Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसार अप्रिल फूल ब्लग : गैँडा

Posted on April 1, 2015April 2, 2015 by mysansar

अपडेट अप्रिल २ : अप्रिल १ का दिन माइसंसारले स्थापना कालदेखि नै एउटा ब्लग राख्दै आएको छ। बिबिसी लगायत विश्वका अन्य प्रमुख मिडियाले पनि यो दिन राख्ने यस्तै समाचारहरु कै सिको गरेर माइसंसारले राख्ने यस्ता हरेक ब्लगको सबैभन्दा मुनि लिङ्कमा वा भिडियोमा यसबारे जानकारी दिइएको हुन्छ। तथापि हिजोको ब्लगलाई आर्थिक दैनिक लगायत केही अनलाइन (रातोपाटी, अनलाइनखबर) ले साँच्चिकै भन्ने ठानेर साभार पनि नभनी साभार गर्दा पाठकहरुलाई पर्न गएको भ्रमप्रति दुःखी हुँदै माइसंसार माफी माग्छ। काल्पनिक समाचारका कारण कसैलाई चोट पर्न गएको भए पनि माफी माग्छौँ। हाम्रो उद्देश्य आधारहीन खबरलाई पनि कसरी साँच्चिकै जस्तो बनाउन सकिन्छ र पाठक कसरी आफै सचेत हुनुपर्छ भन्ने मात्र थियो। यसअघि पनि एफ१ सफ्टलाई फेसबुकले किनेको, पूर्व युवराज्ञी हिमानी फिल्ममा खेल्न लागेको अप्रिल फूल ब्लगलाई केही मिडियाले साभार गरेका थिए। यस्तो थियो ब्लग –

हेटौडामा गैँडा सुटिङका लागि दौडाइएको, दुर्घटना भएपछि गुपचुप, सुन्नुस् अडियो
hetauda2 हेटौडाको सडकमा गएको सोमबार मच्चिएको गैँडा आतंकबारे नयाँ तथ्य खुलेको छ। गैँडा खासमा एउटा विदेशी फिल्मको सुटिङका लागि नियोजित रुपमा दौडाइएको भए पनि अनियन्त्रित पशुले मान्छे नै मारेपछि घटनालाई गुपचुप राख्न खोजिएको दावी गरिएको छ।

घटनाबारे डब्लुडब्लुएफ (वर्ल्डवाइड फन्ड फर नेचर) ले गरेको अनुसन्धानका क्रममा यो तथ्य खुलेको हो। डब्लुडब्लुएफले विश्वव्यापी प्रचारमा आएको यो घटनापछि अनुसन्धान गर्न नेपालस्थित कार्यालयलाई निर्देशन दिए लगत्तै काम सुरु गरेको थियो।
hetauda
माइसंसारलाई प्राप्त अडियोमा विदेशी फिल्मका निर्देशक श्रीनिवास सुन्दरराजन र नेपालमा सुटिङको व्यवस्थापनको जिम्मा लिएका अधिकारीबीच कुराकानीले पनि यसलाई पुष्टि गरेको छ।

प्राप्त जानकारी अनुसार हलिउडको जुमान्जी फिल्मको शैलिमा भारतको तमिल भाषामा बन्न लागेको फिल्मको सुटिङका लागि एक सिङ्गे गैँडा सडकमा दौडिएको दृश्य सुटिङ गर्न यो तयारी गरिएको थियो। जुमान्जी सन् १९९५ मा रिलिज भएको रबिन विलियम्स र क्रिस्टिन डन्स्ट अभिनित फिल्म थियो।

राष्ट्रिय निकुञ्जको जंगलबाट ल्याइएको गैँडालाई सडकमा एकछिन दौडाएर सुटिङ सम्पन्न गर्ने र त्यसपछि गैँडालाई पुनः त्यहाँबाट लगी जंगलमा छाड्ने सहमति भएको थियो।

निकुञ्ज प्रशासनका केही व्यक्तिलाई विश्वासमा लिएर गरिएको यो काम त्यतिबेला नसोचिएको मोडमा पुग्यो, जब सुटिङ भन्ने थाहा नपाएका हेटौडावासीले होहल्लाका साथ गैँडालाई लखेटे। होहल्लाका कारण गैँडा पनि बिच्किन पुग्यो। अनियन्त्रित गैँडाले सुटिङ टिमले सोच्दै नसोचेको ठाउँमा गएर एक वृद्धालाई हानेर ज्यान समेत लियो भने केही घाइते पनि भए।

गैँडा नबिच्किएको भए शालिक चोकबाट दायाँ मोड्ने बित्तिकै जालले छोपेर निकुञ्ज लगिने थियो। सहायक सडक हुँदै मुख्य सडकमा दौडिएको दृश्य नै सुटिङका लागि पर्याप्त थियो।

सुन्नुस् निर्देशक र नेपालीबीच भएको कुराकानीको अडियो-

के छ अडियोमा ? (नेपाली रुपान्तर)
फोनको घण्टी…
आवाज १ : हलो…हलो…मैले सुन्न सकिनँ…हेलो…
आवाज १ : किन किन ?
आवाज २ : किन हुनु नि अब।
आवाज १ : जे हुनु भइसक्यो।
आवाज २ : मैले पहिले नै भनेको थिएँ। सबै जिम्मा तपाईँहरुको थियो।
आवाज १ : हो, त्यो त। हामीले सबै तयारी गरेका थियौँ। तर नसोचेको घटना भयो।
आवाज २ : किन पूर्व तयारी गर्नुभएन ? त्यो….(अस्पष्ट आवाज) टोलीलाई पहिलेबाटै तयार राखेर शालिक कट्ने बित्तिकै गैँडालाई नियन्त्रणमा लिनु पर्दैन थियो?
आवाज १ : त्यतिबेला गैँडालाई लोकलहरुको आवाजले साह्रै नै बिच्काइसकेको थियो। गैँडा बिच्केको अवस्थामा जंगलको बाघ त अगाडि पर्न सक्दैन। उनीहरु त मान्छे। डराए।
आवाज २ : प्लान बि सोच्नु पर्दैन थियो?
आवाज १ : यस्तो होला भन्ने अनुमानै गरिएन।
आवाज २ : किन भएन ? सहरको बीचमा सुटिङ थियो। बासिन्दाहरु पक्कै हुन्थे।
आवाज १ : दिउँसो भएकोले सडकमा उति मान्छे नहुने अनुमान थियो। क्यामेराहरु हामीले सबै लुकाएरै खिचेका थियौँ। तपाईँलाई थाहै छ अहिलेसम्म यो सुटिङ थियो भन्ने समाचार कतै आएको छैन।
आवाज २ : अनि विश्वभरका मिडियामा त्यति छिट्टै समाचार कसले दिएको ?
आवाज १ : अनि समाचारमा त सुटिङ भनेर आएको छैन नि त।
आवाज २ : हेर्नुस् मिस्टर, म तपाईँलाई प्रष्ट भन्छु। हामीले सुटिङअघि नै गरेको कानुनी कागजमा पनि सबै दायित्व तपाईँले बेहोर्ने कुरा थियो। सब कुरा तपाईँ नै सल्टाउनुस्।
आवाज १ : त्यसको चिन्ता लिनु पर्दैन
आवाज काटिन्छ….

सुन्नुस् अडियो-

15 thoughts on “माइसंसार अप्रिल फूल ब्लग : गैँडा”

  1. Ruck says:
    April 2, 2015 at 11:05 pm

    आर्थिक दैनिकलाई चाहिँ बनाएछ नि ‘फुल’ !

    Reply
  2. Phool Bahadur says:
    April 2, 2015 at 4:23 pm

    हामिलाई त फुल बनायो बनायो already phoolहरुलाई पनि phoolबनायो

    Reply
  3. Bharat says:
    April 2, 2015 at 9:50 am

    कति बेला अप्रिल फुल बनाउछ भनेर बसेको …. बनाइसकेछ.

    Reply
  4. arjun says:
    April 2, 2015 at 9:34 am

    २००५ देखि नासकेको यो पालि चै फुल बनायो है ……

    Reply
  5. xyz says:
    April 2, 2015 at 8:53 am

    This news is carried by onlinekhabar as well. Now, it is even more confusing who is fooling whom on April First.

    Reply
  6. शाक्षात सुशिल says:
    April 2, 2015 at 3:02 am

    खै फेसबुक कै पहिचानमा कमेन्ट ठोक्न पाईन्छ भन्या झै लागेको थियो । त्यो पनि अप्रिल फुलै हो ?

    Reply
  7. अर्जुन says:
    April 2, 2015 at 12:48 am

    निक्कै पर्खाइ पछि अप्रील फुल कि समाचार हेर्न पाइयो न। पृ

    Reply
  8. G.K. says:
    April 2, 2015 at 12:34 am

    लोल अप्रिल फूल बनायो सोल्टी ले ! JPT हावा न्युज !! :पी

    Reply
  9. Sanjita Bastakoti Neupane says:
    April 1, 2015 at 5:45 pm

    Real ma nahi fool banayo ganthe

    Reply
  10. narayan says:
    April 1, 2015 at 10:39 pm

    they should pay big fine for victim family and film makers should be in jail long time

    Reply
  11. Kedar Subedi says:
    April 1, 2015 at 4:51 pm

    पर्खेर बसेको थिए कतिखेर चै Apirl Fool बनाउने हो Mysansar ले भनेर, येस्पाली पनी झन्डै बनायो, सकेन येस्पाली चैं |

    Reply
  12. Jeewan Khadka says:
    April 1, 2015 at 10:30 pm

    माइ सन्सारले पहिला देखिनै april fool मनाउदै आयोको छ तेसैको निरन्तरता हो यो।

    Reply
  13. Yubaraj says:
    April 1, 2015 at 10:06 pm

    अप्रिल फूल ब्लग .

    Reply
  14. sam says:
    April 1, 2015 at 9:59 pm

    Nice one. The filmmakers should be sent to jail 🙂

    Reply
  15. gaule says:
    April 1, 2015 at 9:53 pm

    मुर्गा नै बनायो नि mysansar ले

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme