Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हामी नेपाली स‍ंघसंस्था खोल्न च्याम्पियन छौँ, श्रीमती संघहरु खोल्ने हैन त?

Posted on March 27, 2015March 26, 2015 by Salokya

1-IMG_2100
नेपालमा पेशाकर्मीहरुको श्रीमती संगठन भन्ने बित्तिकै प्रहरी र सेना सम्झनामा आइहाल्छ। यी संगठनहरु पनि पहिले साह्रै भेदभाव गर्थे। अधिकृतहरुकी श्रीमती मात्र श्रीमती। अरुको त वास्तै छैन। संगठनको नाममै अधिकृत श्रीमती संघ हुन्थ्यो। २०६२/६३ को आन्दोलनपछि अधिकृत भन्ने शब्द त हटाइयो तर यसको नेतृत्वमा अधिकृतबाहेकका अरुका श्रीमतीको पहुँच शायदै होला। प्रहरी र सेनाबाहेक अरु कुन पेशाकर्मीको श्रीमतीको संगठन होला भन्ने जिज्ञासा लागिरहन्थ्यो। डाक्टरको होला? पत्रकारको होला? इन्जिनियरको होला? रहेछ। इन्जिनियरको भने रहेछ। इन्जिनियर श्रीमती संगठनको त कार्यालय नै थियो जमलमा।

1-IMG_2101

तर अहिले यो कार्यालय यहाँ छैन। कहाँ छ थाहा छैन। छ कि छैन पनि थाहा छैन। यसका कुनै गतिविधि पनि यो कार्यालय यहाँ हुँदै पनि सबैले थाहा पाउने गरी सार्वजनिक हुँदैन थिए। इन्जिनियर श्रीमती संघमा सदस्य हुन के कस्तो क्राइटेरिया हुनुपर्थ्यो कुन्नि? श्रीमान् इन्जिनियर भए मात्र पुग्ने हो कि, बिहे गरेको निश्चित अवधि पुग्नुपर्ने हो कि, कुनै निश्चित विषयमा इन्जिनियरिङ गर्नुपर्ने हो कि….

1-IMG_5081
इन्जिनियर श्रीमती संघको कार्यालयलाई सार्कको सराप लाग्यो। सार्क सम्मेलन आयोजना हुँदाताका सहर सुन्दर बनाउने क्रममा जमलको यो कार्यालय भत्काएर बगैँचा बनाइयो। त्यहाँ एक जनाले रेप मी भनेर चित्र बनाए। कयौँ हप्तासम्म यो चित्र जस्ताको तस्तै रह्यो। अनि कुन जान्नेसुन्नेको आँखा त्यसमा परेछ कुन्नि, त्यसमाथि सेतो पोतियो। अहिले यो चित्र पनि यहाँ छैन।

1-IMG_5082
श्रीमतीहरुको संगठन यही इन्जिनियरको थियो, अब हरायो। यसो कल्पना गरौँ डाक्टर श्रीमती संघले गोविन्द केसीको आन्दोलनको समर्थनमा जुलुस निकालेको। पत्रकार श्रीमती संघले न्युनतम तलबको माग गर्दै सञ्चार संस्थामा धर्ना दिएको। संघसंस्था खोल्न नेपालीहरु यसै पनि च्याम्पियन छन्। यसो सोच्ने कि ?
1-IMG_5083

1-IMG_5084

11 thoughts on “हामी नेपाली स‍ंघसंस्था खोल्न च्याम्पियन छौँ, श्रीमती संघहरु खोल्ने हैन त?”

  1. HarataraH says:
    March 30, 2015 at 9:32 pm

    पनि, पुरुष संघ, कम्पनि आदि कहाँ छन् त? हाम्रा राम्रा एजुकेसनका चेंजेस होलान.. कृपया ल्याउनु पर्यो अब!

    Reply
  2. deepak says:
    March 28, 2015 at 5:01 pm

    इञ्जिनिअर्स को अफिस को स्वरुप देखेर खुबै प्रभावित भए म त.

    Reply
  3. Shankar says:
    March 28, 2015 at 12:17 pm

    गर्ल फ्रेन्ड न हुने माइ संसार का युवा हरु लाइ निसुल्क FOSLA ज्वाइन गर्न अनुरोध |
    FOSLA??
    अनुमान गर्नुस | अब तपाइको पालो | जबाब भोलि |

    Reply
    1. Shankar says:
      March 28, 2015 at 7:50 pm

      HINT: FOSLA को अफिस काठमान्डू र बाहिर को घर घर मा छ |

      Reply
  4. Prabhat says:
    March 27, 2015 at 11:32 pm

    नाम त थाहा पाईयो। यो संस्थाको काम चैं के रैछ हऊ… अन्दाज लाउन नि गाह्रो।

    Reply
  5. Suraj Maskey says:
    March 27, 2015 at 11:07 pm

    श्रीमानले टन्न कमाएको पैसा प्रयोग गर्न श्रीमति संघको भूमिका गहन हुने पेशाकर्मीमा यस्ता संस्थाको बिकास हुदै जान्छ ।

    सुरज मास्के

    Reply
  6. सुनिल शर्मा says:
    March 27, 2015 at 9:49 am

    येस्तै हो भने कुनै दिन मेरो संसारमा कमेन्ट गर्ने हरुको पनि श्रीमती संघ गठन हुन बेर छैन |

    Reply
  7. प्रविण कुमार के.सी. says:
    March 27, 2015 at 9:29 am

    अहिले त सेना प्रहरी र सबै पेशाकर्मीहरुमा महिलाहरुको पनि उत्साहजनक सहभागीता देखिएको छ। किन ति पेशा कर्मीहरुको श्रीमान संघ अथवा लोग्ने संघ स्थापना हुँदैन ? सायद पुरुषत्वको दम्भले गर्दा खुल्न नसकेको पो हो कि !

    Reply
  8. Ravi says:
    March 27, 2015 at 7:31 am

    it is still there. there was a problem with Jamal office now they meet every time in Battisputali. the criteria to be in this club is you have to be wife of Engineer. Women Engineers are automatically enrolled in Engineer’s association.

    Reply
  9. Kiran says:
    March 27, 2015 at 7:12 am

    पेशागत श्रीमती संघको सदस्यता बारे।
    पूर्ण सदस्य- पेशावालकी बिबाहिता (ब्याइते/ल्याइते) श्रीमती
    आंशिक सदस्य – पेशावालका रखौटी/गर्लफ्रेण्ड
    सदस्यता खारेज हुने अवस्था-
    १) छोडपत्र दिएमा
    २) पोइला गएमा
    ३) मानसिक सन्तुलन ठीक नभएमा
    ४) पेशावालले पेशा/सदस्यता छोडेमा
    पुनश्च –
    १) कुनै शैक्षिक योग्यता नचाहिने
    २) पेशावाल श्रीमान संघ २ कारणले नखोलिएको (श्रीमानको “आत्मसम्मानमा “ठेश पुग्ने, श्रीमानहरू श्रीमती विरूद्ध संगठित हुने डरले गर्न नदिइएको)
    ३) श्रीमती आफै सक्षम र पेशावाल भएमा सदस्यता वाध्यकारी नहुने।
    नेपालको संविधान २०७१ माघ ८ को धारा ६०१, उपधारा ४२० बमोजिम।

    Reply
  10. xyz says:
    March 27, 2015 at 6:49 am

    There are few more besides Engineers’ Wives Association.
    1. Army Wives Club
    2. Police Wives Association
    3. Pilots’ Wives Association
    One time Nepal Family Planning Association used to be dominated by wives of the high class Rana and Shah families. The joke that used to go around the city was – they are the prime consumers of the products NFPA distributing in the country.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme