यो चतुर्मुखी शिवलिङ्गको मूर्तिलाई कति जनाले सम्झनुभएको छ ? पाँचौ शताब्दीमा बनेको ३२ इन्च, ढुंगाको यो मूर्ति काठमाडौंको पशुपतिनाथबाट मृगस्थलीतर्फ जाने बाटाको पुलबाट सन् १९८७ को जुन महिनामा चोरिएको थियो। अहिले यो मूर्ति कहाँ छ, कसैलाई थाहा छैन।
सन् १९६० को दशकयता नेपालका सार्वजनिक मन्दिर, देवालय, चोक, बहाल, हिटी पँधेरा तथा चौरहरूबाट हजारौँ बौद्ध तथा हिन्दु धर्मका मूर्तिहरू हराएका छन्। चोरी हुनु अघि यी मूर्तिहरूको व्यापक पूजाअर्चना हुन्थ्यो। कसले चोरे? कसरी नेपालबाहिर लगे? मूर्तिचोरबारे त हामीलाई केही थाहा छैन तर जोय लिन डेविसले काठमाडौँ उपत्यकामा भएका प्रस्तर मूर्तिहरूको चोरी प्रति स्थानीय समुदायको प्रतिक्रियाको अभिलेख निर्माण गरेको छ। चित्रहरू, अन्तर्वार्ता र फोटोहरूको अभिलेखनबाट सामान्य उपभोगका वस्तु नभएर समुदायको जीवन्त महत्वपूर्ण वस्तुका रूपमा रहेका धार्मिक र कलात्मक वस्तु भौतिक रूपमा हटाइँदा समुदायको प्रतिक्रिया कस्तो हुँदोरहेछ भन्ने अध्ययन गर्दै काठमाडौँका पवित्र स्थलहरूको वर्णनलाई एकै कथानकमा संयोजित गर्छ ।
१५ वटा ठुला चित्रहरुले मूर्ति चोरी भएका ती स्थानहरु अहिले कस्तो देखिन्छन् भन्ने वर्णन र ती चोरिएका मूर्तिहरू तिनै ठाउँमा फिर्ता गरेर २३ क्यारेट सुनको मूर्तिका रूपमा स्थापना गर्दा देखिने दृश्यले यी पवित्र स्थलहरुको अतीत र वर्तमानका बीचमा यथार्थपरक सेतुको कार्य गर्छन्।
कलाकार जोय लिन डेविसले मुर्ति चोरी भएका पवित्र स्थलहरूको भ्रमण गर्दै, फोटो खिच्दै, ऐतिहासिक तस्बिरको अध्ययन गरेर सदृश्य रुपमा ती चोरिएका मूर्तिहरू तिनै ठाउँमा फिर्ता गरेकी छिन् । सुनले कुन मूर्ति चोरिएको थियो भन्ने दृश्यात्मक वर्णन गर्छ र मूर्ति चोरीले पवित्रतालाई उपभोग्य वस्तु बनाएको सन्दर्भ उजागर गर्छ । प्रत्येक चित्रसँगै चोरिएका मूर्तिहरूको ऐतिहासिक तस्बिर, मूर्ति रहेको स्थानको हालको तस्बिर, मूर्ति र कुनै प्रतिमूर्तिका बारेमा जानकारी तथा स्थानीय बूढापाका, श्रद्धालुहरू तथा मन्दिरका रेखदेखकर्तासँगको अन्तर्वार्ता पनि रहेका छन् । आज सम्म थाहा भएका करिब २०० भन्दा धेरै मूर्तिचोरीका घटनाबारे तथ्यांक खोज्न मिल्ने अन्तरक्रियात्मक मानचित्र सहितको वेबसाइट पनि प्रदर्शनीसँगै लोकार्पण गरिँदैछ। http://rememberingthelost.com/ प्रदर्शनी आउँदो अप्रिल १० देखि काठमाडौँको आर्ट काउन्सिलमा सुरु हुँदैछ।
यो प्रदर्शनीले नेपालको समृद्ध सांस्कृतिक सम्पदामाथि प्रकाश पारेको छ । अन्तर्राष्ट्रिय कला व्यापार र नेपाल र विश्वभरी नै जारि रहेको कला चोरीबारे वार्तालाप, र संस्कृतिको स्वामित्व कसमा निहित हुन्छ भन्नेबारे बहस सुरु गरेको छ। यस प्रदर्शनीमा सम्मिलित अध्ययन नेपालबाट कला चोरीबारे सन् १९८० को दशकमा लैनसिंह बाङ्देल र युर्गेन शिकले गरेको अध्ययनमा आधारित छ ।
यस प्रदर्शनीको समयावधिमा सामुदाय सम्म पहुँच निर्माण गर्न विभिन्न क्रियाकलापहरू परिकल्पना गरिएको छ । यसले अतिथिहरूलाई विश्वभरि नै जारि कला चोरीबारे फिल्म प्रदर्शनी, चोरी भएका ठाउँको स्थलगत भ्रमण, चोरी भएका मूर्तिलाई स्वस्थानमा फिर्ता ल्याउनेबारे बहस, स्मृति अभिलेखन स्थल तथा विभिन्न विषयमा बहसमा सहभागी हुन निमन्त्रित गर्ने छ । विश्वविद्यालयका विद्यार्थीहरूसँग हुने अभिलेखन सम्बन्धि कार्यशालाको अन्त्यमा उनीहरूको मौलिक अनुसन्धान तथा सिर्जनात्मक क्रियाकलापहरूको प्रदर्शनी गरिने छ ।
क्यालिफोर्नियाकी वासिन्दा कलाकार तथा अनुसन्धानकर्ता जोय लिन डेविस अहिले ललितपुरमा बस्छिन् । उनि काठमाडौँ कन्टेम्पोररी आर्ट्स सेन्टरमा सन् २०१२ देखि २०१३ सम्म र सान्टा फे इन्स्टिच्युटमा सन् २००८ देखि २००९ सम्म आर्टिस्ट रेजिडेन्सीमा थिइन् । डेविसले युनिवर्सिटी अफ क्यालिफोर्निया सान्टा बार्बराबाट चित्रकलामा स्नातक गरेकी छिन् । सन् २०१२ मा उनका कलाकृति युनेस्कोको प्रायोजनामा पाटन म्युजियममा प्रदर्शन गरिएको थियो । उनी हिमालयन आर्ट एण्ड कल्चरल हेरिटेज प्रोजेक्टकी संस्थापिका हुन् । यो गैर नाफामूलक सँस्था नेपाल तथा अन्य हिमाली क्षेत्रका कला – संस्कृतिका सम्पदाबारे चेतना फैलाउन र संरक्षणकालागि कार्यरत छ ।
I think it may be a high time to arrange an interview with Gyanendra in this topics and see how he will respond to some of the question.
Around mid seventy to 90s lot of members of public used to whisper about Gyandendra and his accomplish in relation to stolen statues. But publicly did not dare to write or express in media or in any formal meetings.
Because people knew the cost they would pay (lose their lives) if they are known by people loyal to palace.
Well time has changed. It may not be hard to find those where these antique arts are and who they got them from.
It is hard to believe that government is really interested in such noble task but many of those working in high up may be still adding to this statistics of stolen arts.
The top govenment employees are the bigger thieves of all even during so call monkey democracy era (ie now)
येसो गूगल मा खोजि गरेको त !……http://huntingtonarchive.osu.edu/resources/lostStolen/nepal.html
पशुपति निर हुर्केको हुनाले त्यो पशुपतिको आर्यघाट पुल तर्ने बित्तिकै को शिव लिङ्ग सधै घुम्ने गरेको मानसपटलमा ताजै छ र अहिले पनि याद आउछ | होइन त्यो पनि गायब छ ? उतिखेर त बाटोमा परेको भएर साँगुरो भो साइड लाउने भन्ने सुनेको जस्तो लाग्छ | राम्ररी साइड पो लायेछन् त ||
चोरी भएर नेपाल बाहिर बिभिन्न मुलुकमा बेच्न राखीएका नेपाली मुर्ती हरुलाई फेरी नेपाल भित्र्याउन के कस्तो पहल गर्नुपर्ने हो, सरकार द्वारा पहल गर्न सुरु गर्नुपर्छ ।
अति राम्रो कार्यको सुरुवात, बिडम्बना हाम्रै मुर्ति, हामीले चोरेको अनि हरायको कुनै बिदेशीले फर्काउनको लागि यत्रो अनुसन्धान, लगानी गर्नु पर्ने !
कोले चोर्यो भनेर् ज्ञानेन्द्र लाइ सोध्दा हुन्छ अरुत् मरिसकेहोलान्!
यसमा प्रकाशित कुरा एकदम राम्रो छ । हाम्रो कला र सांस्कृतिको संरक्षण गर्ने कुरामा दुई मत छैन ।
राष्ट्रीय धरोहर जगेर्ना गर्नु पर्ने प्रथम प्राथमिकता हुनु पर्नेमा श्री १०८ (विभिन्न राजनैतिक दल) हरुले जेपायो त्यै चोर्दै गरेको सर्व विदित छ । यही अवस्थामा केही बर्ष पछि नेपाल नै लिलाम बढ़ावढी न होस् ।
विगतमा राजदरवारलाई मन न पर्नेहरुको केही गल्ती भेट्ने बित्तिकै सखाप गर्ने चलन थियो र वफ़ादारलाई बक्सिस । तर अहिले तै चुप मै चुप !
भ्रस्ट भनिएर बदनाम भएकाहरु भ्रस्टाचार नियन्त्रणका नाइके हुने नेपाल । कान्डै कान्डमा मुछिएकाहरु नेपालका निति निर्माता, सरकारी र अर्ध सरकारी सेवामा अनुतिर्ण हुने संवैधनिक अंगका पदाधिकारी हुने । त्यसो भए चोरहरुलाई छानी छानी सिपाही बनाएमा कसो होला ? चोरहरुको संख्या त पक्कै घटला ।
सुरज मास्के
नेपालगंज
यस्था गैर सरकारी संस्था को उद्देश्य ” यो गैर नाफामूलक सँस्था नेपाल तथा अन्य हिमाली क्षेत्रका कला – संस्कृतिका सम्पदाबारे चेतना फैलाउन र संरक्षणकालागि कार्यरत छ ”
सहि हो हैन ,बारे नै अनुसन्धान अति आवस्यक छ | यिनै गैर सरकारी संस्था का हिमाली क्षेत्र का अमेरिकन प्रोजेक्ट को कुरा हुदा हुदै केहिसाल अगाडी तिब्बती सरनार्थी लाइ कोलोराडो लगेर तालिम दि इ यो र चीन मा (तिब्बत ) मा ठुलो बिद्रोह गराइयो |
उ बेला पनि हामि सिंह दर्बार मा एमाले ,कांग्रेस सत्ता तानातान नाच हेर्दै थिएंम, हामीले त् थाहै पायेनम |
मन्दिर मे फुल चढ़ाने गए थे, फुलोका कत्ल कर आए हम |
जहा पापोको मिटाने गए थे , एक और पाप कर आए हम |
—मेरो हैन
एक गज जमिन ही सही , अपनी मिल्कियत तो हे |
ए मौत, तु ने मुझे जमीन्दार बना दीया |
http://artsbeat.blogs.nytimes.com/2015/04/02/manhattan-prosecutors-say-new-york-art-dealer-played-role-in-sale-of-stolen-artifacts/?smid=fb-share
यो बारेमा न्यु योर्कको नेपाली एम्बासेडरलाई त् थाहा हुनपर्ने हो| नभए पनि जिज्ञासा राख्नपर्ने हो नेपाली जनताको तलब र भत्ता खाएर उनको दैनिकी घुम्न र छोरछोरी पढाउँन मात्र होइन केरे| वासिंगटनको नेपाली एम्बेसीको हाकिम हरुको के कुरा गर्नु, भोज भतेरमै जिन्दगि चलेको छ|