Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : टर्निंग थर्टी

Posted on April 4, 2015April 4, 2015 by mysansar

– दीपेन्द्र रोकाहा –

saturday-fiction सँधै जस्तो आज पनि बिहान आठ बजे उठ्छु। घामले मेरो कोठा एकछत्र राज गरिसकेछ। खाना प्राय :स्कुल मै खान्छु। अब तयार भएर ९ बजे स्कुल पुग्नु छ। जागिरे जिन्दगी। हप्ताभर एकतमासको दिक्क लाग्ने दिन हुन्छ। ९ देखि ४ को ह्याङ्गले हप्ताभर पिरोल्छ। ६ वर्ष भो काठमांडू छिरेको। खै सोचेजस्तो केहि गर्न सकेको होइन। घर बाट फोन आउंछ “यो महिना जसरी भएपनि समय मिलाएर घर आएस् एउटी केटी हेरेका छौं।” केहि नबोली फोन राखिदिन्छु।

बिनुसँगको ब्रेक अप पछी साच्चै बिहे गर्न मन छैन। हतार पनि त छैन। उमेश , दिपेश , शीला ,महेशले पनि त बिहे गरेका छैनन्। त्यसो त हतार नभा’को पनि होइन। अरु साथि हरु बर्सै पिच्छे पालैसँग विदेशबाट आउदै बिहे गर्दै जान्छन्। कसै’का त केटा केटि पनि हुर्की सके। बुढा पाका हरु भन्छन् बिहे भनेको समयमै गर्नु पर्छ। कोहि कोहि त लौरो टेक्ने बेलामा छोरा छोरीको हात थाम्दै हिड्नु पर्ला भनी जिस्काउँछन। हुन पनि त हो, उमेरले आधा जिन्दगी जान लागि सक्यो। आफ्नो भने बिहेको केहि चाँजो पाँजो छैन। जहाँ गए पनि जो आफन्त साथीभाई भेटे पनि बिहे कै कुरा चल्छ। बिहे कैले गर्ने भनेर एउटै प्रश्न ले दिक्क बनाउंछन। आफै पनि अभ्यस्त भएर हो वा किन हो अचेल त कोहि अबिबाहित साथि भेट्यो कि सोधिन्छ “अनि बिहे कैले गर्ने त , भोज कैले खुवाउने ?”

भोलि मेरो जन्मदिन। उमेर ले ३० टेक्दै छु। अरुले के भन्छन कुन्नि। दिपेश ले यो उमेर लाइ जवानीको गोल्डेन एज भन्छ। यो उमेरमा उसलाई जो केटि देखे पनि झम्टी हालूं झैँ लाग्छ रे।

स्कुलको दिक्क लाग्ने समय एकाउन्टेन्टको जागिर। जागिरमा प्रेसर त छैन तर टिचर लाइ जस्तो सम्मान र वास्ता नहुने। आज मेरो जन्मदिन। दिपेशले फोन गरिहाल्यो। शीला ,दिपेश ,महेश लाइ पनि खबर गरिसक्यो रे। आज त बबाल गर्नु पर्छ उसले उर्दी हाल्यो।

शीला , दिपेश , महेश , म संगै कलेज पढेका। संयोग ले हामि सबै काठमाडौँ मै छौ। यस्तै कुनै बिशेष अवसरमामात्र गेट टुगेदर हुन्छ। शीला कन्सल्टेंसीमा काम गर्छे। यहि मंगसिरमा अस्ट्रेलिया बाट फर्केको केटासँग बिहे गर्दै छे। दिपेश बैंकमा काम गर्छ। पैसा कमाउन सकिएन , उमेर ढल्किदै गयो , बिहे गर्नु छ आदि आदि उसको अहिलेको जल्दोबल्दो चिन्ताको बिषय हो। जैले आफ्नो क्यारियर र भबिष्य प्रति चिन्तित।

