too personal if I jot down his mischiefs.
I completely agree; he was never a good PM. I was just expecting some respect for the deceased.
But regarding the fairness of 1980 election, I guess you realize that even if Su Ba Tha wanted it to be fair and square, thanks to the royal regime at that time he couldn’t have done it. And if it were not for the compromising leaders during the first people’s movement, the republic would have been established by 1990 without the necessity of the decade long conflict.
Anyway, glad to find that people have no sympathy for a representative figure of the old, completely useless Panchayat system.
थापाजी अलि लामो समय बाच्नु भए पनि- आज खु-खु छिन्ताङ्गबासी हर्षसाथ् नाच गान गरिरहेका हुनु पर्छ- अरुण सुसाउदा..कारण खु -खु छिन्ताङ्ग आज रुएको छैन..! RIP –
RIP
उनका legacy हरु यसप्रकार छन्:
१. जनमत संग्रह पंचायतको पक्षलाई जिताउन नेपालको बन संहार गरे|
२. नेपाली मुद्रालाई भारतीय मुद्राको तुलनामा अवमुल्यन गरे, यो वाध्यता भने पनि यसको सुचना आफ्ना चुनेका बेपारी हरुलाई अघि बाटै चुहाएर करोडौ कुम्याए|
३. नेपालको शिक्षा योजनासंग पंचायतीकरण गर्न खेलवाड गरेर नेपालको भविष्यै अँध्यारोमा ढकेले| माओवादी आन्दोलनको आगमन र संहारको बीज रोपे| आफ्ना छोरा छोरीहरुलाई राष्ट्रिय बिकाश सेवामा सजिलो ठाउँमा पठाए वा बिदेशमा पढ्न पठाए| किन भन्दा सुकिला मुकिलाका छोरीचेलीलाई एक्लै टाडा पठाउन मिल्दैन रे| तर बिदेशमा भने तछाड र मछाड गरेर प्लान र इस्पोंसोर खोजी खोजी पठाउने|
४. आफ्ना सन्तान भाई भारादार र नजिकका हरुलाई मात्र पद र नियुक्ति दिने| अरु जाए भांडमे| राजालाई भन्दा पनि दरवारका चाकडीवाज निकमा कर्मचारी हरुलाई पट्याए जनतालाई तेसै हातमा लिन सकिन्छ भन्ने नीति अपनाए|
फेरी पनि दोहोराएर भनौ, संहारवादी माओवादीको बीज रोपने काम लामो कालसम्म प्रधान मन्त्रि र सत्तामा रहेर सुर्यवहादुरले नै गरेका हुन्| आफु चै घुस नखाएको जस्तो गरेर आफ्ना सन्तान र नातागोतालाई पोषने काम उनले गरे, जुन सिद्धान्तलाई गिरिजाले पनि फलो गरे|
उनले जीवनको अन्तिम कालमा आएर के भएर हो कुन्नि जनजातिको पक्षमा संबिधान बन्न परने वकालत पनि गरे|
जिउदै छदा नग्गाउन सकेको भय पो मजा त अब मारी सकेको बागको जुँगा उखेलेर के काम
सही कुरो| कीर्ति भजन, स्तुति गायन, फजुल चम्चागिरि, जय होस् र जदौरे संस्कारमा हुर्किएकोलाई आखिर एक दिन मर्ने पर्छ भन्ने हेक्का नहुँदो हो| त्यस्ताले अब मरेका बाघको छालाको गुणगान गर्न पछि पर्ने छैन| आफ्नो कर्तुतले आफै उदाङ्गो नाङ्गिएकालाई नंगाऊंन बाहिरि कसरत गरिरहन नपर्ला| देखावटी बिचरा र च्च च्च.. भन्न भन्दा मरेका खबर सुन्दा दुई शब्द आफुलाई लागेको भन्न पाउने हक आजको नेपालीले पाएको छ|
२०३६ साल जेठ १० गते राजा बिरेन्द्रले नेपालमा बहुदल र निर्दल मध्ये एक राजनैतिक पद्धतिकोलागी जनमत संग्रह २०३७ साल बैशाक २० गते गराउने समयको मतदान धाँधली पूर्वक गराउने खलनायक पर्धनमंत्री सुर्य बहादुर थापा नै हुन् । “हरियों बन नेपालको धन” भन्ने कलंकित गरी २०३६ सालमा नेपालको राष्ट्रीय सम्पति बनलाई निजी सम्पती झै लुटाई निर्दलीय पंचायती ब्यवस्था धाँधली पुर्ण जीतको घोषणा गराउने यिनीहरुको हुन भन्ने ईतिहासमा छ ।४५% र ५५% बहुदल र निर्दलको मतदानको नाटक २०४६ साल चैत्र २६ गते ढल्यो । ईतिहास साक्षि छ, बहुदलवादी नेताहरुलाई हदै सम्म सजाय गर्नु पर्ने पहल गर्ने पनि सुर्य बहादुर नै हुन ।
२०३७ सालमा २०१६ सालको पहिलो जननिर्वाचित पर्धनमंत्री बिस्वेश्वर पर्साद कोईराला जिउदै थिए र गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, पुष्प लाल, मनमोहन अधिकारी साथै अन्य बहुदलमा आस्था राख्ने नेताहरु राम्रो स्वास्थमा थिए । २०३७ सालको जनमत संग्रह धाँधली पुर्वक भएको कारणले उपरोक्त उल्लेखित नेताहरुले नेपालीलाई बहुदलीय ब्यबस्थामा अघि बढाउन अवसरबाट बन्चित हुनु पर्यो । मेरो विचारमा २०३७ र २०४७ को अन्तरकालका बिकृतिहरुको उपजले नेपालको राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, बैदेशीक र बर्ग सम्वनयता कुठाराघातको असर अहिले बर्ग संघर्षमा परिवर्तन भएको आगो निभाउन गाह्रो परेको छ ।
शाही कालमा पनि थापाले मौक़ा छोप्न पछि परेनन् । मेरो बिचारमा नेपालको ईतिहासमा कालो रुपमा रहने छन् सुर्य बहादुर थापा ।
सुरज मास्के
नेपालगंज
सुरजज्यु
ठिक भन्नु भयो/ सुर्य बहादुर आफु जित्नको निमित राजनीति गर्ने व्यक्ति हो नेपाल र नेपाली जिताउन होइन/