पवनराज फुयाल
देशमा राजनितीक अस्तव्यस्तता चुलिएको बर्षौँ बितिसकेको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै तथाकथित प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँहजार जनताको बलिदानी पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलाइ हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरुमा सामान्य नैतिकता समेत लोप भईसकेको कुरा कथित राजनितिककर्मिहरु कै बिधी र व्यबहारबाट उजागर भईसकेको छ । सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेशा नभएर निस्वार्थ समाजसेवा हो जसलाई माध्यम बनाएर आफुले अगालेको चिन्तनलाई परिश्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान हो राजनितिक थलो । जसलाई युगयुगसम्म इतिहासले कदर गर्न सकोस । जसरी अब्राहम लिङकन, नेल्शन मण्डेला र महात्मा गान्धीजस्ता नेताहरू युगौसम्म ईतिहाँसले कदर गरेको छ र गरिरहने छ ।
समाज परिबर्तनको लागि बितेका केहि शताब्दीहरुमा विश्वभर भएका विभिन्न क्रान्तिका अभ्यासहरुलाई हेरियो भने बिस्तारै विकसित र परिस्कृत हुँदै गएका विभिन्न व्यक्ति र उनिहरुले प्रतिपादन गरेका सिद्दान्तहरुको विशेष र अहम भुमिका रहेको पाईन्छ । जस्तो कि फ्रान्सेली क्रान्ति, बेलायतको औधोगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम देखि लिएर कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवादी कम्युनिज्म र जसलाई प्रयोग गरि भएका रुसमा लेनिनको रुसी क्रान्ति, चीनमा माओत्सेतुङले गरेका चिनियाँ क्रान्तिहरुको महत्त्वपूर्ण भुमिका रहेको थियो । उता दक्षिण अफ्रिकामा नेल्शन मण्डेलाको रङ्गभेदी आन्दोलन या तत्कालीन समयमा विश्वलाई आफ्नो अधीनमा राख्नेवाला बेलायती साम्राज्यवादको विरुद्धमा भारतमा महात्मा गान्धीले चलाएको जागरण हालको आधुनिक विश्वका लागि अनुकरणीय उदाहरण बनेका छन । यी उदाहरणीय योगदानहरु आजको विश्वले अनुसरण गरेका राजनितिक विचारधारा र प्रेरणाको रुपमा प्रयोगमा प्रतिपादित “वाद”हरु बन्न पुगेका छन । समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद लगायतका नाममा खोलिएका विचार समुहहरु आज राजनितिक दलको रुपमा चिनिन्छन् । जसको उद्देश्य नितान्त निस्वार्थ समाज परिवर्तन र विकासको लागि योगदान गर्ने र जनताले दिएका जिम्मेवारी पूरा गर्ने हुनुपर्छ ।
समाज, समय या बिचार सबै गतिशील बस्तुहरु हुन त्यसैले बिचार र चिन्तनलाई पनि समयसापेक्ष बनाउदै परिस्कृत बनाउदै लैजानु जरुरि हुन्छ जो राजनितीमा पनि लागू गर्न आवस्यक हुन्छ त्यसैबाट नयाँनयाँ बिचारहरुको प्रतिपादन हुन्छ त्यो नै सफल हुनेछ र त्यस्तै बिचारहरुलाई ईतिहाँसले जीवित राख्नेछ । फेरि माथि उल्लेखित महान बिचारक र क्रान्तिका मोडेलहरु अभ्यास भएका युगहरुको आवस्यकता र अहिलेको युगको सामाजिक राजनीतिक आवस्यकता र चिन्तनको रुपरेखा बदलिएको अवस्थामा हिजोका युगमा सफल ठहरिएका विचार र वादहरुको हुबहु अभ्यास गर्ने मोडलका राजनितीहरु विश्वभर असफल बन्दै गएको अबस्था छ । अर्को अर्थमा भन्नुपर्दा १९ औँ र बिसौँ शताब्दी मुलतः हातहतियार र औद्दोगिक क्रान्तिको युग थियो तर आजको विश्व यी चिजहरुको अलावा वैज्ञानिक सुचना र प्रबिधीको युग बनिसकेको छ । यस अर्थमा त्यतिबेला गर्ने क्रान्तिका मोडल र यतिबेलाको परिस्थितिजन्य आवस्यकता नितान्त फरक छ र हुनुपर्दछ ।
यस परिप्रेक्ष्यमा नेपाली राजनितीलाई दाजेर हेर्ने हो भने नेपाली राजनितिक बिचारधाराका स्रोतहरु पनि कुनै न कुनै रुपमा माथि उल्लेखित वादहरु नै रहेका छन । जसलाई परिस्कृत बनाउदै समय र धरातल सुहाउँदो ढंगबाट प्रयोग नगरिएको कारण बेलाबखत उच्च अपेक्षा र ठूलो बलिदान दिईएर आएका परिवर्तनहरु क्षणिक र असफल साबित भए जसको पछिल्लो उदाहरण माओवादीहरुले १० बर्षसम्म दशौँहजारको बलिदानबाट प्राप्त परिवर्तन संथागत हुन नसक्नु रहेको छ । हुनत कुनैपनि वाद आफैमा पुर्ण हुदैनन जसलाई अभ्यास गर्ने र नेतृत्व गर्ने ब्यक्ति र परिपाटीमा पनि भर पर्दछ । उनिहरुको उदेश्य पुर्ण रुपमा जनतामा समर्पित हुनुपर्नेमा त्यो देखिएन नेपाली राजनितिको मोडालिटिमा । उता सफल राजनितिज्ञमा हुनुपर्ने आधारभुत विद्दता, दक्षता अनि ईमानदारिता र नैतिकताको खडेरी छ नेपाली कथित राजनेताहरुमा । साझा हित र जनकल्याण भन्दा पनि कुनै भिडको मात्रै नेता बन्ने अत्यन्तै संकिण चिन्तन त नेपाली नेताहरुको सबैभन्दा नराम्रो रोग बनेको छ । एक अर्कोको सम्मान र सहअस्तित्वको भावना पनि शुन्य छ । यसअर्थमा भन्ने हो भने एकाध बाहेक हालसम्म नेपाली राजनितीको केन्द्रमा रहेका कुनैपनि राजनितिक खेलाडीहरुमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ । राजनितीलाई त्याग र सेवाको माध्यमको रुपमा नलिई विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई निजि शान र हैकम जमाउने थलोको रुपमा लिने नेताहरू जनताको आखाँमा कसरी सफल बन्नेछन् । झनै हालको नेपाली राजनितीलाई हेर्दा नेता भनौदाहरुको चरम अदक्षता, अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । जनतालाई पटक पटक ढाटेर सत्ताको शैर गरिसकेका निर्लज्ज प्राणीहरुको भिड साबित भैसकेका छन र पनि अझै जनतालाई आफ्नो मपाईत्वको नारा भजाउन जनतालाई भेडा बनाउन निर्लज्ज लागिपरेका छन । सत्तामा रहनेहरु रोग भोक र चरम गरिबिको शोकमा डुबेका कर्णाली लगाएतका जनतालाई हेर्न हेलिकप्टरबाट ओर्लेर आफुलाई कुनै स्वर्गको दुत आएको भान छरेर फर्किन्छन । जनताले प्रयोग गर्ने सेवा सुविधा नेताले अमेरिका बेलायत पुगेर भोग गर्छन । जनताले सिटामोल पाउदैनन् नेताले भिटामिनको कमि भएको शिर्षकका करोडौं राष्ट्रिय ढिकुटिबाट निकालेर आफ्ना श्रीमतीलाई बिदेश घुमाउन लैजान्छन । जनताका छोराछोरीले देशमै साक्षरता छैन नेताहरु आफ्ना छोराछोरीलाई सरकारको ढिकुटी रित्याएर आफ्नो जात थर नै परिवर्तन गरेर छोराछोरीलाई दलित बनाएर बिदेशी महङ्गा कलेजमा पढाउछन ।
पछिल्लो समयमा राजनैनिक नैतिकतालाई नेताहरूले विभिन्न बहानामा झनै गिराएका छन् । कहिले संङ्क्रमण काल त कहिले द्वन्द व्यवस्थापनका नाममा राज्यकोषबाट खुलेआम ब्रह्मलुट मच्चाएका छन । देशका विभिन्न संवैधानिक र स्वतन्त्र निकायदेखि गाउँका सामान्य विद्दयालय र विभिन्न संघसंस्थालाई समेत राजनितीक भागवण्डाको थलो भनाएका छन् । गाउँको बिद्यालयमा एउटा शिक्षक नियुक्ति गर्न देखि व्यवस्थापन समिती गठन गर्नको लागि विभिन्न राजनितीक घम्साघम्सी हुन्छ । सीप र दक्षता हेरेर प्रतिस्पर्धाका आधारमा भन्दा कुन पार्टीको कार्यकर्ता भर्ति गर्ने भन्ने बिषयमा लडाइँ हुन्छ । त्यतिमात्र नभएर स्वतन्त्र मानिने न्यालयमा न्यायाधीश नियुक्तिमा पनि भागवन्डा गरिन्छ । देशका कर्मचारीलाई पनि कुनै न कुनै राजनीतिक रङ्ग लगाईन्छ । प्रत्येक पटक हरेक सालजसो परिवर्तन हुने सरकार नै पिच्छे कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न नदिने अवस्था श्रृजना गरिन्छ । सबैभन्दा दुखलाग्दो कुरा त के छ भने देशको चौथो अङ्ग भनेर चिनिएको पत्रकारिता जगत पनि राजनितीबाट अलग छैन । कुनै पनि पत्रकार यस्तो छैन जो कुनै न कुनै राजनितीक दलको पक्षपोषण नगर्ने होस । यस्ता पत्रकारिताले के जनताका पक्षमा आवाज उठाउछ ? भ्रष्टाचारी नेताको गुनगाण गाउने पत्रकारिताले कसरी दुरदराजका जनताको आबाज बोल्न सक्छ ? जसले नेतालाई खबरदारी गर्नुपर्नेमा आफैं त्यहि नेताको भरौटे पेशाको वकालत गर्छन । देशका हरेक सञ्चार माध्यममा दिनहु कुन पार्टिको नेताले के भने कुन कार्यक्रम उद्घाटनमा गए, कसकसलाई के गाली गरेर कुन उखान र टुक्कामा अरुको उचाई घटाएर आफ्नो उचाई बढेको बद्ख्वाई गरका जस्ता बिषयबस्तुलाई ठुलो तस्विर समेत राखेर प्रमुख समाचारको रुपमा ब्रेकिङ न्युज भनेर प्रकाशन प्रसारण गरिन्छन । त्यस्तै नेताले के खाए, कोकोसँग भेट गरे कहाँ घुम्न गए जस्ता बेकार फाल्तु बिषयबस्तुलाई समाचार बनाउछन । तर जनतालाई भोकमरि, रोगमहामारि, मगङ्गी र लोडसेडिङले ग्रसित भएका र पिडा र वेदना भरिएका दुखसुख र खोजमुलक सामाग्रीहरु भलै लेख्छन होला तर कहिलेपनि यस्ता समाचार र बिषयबस्तुलाई प्राथमिकता दिईदैन । यसैबाट थाहा हुन्छ कि देश चलाउने पहरेदारी खबरदारि दिने र सेवा सुबिधा दिेने निकायहरुको निश्पक्षता कहाँसम्म छ भन्ने !
देशका कर्मचारी देखि विभिन्न निकाय र संघसंस्थामा राजनितीक पक्षपोषण गर्ने विभिन्न राजनितीक दलप्रति बफादार ट्रेड युनियनहरु खोलिएका छन । यस्तो भएपछि कसरी कुनै कर्मचारी, मजदुर पेशागत व्यवसायीले आफ्नो मर्यादाको हितमा काम गर्न सक्छन । गाउँगाउँमा प्रत्येक पार्टीका छुट्टाछुट्टै विद्यालय, सहकारी र संघसंस्थाहरु हुन्छन । पलानो पार्टीको बिद्यालय फलानो पार्टीको सहकारी भनेर चिनिन्छन । यसरी मुलुक पुर्णरुपमा फोहोरी राजनितीले नराम्ररी जेलिन पुगेको छ । जहाँजहाँ जसको शक्ति र सामर्थ्य स्थापित गर्न सफल भएका छन त्यहाँ त्यहाँ सम्बन्धित राजनितीक दलको मनोमानी चलेको छ । देशमा लामो समयसम्म लम्बिएको सङ्क्रमण काल र द्वन्दले थपिएको जटिलताका कारण पनि देशभर यस्तो मनपरितन्त्रले नराम्ररी जरा गाडेको छ । जसको प्रत्येक्ष प्रभाव परेको छ मुलुकको विकास निर्माणका गतिविधिमा पनि । हरेक ठाउँमा आआफ्नो राजनितिक दलको स्वार्थमा विकासको लागि छुट्टिएको रकम झ्वाम हुन्छ ।
यसका अलवा राजनितिले भ्रष्टाचारी र अपराधीलाई अत्यन्त सुरक्षित आश्रय दिएको छ । जसका कारण भ्रष्टाचारी र अपराधीहरुको मनोबल बढेको हुन्छ । यथार्थमा भन्ने हो भने यस्ता अपराधी र भ्रष्टाचारीहरुको कृपाले दलको राजनिती टिकेको छ । चन्दा आतंक, लुटपाट, हत्या, अपहरणका घटनामा देशका ठुलाठुला नेताहरूको प्रत्येक्ष हात भएको पटकपटक प्रमाणित भएको छ । यस्ता अपराधीलाई कारबाही त कता हो कता केही सच्चा र कर्तव्यनिष्ठ प्रहरी र कानुनको फन्दामा परेका अपराधीहरू पनि रातारात राजनीतिक जोडबलमा छुटाईन्छन । त्यतिमात्र नभएर प्रहरीको वान्टेडमा रहेका ठुल्ठुला गुण्डा र अपराधीलाई राजनिक दलहरूले उच्च पदमा आसिन गराई पालेर राखिएका छन् ।
हुनत हरेक राजनितिक दलहरु र समाजमा राम्रो छवि र असल आचरणका क्षमतावान व्यक्तिहरु पनि प्रसस्तै छन उनिहरुले विभिन्न पदमा रहेर राम्रो काम गरेर पनि देखाएका छन । तर यहाँ महत्त्वपूर्ण कुरा र विडम्बना के छ भने त्यस्ता व्यक्तिलाई कुनैपनि महत्त्वपूर्ण जीम्मेवारीमा पुर्याइदैन यदि पुगिहाले पनि ईमान्दारीता पुर्वक काम गर्न दिईदैन या कुनै न कुनै रुपले असफल बनाउन लागि पर्छन् । दहीको साची बिरालो भनेझैँ जो ठुलो अपराघी र भ्रष्चाचारी हो उसैलाई मन्त्री या सम्बन्धित निकायमा पुर्याएर सबै मिलेर ब्रह्मलुट मच्चाउछन ।
यसरी सधै विभिन्न रुपमा अस्तव्यस्त रहेको मुलुकमा आर्थिक गतिविधिहरु ठप्प प्राय छन् । भएका उद्योगलाई पनि राजनीतिक थलोमा परिणत गरेर बन्द गरिदैछन । त्यसमाथि विभिन्न दलका स्वार्थ सिद्ध गर्नका लागि गरिने बन्द हडतालको चपेटामा परेका छन् । फेरि सधैंको लोडसेडिङ र चुलिएको महङ्गीको त झनै के कुरा गरौं र ! फलस्वरूप देशमा भित्रिने बैदेशिक लगानी र सहयोगको मात्रा निराशाजनक हुदो छ । यसरी हतोत्साहित भएका स्वदेशी पुँजी र दक्ष जनशक्तिको पलायन बढेको बढ्यै छ । देशमा केहि गरिखाने उपाय नभेटेपछि निराशा र कुण्ठा बोकेर हजारौं युवाहरु बिदेशिन बाध्य छन । अप्रत्यक्ष रुपमा हेर्ने हो भने देशमा व्याप्त अन्योल र अभावले खड्केको नैरस्यताले नेपालीहरुको चिन्तन खलबलिएको छ ।
देशमा हरेकपटक राजनितिक परिवर्तनको लागि जनताको धेरै ठूलो योगदान र सहभागिता रहेको छ । जतिपनि ठुलाठुला परिवर्तनहरु भए त्यसमा जनताको प्रत्येक्ष संलग्नता रहेको छ । पछिल्लोपटक २०६२/६३ को जनआन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता र २/२ पटकसम्म बनेको संविधानसभा पुर्णतया असफल हुने बिन्दुमा पुर्याउने पनि हालका ठुला भनौदा राजनितिका खेलाडीहरुका आपसी तछाडमछाड र सत्ता स्वार्थ प्रमुख रुपमा जीम्मेवार छन् । अबत लाग्छ नेपालका राजनिति दलहरुमा जनताको भरोसा र बिस्वस्नियता शुन्य भईसकेको छ । उनिहरुमा गैरजिम्मेवारीपन र अनैतिकताको पराकाष्ठा निघिसकेको छ । जसका कारण बेलाबखत बैकल्पिक शक्ति र नयाँ बिचारको कुराहरु समेत उठेका छन् । तर कुरा फेरि उहि बिषयमा टुंगिन्छन कसले नेतृत्व गर्ने र के एजेन्डा बनाउने भन्ने !
हुनत बिकास र परिवर्तन भन्ने चिजहरु राजनीतिबाट मात्रै प्राप्त हुने कुराहरु भने हैनन । तर हाम्रोजस्तो मुलुकमा बिकासका लागि आवश्यक आधारभुत शान्तिसुरक्षा, लगानीको ग्यारेन्टी, लगानीकर्ताहरुलाई चाहिने उत्साहित र आकृष्ट गर्ने बाताबरणको अभाव आदि कुराहरूलाई देशको अस्तव्यस्त राजनितिले आक्रान्त पारेको छ । देशका शैक्षिक संस्था, सरकारी गैरसरकारी संघसंस्था, स्वास्थ्य संस्था र उद्योग व्यवसायहरु अस्वभाविक राजनीतिक हस्तक्षेपबाट ग्रसित छन् । राजनितीले भ्रष्टाचार र अपराधलाई प्रशय दिएको छ । र समाजमा राजनितीलाई अन्यत्र क्षेत्रमा केही गर्न नसकेर पैसा र शक्तिको आडमा प्रयोग गर्ने अन्तिम थलोको रुपमा लिईने गरिएकोले नेपालमा राजनीति आज स्वयं बदनाम बनेको छ !
नेपाल नेताहरुले गर्दा मात्र बिग्रिएको होइन.
नेपाल लोभी, स्वार्थी, नाटके जनताहरुले गर्दा बिग्रिएको हो.
सबै कुरा छर्लङ्ग पार्ने लेख । पढ्दा यस्तो लाग्छ कि म नै भनिरहेको छु अथवा भनौं एउटा अाम नेपालीले देखेको, जानेको, बुझेको र बुझ पचाएको सबै कुराहरु समेटिएका छन् । वाह !
Biggest problem of Nepal is, although everybody knows that so called political party leaders are the worst corrupt, criminals and usless bunch of thugs. All employeees, political workers, union workers and public servants and gundas still run after these looters.
These political criminal must have been punished by people in lot of ways and to not give them opportunity to rule the country because these criminals are so irresponsible and mean social being.
If the people can not punish them they must been completely oustraside from society in all aspect.
Simpest thing people can do is?
1.Exclude them socially
2. Completely ignore bunds
3. Don’t gather to listen their garbase speech
4. As soon as you smell about their illegal activities and corruption, drag them to mass make them admit and force them accupying the post they hold.
5. Don’t pay bribe to get the service of public servant
6. Don’t pay black marketted rate
7. Donot pay tax or polician’s and public servant salary if they are not working for you.
8. Ask tough question when they drive expensive cars and live in expensive houses and put big poster aroun their houses it is the outcome of big corruption and ask everybody to socially outcast these criminals.
Why you should feel previlledged to be associated with these criminals.
Then you will see where these criminals hide.
यो देशले नया नेतृत्व खोजि रहेको छ. चाहे त्यो पार्टी होस् वा व्यक्ति…..देशको उन्नति र जनताको सुख सम्ब्रिदिको लागि …नया सोच, प्रणाली, कार्यसैली आदि आदि…
यो अहिले असम्भव नै छ….होला… आजको सिंगापुर त्यतिकै बनेको होइन….
नेपालमा निहित फोहोरि राजनिति र राजनिति दलका माफिया हरुलाइ झापड हान्दै लेखिएको पवनजि को लेख एकदम राम्रो छ आगामि दिनमा यस्तै समसामयिक विसयलाइ उठान गर्दै लेखिएका लेखहरु पढ्न पाइयोस शुभकामना
यो डाडा मा हगेर डल्ला ले पुछेर फाल्ने पाखे नेता हरु लेनिन , र् माउको फोटो मुख्मा टासेर आउँदा ए साचिकै सिद्दान्त बादी पो हो कि भनेर पछी लाग्ने भेडा जमात भएसम्म उनिहरु देश को बजेत ठगि खाने , ढुकुति लुत्ने ऊन्का पुछर हरु चा ट्न पाये सम्म चात्ने अनी देश जही को त्यही |
खराब प्रबृति, सजाय नहुदा झन फस्टाएकाे…
राजनितिक दलको विकल्प खोज्नु जरुरी छ ।
मिलिटरी शाशन भन्नु भाको? कि पारस शाशन भन्नुभा?
अहिलेका राजनैतिक दलको विकल्प राजनीतिक दल नै हो, नया संरचना र सोच सहित को.
यो लेख, लेख को रुपमा पठनीय छ तर वास्तविकता तिर पनि विश्लेषण गर्न नितान्त आवश्यक ठान्द छु । मेरो विचारमा नेपालको भौगोलिक, धार्मिक, जातीय, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरुलाई गहिरिएर विश्लेषण न गरि सर्वसाधारणलाई परिपुर्ति गर्न एकदमै कठीन हुने सपना देखाउदा अहिलेको परिस्थितिको सृजना भएको हो ।
नेपाल एक बहु जातीय , बहु बर्ण, बहु भौगोलिक, बहु सांस्कृतिक, बहु धर्म र आर्थिक असमानता भएको राष्ट्र हो । नेपालको उतर र दक्षिणमा विश्वको पहिलो र दोस्रो जनसंख्या भएको चीन र हिन्दुस्थान छिमेकी हुनु हाम्रो वास्तविकता हो र जो सधै रहि रहने छ ।
भौगोलिक विविधता र उचाईको परिवर्तनले नेपालको जलवायु उष्ण देखि शितोष्ण हावापानी १५० माईलको फासलामा दक्षिण देखि उतरमा अवस्थित छ । साथै सोही दुरीमा समुन्दर् सतह देखि ६० फिट देखि २९०२८ फिटको विश्वको सर्वोच्च शिखर साथै बुद्ध र सिताको जन्म स्थल बिधमान छ । तराईको समथर भूमि, भावर, चुरे, उपत्यकाहरु, महाभारत पर्वत, उच्य पर्वत र हिमालय हाम्रो घर हो । यो घरलाई टुक्रा टुक्रा गरी भगबन्डा गर्न उस्काउनु यौटा अदूरदर्शिताले हालको परिस्थितिको सृजना गरेको धोतक सत्य हो । यो कुरा कालान्तरमा राष्ट्रको लागी घातक हुने हाम्रा तराईका वासिन्दाहरुले बुझी सकेका छन् । किन भने तराई नेपालको मुख्य अन्न र बनको भण्डार हो भने पहाड़ बिधुत, सिंचाई, खनिज, बन र पर्यटनको मुख्य स्रोत हो । अन्न उत्पादन हुने तराई र पहाडका धेरै जसो भूभाग नेपालमा उपयोगमा आई सकेका छन् भने बिधुत १%, सिंचाई ५%, खनिज ५% र पर्यटन १०% भन्दा कम मात्र उपयोगमा हाल सम्म भएको छ ।
मेरो सानो बुद्धीले बिष्लेषण गरे अनुसार तराई, भावर, चुरे, महाभारत पर्वत, उच्य पर्वत र हिमालका प्राकृतिक स्रोतको बुद्धीमानीका साथ प्रयोग सबै नेपालीहरुलाई सतत् उन्नतिको निर्विकल्प बाटो देख्द छु ।
अझपनि केही बिग्रेको छैन, सुधारका धेरै ठाउहरु छन् । मुख्य कुरा के भने हामी बिभिन्न दल र वर्गका नेपालीहरुले आ-आफ्नो स्वार्थ र लेडेढीपी त्यागी सच्चा राष्ट्रवीदी भै सुनौलो भविष्यकोलागी अगाडी बढनु बाहेक कुनै विकल्प देख्दिन ।
सुरज मास्के
नेपालगंज
नेपालक भ्रस्ट नेताहरुमा नैतिकता भन्ने चिज हराईसकेको छ |