दिपेश कलेज पढाउछ। गन्ने हो भने १५-२० जना गर्ल फ्रेन्ड घुमाइसक्यो। कहिले काहीं आफ्नै स्टुडेन्ट पनि बाँकी राख्दैन। बिहे गर्न हतार छैन उस्लाई।
स्कुल सकेर सबैजना भेट हुन्छौं गुरुङ दाइको रेस्टुरेंटमा। गुरुङ दाइको पसल निम्न वर्ग देखि हामि जस्ता मध्यम बर्गकामानिसहरुको मन बिसाउने ठाउँ। मन बिसाउने के भन्नु सोझो भाषामा महिनाको तलब घटाउने ठाउँ। सेकुवा मगाइयो , छोइला मगाइयो , नेवारी खाजा सेट मगाइयो अनि सोमरस त नहुने कुरै भएन। कुनै बेला कलेज पढ्दा हामि हप्तामा एकपटक नापीई नहुने आज भोलि यो जमघट कम भा’छ। यहि जमघट नभयपनी जागिर फरक हुँदा पिउने साथि पनि फेरिएका छन्। अचेल त झन् कुनै अवसर नै चाहिन्न पिउन लाइ। एउटा १५०० को जुत्ता किने पनि पिउनु पर्ने साथि बनाइया’छ।
“हेर आफु त २०० नपुर्याई बिहे गर्दै गरिन्न , ३५ बर्ष सम्म टार्गेट पुरा गर्ने हो अनि १८ बर्ष कि भर्जिन केटि बिहे गर्ने हो’’ दिपेश ले म तिर हास्दै सोझै नहिच्किचाई भन्यो।

“ आफु चाहि दुनिया केटिसँग मोज गर्दै हिन्ने अनि बिहे गर्न जम्मा १८ बर्ष कि तेही पनि भर्जिन हुनु पर्ने ? शेम अन यु !”शीला ले चुरोट सल्काउदै असन्तुष्टिको धुँवा फ्याँकी।

“ साग त कलिलो नै मीठो हुन्छ नि , छिप्पेको साग कसलाई मीठो लाग्छ र ?” दिपेश बोल्यो।

“यो दिपेश किन होला यसको त हर्मोन नै बढी छ झैँ लाग्छ, जैले घुमाइ फिराइ उही कुरो गर्छ ”- शीला हामि दुइतिर नजर फ्याँक्दै बोलि।
“तलाई थाहा नहोला भन्ठानेको यो के रे” , “हर्मोन हैन?” , तेरो पनि त थ्यो नि पैले त्यो लोर्के , ऐले पो अस्ट्रेलिया भन्दै हिडेकी छेस र , बिचरा अस्ट्रेलिया वाला सुहागरातमा झसङ्ग हुने भो।” दिपेश ले शीला लाइ गिज्याउदै भन्यो।

“के गर्ने त मेरो के दोष ?, मैले त भनेकै हो विदेश एप्लाई गरौँ भनेर , बडो आदर्शवान बन्छ बिदेश त जादै नजाने रे के गर्ने यहाँ बसेर खोया ? आफ्नो क्यारियर पनि त हेर्नु पर्यो।माया प्रेम तेस्तै हो आफ्नो सोच्ने हो पैले।” शीला एकाएक आन्दोलित भै। हामि हेर्या हेरे भयौं।

महेश लाइ यति भएपछी पुगी हाल्यो। निराशाको पन्तुरो फुकाउन्दै मुख फोर्यो “गाउँ तिर साला फुच्चेहरु पनि कोरिया , जापान , खाडी गयर टन्न पैसा कमाएर आएर बिहे गर्छन, आफु भने यतिका उमेरसम्म पनि केहि उखेलिने भएन , अचेल त घर जाने मन पनि लाग्दैन यार पुरै फ्रस्टु भइन्छ।”
बोतलको पानीको लेभल घट्दै छ। नशा बढ्दै गा’छ। महेश झन् भन्दा झन् चिन्तित हुदै छ। कैले काही त नशाको सुरमा भाबुक भएर रोइ पनि हाल्छ। गफ गाफ मै पिउँदा पिउंदै २ घण्टा बितिसकेछ। सफ्ट ड्रिंक लिएकी शीला ले बिदामागेर हिंडी।

***********************
नशामा सब अँध्यारो मीठो , गाढा भएर आउछ। बाटोमा गुड्ने गाडी,मान्छे ,घर अनि ल्याम्प पोष्ट पुरै शुन्दर भएर आउँछ। लाग्छ पुरानोमायालु बीना रगत रगतमा बसेकी छे र दौडिरहेकी छे प्रत्येक मस्तिष्क र हृदयको कुनामा। मन पुरै डल्लो परेर गरुङ्गो ढुंगा झैँ छातीमा डेग नचली बसेको आभाष हुन्छ। लाग्छ उजेलो हुन्जेल यत्तिकै हिंडीरहुँ बाटोभर। मन मनै हास्छु साला यो समय नै यस्तै हो। रेस्टुरेन्ट बाट निस्केर तिनै जना डेरातिर लागियो।चुरोट , रक्सि अनि उकालो बाटोको सास्ती। सास फुलाउँदै बाटोमा हिडदै थियौं दिपेश लडबडाउंदै बोल्यो “साला एरेन्ज म्यारिज त गर्दै गर्दिन अस्ति केटि हेर्न गा’को केटिलाइ र मलाई ढोका थुनेर छोडिदिए मलाई अड्डामा केटि गर्न गा’झै भो”।
“अलिबेर छोडेको भए यो मुला चढीसक्ने’थ्यो” महेश खित्का छाड्दै हास्यो। हामी एक साथ् फेरी हास्दै हिड्यौं। यत्तिकैमा दीपेश खाल्डोमा परेर लड्यो। हामी दुइको हाँसो दोब्बर बढ्यो।

डेरामा तिनै जना आइपुगियो। महेश नबोली नबोली बिस्तारामा पल्टीहाल्यो। दिपेश अर्को कोठामा केटिसँग फोन लगाउँदैमा ब्यस्त छ। मलाइ भने कता कता एक्लोपन ले समात्यो। एक्लोपनको साथि नारायण गोपाल। उनकै गीत गुनगुनाउदै पल्टिए। यस्तैमा दिपेश उछिट्टीदै कोठाबाट निस्क्यो। म झसङ्ग भएँ। “ओए महेश त्यो श्रेयाको नम्बर दे त” दिपेशले महेशलाई उठाउँदै भन्यो।

“को श्रेया ?थाहा छैन मलाइ ”

“साले अस्ति मैले तेरो कोठामा ल्याको चिक्स के, तँलाई मैले नम्बर देको थें नि , ल्याङ्ग नगर्न उठ्न”

महेश झर्कोमान्दै बोल्यो “मोहन लेख्या’छ मेरो मोबाइलको कन्ट्याक्ट लिस्टमा हेर्”

“साले नाम त चेन्ज गरेर राख्या रै’छ के गरी खान्छस “

दिपेश अर्को कोठामा फोनमा ब्यस्त छ। “के लगाकी छौ” , “खोलन” “कसरि गरम्” आदि आदि हुँदै श्वासको धड्कन बढ्दै छ र आवाज पनि बिस्तारै बिलिन हुँदै गा’छ। म झ्याल तिर निस्केर हेर्छु पल्लो घरको झ्यालमा बत्ति न निभाई सुरु भए’छन एक जोडी। दिक्कमान्दै टिभी खोलें च्यानलमा हिन्दि फिल्म दिइरा’को रैछ। एक्कासी बत्ति गयो। आँखामा टिभी कोमाथिल्लो कुनामा लेखिएको टर्निंङ्ग थर्टी शब्दमात्र क्याप्चर भो। मस्तिष्कमा पुरै टर्निंङ्ग थर्टीको अक्षर तैरिरह्यो। मन एक्कासी चिसो भएर आयो। झसंग भएँ। भोलि देखि ३० पो पुगिन्छ त। के गरूँ कसो गरूँको उकुसमुकुसमा निर्णय गर्छु। यसपाली त जसरी भएपनि बिदा लिएर घर जानु पर्छ।

6 thoughts on “कथा : टर्निंग थर्टी”

  1. Santosh Paudyal says:
    April 6, 2015 at 7:10 pm

    धेरै राम्रो छ, दिपेन्द्र ! अझै धेरै पढ्न पाइयोस! सुभकामना !!

    Reply
  2. sam says:
    April 6, 2015 at 4:06 pm

    No worry, ahile 35 bhaye, 45 ma biha garne ho, 50 ma bachha paune ho, 90 ma nati natina ko bihe garera chillim. 🙂

    Reply
  3. bibek gautam says:
    April 6, 2015 at 10:49 am

    साला मेरै स्टोरी भनेको जस्तो लाग्यो | टर्निङ्ग थर्टी त हैन टर्निङ्ग पचिश भए पनि अवस्था चाही उही म्याचिस हो . नेपाली बोका हरु को समस्या नै येही हुने रे छ के के न गर्छु भनेर बेलामा बिहे नगर्ने अनि उमेर काटे पछि जाठो राम्रो केटि नि चाहिने ,US को career नि चाहिने ,एक दुइटा कुरा wish गरेको भए पो भगवान ले नि पुरैदिन्थॆय त ,पुरै लिस्ट नै छ अनि हल्लायो बस्यो काम नभए पछि ..

    Reply
  4. rupak says:
    April 5, 2015 at 3:02 pm

    आफु पनि तेस्तै, 35 लागियो, इल्लेगल छु, गए पछि आउन पाइदेन, पैसा को लोभ लाग्छ, संगै को एउटा साथि को त छोरी को पनि बिबाह भयो रे ! बेला बेला मा ३५-४० पौण्ड वला संग समय बितायो,नेपाली संग नै बिबाह गरौ भने सबै को बोका हुदा रहेछन, आफु खसी हुने उमेर को भैयो, झन् तेस्मथी अङ्कल भनिदिन्छन,खै के भयो के? यो बेलायत घाटी मा अड्किएको हड्डी जस्तो भयो, न निल्न मिल्छ, न ओकल्न?

    Reply
  5. Sabin says:
    April 5, 2015 at 7:14 am

    मेरै कथा भन्या जस्तो लाग्यो
    २२ २३ को हुँदा अमेरिका आए अहिले ३० को भको छु , संगैका साथीका छोरा छोरी भैसके । स्कुल जने भैसके कहिले कही फोन गर्दा कुरो बिहे कै हुन्छ । बिहे कहिले गार्छश ? मेरो उही उत्तर खोएे ठेगाना नै छैन .
    उनिहरु पड्किन्छन , साला खैरी चिक्न पाये पछी किन बिहे गर्नु पर्‍यो? सित्तैमा भैसीको दुध खान पको बेलामा भैसी पाल्ने दुक्ख किन गर्नु होइन ? म मन मनै रन्किन्छु , साला अमेरिका भन्दैमा पाइला पैला म चिक्न पैनी जस्तो। घरमा फोन गर्‍यो उही कुरा । त सरको सबैको बिहे भयो त कहिले गर्छश? मेरो फेरी उही पुरनो उत्तर -नेपाल आउन मिल्दैन भिसा सक्या छ क् गर्नु त? अब उतै खोजेर बिहे गर , आमाको उत्तर ।
    पहिल पहिल आमा सधैं तेरो बिहे बजा बजाएर गर्नु पर्छ भनु हुन्थेयो – आज भोली चै अब छोरो बुदो भयो भन्न थान्नु भये छ क्यारे उतै राम्रो नेपाली खोजेर बिहे गर भन्नु हुन्छ । आमालाई के थाहा यहाँका नेपाली केटीको बारे । आए देखी बोका सँग सुत्छन ,३,४ जना त कम्तीमा पनि बोका फेर्छन ,त्यो देख्दा देख्दै कसरी गर्नु बिहा ? राम्रा न हुने पनि होइनन तर राम्रा चै एउटा बोकासँग मात्र बिहे नै गर्ने गरी बस्छन । नेपाल गएर बिहे गर्न पनि नमिल्नी । ग्रीन कार्ड भन्ने जाठो पनि भएन । सबै नेपालीले देश को इज्जत दाउ मै लगएर शरणअर्थी हुँदा आफु देश्भक्त भाईएो , खैरी काली बिहे गरी साथीहरुले, आफु बिहे भनेको एक्चोटएे हुन्छ भन्दै आदर्श बादी भैएो । साला आदर्शको धोती बेरेर बाँच्न पनि कत्ती गाह्रो यो संसारमा । कहिले काही बिहे को कुरो सोच्छु – ओहो ढिला भयो भनेर । एशो नजरमा परेका केटी तिर नजर दुलौछु मन मनै -आफु जस्ताइ २९,३० का आफुलाई बुडी लग्नी , त्यो भन्दा काम उमेरका केटी लाई आफु बुडो लाग्ने साला टर्निंग थर्टी
    टर्निंग थर्टी होइन नटी थर्टी

    Reply
  6. Deepak Bashyal says:
    April 4, 2015 at 8:01 pm

    “गाउँ तिर साला फुच्चेहरु पनि कोरिया , जापान , खाडी गयर टन्न पैसा कमाएर आएर बिहे गर्छन, आफु भने यतिका उमेरसम्म पनि केहि उखेलिने भएन , अचेल त घर जाने मन पनि लाग्दैन यार पुरै फ्रस्टु भइन्छ।”
    – नेपालमा अधिंकाश जागिरेकाे पिडा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme