Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पारस फर्कँदा पुलिसलाई पो गाह्रो

Posted on April 2, 2015 by Salokya

Paras_Returns (1)
पूर्व युवराज पारस शाह तीन वर्ष थाइल्यान्डमा बसेर बिहीबार स्वदेश फर्कँदा पुलिसलाई पो गाह्रो भयो। थाइल्यान्डमा हुँदा गाँजासहित समातिएको भनेर मिडियामा धेरै समाचार आए पनि उनलाई स्वागत गर्न ठूलै भिड त्यहाँ पुग्यो। यो देश कसको राजाको भनेर समेत नारा लगाए उनीहरुले। उनीहरुलाई सम्हाल्न पुलिसलाई निकै गाह्रो भयो। विमानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीको वर्दीसमेत खुस्कन लागे जसरी भिड सम्हाल्नुपरेको फोटोमा देखियो।

Paras_Returns (5)
यी यो फोटोमा हेर्नुस् त बायाँतिरका एक प्रहरी सर्टको टाँक लगाउँदैछन्। कस्तो ठेलमठेल भयो होला त नि, टाँकै फुस्कने गरी है।

Paras_Returns (2)

विमानस्थलको भिभिआइपी गेट। पारस निस्कनु अघिदेखि सुरक्षा कडा थियो।

Paras_Returns (3)

पारसलाई स्वागत गर्न बसेकाहरु। उनीहरुले ल्याएको फूलमाला, खादा खेरै गयो। पारसलाई लगाइदिन पाएनन्। पारस गाडीमा बसे, हिँडे।

Paras_Returns (4)

भिड हेर्नुस् त।

Paras_Returns (6)

गाडी छेउ पुगेका समर्थकलाई हटाउँदै प्रहरी।

Paras_Returns (7)

गाडी छेउ पुगेका एक समर्थकले थम्स अप दिन भ्याए।

ANG_8220
पारस चाहिँ यस्ता थिए। पहिला भन्दा अलि दुब्लाएका देखिन्थे। उनी देश फर्किए पनि निर्मल निवास भने पस्न दिएनन् रे ज्ञानेन्द्रले। उनी धुम्बाराहीको कुन्डलिनी फिटनेस सेन्टरमा बसेका छन्। आइतबार ज्ञानेन्द्रसहित पूर्व राजपरिवार भारत भ्रमणमा जाँदैछ।

34 thoughts on “पारस फर्कँदा पुलिसलाई पो गाह्रो”

  1. Suraj Maskey says:
    April 6, 2015 at 4:58 am

    There is no doubt that former crown prince Paras Shah is a rotten egg. However the ruling parties and their aids are even more rotten eggs than rotten Paras. Our wise Nepalese have already handed power to these political parties so we have to face the consequences.

    The person, who used to wait outside the government office to meet government officer while I was in Government of Nepal office in 1992-94 in Hetauda, is multi-billionaire now. He claims to be running Nepal Government partially. I was ashamed to see waiting of commissioners of commissions, planning commissioners, secretaries of ministries, former chief secretaries and ambassadors, high ranking police officers and well known political leaders to see him.

    We are very unfortunate to see Nepal converted to “Commission Nepal” under republic. We are loosing our identity in the name of formulation of new constitution of republic Nepal.

    Unfortunately, Girija, Pushpa Kamal, Madave Kumar, Jhalnath, Baburam, Khil Natha and Sushil Koirala are seven Prime Ministers in last nine years to govern Nepal and there is still tug of war between parties for new constitution of republic Nepal.

    Pashupatinath God save Nepal

    Suraj Maskey of Nepalgunj from
    USA

    Reply
  2. ekraj says:
    April 5, 2015 at 7:24 pm

    It is true that current ruler and so called politcal leaders are most corrupt and are not capable of maintaining governance of government and many of them are not suitable for any position. It is also true that many of them should have been imprisioned for their crime.
    But saying that Paras is a perfect example of most irresponsible, who did not know what is a minimum responsibility for his own person life, who did not live as human being and a known criminal is definitely not a choice for leading a country.
    He may be ok to lead and create a kingdom of another DON group. And perhaps you will see some of these we have seen in the mob will be minister of certain Department if Paras leads Nepal .
    Are so desperate that and you really want see that Nepal to head to such a direction of no hope?
    In the lack of crediable leadership why do you want to surrender your right and conceince to a infamous criminal like Paras.

    I don’t understan, it appears that there are enough evidence to prove Paras as a murderer, and still law and order in Nepal is not able to open the case and punish an astraying criminal like Paras.
    We all know this drug addict is not in power, still the system cannot touch him that is the whole problem in Nepalese law and order system. Similaraly it can not touch other criminal and corupt politicians.
    This is problem of whole of government rulers being corrupt and full of criminals. They all are tangled in the network of criminals.

    Reply
  3. Raju says:
    April 5, 2015 at 1:13 am

    Now aaj tak news from india is claiming giving everest expediton permit as if Mount Eversest is their own.
    Recently, surveyors from india made into the most sacred place within Pashupatinath where even kings are not allowed and made off with pictures.
    Ssb recently fired shots near bardia border to Nepalese going to temple in Nepal
    … on top of that many Nepalese are beaten and thrashed everyday at the borders
    and many more …

    does that apply to all you so called Rastrabadi Nepales? Its better if you stop doing overacting of being rastrabadi and who are obviously followers of current chor Nettas.

    Reply
  4. bibek dhakal says:
    April 4, 2015 at 2:41 pm

    पहिले,
    काठमाडौँ भनेको ‘मन्दिरै मन्दिर को सहर’ भन्ने भौगोलिक उपनाम ले चिन्थे बिदेशीहरुले.
    अब धुपौरे नै धुपौरे हरुको सहर भनेर भन्ने भए.हेर एयरपोर्टमै बिजोग गरेका.. झड्केलो बाउ नै फर्केर आको जस्तो.

    Reply
  5. Ekraj says:
    April 4, 2015 at 1:02 pm

    Paras and his activities were behind the demise of the rule of Shah dynasty.
    Paras and trouble always travel together.
    Paras is not only problem for police he is problem for all Nepalee including the mob of these stupids we see them in this screen
    As Sirjane accurately stated Nepalese have very short memory and some of them even do not have sense of wrong and right.

    Reply
  6. Alikhit says:
    April 4, 2015 at 11:33 am

    रुबेल काण्ड पछि पारस हिरो भको त्यसको प्रभाव हो कि जस्तो लाइ’राछ |

    Reply
  7. Surya says:
    April 4, 2015 at 8:55 am

    YCL र पारसको जयजयकार गर्नेहरु एउतै डयांगका मूला हुन्.

    Reply
  8. raj says:
    April 4, 2015 at 7:00 am

    हामी नेपालीहरुको स्मरणशक्ति अलि कमजोर छ क्या!
    कुन दिन फेरी मौसुफबाट कालो पदार्थ सेवन गरिबक्सन्छ र २-४ जना निर्दोस नेपालीहरुको चोला उडाइबक्सिन्छ, अनी ति ‘थम्ब्स-अप’ हरुको ‘थम्ब्स-डाउन हुन्छ किन हत्तार हो, “भगवान” को लीला (चर्तिकला) हेरौ न २-४ दिन अनि कुरो गरम्ला / ?????????( COPIED सिर्जने

    Reply
  9. Jha says:
    April 4, 2015 at 12:30 am

    कमल दाईको मान्छेहरु होलान सब

    Reply
  10. BeEnlightened says:
    April 4, 2015 at 12:16 am

    कैले हेटौडामा गैडा पसेको खबर, कैले सिमामा भारतीय सेना पसेको खबर ! त्यै पारसको कमि थियो, त्यो पनि पुरा भयो | ज्ञानेले त आफ्नो घरको ढोकाचाही समयमै बन्द गरेर आफुलाई सुरक्षित गरिहाले, तपाईहरुले नि छिट्टै गरिहाल्नुस! पारस पस्ला है !

    Reply
  11. Bishnu says:
    April 3, 2015 at 11:40 pm

    नेपालीहरु हामी बिर छौं
    तर हामी बुद्धु छौं |
    हामी बुद्धु छौं
    र त हामी बिर छौं |

    त्यसको proof यो भन्दा अरु के हुन्छ |

    Reply
  12. Krishna Lamsal says:
    April 3, 2015 at 11:11 pm

    पहिलो कुरो त यो भिड ठुलो नै होइन ….बेरोजगार को देश मा दुइ तिन सय को हुल हुल नै होइन ……रह्यो कुरो परश को चाकरी ….मन लाग्ने ले गर्न पाउनु पर्छ …कुन चाहि मुजी ले के चाहि खुल्क्याए र … नेपालि जनता को मुक्ति को लागि लडेका नेता ले १७००० हजार लाइ ‘मुक्त ‘ गरे पछि कटिब ३ अरब जति जोडेर स्विस बैंक मा जम्मा गरेछन … बैंक ले ब्याज १ % दिदो रहेछ …. मासिक २५ लाख रुपैया हात पार्दा ‘रान …

    Reply
  13. Binata says:
    April 3, 2015 at 9:25 pm

    All our political leader are corrupted. if we see what they did in the past and are doing now, at least we can say king sacrifice his thorn in favor of public but these political leader always selfish, greedy, and corrupted. We have no choice, so we have to choose better from the worst, in my opinion, paras is not good but monarchy is much better than out existing political figure.

    Reply
  14. Suraj Maskey says:
    April 3, 2015 at 8:16 pm

    चउरमा दुई वटा साढ़े जुझ्दा यो भन्दा ठुलो भीड़ देखेकोले यो पुर्व युवराजधिरज आउदाको भीड़ केही हैन ।

    हालको राजनैतिक ब्यवस्था र दैनिक खस्किदो प्रशासनिक, विकास, न्याय, शान्ति सुरक्षा र महँगाईले नेपालमा असन्तोष दिन दिनै बढदै छ । त्यसकोपनि कारण हो ।
    मेरो विचारमा केही महिना भित्र नेपालमा हालको स्थितिमा ब्यापक सुधार न भएका नेपालीहरुले विकल्पकोलागी तेस्रो आन्दोलन गर्न बाध्य हुने छन् ।

    नेपालको विकास निर्माण र शान्ति सुरक्षा भन्दा धेरै जसो उच्य पदाधिकारीहरु बेपारीहरुको दलाली गर्नमा संलग्न भएको मैले पहिल्याएको छु ।

    सुरज मास्के
    नेपालगंज

    Reply
  15. धरणी says:
    April 3, 2015 at 5:22 pm

    पारसलाई स्वागत गरेर ल्याउने ती नेपाली जनताको विवेक साँच्चै रित्तिएको हो कि कसो? फेरी सम्झना गराई रहन पर्छ?
    २००७ साल अघि जुन राणाहरुले कोपरा थपाएर नेपाली जनसाधारणको विवेक लुटे, सात साल पछि त्यही राणाहरुलाई पुजियो|

    बिदेशमा नेपाल र नेपालीको नाकमा गुहु दलेर लागु प्रदार्थसंग पक्रिएर जेलमा छुटेर आउँदा यत्रो स्वागत?
    कसले क्रुर रुपमा ट्याक्सी ड्राइभर महर्जन लाई पुतली सडकमा कुल्चेर मारे?
    संगीतकर्मी प्रविण गुरुङलाई आफुले हाँकेको मोटरले मध्यरातमा फेरी दोहोराएर ब्याक गरी निर्दय्तापुर्बक कुल्चाएर कसले मारे?
    हेर्नुस, एकपल्ट होइन दशौ पल्ट होइन सयौ पल्ट उनले सुधरिने मौका पाएका छन् तर सुधरिने कुनै लक्षण पटक्कै देखिएन|
    जसले मेहनत, श्रम र परानुभुती भन्ने के चिज हो थाहा पाएकै छैन, जसले बाऊ र आमाको माया के हो भन्ने देखेकै छैन, त्यस्तालाई चेत हुन् नदिएर स्वागत गर्ने?
    यतिका पल्ट कुनाम दिने व्यक्तिले अब कुन दिन बिशाल बबण्डर मचाएर कि आफुलाई नत्र अरुलाई पनि ठुलो हानी पुर्याउने हुन्|
    पुर्ब राजकुमार कतिजना चाप्लुसे नेपालीका रोल मोडल हुन्? छि छि छि …..कति जना हाम्रा नेपालीहरु कसरि गिर्न सकेका?
    लौ उसो भए पारसलाई आउँदो चुनावमा काठमान्डौको दुई चुनाव क्षेत्रबाट खडा गर्नुस| कमसेकम कामै नगरी अनि कर नतिरेर
    कमाएको लुकाएको धनको जनतामा वितरण त् हुन्छ|
    हाम्रा नेपालीलाई यस्ता फजुल स्वागतमा समय खर्चिन कति फुर्सद? चेतना दिवालियापनको चरम उत्कर्ष यहि होला|
    पारस र ज्ञानेबारे कुनै सकारात्मक समाचार कहिले देखिएन| जैले पनि नेगेटिभ मात्रै| सायद पजिटिभ केहि पनि छैन| ज्ञानेले
    सबै भन्दा पैले आफुले प्रत्यक्ष शासन आफ्नो हातमा लिएर आफ्नै तलब भत्ता बढाए| खिया परेका र कामै नलाग्ने हरुलाई
    मन्त्रीमंडलमा हाले| अब फुर्सदिमा पश्चताप गर्नु छैन जे गरे सबै ठिकै गरे, नेपाली जनताले नबुझे पछि के गर्नु भनेर गम्किदा हुन्|

    Reply
  16. Bishwaraj says:
    April 3, 2015 at 4:46 pm

    यस्ता गाँजा भांग भोगी देशको बद्नाम गरेर फर्केका ज्यानमारा को लागि के को स्वागत गरेको यो नेपाली भेडाहरुले ? यसलाई संगीतकार प्रविन गुरुङको बिधुवी श्रीमती र निर्दोष बाल बालिकाको आँसुको पाप लागेको..

    Reply
    1. Bayan says:
      April 5, 2015 at 7:00 am

      होइन सत्य तथ्य र भएको खाटी कुरा बिस्वराजजीले गर्दा पनि दश वटा रातो ठोक्ने मान्छेहरु रहेछन/ हामी नेपालीहरुलाई उल्लु बनाउन कति सजिलो रहेछ भन्ने कुरा त स्पस्ट भै हाल्यो नि/ हे प्रभुहरू तिमी माधब नेपाल, देउबा, प्रचण्ड, के पी वोली, कमल थापा, उपेन्द्र यादव र गिरिजा याँहाहरुको खप्पर किटको कराही भन्दा पनि दह्रो रहेछ, याँहाहरुले चिताएको कुरा अब १०० बर्ष सम्म सजिलै पुग्छ, ढुक्क हुनुहोस/

      Reply
  17. Sisir says:
    April 3, 2015 at 12:28 pm

    एउटा कानुन बिपरित कार्य गरेर जेल बसेर आएको एउटा मानिस लाई VIP गेट .. अजब नेपाल गजब नेपाल .. तेसो भन्दैमा पारस पनि एक आम नागरिक हुन् र उन को पनि यो देशमा उतिकै अधिकार छ जति ३ श्रीमती का पति प्रकास को छ ..

    Reply
    1. madan bajracharya says:
      April 4, 2015 at 8:10 pm

      मित्र
      हिजो दरवारकाले अपराध गरेता पनि कानुन लाग्दैनथ्यो त् आज पार्तिकाले/त् युबराज बन्नु अघि पारसले गरेको अपराधहरु र पार्तिकाले गर्दै आयको अपराधहरु तुलना गर्ने हो भने पारस ………../ हामि नेपालीको भाग्यमा असल व्यक्तिलाई रोज्न पाउने सौभाग्य कहिले भयन तेसैले हामि ठुलो ठुलो अपराधीको गर्नेको भिडमा सानो अपराधीलाई “सज्जन” मान्दै आयकोहो/

      Reply
  18. Bishwas Thapa says:
    April 3, 2015 at 11:22 am

    पारस खड्का लाई भन्दा भव्य स्वागत् देख्दा लग्यो साच्चै बिबेकको खडेरी छ हामीमा !!
    यसले देशको सक्दो बेइजत गरेर आको हो, सबैले थुक्दिनु पर्नेहो मुखमा प्याच्च, राजतन्त्रको बहस नै हैन यो !

    Reply
  19. Bayan says:
    April 3, 2015 at 6:54 am

    यी सिर्जने मान्छे व्यक्ति विद्या र बुद्धि दुइतै भएका व्यक्ति रहेछन/ यिनको कमेन्ट गैडा काण्डमा पनि राम्रो रहेछ/

    Reply
    1. सिर्जने says:
      April 3, 2015 at 10:38 pm

      नउडाम न हो!
      (चिन्या मान्छे पर्या जस्तो छ, लौ फसाद …..)

      Reply
      1. Bayan says:
        April 7, 2015 at 5:09 am

        सिर्जानेजी, हामी नेपालीहरुमा भएको कमजोरीहरु मध्ये एउटा मुख्य कमजोरी राम्रो कुरालाई राम्रो भन्न नसक्नु पनि हो/

        Reply
  20. Bayan says:
    April 3, 2015 at 6:46 am

    मलाई त सिर्जनेको कुरा सोर्है आना सहि लाग्यो /अस्ति जस्तो लाग्छ पारशलाई कार्यबाही गर्नुपर्यो प्रविन गुरुङ्ग्को केशमा भनेर एमालेको पहलकदमीमा पाँच लाखको हस्ताक्षयर बुझाएको राजा बीरेन्द्रलाई/ हामी अधिकांश नेपालीहरुमा यस्तै बुद्धि भष्ट्र भएर हो हाम्रा नेताहरुलाई संधै दशै आइरहने/

    Reply
  21. Suma says:
    April 3, 2015 at 6:28 am

    सरकारको थाइलेडं तिर को लामो निर्बाशन पछि सम्भवत सबै कालो र खैरो पदार्थ समाप्त गरि नाम कमाएर स्वदेस फिर्ति सवारी भएको छ अब चाही देसमा कुछ होला जस्तो छ हाम्रा केहि मात्रामा भए पनि मुन्द्रे,जगल्टेहरु, भित्तिहरुको बिदेस पलायन हुन बाट रोकिने सम्भावना भयो यो पनि खुसीकै कुरो भयो ! जय होस् सरकारको !

    Reply
  22. Shankar says:
    April 3, 2015 at 4:54 am

    पारस हिजो पनि खराब ,आज पनि खराब फुटेको एना जस्तो | पारदर्सि नै छ | म राजा हुन् जन्मेको पनि हैन भनि सक्यो | अब यो धुपौरे ले पछि लाग्यो त् धुपौरेको दोष हो |
    यहा खतरनाक त् मुख मा मावो र लेनिन को तस्बिर टासेर , सामन्ती जिबन व्यतित गरेका , देश लुटेर स्विस ब्यांक मा कालो धन थुपार्ने चै हुन् | यिनको कथनी र गरनि मा १८० डिग्रीको फरक छ |

    Reply
    1. Bayan says:
      April 3, 2015 at 6:13 pm

      कसैले मान्छे काटेर मैले मान्छे काटेको हु भनेर सिधा कुरा (कथनी र गरनिमा एउतै देखाए पनि) गरे पनि मान्छे काट्ने कुरालाई कदापी राम्रो भन्न सकिंदैन/

      Reply
      1. Shankar says:
        April 4, 2015 at 6:00 am

        पण्डित
        छाट्नु पहिले राम्ररि पढ्नु | पारस ले मान्छे काटेको लाइ राम्रो भनेको पनि छैन |

        Reply
  23. Mahendra says:
    April 3, 2015 at 3:40 am

    Welcome back ! He has the right to be back to his home.
    The most distasteful scene was the unruly crowd trying to get closer to him and his transport. Especially the swarming of cameramen was a great eyesore. The police in Nepal act only in the last minute. They don’t have proper plan. Any VIP or celebrity like Shah Rukh Khan, a minister or international personality comes out of the arrival lounge, and you can see Nepali character rounding the visitor. That’s a great shame. There is no orderliness. The police could have cordoned a secure area prohibiting people to move in, including media people. Unfortunately they don’t have the brain. Last time I saw that even policemen were shooting photos of SRK upon arrival, giving up their duty.

    Reply
    1. arjun says:
      April 3, 2015 at 6:37 pm

      and what made paras a celebrity now. he is no one. some people know only one thing. to criticize. they never know to appreciate anything. by the way what were you doing in airport in those occasions? are you a taxi agent?

      Reply
      1. Ratan says:
        April 4, 2015 at 12:12 am

        I am currently residing outside Nepal. We have seen videos and pictures of the chaotic scenes at the airport. It is not necessary to be on the spot to see what happened there. Paras is not a celebrity character, but why so many people there if he was something else? Why there were no slogans against him this time? Our only concern is Nepal should learn from other countries’ international airports where people are received in a civilized manner.

        Reply
  24. paul says:
    April 3, 2015 at 12:50 am

    अहिले का नेता पनि गजडी गफ गर्छन , पारस त गजडी नै भैहाले! तेस हिसाबले , अब तपाई हिङ्ग रोज्नुहुन्छ, कि हिङ्ग बनेको टालो! पक्कै हिङ्ग रोज्नुह्न्छ! तेसैले पारस ! के गर्ने देश को अवस्था देख्दा ढुख लाग्छ ! ति एरपोर्ट जाने हरु राजाबादी होइनन, तपाई हाम्रै मन हुन् ! बिग्रह ढेखेर भौतारिएका !

    Reply
  25. Asha says:
    April 3, 2015 at 12:17 am

    पारश जस्तालाई जय जय कार गर्ने हरु कि त घोर अज्ञानी हुन् वा घोर लोभी पापी हुन्| यो कुरा मात्र होइन अन्य धेरै क्षेत्रमा पनि सिमित क्षेत्र तथा गुटहरुको क्षयणिक स्वर्थकोलागी बेइमान हरुको समर्थन गर्ने चलन छ नेपालमा|

    Reply
  26. सिर्जने says:
    April 2, 2015 at 11:03 pm

    हामी नेपालीहरुको स्मरणशक्ति अलि कमजोर छ क्या!
    कुन दिन फेरी मौसुफबाट कालो पदार्थ सेवन गरिबक्सन्छ र २-४ जना निर्दोस नेपालीहरुको चोला उडाइबक्सिन्छ, अनी ति ‘थम्ब्स-अप’ हरुको ‘थम्ब्स-डाउन हुन्छ किन हत्तार हो, “भगवान” को लीला (चर्तिकला) हेरौ न २-४ दिन अनि कुरो गरम्ला /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme