Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उफ्, फेरि भोलि बन्द रे

Posted on April 6, 2015April 6, 2015 by mysansar

-प्रदीप गौतम-

nai
आज फेरि एकपटक केही लेख्न मन लाग्यो । लेख्न के भन्नु र मनलाई केही हलुका पार्न मन लाग्यो । केही अनुत्तरित प्रश्न हरु को फेरि एकचोटी सामना गर्न मन लाग्यो । भोली बन्द रे । भोली मात्र होइन अरु २ दिन पनि बन्द रे । किन त भन्दा थाह छैन कसैलाई । बन्द गराउने नेतृत्वका केही लाई थाह होला । तर धेरै लाई थाह छैन । एउटा आम मान्छेलाई त केही पनि थाह छैन । र थाह छैन होला ती हजारौं मानिस लाई पनि जो भोली चोक चोक मा युद्धका लडाकुहरु झैं मौन प्रहरीहरुका अगाडि हामी जस्ता कैयौं सर्वसाधारणलाई आज बन्द छ, फर्कनोस् भन्छन् र कोही त म चढेको माटरसाइकलको साँचो खोस्न आउँछन् जसले पहिला नै कुनै सरकारी सवारी साधन तोडफोड गरिसकेका हुन्छन् ।

भोली फेरी टायरका धुवाँहरुले काठमाडौंको आकाशहरुमा आफ्नो प्रभुत्व जमाइरहेका हुनेछन् । सडकमा पैदल यात्रीहरुको जमात हुनेछ । पानी पुरी , फलफुल, चना बदाम बेच्नेहरु गल्लीहरुमा बाक्लै रुपमा देखिनेछन् । खुला सडकमा भर्खरै सकिएको विश्वकप क्रिकेटको फेरी एकपल्ट झल्को दिने गरी केटाकेटीहरु क्रिकेट खेलिरहेका हुनेछन् ।

अनि म दुई घण्टा पैदल हिंडेर आफ्नो अफिसको टेबलमा आफनो हाकिमको आँखा छल्दै न्युज च्यानलहरु खोलेर कहाँ कहाँ कत्तिको बन्दको प्रभाव परेछ भनेर न्यूज च्यानलहरुको पेज खोलिरहेको हुन्छु वेबसाइटमा । मेरो त एकदिनको तलब पनि पाक्नेछ । अनि सोच्छु काठमाडौंमा मजदुरी गरेर बस्ने हजारौ विपन्न परिवारको घरमा आज केही पाक्छ कि पाक्दैन । २ घण्टा हिंडेर आउँदा लागेका मेरो प्यास त म जसो तसो मेट्छु तर ती मानिसहरुको प्यास आज मेटिन्छ कि मेटिदैन । बेलुका फेरी हिडेर जाँदा मेरो छोराले मलाई पापा बोकेर जाँदा जुन मुस्कान दिन्छ त्यो मुस्कान उनीहरुका छोरा छोरीले देलान् नदेलान् ।

बन्द आयोजक पार्टीहरुका शीर्ष नेताहरुको घरमा भोली फेरी पार्टी हुनेछ । पार्टीका मान्छेहरुको घरमा पार्टी । बन्द सफल भयो भनेर पार्टी । बास्तविक हार र उनीहरुलाई लागेको जीत को खुशियालीमा पार्टी । खरको छाना भएका मानिसहरुको लागि पाटीको बास पुराउने चरणको अवसरमा पार्टी । बढी से बढी जम्मा ३ सय जना ब्यक्तिहरुको अगाडी नतमस्तक भएर रहनुपर्ने यो देश र यो देशका ३ करोड ब्यक्तिहरु फेरी एकदिन लाचार भएको अवस्थाको पार्टी । एकआपसमा कहिल्यै मिल्न नसकेका पार्टीहरु यही बन्द उनीहरुको भाषमा सफल गराउन मिलेको अवसरको पार्टी । बिडम्बनाको पार्टी । जति सोच्यो त्यती दुखलाग्दो पार्टी ।

मेरो आगामी पुस्ताले मलाई सोध्यो भने के भन्ने होला मैले उसलाई कस्तो भविष्य दिंदैछु भनेर । मेरा सन्ततीले ममाथि कहिले गर्व गर्लान कि मैले उनीहरुलाई एउटा राम्रो वातावरण दिंदैछु । हे नेता महोदय, तिमी त आफ्नो पेट भरिहाल्छौ अनि आफना सन्ततीहरुलाई उज्यालो भविष्य पनि दिन्छौ । आफ्ना सन्तानलाई बिदेशमा पढाउँछौ अनि जनताका सन्तानलाई बन्दको मार दिन्छौं ? एकपटक सोच गहिरिएर सोच, सम्पुर्ण रुपमा जनताको लागि आफु निराहार बसेर पनि त आन्दोलन हुने रहेछ । माग जायज भए पुरा पनि हुने रहेछ । तिमी हरु आफू पार्टी मनाएर जनता लाई निराहार बनाएर बन्द गर्दैछौ । यसबाट त हामी आम मानिसले के यो बुझ्ने कि तिमीहरुमा हिम्मत छैन आन्दोलन गर्ने, कि तिमीहरुको माग जायज छैन ।

जे होस्, तिमीहरुले आफना छोरा छोरीलाई त राम्रो भविष्य दिइरहेका छौ अब जनताका छोरा छोरीलाई पनि राम्रो भविष्यको वातावरण मिलाइदेऊ । बिन्ती मिलाइदेऊ ।

24 thoughts on “उफ्, फेरि भोलि बन्द रे”

  1. Shankar says:
    April 8, 2015 at 4:51 am

    हामि सर्ब साधारण कोइ बन्द को पक्ष्य मा कोइ बिपक्ष्य मा जुध्नु ब्र्कार हो | यो सब नाटक हो |
    माथि छ बाजेहरू ( प्रचण्ड, सुसिल , माकुने , ओली , झलनाथ , बामदेब ) हरु सिद्दान्त फरक भनिए ता पनि सबैको उद्देश्य सत्ता भित्र र बाहिर बसेर लाभ लिने मात्र हो | पेटभरी सराद्दे खान पाए याहा बन्द ,आन्दोलन केहि हुन्न| खान पाएनन् अनि गन गन त्यो नि अब त् को सग गन गन ? आफ आफुनै हो | टाइम टाइम मा इन्डिया को नेताको येसो चाकडी बजायो | बाजेहरू आफै क्रान्तिकारी , आफै प्रजातन्त्र बादी , आफै उग्रबादी |

    Reply
  2. Rohini says:
    April 7, 2015 at 9:24 pm

    हुर्रे! बन्द फिर्ता भयो |

    Reply
  3. krishan kc says:
    April 7, 2015 at 9:12 pm

    बन्द गर वा हड़ताल, सत्ताधारीले सत्ता पक्कै छाडदैनन डगमग पनि हुँदैनन्
    बास्तबमा यी देशका बन्दकर्ताहरूले बुझपचाएर नै बन्द गरेको हुनु पर्छ नत्र यो बन्दले सरकारलाई भन्दा सर्वसाधारणलाई नै बढी हानी गरेको छ भन्ने सबैलाई थाहा भएकै कुरा हो !

    Reply
  4. madan bajracharya says:
    April 7, 2015 at 9:08 pm

    उहिले प्रधान मन्त्रि बन्ने रोलक्रममा परेका १६ भाइ राणाहरु र तिनीहरुको दरवारहरु अहिलेका नेताहरु र तिनका पार्टीहरु उस्तै उस्तै भयको छ/ उहिले ती राणाहरुको हतियार बोक्ने आठप्रहरियाहरु र अहिलेका नेताहरुका कार्यकर्ताहरु पनि उस्तै उस्तै नै भयकोछ/ उहिले ती राणाहरुको पालै पालो प्रधान मन्त्रि बन्ने “रोलक्रम” भनिने ब्यबस्था र अहिलेका नेताहरुको “चक्रे प्रणाली” ब्यबस्था उस्तै उस्तै नै छ/

    “भारत” उहिलेका ती राणाहरुको ससुराली र मामाघर भारत हुन्थे त् अहिलेकाको नेताहरुको “प्रभुघर”/ उहिलेका ती १६ भाई राणाहरु नागरिकहरुको माग र मतको वास्ता नगरेर आपसमा सहमति गरेर संबिधान बनाउथे/ अहिलेका नेताहरुले पनि तेस्तै गर्न चाहेकोछ/ ती १६ भाइ राणाहरु र तिनका परिवारले सिंगो नेपाललाई बिर्ता र मौजाको नाममा आआफ्नो स्वराज हुने अघोसित संघीय राज्यहरु बनाय जस्तै अहिलेका नेताहरुले आफु जितिने आफ्नो स्वराज चल्ने संघीय राज्यहरु बनाउन खोज्दैछ/

    ती राणाहरु आफ्नो हुकुम र उर्दी नमान्ने नागरिकहरुको जिउ धन सरकारको बनाउने गरे जस्तै अहिलेका नेताहरु पनि आफ्नो हुकुम नमान्ने नागरिकहरुको जिउ धन मास्दै आयकोछ/उहिले राणाकालमा राणाहरुले अपराध गरे सजाय हुने कानुन नै बन्दैनथ्यो भने अहिलेका नेताहरुले आफुले गरेको अपराधमा सजाय हुने कानुन लागु गर्न दिंदैन/

    राणाहरुको शासन व्यवस्थामा नागरिकहरुको मत र मतिलाइ कुनै स्थान दिंदैनथ्यो र उनीहरुले बक्सेको संबिधान र कानुन नागरिकहरुको निमित बाध्यात्मक हुन्थे/ अहिकेला नेताहरुले पनि नागरिकहरुको बहुमतलाई अबज्ञा गरिने गणितको संख्या” भनेर तिरस्कार गर्दै उनीहरुले बक्सेको संबिधान नै नागरिकहरुलाई बाध्यात्मक बनाउन खोज्दैछ/ उहिलेका राणाहरुले नागरिकहरुलाई रैती बनायको थियो भने अहिलेकाले त् कैदी नै/ त् के फरक भयो बिस्वले तानाशाही भनिने रानातान्त्र र ई नेताहरुको लोकतन्त्रमा?

    Reply
  5. Jagaruk Nepali says:
    April 7, 2015 at 8:46 pm

    निलो प्लेटमा घुइकिने बिदेशी प्रभुहरुलाई कुनै असर नहुने तर नेपाल भित्र नेपालीलाई नै काम र हिड्डुल समेत गर्न नदिएर, नेपाल भित्र नेपालीलाई नै दोस्रो दर्जा को नागरिक बनाउन उद्दत बिदेशीका दलाल माओबादी,मधेसी मोर्चा र जातीबादी पार्टीहरुको भन्डाफोर र बहिस्कार गरौ। माओबादी,मधेसी मोर्चा र जातीबादी पार्टीहरु सबै आइएस आइएस र बोको हरामका नेपाली सस्करण हुन्।

    Reply
  6. krish adhikari says:
    April 7, 2015 at 3:32 pm

    बास्तबमा यी देशका बन्दकर्ताहरूले बुझपचाएर नै बन्द गरेको हुनु पर्छ नत्र यो बन्दले सरकारलाई भन्दा सर्वसाधारणलाई बढी हानी गरेको छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । नेपालको अर्थतन्त्र उद्योगमा आधारित छैन त्यसैले यस्ता बन्दले अर्थतन्त्रमा खासै ठूलो असर नगर्ने र कृषिमा आधारित जनता र त्यसका आम उपभोक्ता, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू, विरामी तथा विद्यार्थीहरूलाई मात्र घाटा हुन्छ सरकारलाई ठूलो दवाब पुग्दैन भन्ने रसिया र माओको क्रान्ति पढाउनेहरूलाई थाहा हुनु पर्ने हो । क्षेत्रीय र जातीय नारा घन्काउनेहरूलाई थाहा हुनु पर्ने हो सबै जात र क्षेत्रका जनतालाई मर्का पर्छ बन्दले । हाम्रो देशमा दल कहिल्यै जनताका सुख दु:खका सहायक भएनन् व्यर्थका शासक मात्र भए त्यसैले आफ्नो हैकम स्थापित गर्न यस्ता निकृष्ट हर्कत गरिरहेका छन् । निरङ्कुस राणाले जनताका छोरा छोरी पढ्न दिएनन् भनेर कुर्लिन्थे आफैँ स्कुल बन्द गरेर निरङ्कुसता लादिरहेछन् । जनस्वास्थ्य विगार्ने गरी टायरको मुस्को धुवा उढाएर “जनहित” गरिरहेछन् । बन्द सफलताको भोज गरि जनताको भोको पेटमा लात मारिरहेछन् कुलङ्गार राक्षसहरू ।parchanda chor ra baburam chor laye fase turunta denu parchha ra mawabadi ka beu haru cheto bhanda cheto yo nepal bata sakhab garnu garure chha sale kukur haru sarthako lage deh ko bejet garchhan jangale khate ko pari .

    Reply
  7. xyz says:
    April 7, 2015 at 3:12 pm

    In support of Nepal Bandh

    First, those who are opposed to the idea of Nepal Bandh should know that they have enjoyed this opportunity to oppose bandh as a result of numerous bandh we had in the past. There are couple of institutions, FNCCI is obviously at the front, to oppose the idea of bandh. They should know that they too have resorted to bandh in the past. Nepal’s private sector is most corrupted sector – this is demonstrated by the recent court decision to apprehend FNCCI president of his past corruption charges. It is senseless these thugs coming up with figures like Rs1 billion loss per day due to bandh.

    Second,if there is violence and people are forced to close their shops and stopped their movement, it is the responsibility of the government to provide security. Remember, during panchayat days, for how many days we resorted to “black outs”? Would such methods be possible in current days?

    Third, if bandh organizers failed to fulfil their demands then they run the risk of possible political fallouts. Remember, what happened to the Maoist Party after they had a week long closure of the Kathmandu Valley. So the usefulness/effectiveness of bandh can be judged only after organization of bandh. Therefore, it is pointless blaming bandh organizers. They too run the risk no less smaller than the common man or woman in the street.

    Reply
    1. Roshan Limbu says:
      April 7, 2015 at 8:13 pm

      You sir should be sent to mental asylum for having such an explanation in favor of Bandha,thousands of Nepalese lose their day to day jobs due to Bandha and 1 billion loss per day is quite expected,and if you say previously other parties have resorted to method of Bandhas and we should do the same then that is a thinking of an uneducated moron. If this alliance who thinks their voice haven’t been heard there are many other civilised way to protest and demonstrate. Why not senior leaders do hunger strike like Dr KC that way it will be more efficient. We normal public are sick and tired of this bullshit please stop this or all of you will be buried as villains that raped and destroyed our beautiful country. If you do a poll right now 90 percent of Nepalese population is against this heinous crime. Just remember we people voted you sheltered you and supported you and brought you to power and likewise we can also put you to abyss,there is still time do good for the people and STOP this nonsense.

      Reply
      1. xyz says:
        April 8, 2015 at 6:04 am

        It is shame and insane that you call yourself a Limbu.

        Reply
  8. Volunteer Nepal says:
    April 7, 2015 at 8:24 am

    बिचरा हामी,
    संसारमा नेपाल मात्रा एस्तो देश होला जहाँ; छिमेकिको भैंसीले आफ्नो बारीको मकै खादा सडक बन्द गर्ने, ट्याक्सीमा ठग्न पायिएन भने त्याक्सी जाम गर्ने, बिदेशी सहयोग र सडक भिभागले बनाइ दिएको बाटोमा आफ्नो संगठनको मात्र बस चलाऊने अरुले त्यस्को प्रतिकार गर्ने आदी तर कुनै पार्टी वा संगठनले देश बन्द गर्दा हामी कहिले पनि प्रतिकार गर्दैनौ भित्र भित्र मुर्मुरिन्छौ तर बाहिर बोल्ने हिम्मत गर्दैनौ ।

    Reply
  9. ramu says:
    April 7, 2015 at 10:02 am

    म पनि माओबादी र बन्द समर्थक त होईन र बन्द ठिक होईन तर
    के यसमा बन्द गर्ने जतिकै कुरा नसुन्ने र आफ्नौ कुरा लागु गराउन खोज्ने सरकार दोषी छैन।
    डा. केसीको माग नजायज थिएनन तर उनले अनसन र उनका समर्थकले बन्द नगरेको भए,मिडियाले त्यस्तो अभुदपुर्ब साथ नदिएको भए यो सरकारले सुन्थयो त?
    अनसन मात्र गर्ने नन्द अधिकारी हरुले शहिद हुदा पनि केहि नसुन्ने यहि सरकार होईन?
    त्यसैले यस्ता बन्द नगरे सम्म सुन्दै नसुन्ने,जसको बन्द गर्न सक्ने क्षमता छैन उ पिडित हुनु पर्ने यो प्रबृति बन्द गर्ने चाँहि लागौ न,त्यो बैज्ञानिक उपाय हो,एकोहोरो बन्दलाई गाली गर्नु भन्दा। सबैको बोली सुनिने भयो बन्द आफै बन्द हुन्छ।
    त्यसो त लोकतन्त्र पछिका सरकार आफै १९ दिने बन्दका जगमा उभिएका छैन त्यसैले नेपालको राजनितिमा नपाईने नेतिकताले पनि उनिहरुलाई बन्दको बिरोध गरेको सुहाउदैन तर त्यो बिडम्बना हो।
    बन्द गर्नु पर्ने परिस्थिति सिर्जना गर्न कुरा बन्द गरौ।देश बिकासमा लागौ।

    Reply
  10. Durga Adhikari says:
    April 7, 2015 at 9:20 am

    यो कुम्भकर्णहरुको देशमा जसले जे गरे पनि हुन्छ/ नत्र बन्ध चाहाने भन्दा नचाहानेहरु नै 99% धेरै छन/ तर पनि फटाहाहरुले नै जित्छन र बन्ध सफ्फल पर्छन/ कसरि? हो म यो मान्छु कि, प्रजातन्त्रमा तिमीहरुलाई बन्ध गर्ने छुट होला तर बन्ध गर्न नचाहानेहरुको अधिकारको हनन पनि हुनुभायन नि/ म प्रार्थना गर्छु कि यो बन्धमा तिमीहरुको बुढा बाबु आमा र नानीहरुलाई कुनै सारीरिक सास्ती नहोस/ मैले यस्तै बन्धको कारण आफन्त गुमाई सकेको छु/ तिमीहरुलाई मलाई जस्तो नपरोस/

    Reply
  11. डिल्ली says:
    April 7, 2015 at 8:43 am

    अरुको विस्तारबादी साम्राज्यबादी देश तिरै पढाउँदै होलान् बन्दकर्ताका नाइके प्रचण्डको त खोया विर्के लगाएर सुँगुरलाई चारो हाल्दै छ हिजो आज । त्यसको सुँगुरको खोरमा बन्दले के असर गर्ला र!

    बास्तबमा यी देशका बन्दकर्ताहरूले बुझपचाएर नै बन्द गरेको हुनु पर्छ नत्र यो बन्दले सरकारलाई भन्दा सर्वसाधारणलाई बढी हानी गरेको छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । नेपालको अर्थतन्त्र उद्योगमा आधारित छैन त्यसैले यस्ता बन्दले अर्थतन्त्रमा खासै ठूलो असर नगर्ने र कृषिमा आधारित जनता र त्यसका आम उपभोक्ता, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू, विरामी तथा विद्यार्थीहरूलाई मात्र घाटा हुन्छ सरकारलाई ठूलो दवाब पुग्दैन भन्ने रसिया र माओको क्रान्ति पढाउनेहरूलाई थाहा हुनु पर्ने हो । क्षेत्रीय र जातीय नारा घन्काउनेहरूलाई थाहा हुनु पर्ने हो सबै जात र क्षेत्रका जनतालाई मर्का पर्छ बन्दले । हाम्रो देशमा दल कहिल्यै जनताका सुख दु:खका सहायक भएनन् व्यर्थका शासक मात्र भए त्यसैले आफ्नो हैकम स्थापित गर्न यस्ता निकृष्ट हर्कत गरिरहेका छन् । निरङ्कुस राणाले जनताका छोरा छोरी पढ्न दिएनन् भनेर कुर्लिन्थे आफैँ स्कुल बन्द गरेर निरङ्कुसता लादिरहेछन् । जनस्वास्थ्य विगार्ने गरी टायरको मुस्को धुवा उढाएर “जनहित” गरिरहेछन् । बन्द सफलताको भोज गरि जनताको भोको पेटमा लात मारिरहेछन् कुलङ्गार राक्षसहरू ।

    Reply
  12. bibash says:
    April 7, 2015 at 8:15 am

    गर गर बन्द . अब अर्को चुनाब सम्म हो तिम्रो सास्ती. तेस्पचची तिम्रो पार्टी सदैको लागि पत्तासाफ हुन्छ. यहि हो मौका, कहिँ अझै पैसा लुट्ने ठाउँ बाकी छ भने त्यो पनि गर. पछि भागेर अर्को देश गएपछि खर्च चाहिन्छ.

    Reply
  13. Dhital Oasiss says:
    April 7, 2015 at 8:02 am

    यो मुलुक मा माओबादी ले गर्नी १ मात्र क्रान्तिकारी काम के होला???
    बाउ दिन भरि आगजनी गरि बेलुका घर फिर्ता हुदा ५ बर्से बालिका ले बाबा आज मेरो school बन्द छ नि भन्दा….कति गर्ब होला बन्दकर्ता लाई??????

    Reply
  14. Suraj Maskey says:
    April 7, 2015 at 6:32 am

    राम कुमारजी,

    समय अनुकूल कुरा प्रस्तुत गर्नु भएकोमा मुरी मुरी, क्वीन्टल क्वीन्टल धन्यवाद छ।
    तैपनि यीनी हरुको घैटोमा घाम लाग्ने वाला छैन ।
    पुर्व राजा ज्ञानेन्द्र शाह खित्का हालेर जुंगामा ताऊ दिदै होला, जुंगा न भए पनि त्यहा मुसार्दै होला जस्तो मलाई लागेको छ । आसे पासेमा राजतन्त्र फर्किने आस जगाउने काम बन्द हडतालले थपेको जस्तो छ।
    जे होस् लोकतन्त्र खाने, लोकतन्त्रमा सुत्ने र लोकतन्त्रको गीत गाउने हामी आम नेपालीहरुलाई छुट त छदैछ ।

    सुरज मास्के
    नेपालगंज

    Reply
  15. Shankar says:
    April 7, 2015 at 4:46 am

    खासै त् नेपाल चलेर पनि , अगि जानुको साटो पछि पछि गा को हो कि जस्तो भान हुन्छ |
    चलेर पनि कहिँ पुगेन नेपाल , बन्द भएर गरिब ले अलि दुख पाए भन्नु मात्र हो नत्र चलेर पनि बन्द जस्तै छ | एक दिन को काम लाइ ३ दिन धाउनु पर्ने| बिकास बन्द , स्थानीय निकाय को बेहाल | चलेर के ? न चलेर के ?

    Reply
  16. Ram Kumar Subedi says:
    April 6, 2015 at 10:03 pm

    भोलिदेखि हुन लागेको महान आमहड्तालको शुभ उपलक्ष्यमा सबै नेपालीलाई हार्दिक मंगलमय शुभकामना। यस पवित्र कार्यले रोजीरोटी बन्द होस्, उद्धयोग, कलकारखाना बन्द होस्, गल्फ एअरलाइन्सले धेरै नाफा गरोस, सुन्तला बेच्ने, बदाम बोकेर हिंड्ने ढाकी सहरभरि जताततै फ्यालिएको देख्न पाइयोस्। साईकल पन्चर होस्, हेलमेट फुटेको होस्। स्कूले केटाकेटी, बालबच्चाहरुले सडकमा चौका/छ्क्क्का हान्न पाऊन। टायर बलोस्, बल्ब फुटोस्, सडकभरि इँटा देख्न पाइयोस्, लाठा र भाटा हेर्न पाइयोस्। यस्ता महान कार्यबाट नै देश र जनताको हित र भलो हुने भएकोले यो महान र क्रान्तिकारी कार्य बर्ष भरी होस् भनी माओ भगवानसगँ सदैव प्रार्थना गर्दछु।
    माओबाद र मधेसबादले हामी सबैको कल्याण गरुन।
    जय छिमेक

    Reply
  17. Binata says:
    April 7, 2015 at 3:03 am

    हामी ले नेता छानेको हामी लाई नै दुख दिन रैछ जस्तो लाग्न थाल्यो , हे भगवान यी नेता हरु लाई दया गरि अलिकति भयपनी बुद्दि दिनुस न , पशुपति नाथ ले हामी सबै को कल्याण गरुन

    Reply
  18. BS says:
    April 7, 2015 at 1:57 am

    Political parties are debating for their petty interests to fulfill their egos. They speak BIG but do not show anything by practice. If the leaders and cadres do not comply with (current/interim) constitution and violate ethical norms (including self-discipline, morality, restraint etc.), the country will not flourish no matter what kind of constitution they approve. The implementation part of the constitution is very important, and it is possible only when the leaders and cadres (I do not blame the general people on this as they are just protected for bad things by leaders and cadres) readily follow it. Now it is time for law enforcement agencies (and general people) in Nepal to track the leaders’ and cadres’ (mis-)conducts so that nobody violate country’s law. If the CA cannot approve any bylaws, then let the interim constitution be there and let the people live in peace and head for developmental works. Let them not spoil the country (i.e., make it worse) in the pretext that they are making effort to prepare the constitution. To me, it seems like that the constitution assembly is going to fail. This is because the leaders are coming with new demands (e.g., new states) to include in the articles of the constitution and many of the leaders have prejudice and preconceived mentality in posing and acknowledging these demands. If you (leaders and cadres) cannot correct yourself, let the general people live safely and work in peace. I am tired of these leaders’ daily activities which are not of political culture.

    Reply
  19. हर्के says:
    April 7, 2015 at 1:17 am

    त्यसरी बन्द गर्ने होइन| नेताहरुमा कटिबद्धता छ भने डा. केसी जस्तै आमरण अनसन बस्ने सुझाव दिन चाहन्छु|
    एक चोटी ट्राई गर्नुहोला अग्र पंक्तिका नेताहरु| जसरि डा. केसी का अनसनलाई सफल बनाए त्यसै गरी तपाईहरुको अनसनलाई पनि जनताले सफल बनाउनेछन|
    प्लीज, आमरण अनसनमा बस्नुहोला आफ्नो मांग राखेर नेताहरु| सत्याग्रह is the way to go…

    Reply
  20. Suraj Maskey says:
    April 6, 2015 at 11:56 pm

    बन्द गर वा हड़ताल, सत्ताधारीले सत्ता पक्कै छाडदैन । डगमग पनि हुदैन ।
    यो हाम्रो राष्ट्रीय चरित्र भै सक्यो, अनि बन्दको सास्ती सर्वसाधारण लाई ।

    के गर्ने हामीहरुलेनै दोस्रो जन आन्दोलन गरेर कोईराला, दहाल, नेपाल, खनाल, भट्टराई, रेग्मी र कोईरालाहरुलाई देशको बागडोर चलाउन दियौ । ओली अब कुर्दै छ नेपालको बागडोर लिनलाई । अब नाफा नोक्सान हामीहरुले नै ब्यहोर्नु पर्छ ।

    नाफा गर्नेहरुले नाफा गरिरहेकानै छन् तर बहुसंख्यक नेपालीहरुलाई नोक्सानै नोक्सान ।

    हड़ताल, बन्द, थोरै पानी, बिजुली न आउदा, ग्यास र पेट्रोल न पाउँदा, चर्को शिक्षा र स्वास्थ, सड़क धुलो धुलै वा हिलो हिलै र महगीमा बाच्ने नेपालीहरुको दिन चर्या भै सक्यो । धेरै सहनशील छौ हामी बहादुर गोर्खालीहरु ।
    नयाँ नेपालको खाका यसरी बन्दै छ बन्दै बन्दले ।

    धन्य छौ हामी !

    सुरज मास्के
    नेपालगंज

    Reply
  21. ishwor shrestha says:
    April 6, 2015 at 11:20 pm

    भात मारा हरु सक्छौ भने सरकारी सुबिधा नलि आन्दोलन गर न / संबिधान बनौनी भनि तलब खानी आन्दोलन गरि सर्बसाधारण लाई दुखः /

    Reply
  22. Rai Khaling says:
    April 6, 2015 at 5:27 pm

    ए बन्दकर्ता हो किन तीन दिन मात्र ३६५ दिनै बन्द गर आखिर तिमीहरुले जनतालाई दु:ख दिने भोक भोकै मार्ने रहेछौ । तिमीहरूको स्वर्थ पुरा गर्न जनता जनता भन्दै जनतालाइ मागी खाने भाडो बनायोउ ।
    धिकार छ तिमीहरूलाई जनताको आसुले तिमीहरुलाई पिरोल्ने छ । कसम छ अबदेखि तिमीहरु कुनै पनि पार्टीलाई भोट दिन्न। तिमीहरू सबै असफल भइ सक्योउ
    हामीलाई गरि खान देउ ठुलो ठुलो सपना नदेउ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme