Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो रहेछ पशुपतिभित्रबाट निकालिएको पुरातात्विक वस्तु

Posted on April 13, 2015April 13, 2015 by Salokya

pashupati1
केही दिनअघि पशुपति मन्दिरभित्र भारतीय पुरातत्व विज्ञहरु प्रवेश गरेको एउटा विवाद चर्किएको थियो। भारतीय मूल पुजारी रहेको मन्दिरमा भारतीय विज्ञ प्रवेश गर्दा विवाद नहोला भन्ने ठानेको होला पशुपति क्षेत्र विकास कोषले। त्यसैले नेपाल सरकारलाई जानकारी नै नदिई त्यसो गरिएको थियो। तर त्यसो भएन। विवादका कारण दुई दिन त ‘सम्वर्द्धनसम्बन्धी प्रारम्भिक अध्ययन’ रोकियो पनि। तर कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तपाईबीचको सहमतिलाई अघि बढाउनका लागि उक्त टोलीलाई बोलाइ स्थलगत अध्ययनका लागि प्रवेश दिइएको’ स्पष्टीकरण दिएपछि काम सुचारु भयो। अन्नपूर्ण पोस्टका अनुसार विधि र प्रक्रिया तथा क्षमापूजा बिना नै पुरातत्व विज्ञहरुलाई मन्दिरमा आफ्नै क्यामरासहित प्रवेश दिइएको जानकारी पाउन साथ गृह तथा उपप्रधानमन्त्री वामदेव गौतमले पर्यटन तथा संस्कृतिमन्त्री दीपकचन्द्र अमात्य तथा डा. टण्डनलाई फोन गरी तत्काल काम रोक्न आदेश दिएका रहेछन्। अहिले सामाजिक सञ्जालमा पशुपति मन्दिरभित्रबाट निकालिएको पुरातात्विक वस्तुको फोटो सार्वजनिक भएको छ।

pashupati2

pashupati

पशुपतिनाथ मन्दिरको जिर्णोद्वारका लागि मोदी गत वर्ष अगस्तमा नेपाल भ्रमणमा आउँदा नै सहमति भएको थियो। यो बारे त्यतिबेला नै भारत र नेपालका सबैजसो मिडियाले समाचार लेखेका थिए। त्यतिबेला सबैलाई मोदीको हाइहाइ गर्दैमा फूर्सद भएनछ कि कसो अहिले अकस्मात् राष्ट्रवाद जाग्न पुग्यो।

यस्तो छ त्यतिबेलाको सहमति
pashupati22
भारतीय परराष्ट्र मन्त्रालयले त्यतिबेला निकालेको विज्ञप्ति।

pashupati11
भारतीय नागरिकले सूचनाको हक अन्तर्गत प्रश्न सोधेपछि दिइएको जवाफ।

7 thoughts on “यो रहेछ पशुपतिभित्रबाट निकालिएको पुरातात्विक वस्तु”

  1. ananda says:
    April 15, 2015 at 4:27 am

    तै पनि सुन तथा बहुमुल्य बस्तु छ कि भनेर हो मन्दिरको माया तर्स्करहरु र चोरहरुलाइ

    Reply
  2. dhanbahadur says:
    April 14, 2015 at 10:08 am

    शंकर जी तपाई सय प्रतिसत सहि हो. यो नेता हरु सबै भारतीय को नोकर हरु हुन् यो सबै भारत को नियत लाइ सहयोग गर्ने चल मात्र हो. सब नेपाल को गोब्रे नेता हरु

    Reply
  3. nimesh, bkk says:
    April 13, 2015 at 8:50 pm

    एउटा कर्मचारीले बिना सरकारी अनुमति वा सरकारलाई सुचना दिनु बिना एउटा विदेशीलाई डाकेर आफ्नो ढुकुटीमा छिराउन सक्ने हैसियत राख्दो रहेछ नेपालमा . के कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइराला बीचको सहमतिलाई अघि बढाउन सरकारलाई बिना पूर्वजानकारी दिई त्यो कार्य गर्न सुहाउँछ ?

    Reply
  4. Rajendra Adhikari says:
    April 13, 2015 at 2:00 pm

    जाबो २५ करोडको कामको लागि पनि इन्डियाको सहयोग माग्ने ? थुक्क माग्ने मानसिकता । नेपालको Archaeologist हरू सबै मेरेका हुन् र, इन्डियाबाट झिकाउनु पर्ने । होइन यो सरकार नेपालीले गर्न सक्ने सबै काम किन विदेशीलाई गराउन उद्धत् छ ?

    Reply
  5. Shankar says:
    April 13, 2015 at 7:20 pm

    नक्कली लुम्बिनी बनायो भन्छ भारत ले भोलि पसुपतिको मुर्तिलाई सुटुक्क आफै देश मा लगेर , हाम्रो मा डुप्लिकेट राखेर , ल है असली पशुपति हाम्रै देश मा छ भनेर आन्तरिक पर्यटन लाइ बढाउने , भारत बाट नेपाल आउने लाखौ पर्यटक रोक्ने काम गर्यो भने पनि हामीले थाह नै न पाउने स्थिति रहेछ यो |

    Reply
  6. xyz says:
    April 13, 2015 at 9:05 am

    When a family faces financial difficulties it sells silverwares to buy groceries. Same applies with a nation; earlier we saw Maoists Government unlocking the safes inside Taleju Bhawani Temple at Hanumandhoka. Now, this government is after silverwares inside Pashupatinath Temple.

    In the picture, one can see stacks of old swords, imagine the number of people must have been slain?

    Reply
    1. sam says:
      April 13, 2015 at 1:09 pm

      There were times when Pasupati temple was looted by foreign rulers. At old times these were the type of weapons used by the security people to defend the temple. Now, it has been replaced by guns. There is a police post for the security of the temple.

      When ASI is present there are there responsible Nepali officials also? And as most Nepali Officials are corrupt these artifacts may some day be displayed in a temple or museum in India.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme